ईभी ब्याट्री बजार : चिनियाँ ‘सीएटीएल’ अग्रपंक्तिमा, यस्तो छ कम्पनीहरु बीचको रोचक प्रतिस्पर्धा

काठमाडौं । कुनै समय पेट्रोलियमलाई विश्वको इन्धनको मेरुदण्ड मानिन्थ्यो । तर अहिले त्यो स्थान विस्तारै विद्युतीय ऊर्जाले लिन थालेको छ ।

जलवायु परिवर्तनको दबाब, प्रविधिमा आएको तीव्र विकासका कारण संसार भर विद्युतीय सवारी साधन (ईभी)प्रति आकर्षण तीव्र बन्दै गएको छ । ईभी उद्योगको तीव्र विकाससँगै ब्याट्री बजारमा पनि उथलपुथल आएको छ । अहिले ब्याट्रीको माग पनि आकस्मिक रूपले बढेको छ ।

सन् २०२५ को जनवरीदेखि मे सम्मको अवधिमा मात्रै विश्वभर ४०१.३ गिगावाट घण्टा बराबरको ब्याट्री प्रयोग भएको छ । जहाँ चीनका कम्पनीहरू अग्रस्थानमा छन् । यता, कोरियन र जापानी कम्पनीहरूले पनि आफूलाई बलियो प्रतिस्पर्धीका रूपमा उभ्याएका छन् ।

दक्षिण कोरियाली बजार अनुसन्धान संस्था एसएनइ रिसर्चले सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो। गत वर्षको सोही अवधिमा भएको २८९.५ गिगावाट आवर ब्याट्री प्रयोग भएको थियो । त्यसको तुलनामा यो वर्षको पाँच महिनामा १११.८ गिगावाट घण्टा बढी हो ।

ब्याट्री बजारमा कडा प्रतिस्पर्धा, एकअर्कालाई उछिन्न होड

आजको ईभी ब्याट्री उद्योग एक प्रकारको खुला प्रतियोगिता क्षेत्र बनेको छ, जहाँ विश्वका प्रमुख कम्पनीहरू एकअर्कालाई उछिन्न होड गर्दै छन्।

यो प्रतिस्पर्धा केवल व्यापारिक फाइदाको मात्र नभई प्रविधि, नवप्रवर्तन र विश्व बजारमा पकड जमाउने लडाइँ पनि हो । यो लडाइँमा अहिले अग्रस्थानमा छ । चीनको सीएटीएल (कन्टेम्पररी एम्पेरेक्स टेक्नोलोजी लिमिटेड)। कम्पनीले पाँच महिनाको अवधिमा १५२.७ गिगावाट आवर ब्याट्री आपूर्ति गरेको छ । सीएटीएलले अहिलेको ब्याट्री बजारको नम्बारको ताज पाएको छ ।

सीएटीएलले कुल ब्याट्री बजारको ३८.१ प्रतिशत हिस्सा कब्जा गरेको छ । गत वर्षको तुलनामा ४०.६ प्रतिशत वृद्धि भएको छ । गत वर्षको जनवरीदेखि मे महिनासम्म कम्पनीले १०८.६ गेगावाट आवर मौ ब्याट्री उत्पादन तथा बिक्री गरेको थियो ।

दोस्रो स्थानमा रहेको बिवाइडीले पनि ठूलो छलाङ मारेको छ । पाँच महिनामा बिवाइडीले ७० गिगावाट आवर ब्याट्री बिक्री गर्दै १७.४ प्रतिशत बजार हिस्सा ओगटेको छ । गत वर्षको सोही अवधिमा पनि कम्पनीले ४४.५ गिगावाट आव मात्रै ब्याट्री बिक्री गरेको थियो ।

यसले चिनियाँ बजारभित्र नै दुई ठूला कम्पनीबीच रोचक प्रतिस्पर्धा चलिरहेको संकेत गर्छ ।

तेस्रो स्थानमा रहेको दक्षिण कोरियाली कम्पनी एलजी इनर्जीले पनि उल्लेखनीय प्रदर्शन गरेको छ । एलजीले ३९.९ गिगावाट घण्टा ब्याट्री आपूर्ति गर्दै १० प्रतिशत बजार हिस्सा बनाएको छ । अघिल्लो वर्षको तुलनामा १४.३ प्रतिशत वृद्धि भए तापनि बजार हिस्सा भने केही गुमाएको देखिन्छ । तर, गुणस्तर र निरन्तरताका हिसाबले एलजी इनर्जी अझै बलियो ब्रान्डका रूपमा स्थापित छ ।

चौथो स्थानमा रहेको चीनको सिएएलबि र पाँचौं स्थानमा रहेको कोरियाली कम्पनी एसके अन दुवैले ४.२ प्रतिशत बजार हिस्सा बनाएका छन् । यी दुबै कम्पनीले बजारको मध्यम तहमा मजबुत उपस्थिति जनाइरहेका छन् । यद्यपि, निकट भविष्यमा ठूला प्रतिस्पर्धी बन्ने सम्भावना छ ।

छैटौं सूचीमा गोसन हाइटेक (३.४ प्रतिशत) र सामसङ एसडीआई (३.३ प्रतिशत) सातौं स्थानमा रहेको छ । यता, पानासोनिक (२.९ प्रतिशत), इभीई इनर्जी (२.७ प्रतिशत) र एसभोल्ट इनर्जी (२.६ प्रतिशत) क्रमशः आठौं, नवौं र दशौं स्थानमा परेका छन् । बाँकी अन्य साना तथा नयाँ ब्रान्डहरूले संयुक्त रूपमा ११.२ प्रतिशत बजार हिस्सा ओगटेका छन् ।

ईभी ब्याट्री बजारमा चीनको स्पष्ट प्रभुत्व कायम छ । तर, कोरियन र जापानी कम्पनीहरू पनि नवप्रवर्तन र गुणस्तरको बलमा प्रतिस्पर्धा गरिरहेका छन् । बजारको माग तीव्र गतिमा बढिरहेकाले अबको प्रतिस्पर्धा उत्पादन क्षमताको मात्र नभई, ऊर्जा घनत्व, टिकाउपन, द्रुत चार्जिङ प्रविधि र लागत नियन्त्रणको पनि हुनेछ ।

(अर्थपथ डटकमसँगको सहकार्यमा रिभोसाइन्स डटकममा प्रकाशन गरिएको हो। सं.)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

नेपाल–भियतनाम दौत्य सम्बन्धको ५० वर्षमा आर्थिक सहकार्यबारे छलफल

विश्व पर्वत दिवसमा प्रचण्डको जलवायु न्यायको आग्रह

नयाँ अध्ययनले देखायो: मानव मस्तिष्कले भाषा बुझ्ने तरिका एआई मोडेलसँग मिल्दोजुल्दो

स्पारो एसएमएसलाई ‘मेटा टेक प्रोभाइडर’को मान्यता प्राप्त, नेपालमा ‘ह्वाट्सएप विजनेस प्लेटफर्म’ सुरु

बाढी–पहिरो क्षतिपछि बीमा कम्पनीहरूले करिब २ करोड भुक्तानी गरे

जेन–जी आन्दोलनका क्षतिपछि बीमा कम्पनीहरूले करिब ४ अर्ब ३८ करोड भुक्तानी गरे

प्राइम कमर्सियल बैंकका पूर्व प्रमुख कार्यकारी नारायण दास मानन्धरको निधन

राष्ट्रिय वाणिज्य बैंकद्वारा “बिजनेस मिट २०८२” सम्पन्न

×