IMAGE: Stephen Leonardi
हाम्रो ब्रह्माण्ड विशाल छ । वैज्ञानिकहरूका अनुसार ब्रह्माण्ड १३.८ अरब वर्ष पुरानो मानिन्छ। अदभूत कुरा ब्रह्माण्ड विस्तारित तथा गतिशील छ ।
यही अस्तित्वमा रहेका खर्बौं ग्रह तथा ताराहरू मध्य पृथ्वी मात्र त्यस्तो ग्रह हो, जसमा जीवको अस्तित्व पाइएका छन् । यो आफैमा एक रहस्यमय विषय बनेको छ । तथापि, अन्य संसारमा जीव भए वा नभएको अहिलेसम्म कुनै यथेष्ट प्रमाण खगोल वैज्ञानिकहरूले भेटेका छैनन्।
पृथ्वी बाहिर जीव छ वा छैन भन्ने प्रश्नको बिचमा ‘फर्मी प्याराडक्स’ले ब्रह्माण्डको आकार र यसमा हुन् सक्ने जीव विकासको लागि सम्भावनालाई बुझाउँछ । फलस्वरूप, हाम्रो भूगोल बाहिर जीवन पत्ता लगाउनु एउटा प्रयास जारी छ । र, वैज्ञानिकहरू तिनीहरूलाई पत्ता लगाउन लागि परिरहेका छन्।
पृथ्वी बाहिर जीव खोज्न कहिले सुरु भयो ?
पृथ्वी बाहिर जीव हुन् सक्ने सम्भावनाको चर्चा सयौँ वर्षदेखि हुँदै आएको पाइन्छ । मानव जातिले पृथ्वी छोड्ने क्षमता राख्नुअघि नै बाह्य ग्रह र उपग्रहमा जीव पत्ता लगाउने प्रारम्भिक प्रयासहरू गरिएका थिए।
‘सर्च फर एक्स्ट्राटेरेस्ट्रियल इन्टेलिजेन्स (सेती) इन्स्टिच्युट’का अनुसार रेडियोको विकासले हाम्रो जस्तै अरू ग्रहमा जीव हुन् सक्ने सम्भावना देखायो । त्यसले उनीहरू हामीजस्तै बुद्धिमान हुन् सक्ने धारणा व्यक्त गरियो । लगतै, सन् १९०० दशकको सुरुवातीमा वैज्ञानिक निकोला टेस्ला र गुग्लिल्मो मार्कोनी दुवैले मङ्गल ग्रहमा जीवको अस्तित्व सङ्केतहरू पत्ता लगाएको अनुमान गरेका थिए।
सन् १९६० मा, बाह्य जीवनको लागि पहिलो महत्त्वपूर्ण रेडियो तरङ्ग आधारित खोजी सुरु भयो। खगोल शास्त्री फ्रान्क ड्रेक यसको प्रेरक व्यक्ति थिए। उनले करिब १० र १२ प्रकाश वर्ष टाढा रहेका ताराहरूको परिक्रमा गर्न सक्ने ग्रहहरूबाट सङ्केतहरू खोज्न दुई रेडियो टेलिस्कोपको प्रयोग गरे ।
सन् १९९५ देखि सन् २००० सम्म सञ्चालन भएको सेती इन्स्टिच्युटको प्रोजेक्ट फिनिक्स नामक निजी पहलले पृथ्वीको २०० प्रकाश वर्षमा ८०० तारा प्रणालीको खोजी गरेको थियो।
तथापि, विभिन्न खोज अनुसन्धान जारी रहे पनि आजसम्म कुनै परिणाम दिन सकेको छैन ।
एलेन टेलिस्कोप एरे, जसले हाम्रो आकाश गङ्गा मिल्कीवेबाट माइक्रोवेभ फ्रिक्वेन्सीहरू लिन सक्छन् । जसले आजसम्म पनि खोजी जारिराखेका छन्। सेती इन्स्टिच्युटले लेजर तरङ्गहरू मद्दतले खोजी सुरु गर्दैछन । जसले अन्तरिक्षमा रहेका एलियनहरूले यदि ब्रह्माण्डमा सिग्नल पठाएका रहेछन् भने त्यसलाई डिटेक्ट गर्न मद्दत मिल्ने खालका हुनेछन् ।
के एलियनहरु बुद्धिमान हुन् सक्छन् ?
हलिउड प्रोडक्सन र साइन्स फिक्शन सम्बन्धित कथाहरूले हेर्दा एलियनहरू राक्षसी, विचित्र र बुद्धिमान प्राणीहरू देखाइएका छन् । जुन हामीभन्दा एकदम फरक छन् भन्ने विचार सर्वसाधारण व्यक्तिहरूमा हाबी भएको छ।
तथापि, हालैका खोजका निष्कर्षहरूलाई आधार मान्ने हो भने हाम्रा परग्रही छिमेकीहरू पहिले अनुमान गरिएको भन्दा बढी सरल हुनसक्छ । यो केवल अनुमान मात्र हुनसक्छ ।
अनुसन्धाताहरूले बाहिरी आकाशीय पिण्डमा हामी जस्तै बुद्धिमान जीव मात्रै नभई सरल जीव पनि खोजिरहेका छन् । यसरी खोजी सरल हुनुमा मानवरहित अन्तरिक्ष यान र रिमोट सेन्सिङ टेक्नोलोजीमा भएको गुणात्मक प्रगतिका कारणले वैज्ञानिकलाई पृथ्वी बाहिर अन्य ग्रहमा अन्वेषण गर्न सक्षम भएको बताइन्छ ।
पछिल्लो समय विकास भएको अन्तरिक्ष दूरदर्शक यन्त्र ‘जेम्स वेब स्पेस टेलिस्कोप’ अन्तरिक्षमा परिभ्रमण गरिरहेका छन् । यो अतितै उत्कृष्ट टेलिस्कोप मानिएको छ । जसले टाढाको एक्जो प्लानेटबाट उत्सर्जित प्रकाशमा सूक्ष्म उतारचढाव आएमा पनि पत्ता लगाउने खालका छन् ।
यसले वैज्ञानिकहरूलाई अक्सिजन वा सल्फर जस्ता ग्याँसहरू पत्ता लगाउन सक्षम हुनेछन् । यदि त्यस्ता ग्यासहरूको उपस्थिति भएमा सूक्ष्म जीवहरूको उपस्थितिको सङ्केत देखाउने अनुसन्धानले देखाएको छ ।
यसरी एलियनको खोजीमा वैज्ञानिकहरूले छिमेकी ताराहरूको तीव्र विकिरणबाट बचाउने र जीवन निर्माणमा सहयोग गर्ने पृथ्वीको जस्तै चुम्बकीय क्षेत्र भएको ग्रह खोजी गर्दा हालै न्यु मेक्सिकोको भेरी लार्ज एरे (भीएलए) रेडियो टेलिस्कोपले १२ प्रकाश वर्ष पर त्यस्तो चुम्बकीय क्षेत्र भएको ग्रह पनि पत्ता लगाएका थिए ।
के एलियनहरुले पनि हामीलाई खोजिरहेका होलान् ?
वैज्ञानिकहरूले अनुमान गरेअनुसार केही त्यस्ता एलियनहरु बुद्धिमानी छन् । तिनीहरूले मानिससँग कुराकानी गर्नुअघि उचित समयको समकक्षसम्म पर्खनेछन् । हामीसँग सम्पर्क गर्नु अघि उनीहरू हाम्रो चेतना स्तरको अवस्था अध्ययन गरिरहेका हुन सक्छन् ।
उन्नाइसौँ शताब्दीको उत्तरार्धमा रेडियोको विकास भएदेखि हालसम्म वैज्ञानिकहरूले कयौँ पटक अन्तरिक्षमा रेडियो तरङ्गहरू पठाइसकेका छौ ।
सन् १९७४ को प्रसिद्ध अरेसिबो सिग्नल जस्तै अरू तरङ्ग सुन्ने कुनै पनि बुद्धिमान् एलियनहरूसित सम्पर्क गर्ने प्रयासमा वैज्ञानिकहरूले गरिरहेका छन् ।
तर हाम्रो ब्रह्माण्ड यति विशाल छ, कहाँ कुन दिशामा खोज्ने र कता ‘सिग्नल’ पठाउने अझै नि यकिन भइसकेको छैन । तैपनि, बेला बेलामा एलियनको खोजीले चर्चा पाउने गरिरहेका छन् ।
पृथ्वी बाहिर जीवको खोजी गर्न थालेको भर्खरै एक शताब्दी काटेको छ । अझै सयौँ वर्ष लाग्न सक्नेछ । तथापि, त्यो भोलि वा आजै हुनसक्छ, एलियनको सङ्केत पाउन । यही आशामा वैज्ञानिकहरू निरन्तर लागिरहेका छन्।
Leave a Reply