घाउको अवस्था बताउने हाइ–टेक व्याण्डेजको निमार्ण

band

अमेरिकाका म्यासाचुसेट्स जनरल हस्पिटल र हार्भार्ड मेडिकल स्कुलका वैज्ञानिकहरुले घाउ निको भए÷नभएको जानकारी दिने व्याण्डेजको विकास गरेका छन् ।

यो व्यान्डेजले घाउ निको हुने प्रव्रिmयामा समस्या आएमा चम्किलो हरियो प्रकाशमा परिवर्तन हुन्छ । यसको अर्थ हुन्छ, घाउमा अक्सिजनको तहमा कमी आउनु । डाक्टरहरुका अनुसार गम्भीर घाउ, अल्सर र पोलेका घाउ निको हुन र नयाँ कोष पलाउन अक्सिजनको आवश्यकता पर्छ ।

छालामा भएका रक्तनलीले घाउमा अक्सिजन प्रवाह गर्छन्, तर, यस्ता रक्तनलीमा क्षति भई रक्तप्रवाह सीमित भएमा घाउ निको हुन समय लाग्छ । पारम्परिक ब्याण्डेज लगाउदा घाउ निको भयो भनेर थाहा पाउन ड्रेसिङ नै परिवर्तन गर्नुपर्ने हुन्छ र यसबाट बिरामीलाई पीडा हुनुका साथै संव्रmमण पनि हुने सम्भावना हुन्छ । तर, यो ब्याण्डेजमा त्यस्तो समस्या नहुने बताइएको छ ।

यस नयाँ ब्याण्डेजमा फस्फोरसका अणु मिसाइएको हुन्छ । ब्याण्डेजमा भएको फस्फोरसका अणुले अक्सिजनको लेभलमा आएको परिवर्तनमा प्रतिक्रिया दिन्छ । यदि अक्सिजनको लेभल स्थिर छ भने ब्याण्डेजमा कुनै परिवर्तन आउँदैंन । तर, अक्सिजनको कमी छ भने फस्फोरसका अणुमा बढी इनर्जी छ भन्ने बुझिन्छ र यो चम्कन थाल्छ ।

यो ब्याण्डेज अनुसन्धानमै रहेकाले बजारमा आउन कम्तीमा तीन वर्ष लाग्ने बताइएको छ । कार्डिफ विश्वविद्यालय र इम्पेरियल कलेज लण्डनका भिजिटिङ प्रोफेसर डेभिड लिपर भन्छन्, अक्सिजन सेन्सिङ ब्याण्डेज खुट्टाको अल्सरको व्यवस्थाका लागि उपयुक्त आइडिया हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

बिजुली चम्काइ पूर्वानुमान उपकरणले भविष्यमा विमान थप सुरक्षित हुने

५ करोड २० लाखमा गहनापोखरी पुनर्निर्माण सुरु

स्ट्याण्डर्ड चार्टर्ड बाहेक सबै बैंकले असोजमा कर्जा विस्तार

जलवायु निष्क्रियताले हरेक वर्ष लाखौँ मानिसको मृत्यु: ल्यान्सेट काउन्टडाउनको चेतावनी

कञ्चनजङ्घामा समुदाय–नेतृत्वको जैविक विविधता अनुगमन : युनेस्कोको संरक्षणमा नयाँ आयाम

राष्ट्रिय बीमा कम्पनीका नवनियुक्त अध्यक्ष ढकालले गरे शपथ ग्रहण

ललितपुर महानगरपालिका युनेस्कोको ‘संगीतको रचनात्मक शहर’ घोषित

फोटोपत्रकार वन्तको लेन्समा चीनको शानडोंग : जीवन र संस्कृतिको झलक (फोटो फिचर)

×