—लक्ष्मण डंगोल
काठमाडौं । उपत्यकामा पाइएका प्राचीन धूपघडीहरुको उचित संरक्षण हुन सकेको छैन । प्राचीन कालमा यस्ता धूपघडी ढुंगाका हुन्थ्यो । सोहीअनुसार स्वयंम्भूको उत्तरपश्चिम दिशामा एउटा धूपघडी अवस्थित छ ।
यस घडिमा छाँया देखाउने संकु छैन । यदि संकु राखेको खण्डमा यस धूपघडीले स्थानीय समय दिने वाल्मीकि विद्यापीठका सहप्राध्यापक जयन्त आचार्य बताउँछन् ।
उनका अनुसार यस धूपघडी लिच्छवी कालका हुन । यस्ता धूपघडी प्राचीन कालमा समयअनुसार पूजा सम्पन्न गर्न राखेको हुनु पर्दछ, ‘सहप्राध्यापक आचार्य भन्छन्, ‘अहिले यसको कसैलाई मतलव छैन ।’
अहिले विभिन्नखाले आधुनिक घडिको तुलनामा यो सामान्य लाग्न सक्छ तर पहिलो पटक यसको आविष्कार गर्ने कुरा हाम्रो कल्पना भन्दा परको कुरा हो, सहप्राध्यापक आचार्य भन्छन् ।
यसले के दर्शाउँछ भने हाम्रा पूर्खा पनि वैज्ञानिक थिए । उनीहरुले बनाएका कलाका उच्चतम नमूना स्वयंम्भू अर्थात् स्वयंम उत्पन्न भएको स्थानमा महाचैत्यको निमाणर् गरिएको छ । आजकल पुस्तालाई स्वयंम्भू जाने र टिकटक बनाउने मात्रमा सीमित देखिन्छ तर यहाँभएको सम्पदाको संरक्षणमा उचित चासो नदिइएको सहप्राध्यापक आचार्यले सम्वन्धित निकायमाथि गुनासा गरें ।
यस घडीको अर्को पाटो भनेको उत्तरमा दिशामा पर्ने गरेर दिउँसोका बाह्र बच्दछ । वृत्ताकाररुपमा निमाणर् गरिएका यस घडिले विहानको सूर्योदयदेखि साँझको सूर्याअस्तको त्यसस्थानको समय दिने गर्दछ । पूर्वदेखि पश्चिमी दिशामा पर्ने दक्षिणपट्टीको भाग रातको समय दिने भाग भएको सहप्राध्यापक आचार्य बताउँछन् ।
त्यस्तै अर्को धूपघडी बसन्तपुर दरबार क्षेत्रभित्र रहेको छ । नासलचोकको जमिनमा रहेको धूपघडीलाई चारवटा डण्डा मानिसले नकुल्चिउन भने राखेको देखिन्छ । तर यसमा पनि छाँया देखाउने सूचक ‘संकु’ छैन । यदि संकु राखेको खण्डमा यस घडिले स्थानीय समय दिनेछ । त्यसवेला यो दरबार क्षेत्र भएकोले तत्कालिन राजाहरुले बनाएका हुनसक्ने सहप्राध्यापक जयन्त आचार्य बताउँछन् । उनी भन्छन्, ‘यसको संरक्षण गरेर नयाँ पुस्तालाई प्राचीन घडी देखाउन सकिन्छ ।’
त्रिचन्द्र बहुमुखी क्याम्पसको घण्टाघरको फेदैमा आधुनिक खालका धूपघडी छन् । यसले नेपालको मात्र नभई विदेशकोसमेत समय दिने खालका भएको सहप्राध्यापक आचार्य बताउँछन् ।
पछिल्लो समय आचार्य प्राचीन धूपघडी बनाएर तुलसीपुर नगरपालिकाका मेयरलाई हस्तान्तरण गरिसकेको छ ।
Leave a Reply