मार्च फर साइन्स : अवको एजेण्डा विज्ञान–संस्कृति र रोजगारी

काठमाडौं । ‘अवको एजेण्डा विज्ञान–संस्कृति र रोजगारी’ भन्दै ‘मार्च फर साइन्स’ प्रभातफेरी गरिएको छ । शान्ति र विकासका लागि विश्व विज्ञान दिवसको अवसरमा रिभोसाइन्स मिडियाले प्रभातफेरी आयोजना गरेको हो ।

सन् २००२ देखि संयुक्त राष्ट्र शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन, युनेस्कोले नोभेन्बर १० मा ‘शान्ति र विकासका लागि विश्व विज्ञान दिवस’ मनाउने गरेको छ । यस वर्ष दीगो विकासका लागि आधारभूत विज्ञान भनेर अन्तर्राष्ट्रिय दिवस मनाइएका छन् ।

प्रभातफेरी त्रिचन्द्र क्याम्पसबाट सुरु गरेर भद्रकाली–शहिद गेट, महाँकालहुँदै रत्नपार्कमा ‘विज्ञान सभा’मा परिणत गरिएको छ ।

विज्ञान सभामा नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले नेपाली वैज्ञानिकहरुले रैथाने प्रविधि काम गर्नसके वेरोजगार वस्न नपर्ने बताए । ‘नेपाल मण्डलमा विकास भएको सुकुन्दा यहीको प्रविधि हो’, उपकुलपति गुरुले भने, ‘क्रियटिम माइन्ड भनेको विज्ञान हो, त्यसैको उपज सुकुन्दा प्रविधि हो । जसमा गणेश, दियो र कलशसँगै हुन्छ । यसमा संस्कृति र विज्ञानको संयोजन भएको छ ।’

‘मौलिक सम्पदा र काष्ठकलाको सीपलाई अन्तर्राष्ट्रिय स्तरमा विकास गर्नुपर्नेछ’, त्यसका लागि महावीर पुनले काम गर्न खोज्दै छ । अर्को व्यक्ति डा. सन्दुक रोइतको उदाहरण दिदै उपकुलपति गुरुङले भने, ‘मौलिक प्रविधिको थप विकास गर्न सके त्यस्ता व्यत्तित्व अझै बढ्ने आशा व्यक्त गरें ।

‘विभिन्न लेखेटअनुसार काठमाडौंमा पहिले हिउँ परेर चौपाय र मानिसको मृत्यु भएको उल्लेख पाइन्छ तर अहिले काठमाडौंमा आँप फल्दछ, यो जलवायु परिवर्तनको असरले हुनुपर्दछ,’ उनले भने ।

युनेस्कोअनुसार नेपालले कूल ग्राहस्थ उत्पादनको ०.३ प्रतिशत बजेट अनुसन्धान तथा विकासमा खर्च गरेको उल्लेख छ । तथ्यांकअनुसार दश लाख मानिसमा नगन्य ‘शून्य मानिस’ अनुसन्धानकर्ता छन्, नेपालमा ।

नेपाल सरकारले विज्ञान प्रविधिको क्षेत्रमा लगानी बढाएर १ प्रतिशत पु¥याउन पर्ने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान, नास्टका पूर्व उपकूलपति प्राडा जीवराज पोखरेलले बताए । ‘मंसिर ४ गतेको चुनावी घोषणा पत्रमा विभिन्न दलले विज्ञानमा थप लगानी गर्ने लेखेको छ, त्यस्लाई चुनावपछि बन्ने सरकारले अक्षरस पालाना गरियोस्,’ पोखरेलले भने ।

नास्टका प्राज्ञ डा. दिनेश भुजुले, आजभन्दा दुई सय वर्ष आगाडि वार्षिक प्रतिव्यक्ति आय सरदर ६ सय डलर पनि थिएन, अहिले १२ हजार डलर पुगेको छ, यो आर्थिक सम्वृद्धिको पछाडि विज्ञान–प्रविधि छ, त्यसैले मानिसको जीवन सुखमय बनाउने विज्ञानलाई राज्यले वेवास्था गरेको’ बताए ।

‘जवसम्म विज्ञान विना सम्वृद्धि सम्भव हुँदैन भनेर नेताले स्वीकार वा पहिचान गर्दैन, जुनसुकै भाषण दिए पनि विकास असम्भव छ,’ प्राज्ञ भुजुले भने, ‘यसकारण हाम्रो आवाज सिंहदरबारदेखि प्रतिनीधिसभासम्म र प्रत्येक ७५४को पालिका पुगुन ।’

नेपाल एस्ट्रोनोमिकल सोसाइटी, नासोका अध्यक्ष सुरेश भट्टराईले नेपालमा वैज्ञानिक संस्कार विकास हुन नसक्दा विज्ञान प्रविधिको विकास हुन नसकेको बताए । उनले अवका दिनमा वैज्ञानिक संस्कार विकासमा पहल गर्नुपर्ने बताए ।

विज्ञान शिक्षक समाजका अध्यक्ष खिलराज प्रधानले नेपालका विद्यालय तहमा प्रयोगात्मक विधिबाट अध्ययन गर्ने अवस्था नभएको बताए । त्यसका लागि सरकारले छिटै पहल गर्नु पर्ने अध्यक्ष प्रधानले भने ।

नेपाल भौतिकशास्त्र समाजका अध्यक्ष प्राडा नीलम प्रधानले ‘राज्यले आधारभूत विज्ञानलाई वेवास्था गर्दा मुलुकमा वैज्ञानिक अनुसन्धान तथा विकास पछाडि परेको औल्याए । उनले भौतिकशास्त्रमा रोजगारी सिर्जना गर्नु पर्ने माग राखिन ।

नेपाल मेडिकल तथा माइक्रोबायोलजीकल एसोसियसन अफ नेपालका अध्यक्ष जगत ढुंगानाले माइक्रोवायोलिस्टहरुको भूमिका गहन हुँदा पनि राज्यले व्यवास्ता गरेको बताए ।

साउथवेस्र्टन स्टेट कलेज कक्षा बाह्रमा अध्ययनरत विद्यार्थी समिर प्याकुरेलले विद्यार्थीहरुका लागि अनुसन्धानात्मक पाठ्यक्र हुन पर्ने माग राखें ।

सह–आयोजक फिजिक्स इनिसेटिभ्स् इन नेपालका अध्यक्ष स्वराज सागर प्रधानले आधुनिक विज्ञानको जग नेपालमा राम्रोसँग हुन नसक्दा विद्यार्थीहरु अन्यौलमा परेको बताए ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिस्ठान, नास्टले वि.सं ०६६/०६७ मा प्रकाशन गरेको विज्ञान र प्रविधिको अवस्था सर्भेक्षण अनुसार नेपालमा ३ सय ३० वटा वैज्ञानिक संस्था छन् । तथ्यांकअनुसार अधिकतम रोजगारी २४ हजार ५ सय ८० सरकारी संस्थामा कार्यरत छन् । उच्च शैक्षिक संस्थामा ६ हजार ८ सय ५२ र त्यसलाई पछ्याउँदै नीजि तथा गैरसरकारी संस्था ६ हजार ६ सय ३९ जना छन् । कूल ४१ हजार ९ सय ११ ले रोजगारी पाएको उल्लेख छ ।

रिभोसाइन्स मिडियाका सम्पादक लक्ष्मण डंगोलले दीगो विकासका लागि विज्ञान र संस्कृतिसँगै लैजान पर्ने बताए । विज्ञान विषय अध्ययन गरेका विद्यार्थीले पढ्ने मात्र होइन राज्यले अव रोजगार दिन पर्दछ,’ सम्पादक डंगोलले भने, ‘अनुसन्धान तथा विकास, जलवायु परिवर्तन र आधारभूत विज्ञान शिक्षाको एजेण्डा उठान लागि ‘मार्च फर साइन्स’को आयोजना गरिएको हो ।’

शान्तिपूर्ण मार्चका लागि वायोटेक्नोलजी सोसाइटी अफ नेपाल, नेपाल एस्ट्रोनोमिकल सोसाइटी, साउथ वेस्टन स्टेट कलेज, त्रिचन्द्र बहुमुखी क्याम्पस, बृहस्पति विद्या सदन, रिसोर्सेस हिमालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिस्ठान (नास्ट), साइन्स टिचर एशोसियसन अफ् नेपाल, जैविकप्रविधि केन्द्रिय विभाग (त्रिवि), नेपाल भौतिक विज्ञान समाज, न्यूज एजेन्सी नेपाल(न्यान), नेपाल गणित समाज, नेपाल भूगर्भ समाज, नेपाल पत्रकार महासंघ काठमाडौं शाखा, नेपाल पोलिमर इन्स्टिट्यूट, एस्ट्रोनोमरर्स विथवाउट वोडर्स, एन–प्यावसन, कान्तिपुर भ्याली कलेज, रोबोटिक्स क्लब, रेनबो इन्टरनेशनल बोडिङ् स्कूल, ग्रामिण आर्दश वहुमुखी क्याम्पस, रोबोटिक्स एसोसियसन अफ नेपाल, उच्च माध्यामिक विद्यालय संघ नेपाल (हिसान), एस्ट्रोवोेटेक, इनिसेटिभ्स इन नेपाल फाउण्डेसनलगायत संस्थाले ऐक्यवद्धता जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

‘११औं नेपाल वुड तथा होम डेकोर इन्टरनेशनल एक्स्पो २०८२’ सुरु 

खाद्य पदार्थको स्तर निर्धारण सम्बन्धी अन्तरक्रिया सम्पन्न

भौतिकशास्त्र अनुसन्धानमा निजी क्षेत्रद्वारा सर्नलाई १ अर्ब डलर सहयोग गर्ने प्रतिवद्धता

काठमाडौँमा ‘बाँस संरचना डिजाइन मार्गदर्शन २०८२’ कार्यान्वयनबारे अन्तरक्रिया

बन्दीपुर केवलकार र लेमन ट्री होटल्सबीच १५ वर्षे फ्रेन्चाइजी सम्झौता

नयाँ अनुसन्धानले भविष्यका उत्खननकर्ताहरूका लागि सुनौलो अवसर 

ज्योति विकास बैंकका कर्मचारीमाथि आपराधिक आक्रमण, बैंकको घोर भर्त्सना

भौतिक विज्ञानका आधारभूत ज्ञानमा आधारित कार्यशाला सम्पन्न

×