बाहुनले च्याउ खानुहुँदैन भन्ने मान्यताको सेरोफेरोमा हुर्किएका महेशकुमार अधिकारी । तर, उनी च्याउको अध्ययन अनुसन्धानमा दत्तचित्त भई लागि परे । अधिकारीले च्याउको अध्ययन अनुसन्धानमा चार दशकभन्दा बढी समय व्यतित गरिसकेका छन । यतिमात्रै होइन, च्याउको अध्ययन अनुसन्धानमै विद्यावारिधि गरे । यसपटक हामीले च्याउमा समर्पित तिनै विद्धत अध्येयताको व्यक्तित्वका अनुभव पस्कने जमर्काे गरेका छौं ।
जन्म
१० मे १९५१ अर्थात विं स २००८ सालमा नारायणी अञ्चलको रौतहटमाजन्मिएका हुन अधिकारी, कृष्ण विलास उपाध्याय र आमा गिरीजा देवी उपाध्यायका माइला पुत्रका रुपमा । जेठा दाजु पाइलट, जो ०४२ सालमा गोदावरी भन्दा पश्चिममा एयर क्र्यासमा परेर विते । र, भाइ कम्यूटर इन्जिनियरको रुपमा अमेरिकामा कार्यरत छन । जो विगत २० वर्ष देखि अमेरिकामै छन ।
शिक्षा, दिक्षा
शिक्षित परिवारमा जन्मिएर हुर्किएका अधिकारीका पिता सरकारी जागिरे,नेपाल बैंकमा म्यानेजरको रुपमा कार्यरत हुनुहुन्थ्यो । पिताको जागिर जता जता सरुवा हुन्छ उतै उतै पुगे अधिकारी अध्ययनका सिलसिलामा । भन्छन त्यसैले मेरो स्कूले शिक्षा उति राम्रो रहेन । २०१० सालदेखिको कुरा सम्झन्छन उनी झापा, जनकपुर, वुटवल हुँदै काठमाडौं आएको । वीरगञ्ज ३ कक्षासम्म वुटवलमा ५ कक्षासम्म पढियो । २०१५ अर्थात सात वर्षको हुँदा काठमाडौं प्रवेश गरे । काठमाडौं छिरेपछि बनस्थली विद्याआश्रम हालको सिद्धार्थ बनस्थलीमा अध्ययन गर्न थाले । यहाँ वोर्डर्स गरिएको थियो ।
इन्द्रले समुन्द्रको छालबाट बज्र बनाए । र, त्यही बज्रबाट बृत्रासुर मारिए । तिनै बृत्रासुरको रगतको थोपाबाट धर्तीमा पहिलोपटक च्याउ उम्रिएको मिथक पढ्न पाइन्छ । बृत्तासुरको रगतबाट च्याउ उम्रेको कथाकै कारण बाहुनले च्याउ खानुहुँदैन भन्ने भनाइ हिन्दूधर्मावलम्बीबीच चर्चित छ ।
धुमिल हुँदै गरेको आफ्नो बालापनको ‘रिल’ घुमाउदैछन उनी यतिखेर नख्खुदोबाटो आसपासमै रहेको आफ्नो निवासमा । सम्झन्छन त्यसपछाडि जुद्धोदय हाइस्कूलमा अध्ययनका लागि भर्ना भइयो । कक्षा ८ देखि त्यहाँ अध्ययन गरियो । एसएलसी पनि त्यही बाट उत्र्तीण भए । ०२२ सालमा उनले एसएलसी उत्र्तीण गरेका हुन । अलिकति खिन्नता प्रकट गर्दै भने एसएलसी त्यति राम्रो भएन,तेश्रो डिभिजनमा । तर,अहिलेको जस्तो समय थिएन त्यो । तेश्रो श्रेणीले पनि ठूलो भ्यालु राख्दथ्यो । जीवनका सम्पूर्ण उर्जा अध्ययन÷अनुसन्धानमा खर्चेका उनलाई आफ्ना स्कूले जीवनका साथीहरु अहिले कहाँ होलान त ? ‘याद छैन । त्यस समय सँगै पढेका मध्य डा मधु घिमिरेलाई केही समय अगाडि भेटिएको थियो ।’उनले सुनाए ।
जहाँ इच्छा,त्यहाँ उपाय…
जिन्दगीको रित सरल रेखामा हिड्दैन । हो एसएलसीमा प्राप्त गरेको तेश्रो श्रेणीको अंकले उनको जीवनको गोरेटो मोडियो । मनको भित्री कुनामा विज्ञान प्रतिको अगाध प्रेम भए पनि उनी नचाहेरै सरस्वती कलेजमा भर्ना भए । तीन महिना पढियो । पढाईमा उति साह्रो मन नलागेको देखेपछि एक दिन बुवाले सोध्नुभएछ ‘तेरो इच्छा के छ,त के पढ्न चाहन्छस ? ’
हो,जिन्दगीमा केही यस्ता प्रश्नहरु हुन्छन,जस्ले जिन्दगीको बाटो बदलिदिन्छ । उनका लागि पिताको यही एउटा प्रश्न जिन्दगी बदलिदिने सुत्र बनेर आयो । पिताजीसँग उनले साइन्स पढ्ने इच्छा जाहेर गरे । पिताले तुरुन्तै सुझाए ‘ तैले चिनेका शिक्षकहरु को छन त ?’ त्रिचन्द्र कलेजमा चिनेका शिक्षक थिए मित्रनाथ देवकोटा (जो महाकवि लक्ष्मी प्रसाद देवकोटाका भाई ) उनैको नाम लिए । जस्को कारण अधिकारीको जिन्दगीले ‘यूटर्न’ लियो । एसएलसीमा तेश्रो श्रेणी भए पनि उनी विज्ञान पढ्न पाउने भए । गुरु देवकोटाको शर्त थियो फिजिक्स पढ्न नपाइने । यसपछाडि उनी आइएस्सी जोग्राफी लिएर पढ्न । मनको नेटवर्क पढ्न थालेको विषयसँग मिलेपछि के चाहियो ? गान्धी डिभिजनबाट उक्लिए एक स्टेप माथि । विएस्सी त्रिचन्द्रमा भर्ना भए । तन,मन लगाएर पढ्न थाले । दोश्रो श्रेणीमा उत्र्तीण भए पनि ।
धोखाधडी
बिहानभर कलेज पढ्नु,दिनभर मरुहिटीमा रहेको स्कूलमा पढाउनु । उनको दिनाचर्या बनिसकेको थियो । मनमा लाग्थ्यो दाल, भात, डुकु खाएर मात्र जिन्दगी चल्दैन । अगाडि वढ्नुपर्दछ,केही गर्नुपर्दछ,केही बन्नुपर्दछ । उनका लागि यो दिव्य मन्त्र जस्तै थियो । अवसरको खोजीमा थिए । नभन्दै अध्ययनका लागि कोलम्बो प्लान अन्र्तगत आवेदन दिए शिक्षा मन्त्रालय मार्फत । खै, कहाँबाट सुइको पाएर हो,त्यही स्कूलको सेकेण्ड हेड मास्र्टसले शिक्षा मन्त्रालयमा निवेदन गर्दा यो मेरो शिक्षक हो भनेर रोक्न लगाए । यस्ता धोखेबाजहरुको स्कूलमा पढाइरहन चाहेनन् उनले । राजीनामा बुझाएर बाटो लागे । हनुमानको परम भक्त अधिकारीलाई एउटा भनाईमा खुबै विश्वाश पनि लाग्छ ‘तँ आँट म पु¥याउछु ।’ फेरि प्रयास गरे एमएस्सीमा पनि जुलोजीको लागि आवेदन गरे । फेरि जिन्दगीले अर्काे धोखा दियो,नाम निस्कियो बोटनीमा । अर्थात मनको भित्री इच्छा जुलोजी पढ्ने भए पनि उनी बोटनीका विद्यार्थी बन्न पुगे एमएस्सी तहमा ।
अधिकारीलाई लाग्छ,यो दुँनियामा सबैभन्दा सजिलोसँग मिल्ने चिज भनेकै आश्वासन र अर्ति हो । क्याम्पस चिफले पढ्दै गर्नु मिलेपछाडि तानिदिऊला भन्ने आश्वासन त दिए । तर तिन चार महिनासम्म केही पार लागेन । बोटनी नै पढियो । फष्ट इयरको परीक्षा दिदादिदै ‘ढुसी’को पेपर विग्रियो । यसै त निराश भइसकेका उनले परीक्षा नदिने निर्णय साथीहरुलाई सुनाए यो कुरा शैलेस सरको कानमा पुगेछ । शैलेस सरले कार्यकक्षमै बोलाएर सम्झाए परीक्षा दिन नछाड । फेरि पनि नसोचेको नतिजा निस्कियो, प्रथम श्रेणीमा । सुनाए त्यसपछाडि अध्ययनलाई निरन्तरता दिइयो, क्याम्पस थर्ड भएर २०२९ सालमा एमएस्सीलाई पार लगाए ।
जागिरे यात्रा
मरुहिटीको स्कूलमा यस अगाडि नपढाएका होइनन् तर एमएस्सी उत्र्तीण गरेसँगै उनको जागिरे जीवनको यात्रा जनकपुरमा रहेको एउटा क्याम्पसबाट सुरु भयो । त्यस्को एक वर्ष पछाडिको कुरा,दाजुको विवाहको सिलसिलामा काठमाडौं आएका थिए । कसैले सुझायो,बनस्पति विभागमा एउटा पद खाली छ दरखस्त आवेदन हाल । जनकपुरमा रहेको रारा क्याम्पसमा पढाइरहेका उनले एक सिटमा दुई जनाको एप्लाइ गरे एउटा आफ्नै,अर्काे लोकेन्द्रराज शर्माको । संयोग दुबै जनाको नाम निस्कियो । यही सुझावले उनको जिन्दगीको नक्सा बदलियो । उनी वनस्पति विभाग मातहतमा जागिर खान आइपुगे । सुनाए साथीलाई नेपालगञ्जमा खाली स्थानमा पठाइयो । म चाहिँ साँखु माथि मणीचुरमा त्यहाँको प्रमुख भएर २०३१ सालमा प्रवेश गरे ।
मणिचुर उद्यानमा ६ वर्ष
त्यहाँ जडिवुटी उद्यान थियो । किताबी ज्ञानले मात्र केही लछार पाटो लगाएन । न त वनस्पति, न त बन्यजन्तु चिनिने । अवस्था कस्तो आयो कि यो कुन प्रजाति हो, यो विरुवा के हो भन्ने ज्ञान पिउनबाट सिक्न प¥र्यो । यसरी बनस्पतिहरु छुट्याउनमै ६ महिना लाग्यो । बनस्पति पहिचान गरेसँगै ‘साइन्टिफिक नलेजहरु’ दिन थाले ।
उनी यसरी बनस्पतिमा आकर्षित हुनुका पछाडि प्रेरणाका स्रोत रहेछन गुरु शैलेसचन्द्र सिंङ । सुनाए शैलेस सरले च्याउ पढाउने,उनकै प्रभावले एमएस्सी पढ्दा देखि नै च्याउमा मेरो रुची औधी वढ्दै गएको हो । यस्को अलवा उनको हातमा थियो,इग्ल्याण्डबाट निस्किएको च्याउ सम्बन्धी सानो किताब । जुन पुस्तकलाई आज पनि उनी गुरु ठान्छन । त्यही किताबबाट च्याउका जाती प्रजातीहरु छुटाउन थाले । यस पछाडि उनका लेख रचनाहरु प्रकाशन हुन थाल्यो । पहिलो लेख ‘मणिचुर एक परिचय’ ३१ सालमा गोरखापत्रमा प्रकाशन भयो । दोश्रो लेख थियो ‘च्याउ एक चर्चा ।’ त्यो दुईवटा साइन्टिफिक लेख पढेर त्यसबेलाका निर्देशक समर बहादुर मल्ल दंग परेछन । साथीहरुसँग मल्ल भन्थे रे ‘नेपालमा पनि साइन्टिफिक कुराहरु हुँदा रहेछन ।’
खाँदा च्याउ, सुत्दा च्याउ
यसपछाडि उनको खोजी हुनथाल्यो । महानिर्देशकले कार्यकक्षमै बोलाएर उनको तारिफ गर्दै भने जडिवुटीको एउटा किताब लेख्नुछ त्यस्को जिम्मा लिनुहोस । यस अगाडि सोही विभागमा तारकेशरीले लेख्नुभएको, महानिर्देशकलाई चित्त बुझेन । सोही जिम्मा उनैले पाए । काम फत्ते गरे पनि । अध्ययन÷अनुसन्धानमा उनी यतिसम्म दत्तचित्त भएर लागेका थिए,लैनचौरमा घर भए पनि उनी त्यता जादैन थिए । शनिवार÷विदाका दिन केही नभनि जंगल पस्दथे । च्याउमा रुची भएको हुँदा च्याउ बटुल्ने,आफैंलाई टे«ण्ड गर्दै गए । यसरी ६ वर्ष त्यहाँ जागिर खाए । नेपालमा कसैले खेति गर्ने नसकेको च्याउ खेति गर्न सुरु गरे । जुन च्याउको विउ आनन्द विलासले ल्याएका थिए ।
सम्झन्छन मणिचुरमा अटोक्लेप,इन्कोभेटर केही सामाग्री थिएन । तर उनीसँग काम गर्न दृढ इच्छाशक्ति थियो । त्यसैले महानिर्देशक खुशी भएर दिएको स्टिलको दराजमा सामान्य बाकस राखेर १५ दिनमा उक्त बिउबाट च्याउ उत्पादन गरे । नेपालमा प्रथम पटक च्याउको उत्पादन गर्ने जस उनैलाई जान्छ । यतिमात्र होइन, एक हेक्टर जमिनमा ३८० केजी उत्पादन गर्ने अर्थात सबैभन्दा वढि उत्पादन गरी रेर्कड तोड्ने पनि उनै हुन ।
गोदावरीमा रहँदा
६ वर्ष मणिचुरमा बिताए पछि ३६ सालमा गोदावरी तानिए । राष्ट्रिय वनस्पति प्रयोशशाला, माइकोलोजी सेक्सनको प्रमुखको रुपमा । यहाँ रहँदा पनि च्याउकै अध्ययन ÷अनुसन्धानमा होमिए । नेपालमा रहेका ६ हजार प्रजातीका च्याउ र ढुसी सम्बन्धी बस्तुहरु रहेकामा ३ सय २७ नयाँ प्रजाति उनैले पत्ता लगाए । सम्झन्छन ‘नेपालमा जडिवुटी उद्यान खोलेको चाहिँ राणाहरुले हो । त्यसैको कन्सेप्टमा जडिवुटी उद्यानहरु खोलिएका हुन । यि सबै उद्यानहरुमा च्याउको खेती गर्ने काम उनीबाटै भयो । अधिकारी सम्झन्छन ‘मणिचुरमा प्रमुख हुँदा होस वा गोदावरी शिवपुरी मैले नै हेर्दथे । पछाडि हेटौडा गए मकवानपुर दामन टिष्टुङ आफैले हेर्दथे । यहीबीचमा एयरगटको खेती भयो । पछि धेरै निस्कियो विभागले केमिकल निकाल्न नसकेर त्यो बन्द भयो ।’
सम्प्रदायिकताले खिन्नता
दिनरात/घाम पानी केही नभनी च्याउको अध्ययन÷अनुसन्धानमा लागिरहेका अधिकारी पिएचडी गर्न चाहन्थे । तर त्यहाँका ‘टाउकाहरुमा’ कस्तो सम्म साम्प्रदायिकता थियो भने,यस्ले विद्यावारिधि ग¥र्यो भने हामीलाई पछाडि पार्दछ र यो अगाडि बढ्छ भन्ने सामन्ती सोच राख्दथे । हो,त्यही कारण सबै काम पनि दिने खुशी हुने तर पिएचडी हुनबाट रोकेर राखे । त्यस समयको घटनाक्रम सम्झदै भन्छन ‘उनीहरुले सम्प्रदायिक भावना देखाए । सन् १९८० मा नेपालमा प्रोफेसर ‘द ब्रमेज’ नेपाल आएका थिए । यि तिनै प्रोफेसर हुन ( फाइटोजियोग्राफीका ज्ञाता हुन,हामी उनकै सिद्धान्तको फ्लो गर्दछौ ।) जस्ले नेपालमा ४० जनालाई पिएचडी गराइसकेका थिए । अनुसन्धानमा दत्तचित्त महेशको काम देखेर उनी दंग परे । त्यो समय अहिलेको जस्तो हात हातमा मोबाइल थिएन । त्यस्को दुई वर्ष पछाडि छात्रवृत्तिमा अध्ययन गर्नका लागि पाँच/पाँच पटकसम्म पत्र पठायो । तर विभागका हाकिमहरुले सबै पत्र लुकाइदिने ।संयोगवश १९८६ मा उनको हातमा उनीहरुले पठाएको पत्र हात प¥र्यो । उनले जवाफ फर्काए ‘म दुई वर्ष भित्रमा मेरो थेसिस पठाउछु ।’
आफू माथि भएको ज्यादति र अत्याचारको बारेमा उनले फ्रेन्च दुताबासलाई जानकारी गराए । पछि फ्रेन्च एम्बेसीबाट त्यहाँका हाकिमहरुलाई फोन गए पछि उनीहरुले उल्टै थार्कएछन किन दुतावास गइस र उजुरी गरिस भन्दै । उनीहरुले नै १९९२ मा एउटा सेमिनारमा बोलायो । एक महिना त्यहाँ काम गरे । फर्किएर आँए ।
श्रीमतिको ‘सान’, पिचडीको ज्ञान
आफू माथि भएको अन्यायको बारेमा श्रीमतिसँग सल्लाह गरे । श्रीमतिको सल्लाह थियो जागिर गए जान्छ पिएचडी गर्नुहोस, आट्नुहोस । पछि कन्सलटेन्टसँग सल्लाह गरी पिएचडीका लागि फ्रान्स हानिए । ‘वायोडाइफरसिटी अफ बेसिमाइसिटिज’ विषयमा थेसिस प्रस्तुत गरे । पाँचजना विदेशी गुरुहरु अगाडि राखेर दुई घण्टा सम्म प्रस्तुति दिए ।उनको प्रस्तुति देखेर द व्रमिज खुशी भए । किनकी ब्रमिजको रुचीको क्षेत्र थियो फाइटोजियोग्राफी । त्यो बेलामा पव्लिक प्रिजन्टेसन हुन्थ्यो । पाँच जना गुरुहरु अगाडि राखेर दिएको उनको प्रस्तुतिबाट विदेशी गुरुहरु खुशी भए । गुरुको श्रीमति वोटनिस्टिज थिए । इन्जिनियर भएर पनि वोटनीमा पिएचडी गरेका हुन उनले । उनीहरुले प्रंशशा पनि गरे ‘अहिलेसम्म आएका विदेशी स्कलरहरु मध्य सबैभन्दा राम्रो फ्रेञ्च बोल्न सक्ने भन्दै ।’ जुन उपाधी हासिल गर्ने उनी नेपालमै पहिलो थिए,आफ्नै घर परिवारमा पनि पहिलो थिए नै । यसरी इन्टरनेशनल थेसिस पूरा गरि फर्किएर आए नामका अगाडि डाक्टरका उपाधी झुण्डाएर । अर्थात च्याउ विषयमा पहिलो विद्यावारिधि गरी उनी डा महेश अधिकारी बनेर स्वदेश फर्किए ।
स्वदेश त फर्किए तर जागिरमा लफडा कायमै थियो । विदा स्वीकृत भएको रहेनछ । ६ महिना अड्किएर बसेको विदा बल्लतल्ल स्वीकृत गराए र त्यहीको प्रमुख भए र पछाडि आठ बर्ष चलाए । यसरी चारैतिर हण्डर र ठक्कर खादै सेकेण्ड क्लासमा प्रमोसन १४ वर्ष पछाडि त्यस्को दश वर्ष पछाडि फस्ट क्लास भए । अर्थात पहिला उपवैज्ञानिक र वैज्ञानिक भन्ने चलन जो थियो । पछि समायोजन भयो । वैज्ञानिक अधिकृत हुँदै गर्दा वायोडाइभरसिटी सेक्सनमा ताने त्यसको एक वर्षमा डिडिजी भए ।
आफू माथि भएको ज्यादति र अत्याचारको बारेमा उनले फ्रेन्च दुताबासलाई जानकारी गराए । पछि फ्रेन्च एम्बेसीबाट त्यहाँका हाकिमहरुलाई फोन गए पछि उनीहरुले उल्टै थार्कएछन किन दुतावास गइस र उजुरी गरिस भन्दै ।
काम गर्दै थिए । ३५/३६ साल तिरको कुरा । तिनताक एउटा अभियान नै चलेको थियो, सिसौ रोप्ने । एउटा सिसौ रोपौं, छोरीको रुपमा विवाह गरौं भन्ने क्रममा भरमार सिसौ लगाइयो । तर लगाइएको सिसौ केही वर्ष पछाडि टुप्पाबाट मर्न थाले । तर,के भएको हो अनुसन्धान गर्न सकिएन । वन विभागले सुशिल रञ्जन वराललाई खटायो यो विषयमा अध्ययन गर्न । उनको केही सिप चलेन । त्यहाँका हाकिमले मेरा हाकिमसँग कुरा गरेछन ‘महेशलाई सिसौ किन मर्दछन भन्ने विषयमा अध्ययन गर्न लगाउनुप¥र्यो । तर मेरो हाकिमले मानेनन ।’ उनले सुनाए अन्तत त्यहाँका हाकिम र म दुबै जना आएर कुरा गर्यौं । त्यसपछाडि हाकिम राजी भए । हामीले सबै ठाँउमा सर्भे ग¥र्यौ । रातो च्याउ, ढुसी च्याउ अर्थात हिन्दिमा कन्चट च्याउ भनिन्छ । जुन रुखको फेदमा उम्रन्छ । रुखमा जाने दुइवटा नली हुन्छ जाइलम र फ्लोअम । जाइलममा पुगेर त्यहाँ रेशाहरु भित्र बनाँउछ र त्यो नली बन्द हुन्छ र माथि देखि मर्दै आँउछ । उनको अनुसन्धानले पत्ता लगाएको कुरा यही हो ।तर यस्को निदानका लागि केही हुन सकेन त्यताका हाकिमलाई नै मन्त्रालयमा तानिदिए पछि यो विषय यत्तिकै हरायो । नेपालमा हुने यस्तै हो ।
बाहुनले च्याउ खाओस न…
कुराकानीको आखिरी क्षणमा हाम्रो जिज्ञासा रह्यो बाहुनले च्याउ खाओस न स्वाद पाओस किन भनिएको ? अर्थात बाहुनले च्याउ खानु हुदैन किन भनिएको होला ? यस्को एउटा कहानी रहेछ ‘बृत्रासुर नाम गरेका एकजना अत्यन्त बलवान राक्षस थिए । बृत्रासुर जन्मले बाहुन र कर्मले राक्षस थिए । बृत्रासुरले कठीन तपश्यापछि ब्रह्माबाट बरदान पाए । बरदानका कारण उनी कसैले पनि शस्त्रबाट हराउन नसक्ने बने । त्यसपछि स्वर्गलोकमा इन्द्रसँग युद्ध भयो । बृत्रासुर युद्धमा बिजयी बने । इन्द्र इन्द्रासनबाट लखेटिए । इन्द्र चतुर थिए । कहाँ इन्द्रासन गुमाउने ! इन्द्रले अवसरको खोजीका निम्ति बृत्रासुरसँग मित लगाए । समय बित्दै गयो । इन्द्रले एकपटक मित (बृत्रासुर) लाई समुद्र किनारमा रंगरौस गर्न अनुरोध गरे । दुबैले समुद्र किनारमा खुब रमाइलो गरे । त्यसपछि इन्द्रले समुद्रको छालबाट बज्र बनाए । र, त्यही बज्रबाट बृत्रासुर मारिए । तिनै बृत्रासुरको रगतको थोपाबाट धर्तीमा पहिलोपटक च्याउ उम्रिएको मिथक पढ्न पाइन्छ । बृत्तासुरको रगतबाट च्याउ उम्रेको कथाकै कारण बाहुनले च्याउ खानुहुँदैन भन्ने भनाइ हिन्दूधर्मावलम्बीबीच चर्चित छ ।
अब अर्काे प्रश्न उठ्छ, योगी व्रह्माण्डले किन नखाने ? हाम्रो शरिर पञ्चतत्वले बनेको छ । पृथ्वी, जल, तेज, वायू, अकाश, शरिर भित्र पाँचवटा वायू हुन्छ । च्याउ खाँदा विभिन्न रसायनिक परिवर्तन गराइदिन्छ त्यही कारण च्याउ खाँदा तिनको योगमा व्यवधान गर्ने हुँदा नखाओस भनिएको छ । यद्यपि आयूर्वेदविज्ञानले समेत परालमा उम्रिएको च्याउ खान उपयुक्त छ भनेको छ । च्याउमा प्रोटिनको मात्रा धेरै कम हुने हुँदा जुनसुकै रोगीले खान हुने चिज हो ।
जिन्दगीमा केही यस्ता प्रश्नहरु हुन्छन,जस्ले जिन्दगीको बाटो बदलिदिन्छ । उनका लागि पिताको यही एउटा प्रश्न जिन्दगी बदलिदिने सुत्र बनेर आयो । पिताजीसँग उनले साइन्स पढ्ने इच्छा जाहेर गरे ।
वनस्पति विभागबाट रिटार्यड
६६ सालमा म वनस्पति विभागबाट रिटयर्ड भएका अधिकारी ६७ सालमा प्राकृतिक विज्ञान संग्रालयमा कोषमा काम गर्न पुगे । १५ सय जति च्याउ पहिचान त्यहाँ राखिदिए । त्यसपछाडि कृषि अन्र्तगतको प्याथोलोजी सेक्सनमा ६ सय प्रजाति पहिचान गरेर राखिदिएको छ । अहिले ह्वाइट हाउसका विद्यार्थीहरुलाई पढाइरहेका छन । एमएस्सी वायोटेकका विद्यार्थीहरुलाई पढाउदै आएको छन । यि विद्धतका नाममा विदेशीहरुले च्याउको प्रजाति नै नामकरण गरेका छन । सिलस अधिकारी भनेर विदेशीले नामकरण गरेको छ । साथै नेपाल सरकारले च्याउको ८ वटा प्रजातीका टिकट समेत प्रकाशन गरिसकेको छ । भन्छन ‘च्याउका वाह्र प्रकारले खान हुने वा नहुने भन्ने गरिन्छ । तर यि कुनै पनि अवधारणाले काम गर्दैन । आर्यूवेदले पनि परालमा उम्रेको च्याउ मात्र खाओस भन्ने कुरा उल्लेख छ ।’ उनको अनुसन्धानको निश्कर्ष हो जम्मा ३ सय ४७ प्रजातिको च्याउ उनी आफैले पत्ता लगाए । ति मध्य सबैभन्दा धेरै विषालु एमोनिटा हो । एक सय वटा प्रजातिका च्याउहरु विषालु प्रकारका छन ।
विवाह
भनिन्छ नि,एउटा सफल पुरुषको पछाडि उस्को जीवनसंगिनीको सबैभन्दा ठूलो हात हुन्छ । घगडान साहित्यकार वासुदेब लुइटेलकी सुपुत्री कमला शर्मासँग लगनगाँठो कसेका हुन अधिकारीले । उनीहरुका एक सुपुत्र छन जो नेपालमै कम्युटर इन्जिनियरको रुपमा कार्यरत छन । जिन्दगीमा उनले जति सफलता हात पारेका छन ति सबै सफलताका पछाडि उनै कमलाको महत्वपूर्ण हात छ । जीवनमा केही गुमाए भन्ने लाग्दैन । गुमाएका भन्दा पाएका कुरा धेरै छ भन्ने ठान्छन उनी । मात्र यति हो, घर परिवारको गुनासो रहन्छ परिवारलाई समय दिएन । तर अध्ययन र अनुसन्धानमा लाग्नेहरुका लागि एउटा हुटहुटी हुँदो रहेछ काम पहिलो,घरपरिवार दोश्रो ।
भावी योजना
उनी ठान्छन मलाई केही गर्न नसकोस भनेर जडिबुटी उद्यानमा मलाई मिल्काएका मान्छे हुँ म । यहाँ काम गर्नका लागि स्थान होइन,इच्छाशक्ति प्रमुख कुरा हो । जहाँ लगेर मिल्काए पनि मैले आफ्नो काम छोड्दिन । इच्छाशक्ति प्रवल भएको खण्डमा गर्न नसक्ने कुरा केही हुँदो रहेनछ । यो उनको जीवनको सबैभन्दा ठूलो निचोड हो । अहिलेसम्म विभिन्न सातवटा पुस्तक प्रकाशन गरिसकेका अधिकारी छिट्टै नै ढुसीबारे पुस्तक प्रकाशन गर्ने तयारीमा छन ।
अनुसन्धानकर्ताको बिगबिगी
दश बजे कार्यलयमा हाजिर लगाउन जाने र चार बजे कार्यलयबाट टाप कस्ने वैज्ञानिक भनाउदाहरुका लागि चूनौती हुन अधिकारी जस्ता वैज्ञानिकहरु । यस्ता प्रतिभाको राज्यले कदर नगर्दा मन विरक्त बन्छ नै । तै पनि उनी नाष्ट जस्ता संस्थाहरुको काम प्रति सन्तृष्ठ पनि छैनन् । र भन्छन पनि ‘ जस्ले जीवनभरमा २४७ भन्दा वढि प्रजातिको च्याउ खोजे । तिनकै खोजमा जीवन बिताए । तै पनि हामीजस्तालाई नाष्टले चासो राख्दैन भने हामी पनि जी हजुर गर्दै नाष्टमा जानुपर्नै कारण के छ र ?
धर्मकर्म
अन्तमा हाम्रो आखिरी जिज्ञासा थियो धर्मकर्मको बारेमा जान्नु । प्रश्न भुँइमा खस्न नपाउदै हनुमान र दुर्गाको यि अनन्य भक्तका मुखराबिन्दबाट कुरा निस्कियो हरेक विहान घरमा घण्टौ लगाएर पूजा पाठ पनि गर्दछु । बुवाको प्रभावले धर्मकर्ममा लागेको बताउने अधिकारी कुमारीको समेत अनन्य भक्त रहेछन ।
प्रस्तुतिः हरि गजुरेल
(डा मुकेश कुमार चालिसेको सहयोगमा रिभोसाइन्स वर्ष ६ अंक २ मा प्रकाशित सामग्री)
Leave a Reply