2025-08-06

नेफिनले सप्ताहव्यापी ३१औँ विश्व आदिवासी दिवस मनाउने

काठमाडौँ । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)ले अगस्ट ९ लाई जोड दिँदै सप्ताहव्यापी ३१औँ विश्व आदिवासी दिवस मनाउने भएको छ । 

नेफिनले यो वर्ष “प्राकृतिक श्रोत, जल, जमिन र जङ्गल माथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर, संयुक्त राष्ट्र सङ्घका एजेन्सी संस्था युएनडिपी र आइएलओ १६९ सम्बन्धी सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयन गर” भन्ने मूल नारा सहित ३१औँ विश्व आदिवासी दिवस मनाउन लागेको हो ।

सो अवसरका नेफिनले जातीय भेसभुसा र झाँकी सहित पाँच हजारको बृहत् र्‍याली निकाल्ने भएको छ । आइतबार नेफिनले पत्रकार सम्मेलनको आयोजना गर्दै अगस्ट ९ अर्थात् श्रावण २४ गतेदेखि श्रावण २८ गतेसम्म सप्ताहव्यापी कार्यक्रम आयोजना हुने जानकारी दिएको हो । 

विश्वका आदिवासीहरूले विगत ३१ वर्ष देखि मनाउँदै आइरहेको अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस नेपालका आदिवासी जनजातिहरूले पनि विशेष उत्सवका रूपमा मनाउँदै आएका छन् ।

नेफिनका अध्यक्ष गेल्जे लामा शेर्पाले आदिवासी जनजातिहरूको जातीय, भाषिक, सांस्कृतिक तथा धार्मिक पहिचानलाई स्थापित गर्ने, आदिवासीहरूको मौलिक ज्ञान सिप र उनीहरूको थाक थलोको संरक्षण एवम् प्रवर्धन गरौ आदिवासीको भूमि र प्राकृतिक श्रोत माथिको अधिकार सुनिश्चित गर्ने तथा राज्यका हरेक निकायमा समानुपातिक समावेशी सिद्धान्तको आधारमा अर्थपूर्ण र सम्मानजनक सहभागिता जनाउने मुद्दाहरुलाई राष्ट्रिय वा अन्तर्राष्ट्रिय रूपमा बहस पैरवी गर्ने महत्त्वपूर्ण अवसरका रूपमा यसलाई मनाउने लागिएको बताए । 

३१औँ विश्व आदिवासी दिवस नेपालमा आदिवासी जनजातिहरूको उत्सवको रूपमा आयोजना हुने भएकोले नेपालका आदिवासी जनजातिहरूका पहिचान झल्किने सांस्कृतिक झाँकीहरु, नृत्यहरू, खानाका परिकारहरूको प्रदर्शन समेत हुने नेफिनका महासचिव दिवस राईले बताए । 

उत्सवमा आदिवासी जनजातिहरूका मातृभाषा र लोक भाकामा बनेका गीतहरू, सांस्कृतिक झाँकीहरू, स्थानीय र रैथाने प्रकृतिका आदिवासी जनजातीय कलाकृति सहितका प्रदर्शनी, विभिन्न जातीय भेसभुसा सहित राजधानीको मध्य भाग भृकुटीमण्डप देखि र्‍याली सुरु भएर विभिन्न स्थानहरू परिक्रमा गरी पुनः प्रदर्शनी मार्गको राष्ट्रिय सभागृह सम्म आदिवासी जनजातिहरूको खुला र भव्य प्रस्तुतिलाई सडकभरि गुञ्जायमान बनाइनेछ ।

नेफिनले सांस्कृतिक झाँकी सहितको र्‍याली ११ बजे भृकुटीमण्डपमा जम्मा भएर भद्रकाली, सुनधारा, वीर अस्पताल, रत्नपार्क, पुरानो बसपार्क भएर प्रदर्शनी मार्ग राष्ट्रिय सभागृहको सभा हलमा प्रवेश गरी मूल समारोहमा परिणत गर्ने तयारी गरेको छ । 

मूल समारोहमा संवैधानिक निकायका प्रमुखहरू, माननीय सांसदहरू, पार्टी प्रतिनिधिहरू, महासङ्घका पूर्व प्रमुखहरू, विभिन्न आदिवासी जनजाति विशिष्ट व्यक्तित्वहरू, जातीय संस्था र सम्बन्धन सङ्गठनका अध्यक्षहरू लगायत विभिन्न क्षेत्रका आदिवासी जनजाति सङ्घ संस्थाहरूबाट हजारौँको उपस्थिति रहने नेफिनले जनाएको छ । 

बागमतीमा तामाङ र नेपाल भाषा (नेवारी) भाषा र गण्डकी प्रदेशको सरकारी कामकाजको भाषामा मगर र गुरुङ भाषालाई मान्यता दिइएको छ । जनजातिहरूको कला, संस्कृति, पहिचान, भेसभुसा, खानाका परिकारसहितको उत्सव भएकोले ५ हजार भन्दा बढीको उपस्थित रहने दाबी गर्दै आयोजकले राष्ट्रिय सभागृह बाहिर समेत कार्यक्रम प्रत्यक्ष प्रसारण गरिने तयारी भएको बताएको छ ।

नेफिनले २० गते महिला महासङ्घको बहस कार्यक्रम, २२ गते आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, एफएओ र युनेस्कोको आदिवासीहरूको मातृभाषा र खाद्य सुरक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम तथा उत्सव, २२ गते नै आदिवासी जनजाति आयोगले आदिवासी जनजाति र एआई बारे कार्यशाला, २३ गते गुरुङ राष्ट्रिय परिषद्को चियापान तथा शुभकामना आदानप्रदान, २४ गते नेफिनको मूल समारोह, २५ गते नेपाल मगर सङ्घको अन्तरक्रिया, २५ गते नै युवा महासङ्घको पैदल यात्रा तथा अन्तर्संवाद, २५ गते नै विद्यार्थी महासङ्घको आदिवासीको भविष्य र एआई विषयक अन्तर्क्रिया, २६ गते आदिवासी जनजातिहरूको सवालमा संवाद कार्यक्रम, २७ गते पत्रकार महासङ्घ (फोनिज)को २६औँ स्थापना दिवस तथा फोनिज अवार्ड र २८ गते सुनुवार सेवा समाजको कला साहित्य पुरस्कार वितरण कार्यक्रमलगायतका सूची तयार गरेको छ ।

मा अद्यावधिक गरिएको

समाचार

फक्सवागनका पावरफुल मोडल ‘भट्रस र टाईगुन’ नाइमा एक्स्पोमा सार्वजनिक

भृकुटीमण्डपमा छिट्टै अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी स्थल निर्माण हुने:  अर्थमन्त्री पौडेल

नक्सालमा चेतकको शोरूम ‘स्टेट-अफ-द-आर्ट एक्सपेरियन्स जोन’ सुभारम्भ

नाडा अटो शो भविष्यको नविन प्रविधिमा फोकस हुनेछ- अध्यक्ष चौधरी

बालबालिकालाई ‘सहमति शिक्षा’ दिने चित्र पुस्तकमा कमजोरी: अध्ययन

जिलीको ‘इएक्स-फाइभ’ नेपालमा भित्रियो, किफायती मूल्य र उन्नत प्रविधिको संयोजन

बोलबम जगेर्ना गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध छ : मन्त्री यादव

लोककवि अलिमियाँका गीतहरू रेकर्डिङ गरिने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

‘यन्त्र ९.०’ प्रतिस्पर्धा अन्तर्राष्ट्रिय रोबटिक्समा प्रवेश गर्ने माध्यम हो

सम्बन्धित सामाग्री

फक्सवागनका पावरफुल मोडल ‘भट्रस र टाईगुन’ नाइमा एक्स्पोमा सार्वजनिक

भृकुटीमण्डपमा छिट्टै अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी स्थल निर्माण हुने:  अर्थमन्त्री पौडेल

नक्सालमा चेतकको शोरूम ‘स्टेट-अफ-द-आर्ट एक्सपेरियन्स जोन’ सुभारम्भ

नाडा अटो शो भविष्यको नविन प्रविधिमा फोकस हुनेछ- अध्यक्ष चौधरी

बालबालिकालाई ‘सहमति शिक्षा’ दिने चित्र पुस्तकमा कमजोरी: अध्ययन

जिलीको ‘इएक्स-फाइभ’ नेपालमा भित्रियो, किफायती मूल्य र उन्नत प्रविधिको संयोजन

बोलबम जगेर्ना गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध छ : मन्त्री यादव

लोककवि अलिमियाँका गीतहरू रेकर्डिङ गरिने

×