‘रोबटिक्स फर गुड युथ च्यालेन्ज २०२५’ मा नेपाल दोस्रो स्थानमा

‘एआई फर गुड – रोबटिक्स फर गुड युथ च्यालेन्ज २०२५’ अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालको जुनियर टोली ‘गौतम बुद्ध’ ले दोस्रो स्थान हासिल गरेको छ। त्यस्तै सिनिर तर्फ सगरमाथाले तेस्रो स्थान हासिल गरेको छ ।

अन्तर्राष्ट्रिय टेलिकम्यूनिकेसन युनियन (आइटियु) द्वारा जेनेभामा आयोजना गरको थियो।

रोबटिक्स एसोसियसन अफ् नेपाल (र्‍यान)ले जनाएअनुसार सो प्रतियोगितामा २५ देशका ७ हजार भन्दा माथि सहभागीहरू थिए । सो प्रतियोगितामा विश्व भरका ५ सय भन्दा बढी टोली सहभागी थिए । 

जनियर टोली गौतम बुद्धका  सदस्यहरू आरव गौतम र परीधी श्रेष्ठ (यनुनाइटेड कूल), रिद्धि मानन्धर (समृध्दि स्कुल)  र अनुपम भुजेल (केएमसी स्कुल) का विद्यार्थीहरू सहभागी भएका थिए । 

र्‍यानका ऋषव राज टिम म्यानेजर थिए भने किरण खत्री सदस्य संयोजनका रूपमा थिए ।

त्यस्तै सिनियर टोलीमा प्रभिन श्रेष्ठ (बनेपा निष्ट), सपना केसी र श्रेयस आचार्य (ट्रिनिटी कलेज) सहभागी थिए भने सतोष थापा मगर प्रशिक्षक रहेको थियो ।

यस वर्ष एआई फर गडु समिटको थिम ‘डिजास्टर रेस्पोन्स एण्ड रेजिलेन्’  रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

नेपाल–भियतनाम दौत्य सम्बन्धको ५० वर्षमा आर्थिक सहकार्यबारे छलफल

विश्व पर्वत दिवसमा प्रचण्डको जलवायु न्यायको आग्रह

नयाँ अध्ययनले देखायो: मानव मस्तिष्कले भाषा बुझ्ने तरिका एआई मोडेलसँग मिल्दोजुल्दो

स्पारो एसएमएसलाई ‘मेटा टेक प्रोभाइडर’को मान्यता प्राप्त, नेपालमा ‘ह्वाट्सएप विजनेस प्लेटफर्म’ सुरु

बाढी–पहिरो क्षतिपछि बीमा कम्पनीहरूले करिब २ करोड भुक्तानी गरे

जेन–जी आन्दोलनका क्षतिपछि बीमा कम्पनीहरूले करिब ४ अर्ब ३८ करोड भुक्तानी गरे

प्राइम कमर्सियल बैंकका पूर्व प्रमुख कार्यकारी नारायण दास मानन्धरको निधन

राष्ट्रिय वाणिज्य बैंकद्वारा “बिजनेस मिट २०८२” सम्पन्न

×