नास्टको  ४७ औँ प्राज्ञ सभा सम्पन्न, वार्षिक बजेट ५० करोड ६८ लाख ३९ हजार स्वीकृत

तस्बिरः नास्ट

खुमलटार, ललितपुर । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को  ४७ औँ प्राज्ञ सभा सम्पन्न भएको छ । प्रधानमन्त्री एवम् नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठानका कुलपति के.पी. शर्मा ओलीको अध्यक्षतामा सम्पन्न प्राज्ञ सभाबाट आ.व. २०८१/८२ को वार्षिक कार्यक्रमहरू सञ्चालनार्थ ५० करोड ६८ लाख ३९ हजार बजेट स्वीकृति भएको नास्टले जनाएको छ ।

भाद्र २५ गते प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न कार्यक्रममा माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवम् प्रतिष्ठानकी सहकुलपति विद्या भट्टराईलगायत ४० प्राज्ञ सभा सदस्यहरूको उपस्थिति रहेको थियो । सो प्राज्ञ सभाले गत आ.व. २०८०/ ८१ मा प्रज्ञा-प्रतिष्ठानबाट सम्पन्न गरिएका कार्यहरूको प्रगति विवरण ‘वार्षिक प्रतिवेदन’ स्वीकृत गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ।

त्यस्तै, आ.व. २०७९/ ८० को प्रस्तुत लेखा परीक्षण प्रतिवेदनमा औँल्याइएका कुराहरू उपर प्रज्ञा-प्रतिष्ठानको व्यवस्थापन परिषद्लाई आवश्यक निर्देशन दिने र कर्मचारी प्रशासन नियमावली, २०६४ को अनुसूची ८ मा गरिएको संशोधनलाई अनुमोदन गर्ने जस्ता निर्णयहरू गरेको छ ।

नास्टको प्रेस विज्ञप्तिअनुसार सभामा सम्माननीय प्रधानमन्त्री केपी शर्मा वलीले राष्ट्रिय आवश्यकता तथा जनताको अपेक्षा अनुरूप विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा अनुसन्धान, विकास र प्रवर्धनका कार्यलाई घनिभूत बनाउन निर्देशन दिइएको छ ।

नास्टका उपकुलपति प्रा. डा. दिलीप सुब्बाले आ.व. २०८१-८२ मा निर्माणाधीन रेडियोधर्मी परीक्षण गर्ने प्रयोगशाला, जलवायु परिवर्तन, अन्तरिक्ष प्रविधि, साना जलविद्युत प्रविधिका क्षेत्रमा अध्ययन तथा अनुसन्धान गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँगको सहकार्य गर्नेजस्ता कुरा सभामा जानकारी गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

ताइवान वैज्ञानिकहरूले भोल्टेजद्वारा नियन्त्रण हुने सतह ‘एडहिसन स्विच’ विकास गरे

जापानमा ४ वर्ष लामो कोभिड-१९ प्रतिक्रिया तथ्याङ्क सार्वजनिक

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्ष सरियाले लिए शपथ

नेपालले दिगो बायोमास ऊर्जा सम्बन्धी काठमाडौँ घोषणा जारी गर्‍यो

आइसिटिपि २०२६ : सूचना तथा सञ्चार प्रविधि र फोटोनिक्स अन्तर्राष्ट्रिय सम्मेलन हुने

सिद्धि स्मृति अस्पतालमा बालस्वास्थ्य सम्बन्धी अनुसन्धान

नेपाल बीमा प्राधिकरण र त्रि.वि. तथ्याङ्कशास्त्र केन्द्रीय विभागबीच समझदारी

राष्ट्रिय जीवन बीमा कम्पनीमा नयाँ अध्यक्षको शपथग्रहण

×