2025-07-03

के आर्टिफ़िसियल इन्टेलिजेन्स हाम्रो लागि खतरनाक छ?

मनोविज्ञानमा इन्टेलिजेन्स अथवा “बुद्धिमत्ता” वा “बौद्धिकता” को अवधारणा आफैमा विवादास्पद छ। मानिस वा अन्य कुनै पनि प्राणीमा मा “सामान्य बुद्धि” को अस्तित्व बहसको विषय हो।

अधिकांश मानिसहरूको आफ्नो वातावरण बुझ्ने त्यसलाई वास्तविक हो या हैन भनेर छुट्ट्याउन सक्ने संज्ञानात्मक क्षमता हुन्छ। कुनै विषय वस्तु रङ्ग वा गुण छुट्याउन सक्ने त्यसलाई चिन्तन र मनन गर्न सक्ने पनि एक प्रकारको इन्टेलिजेन्स नै हो। पृथ्वीमा रहेका प्राणीहरू मध्य मानव मस्तिष्क निकै फरक रहेको छ किनभने यो सचेत छ। कुनै एक सुपर कम्प्युटर जस्तै यसले काम गरे पनि यसले गर्ने काम कम्प्युटरले गर्ने भन्दा धेरै गर्न सक्छ।

कोलम्बिया युनिभर्सिटीका न्यूरोसाइंटिस्ट एरिक क्यानडेल र उनको अनुसन्धान टोलीले गरेको एक अनुसन्धानले के देखाएको छ भने हामीले जति धेरै दिमागको प्रयोग गर्छौँ, त्यति नै हाम्रो बौद्धिक मांसपेशी प्रभावकारी हुन्छ। अर्थात् हाम्रो बौद्धिकता विकाश हुन्छ जसले गर्दा हामीले नयाँ तरिकाले सोच्न र काम गर्न सक्छौ।

मानव मस्तिष्कले गरेका कयौँ खोज र कल्पना हाल वास्तविकता भइसकेका छन्। यो यति सक्षम छ कि यसले आफू जस्तै सचेत अर्को इन्टेलिजेन्ट कम्प्युटर प्रणालीको परिकल्पना मात्रै हैन विकास गर्न नै लागिरहेको छ। तर कहीँ कतै एक डर पनि छाएको छ, कि कतै आफ्नै सृजनाले कुनै दिन यसको आफ्नै अस्तित्व खतरामा पर्ने त हैन भनेर ।

यो व्यापक रूपमा विश्वास गरिएको छ कि आर्टिफ़िसियल इन्टेलिजेन्स (एआईले) मानवताको लागि खतरा वा प्रतिस्पर्धा गर्न सक्छ। इतिहास हेर्ने हो भने, हरेक उन्नत मानव सभ्यतालाई कम विकसित सभ्यताले सखाप पारेको छ जुन सामान्यतया लोभ वा डरले प्रेरित थियो। एआईको खतराको बारेमा केही विज्ञहरूको धारणाले सङ्केत गर्न सक्छ कि हामी हाल एक स्वायत्त प्रणाली जुन मानव नियन्त्रणमा नरही काम गर्न सक्नेको बारेमा छलफल गर्दैछौं।

तर परिभाषा अनुसार, एआई एक उपकरण हो, संसारमा यसको आफ्नै अद्वितीय परिप्रेक्ष्य को साथ एक मानव जस्तै संवेदनशील प्राणी होइन। अनुभव र भावनाहरू बुझ्न र सम्झिन सक्ने क्षमतालाई संवेदनशीलता भनिन्छ। एआईलाई तब मात्र संवेदनशील मान्न सकिन्छ जब यसमा मानिस जत्तिकै अनुभवजन्य बुद्धि हुनेछ, जसले यसलाई सोच्न, महसुस गर्न र यसको वरपरको भौतिक संसारलाई बुझ्न सक्षम बनाउनेछ।

बेलायती कम्प्युटर वैज्ञानिक स्टुअर्ट रसेलले आफ्नो पुस्तक ‘आर्टिफिसियल इन्टेलिजेन्सः अ मोडर्न अप्रोच’मा मानव सुहाउँदो एआई र एआईबिचको मौलिक भिन्नता प्रस्तुत गरेका छन् । यद्यपि यसलाई निबन्ध लेख्न र छलफल गर्न सिकाउन सकिन्छ, आधुनिक एआई अझै पनि संवेदनशील हुनबाट धेरै टाढा छ।

निसन्देह, हाल विकास भइरहेका च्याट बोटहरू सुसङ्गत भाषिक अभिव्यक्ति व्यवस्थित गर्न माहिर छन्। यसले थुप्रै मानिसहरूले सामान्यतया जवाफ दिन नसक्ने प्रश्नहरूको उचित जवाफ दिन सक्छ। तर मानव मस्तिष्क जस्तै बुझ्न सक्ने अनुभव गर्न सक्ने भने भइसकेको छैन जसको लागि कुनै चमत्कार नै जरुरी हुनेछ।

प्रकाशित

समाचार

एभरेस्ट स्कुलमा विज्ञान प्रदर्शनी

यामाहा ग्लोबलको ७० औं वार्षिकोत्सवमा यामाहा नेपालले मनाउँदैछ अविस्मरणीय यात्राको उत्सव

नेक र सोना बीच समझदारी

एभरेष्टमा इन्जिनियरिङ कलेजमा छलफल

अनुसन्धान: स्मार्टफोनमा भल्ट अनुप्रयोगहरू ‘एपहरू’ पत्ता लगाउने नयाँ तरिका 

हिमाल युथ विज फेस्टिवल सम्पन्न

विराटनगरबासीले तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्नेः प्रदेश प्रमुख खापुङ

बौद्ध विद्वान डा. ज्ञानपूर्णिक महास्थवीर अग्गमहापण्डित भिक्षुको स्मृति सभा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

‘यन्त्र ९.०’ प्रतिस्पर्धा अन्तर्राष्ट्रिय रोबटिक्समा प्रवेश गर्ने माध्यम हो

सम्बन्धित सामाग्री

एभरेस्ट स्कुलमा विज्ञान प्रदर्शनी

यामाहा ग्लोबलको ७० औं वार्षिकोत्सवमा यामाहा नेपालले मनाउँदैछ अविस्मरणीय यात्राको उत्सव

नेक र सोना बीच समझदारी

एभरेष्टमा इन्जिनियरिङ कलेजमा छलफल

अनुसन्धान: स्मार्टफोनमा भल्ट अनुप्रयोगहरू ‘एपहरू’ पत्ता लगाउने नयाँ तरिका 

हिमाल युथ विज फेस्टिवल सम्पन्न

विराटनगरबासीले तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्नेः प्रदेश प्रमुख खापुङ

बौद्ध विद्वान डा. ज्ञानपूर्णिक महास्थवीर अग्गमहापण्डित भिक्षुको स्मृति सभा

×