2025-08-13

‘डिजाइन काठमाडौं कन्टेस्ट’ सम्पन्न

काठमाडौं । कक्षा १०, ११ र १२ को विद्यार्थीहरुका लागि लक्षित गरिएको ‘डिजाइन काठमाडौं कन्टेस्ट’ सम्पन्न भएको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)सँगको सहकार्यमा रिभोसाइन्स मिडियाले आयोजना गरिएको उक्त कार्यक्रममा देशभरबाट ५७ समूहले आफ्नो लिखित प्रस्तुति पेश गरेका थिए । देशभरबाट कूल ११६ जना विद्धार्थी सहभागी भएको थियो ।

सहभागी मध्यबाट कक्षा दशका युरिसा वर्जाचार्य, सुविका हमालको समूह र रिगा शर्माको समूह क्रमशः प्रथम, दितृय र तृतीय स्थान हासिल गरेका छन् । कक्षा ११ बाट कृतज्ञ घिमिरेको समूह, दिलिशा थापा र इसहिता दहालको समूह क्रमशः प्रथम, दितृय र तृतीय स्थान हासिल गरेका छन् ।

त्यस्तै कक्षा १२ को तर्फबाट तिमिला डंगोलको समूह, विकीकुमार झाको समूह र रौनकरञ्जन मिश्रको समूह क्रमशः प्रथम, दितृय र तृतीय स्थान हासिल गरेका छन् । बौद्धिक प्रतिस्पर्धाका प्रत्यक कक्षागत समूहबाट प्रथम, दितृय र तृतीयलाई क्रमशः दशहजार, पाँचहजार र दुई हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने आयोजले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नास्टका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठले विद्यार्थीले बनाएका नवितम योजनलाई विभिन्न निकाएमा पठाउनु पर्ने वताए । ‘हामीले आगामी दिनमा यस्ता नवितम क्षेत्रमा मात्र नभइ अन्य कृषि उत्पादकत्वको क्षेत्रमा कामको सुरुवात गरिएको, ’ उपकुलपतिले श्रैष्ठले भने,  ‘योजस्तै अन्य प्रस्तावलाई यथासक्य समावेश गरिनेछ ।

पूर्व  विज्ञान तथा प्रविधि मन्त्री इं गणेश शाहले आगामी दिनमा नास्टले यस्ता कार्यक्रम प्रत्येक स्थानीय तहमा लैजानु पर्ने सुझाए । ‘यदि स्थानीय तहमा लैजान नसकेपनि प्रदेश राजधानी विकास कसरी गर्ने भन्ने बारेमा कन्टेस्ट आयोजना गर्नु पर्नेमा पूर्वमन्त्री साहले जोड दिए ।

पूर्व सचिव किशोर थापाले विद्यार्थीहरुको काल्पनिक तथा लेखन शक्ति उत्कृष्ट रहेको बताए । ‘काडमाडौं उपत्यका भनेको प्राचीन कालमा तान्त्रिकहरुको योजना अनुसार बनाएको थिथी । राजाहरुले तान्त्रिकहरुको अनुसर गर्थें,  पूर्व सचिव थापाले भने, ‘त्यसकारण विद्यालय तहका विद्यार्थीहरुको लेखन मुल्यांकन गर्दा यस कन्टेस्टले उनीहरुको वौद्धिक विकासमा ठूलो योगदान पुग्नेछ ।’

शिक्षाविद् प्राडा विध्यानाथ कोइरालाले हाम्रो विद्यालय शिक्षामा मौलिक चिन्तन गर्ने पाठ्यक्रममा कमी देखिएको बताए । ‘अहिलेका विद्यार्थीहरु पश्चिमा शैलीका कुरा अनुसरणमा केन्द्रित भएकोमा आगामी दिनका कार्यक्रममा नेपालको मौलिक शहरहरुमा केन्द्रित हुने पर्ने उनले उल्लेख गरें ।

नास्टका पूर्व उपकुलपति प्राडा जीवराज पोखरेलले विद्यार्थीहरुको पर्यावरणलाई स्वच्छ राख्ने तथा नयाँ घरमा पुराना वस्तुलाई समावेश गर्ने योजना उत्कृष्ट लागेको बताए ।

नेपालभरबाट अनलाइन माध्यमबाट सहभागी हुन पाउने वौद्धिक प्रतिस्पर्धामा निःशुल्क रुपमा आवदेन दिन पाउने व्यवस्था थियो । प्रतिस्पर्धीले ‘डिजाइन काठमाडौं कन्टेस्ट’ मा एकल वा समूहगत रुपमा प्रतिस्पर्धामा भाग लिएका थिए । काल्पनिकरुपमा विद्यार्थीहरुले कम्तीमा बीस पन्ना शहरको परिकल्पना गर्नु पर्ने थियो ।

एशिया टाइम्सका लेखक भीम भूर्तेलले विद्धयार्थीहरुलाई सोध लेखन कला सिकाउन पर्ने बताए । फाइटर प्लेन बालबालिकाको कन्स्पेप्टबाट निर्माण गरिएको उल्लेख गर्दै बालबालिकालाई कम आक्न नहुने भन्दै लेखक भूर्तेलले कन्टेस्टको मूल्यांकन विधिका बारेमा चर्चा गरेका थिए ।

नास्टका सचिव डा. महेशकुमार अधिकारीले विदेशीहरुले काठमाडौंलाई ‘ल्याण्ड अफ् गडेस्’ भनेर वुझ्ने गरेको छ, त्यसलाई कसरी व्यवस्थित गर्ने योजना हुनु पर्ने वताए । वनस्पति तथा वाटोघाटो र संम्पदाको संरक्षणमा युवाहरुद्वारा समावेश गरिएको कुरा महत्वपूर्ण हुने सचिव अधिकारीले उल्लेख गरें ।

नास्टका वैज्ञानिक डा सुरेश ढुंगेलले कन्टेस्टमा सहभागी विद्यार्थीहरुको लेखन तथा कल्पनाको मुल्यांकन गर्दा उनीहरुको सोच साच्चैनै काठमाडौं विकासका लागि कोशेढुंगा हुने बताए ।

विजेता मध्यका साउथ वेस्टन कलेज कक्षा ११ मा अध्ययनरत कृतज्ञ घिमिरले नयाँ प्रविधि अनुसारण गर्दै दश वर्षको कार्ययोजना बनाएको बताए ।

काठमाडौंमा सन्ट जेभियर्स कलेजमा १२ मा अध्ययनरत तिमिला डंगोलले हाम्रो सम्पदा संरक्षणमा राज्यले व्यवस्थित गर्न नसकेको देखिरहेको थियो । त्यसलाई संरक्षण गर्नु पर्ने योजना समावेश गरेको बताइन । उनले आफ्नो पूर्खाको मौलिक कुरा समावेश गरेर कन्टेस्ट सहभागी हुँदा अनुसन्धान गर्ने ज्ञान हासिल गरेको विजयी डंगोलले अनुभव सुनाइन ।

आयोजक रिभोसाइन्सका सम्पादक लक्ष्मण डंगोलकाअनुसार प्रतिस्पर्धीले आफ्ना परिकल्पना गर्दा काठमाण्डौ उपत्यकाको डिजाइन, भूगोल,  बास्तुकला,  समाज र सभ्यता, विज्ञान प्रविधि र संस्कृति, वातावरण र वन्यजन्तु,  नीति तथा योजना, सम्पदा क्षेत्र र संरक्षणका उपाय, अनुसन्धान तथा विकास र नवप्रवर्तन,  धर्म र शिक्षा प्रणाली,  सडक सञ्जाल र स्मार्ट प्रविधि, विज्ञान पार्क र कबडहल, व्यवसायिक केन्द्र र कला तथा मनोरञ्जन र अर्थ व्यवस्थापन जस्ता उपशीर्षक समेटेर लिखित ढाँचा प्रस्तुत गरेका थिए । उनले दोस्रो डिजाइन काठमाडौं कन्टेस्ट आयोजना गर्ने बताए ।

कार्यक्रममा जर्मनीमा भौतिकशास्त्रमा स्नातक्तोर गर्दै गरेका किरण अधिकारीले यस्ता कार्यक्रमले विद्यार्थीहरुको वौद्धिक विकासमा टेवा पुग्ने कार्यपत्र प्रस्तुत गरेका थिए ।

नेपाल विज्ञान पत्रकार मञ्च, इज्यालो एकेडेमी र वायोटेक्नोलजी सोसाइटी अफ् नेपालले प्रवर्द्धनको भूमिका निभाएको थियो ।

रिभोसाइन्स मिडियाको अध्यक्ष प्राडा जीवनज्योति नकर्मीले कार्यक्रमको औचित्य प्रकाश पार्दै समापन गरेका थिए ।

मा अद्यावधिक गरिएको

समाचार

ग्लोबल आइएमई बैंकको सवा ६ अर्ब नाफा, वितरणयोग्य नाफा ५ अर्ब ३७ करोड

नबिल बैंकको नाफा : एक वर्षमै ७ अर्ब १२ करोडको कमाइ, लाभांश क्षमता १७.६४ प्रतिशत

एभरेष्ट बैंकको नाफा झन्डै ५ अर्ब, ३३ प्रतिशतले वृद्धि

फलफूल सुकाउने नयाँ प्रविधि: कोठाको तापक्रममै सुकाउने मिल्ने

प्रधानमन्त्री ओलीद्वारा ‘नाडा अटो शो’को उद्घाटन हुने

मन्त्री यादव र भारतीय विज्ञबिच खानेपानी समस्या समाधानका विषयमा छलफल

‘नाइमा एक्स्पो’ सकियो, १ लाखले गरे अवलोकन

जङ्गलको डढेलोबाट प्रदूषण कसरी तीव्र बनाउँछ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

ग्लोबल आइएमई बैंकको सवा ६ अर्ब नाफा, वितरणयोग्य नाफा ५ अर्ब ३७ करोड

नबिल बैंकको नाफा : एक वर्षमै ७ अर्ब १२ करोडको कमाइ, लाभांश क्षमता १७.६४ प्रतिशत

एभरेष्ट बैंकको नाफा झन्डै ५ अर्ब, ३३ प्रतिशतले वृद्धि

फलफूल सुकाउने नयाँ प्रविधि: कोठाको तापक्रममै सुकाउने मिल्ने

प्रधानमन्त्री ओलीद्वारा ‘नाडा अटो शो’को उद्घाटन हुने

मन्त्री यादव र भारतीय विज्ञबिच खानेपानी समस्या समाधानका विषयमा छलफल

‘नाइमा एक्स्पो’ सकियो, १ लाखले गरे अवलोकन

जङ्गलको डढेलोबाट प्रदूषण कसरी तीव्र बनाउँछ?

×