2025-10-28

त्रिवि प्राणीशास्त्र केन्द्रीय विभागको ५८ औँ वार्षिकोत्सव सम्पन्न

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय प्राणीशास्त्र केन्द्रीय विभागको ५८ औँ वार्षिकोत्सव समारोह सम्पन्न भएको छ । त्रिविको आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र सेडाको हलमा आयोजना गरिएको कार्यक्रममा प्रा. द्विजराज उप्रेतीलाई सम्मान तथा कदरपत्र प्रदान गरेको छ ।

९७ वर्षगाँठको उमेर पुगेका विभागका संस्थापक सदस्य प्राध्यापक उप्रेतीले विगतमा विशिष्ट योगदान गरेबापत विभागले सम्मान तथा कदर पत्र प्रदान गरेको हो । प्रा. उप्रेती त्रिवि विज्ञान तथा प्रविधि संकायका पहिलो डीनसमेत हुन् ।

उनीसँगै कदर पत्र प्राप्त गर्नेमा नेपालमा पहिलो पटक विद्यावारिधि गर्ने स्वर्गीय प्राडा शिवशंकर सिंह तथा स्वर्गीय प्राडा पूर्णनाथ मिश्रलाई मरणान्त सम्मान गरिएको छ । स्वर्गीय प्राडा सिंह प्राणी शास्त्रका पहिलो विभागीय प्रमुख हुन् । कार्यक्रममा उनका नातिनी पुनम सिंहले कदर पत्र लिएका थिइन । त्यस्तै विभागमा निष्ठा तथा समर्पण भावले लामो समय काम गरेका प्रशासनका कर्मचारी आनन्दकृष्ण अमात्यलाई सम्मान तथा कदर पत्र प्रदान गरिएको छ ।

सम्मानित भएका ९७ वर्षे प्रा. द्विजराज उप्रेतीले संक्षिप्त मन्तव्यमा भने, ‘श्री पशुपतिनाथले अहिलेसम्म मेरो स्वास्थ्यमा सुधार छ, विभागको उन्नति तथा प्रगति होस् भनेर कामना गर्दछु ।’

सन् २०२२ साल मंसिर १३ गते विभाग स्थापना गरेपश्चात् २५ सयले स्नातकोत्तर तथा २७ जनाले विद्यार्थीले विद्यावारिधि गरिसकेको विभागीय प्रमुख प्राडा कुमार सापकोटाले बताए ।

प्रमुख प्राडा सापकोटाका अनुसार प्राणीशास्त्रको भूमिका बन, खाद्य सुरक्षा, पर्यावरण तथा जलवायु परिवर्तन क्षेत्रसँग सम्बन्धित रहेको छ, तर त्यस क्षेत्रमा विद्यार्थीले अवसर पाउन सकेको छैन ।

अका उपाध्यक्ष तथा नेपाल सरकारका पूर्व सचिव डा. दीपबहादुर स्वराले,‘देशको अवस्था हेर्दा प्राणीशास्त्र विभागको मात्र उन्नति हुनुपर्ने मान्यता गलत हुन सक्छ,’ उनले भने, ‘तैपनि बेरोजगार समस्या हलका लागि ‘नेपाल प्राणी सर्वेक्षण’जस्ता कार्यक्रम तय हुनु जरुरी छ ।’

कृषि तथा वनस्पति विषय अध्ययन गरेकाको आ-आफ्नै अनुसन्धान गर्ने तथा रोजगारी दिने संस्था छन्, प्राणीशास्त्र हकमा पनि त्यस्तै संस्था हुँदा विद्यार्थीको थप आकर्षण बढ्नेछ,’ पूर्व सचिव स्वराले भने । यस विषयमा कार्यक्रमका प्रमुख अतिथि त्रिवि विज्ञान सन्काएका डीन प्राडा विनिल अर्याल लक्षित गर्दै डीनले सोच्न पर्ने बताए ।

पूर्वाञ्चल विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. तोरणबहादुर कार्कीले जीवनस्तर उकास्ने खालका शिक्षा हुन पर्ने हो, तर नेपालमा त्यस्तो हुन नसकेको बताए । अर्को कुरा नेपालमा तोकिएको समयमा पढाई हुँदैन, परीक्षाको नतिजा आउँदैन र ठिक समयमा शैक्षिक सत्र पुरा नहुँदा विद्यार्थी बिदेसिने गरेको बुझ्न सकिन्छ ।

कार्यक्रमका प्रमुख अतिथि विज्ञान संकायका डीन प्राडा विनिल अर्यालले अव ‘पेटेन्ट तथा इन्डस्ट्रीतर्फ उन्मुख शिक्षामा केन्द्रित हुनु पर्ने बताए । उनले विभागले गरेका कामको मूल्याङ्कन मात्र होइन,  भविष्यका लागि योजना बनाउन सुझाए ।

त्रिवि विज्ञान संकायका सहायक डीन तथा प्राणी शास्त्रका प्राध्यापक प्राडा महेन्द्र महर्जनले बिएस्सी र एमएस्सीको पाठ्यक्रम ढाँचा परिवर्तन गर्ने बेला भएको बताए । ‘के कस्ता परिवर्तन तथा सुधार गर्न पर्ने हो सुझाव दिन,’ उनले विभागका प्राध्यापकसँग अनुरोध गरेँ ।

कार्यक्रममा प्राणीशास्त्र केन्द्रीय विभाग एल्युम्नाई एसोसिएसनका अध्यक्ष प्रा.डा. आनन्दशोभा ताम्राकारले विभागको सम्वृद्धिकालागि आवश्यक सहयोग गर्ने बताइन ।

मा अद्यावधिक गरिएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

युरोपेली अन्तरिक्ष एजेन्सी (इसीए) ले टोकियोमा एसियाको पहिलो कार्यालय स्थापना गर्ने

युरोपेली अन्तरिक्ष एजेन्सीको एशोसियट सदस्य बन्ने तयारीमा साइप्रस

आणविक अनुसन्धानका लागि युरोपेली संगठन (सर्न) को एसोसिएट सदस्य राष्ट्र बन्यो आयरल्यान्ड

प्रभु बैंकका ४ लाख २२ हजार संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा

डब्लुएचओको चेतावनी : विश्वभर ३ अर्बभन्दा बढी मानिसमा स्नायु सम्बन्धी रोग, नीति अभावले संकट गहिरिंदै

नेपालमा जस्तो अवसर कतै देख्दिनँ : अध्यक्ष ढकाल

सवारी दुर्घटनाबाट जोगिन नयाँ प्रविधि: थ्रीडी प्रिन्टेड ट्विस्टिङ मेटामेटेरियल

तिहार फ्लोरा एक्स्पो सम्पन्न, अभिनेत्री कोइरालाको आग्रह: रैथाने फूल संरक्षण गरौं

×