2025-10-21

‘टिएमवान’ विशेष उपलब्धि: १ सय युनिट सडकमा

काठमाडौँ । नेपालमा साना तथा मझौला व्यवसायीहरको रोजाइमा ‘टिएमवान’ पर्न सफल भएको छ । ‘कमाइको राजा’ भनेर परिचित ‘टिएमवान’ले नेपालभर १ सय भन्दा बढी युनिट सडकमा गुडिरहेको एमएडब्लू ग्रुपले जनाएको छ। 

चाहे ताजा तरकारी बजारमा पुर्‍याउन होस् वा पानी, दूध, ग्यास सिलिन्डर जस्ता दैनिक उपभोग्य सामान वितरण गर्न होस्, ‘टिएमवान’को भरपर्दो भएको छ । यसको उच्च दक्षता र नेपाली आवश्यकता अनुसारको डिजाइनले व्यवसायिक सवारीको रूपमा परिचित गरेको छ।

अहिले  नेपाली बजारमा ‘टिएमवान’ दुई फरक साइजका लोडिङ डेक ८ फिट र १० फिट मा उपलब्ध छ। विश्वकै नम्बर वान  क्याटएल ब्याट्रीबाट सञ्चालित यस इलेक्ट्रिक सवारीले २८० किमी NEDC रेन्ज प्रदान गर्नेछ।  जसले गर्दा शहरी क्षेत्रमा डेलिभरीका लागि विशेष उपयुक्त मानिन्छ। 

‘टिएमवान’ विशेष उपलब्धि

नेपाली व्यवसायीहरूबीच  ‘टिएमवान’को बढ्दो लोकप्रियता र विश्वास झल्काउने यस विशेष उपलब्धिलाई उल्लास पूर्वक मनाइएको छ।

यस अवसरमा एमएडब्लू ग्रुपका प्रबन्ध निर्देशक विवेक सिकरिया, एमएडब्लू वृद्धि कमर्सियलका सीइओ तुषार गुप्ता, सेल्स हेड नविन आचार्य, मार्केटिङ प्रमुख प्रकाश सुवेदी लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

‘टिएमवान’ आजको दिनमा नेपालमा केही अर्थपूर्ण काम गर्ने र आफ्नै व्यवसायिक यात्रा सुरु गर्ने चाहना राख्नेहरूका लागि पहिलो रोजाइको सवारी बनेको छ।

एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रा. लि. नेपालका व्यावसायिक सवारी साधनहरूको क्षेत्रमा एक प्रमुख संस्था हो, जसले भरपर्दो, शक्तिशाली र इनोभेटिभ मोबिलिटी सोलुसन्स प्रदान गर्दै आएको छ। 

नेपालका लागि फोटोन ब्रान्डका व्यावसायिक सवारीहरूको आधिकारिक वितरकको रूपमा कम्पनीले नेपाली सडक र व्यवसायहरूको विविध आवश्यकतालाई पूरा गर्न विश्वस्तरीय प्रविधि र इन्जिनियरिङ्ग प्रस्तुत गर्दै आएको छ। 

मा अद्यावधिक गरिएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

तिहार फ्लोरा एक्स्पो सम्पन्न, अभिनेत्री कोइरालाको आग्रह: रैथाने फूल संरक्षण गरौं

जर्मनीको ‘प्रीमियम कार अफ द इयर २०२६’ को उपाधि हुन्डाई आयोनिक ९ लाई

आन्दोलनमा भएको क्षतिको बीमा दाबी : २३ अर्बभन्दा बढी, २ अर्ब बढी भुक्तानी

सामाजिक रूपले संलग्न कला: समावेशिता र लोकतन्त्रको सुदृढताको उत्प्रेरक

ग्रह निर्माणको डिस्कमा पहिलो पटक ‘हेभी वाटर’ को खोज: सूर्यभन्दा पुरानो पानीको प्रमाण

इनड्राइभ ‘राइड मोर, विन मोर’ अभियानका दश विजेतालाई इलेक्ट्रिक स्कुटर प्रदान

उपेक्षित र कम उपयोग गरिएका बाली प्रजातिसम्बन्धी  कन्क्लेव – २०२५’ आयोजना हुने

खाद्य चराको गुँड उद्योगमा विश्वास बढाउन नयाँ राष्ट्रिय मापदण्ड

×