2025-10-03

नेपाल बैंकको नाफामा चामत्कारिक वृद्धि, एक वर्षमै १३२ गुणा उछाल

काठमाडौ । नेपाल बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ मा चामत्कारिक नाफा वृद्धि हासिल गरेको छ।

बिहीबार सार्वजनिक गरिएको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार, बैंकको वार्षिक नाफा अघिल्लो वर्षको तुलनामा १३२.७५ गुणा बढेर ३ अर्ब ७७ करोड ३० लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष बैंकले २ करोड ८४ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो।

ब्याज आम्दानी, सञ्चालन नाफा र इम्पेयरमेन्ट चार्ज

बैंकको खुद ब्याज आम्दानी १६.८२ प्रतिशतले बढेर १० अर्ब ८ करोड ७१ लाख रुपैयाँ पुगेको छ। सञ्चालन नाफामा ६९२.४३ प्रतिशतको अभूतपूर्व वृद्धि देखिएको छ, जसअनुसार यो वर्ष ५ अर्ब ४१ करोड ५८ लाख ८६ हजार रुपैयाँ कायम भएको छ। इम्पेयरमेन्ट चार्ज घटेर १ अर्ब १३ करोड ५५ लाख रुपैयाँमा झरेको छ, जुन अघिल्लो वर्ष ४ अर्ब ७५ करोड ५२ लाख रुपैयाँ थियो।

वितरणयोग्य नाफा ऋणात्मक, इपीएस र नेटवर्थमा सुधार

नाफामा उल्लेखनीय वृद्धि भए पनि वितरणयोग्य नाफा भने ४४ करोड ९० लाख रुपैयाँ ऋणात्मक देखिएको छ। हाल बैंकको प्रति शेयर आम्दानी (इपीएस) २५.६८ रुपैयाँ छ भने प्रति शेयर नेटवर्थ: २५९.८१ रुपैयाँ छ ।

खराब कर्जा र पूँजी संरचना

खराब कर्जा दर ४.४७ प्रतिशतमा पुगेको छ, जुन अघिल्लो वर्ष ४.३३ प्रतिशत थियो। साथै, चुक्ता पुँजी १४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ

छ भने जगेडा कोष २३ अर्ब ४८ करोड २९ लाख रुपैयाँ रहेको छ ।

व्यवसाय विस्तारमा आक्रामक वृद्धि

बैंक व्यवसाय विस्तारमा पनि आक्रामक देखिएको छ । निक्षेप १७.२९ प्रतिशतले बढेर ३ खर्ब ३२ अर्ब २ करोड १० लाख रुपैयाँ पुगेको छ ।त्यस्तै, कर्जा लगानी १३.८९ प्रतिशतले बढेर २ खर्ब २१ अर्ब ७० करोड ३४ लाख रुपैयाँ पुगेको छ।

मा अद्यावधिक गरिएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

‘हुन्डाई हाईवे एस्सुरेन्स: केयर फ्री राइड टु होम’ सञ्चालनमा

कोरोला नाका व्यवस्थित रूपमा सञ्चालन गर्न सरकारसँग अध्यक्ष ढकालको आग्रह 

बीमा प्राधिकरणमा अध्यक्षको कार्यभार जनक राज शर्माले सम्हाले

सोकोनसँग हर्षोत्सव: दशैं–तिहार उत्सव मनाउनु होस् आकर्षक अफरसँगै

दशैं-तिहारको अवसरमा फोटोन ईभी भ्यान र टिएम१मा विशेष अफर

ग्लोबल आइएमई बैंकको ‘गोल बेस्ड सेभिङ्ग’ योजना सार्वजनिक

हनुमान ढोकामा इन्द्रजात्रा फोटो प्रदर्शनी, तीन दिनसम्म हेर्न सकिने 

व्यावसायिक एवं व्यक्तिगत सम्पत्तिमाथि आक्रमण नहुने सुनिश्चितता आवश्यक : महासंघ 

×