गोंगबुमा यामाहाको नयाँ थ्रीएस सोरूम

काठमाडौं। यामाहा नेपालले गोंगबुमा नयाँ थ्रीएस सुविधा युक्त सोरूमको उद्घाटन गरेको छ । एकै छाना मुनी थ्री एस अर्थात् सेल्स, सर्भिस र स्पेरको सञ्चालन मोटो क्राफ्ट प्रा.लि.ले गर्ने जनाएको छ।

टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले आज सोरूम उद्घाटनको क्रममा भने, “अधिक नाफा भन्दा सहुलियत दिएर बढी व्यापार तथा उत्कृष्ट सेवा दिन अनुरोध गरे।” उनले विगतमा आफू युवा अवस्थामा छँदा यामाहाको मोटरसाइकल चढेको अनुभव सुनाए।

फरक प्रसँगमा उनले भने टोखा नगरपालिकाले जन्मदेखि मृत्यु संस्कारका लागि नगरपालिकाको तर्फबाट आर्थिक सहयोग प्रदान गर्दै आइरहेको सुनाए ।

यामाहा नेपालका कार्यकारी निर्देशक तथा एमएडब्लु राइट्सका दीपक अग्रवालले एउटै छानामा थ्री एस सोरूम खोल्ने लक्ष्यअनुसार मोटो क्राफ्टसँग सहकार्य गरिएको बताए।

“हाम्राे ‘गुणस्तरीय उत्पादन र सेवा’ ले ग्राहकको विश्वास जित्न सफल भएका छौं,” उनले भने, “हामी प्रडक्ट मात्र बेच्दैनौ, हामी सपना बाढ्ने र  कमिटमेन्ट पनि दिन्छौ, सोहीअनुसार ग्राहकको मन जित्न सफल भएको छ ।”

एमएडब्लु ग्रुप अफ् कम्पनीज्का समूह निर्देशक गोपालप्रसाद अग्रवालले कम्पनी तथा समुदायका हितका लागि स्थानीयसँग सहकार्य गरेर अगाडि बढिएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

ताइवान वैज्ञानिकहरूले भोल्टेजद्वारा नियन्त्रण हुने सतह ‘एडहिसन स्विच’ विकास गरे

जापानमा ४ वर्ष लामो कोभिड-१९ प्रतिक्रिया तथ्याङ्क सार्वजनिक

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्ष सरियाले लिए शपथ

नेपालले दिगो बायोमास ऊर्जा सम्बन्धी काठमाडौँ घोषणा जारी गर्‍यो

आइसिटिपि २०२६ : सूचना तथा सञ्चार प्रविधि र फोटोनिक्स अन्तर्राष्ट्रिय सम्मेलन हुने

सिद्धि स्मृति अस्पतालमा बालस्वास्थ्य सम्बन्धी अनुसन्धान

नेपाल बीमा प्राधिकरण र त्रि.वि. तथ्याङ्कशास्त्र केन्द्रीय विभागबीच समझदारी

राष्ट्रिय जीवन बीमा कम्पनीमा नयाँ अध्यक्षको शपथग्रहण

×