ग्लोबल आइएमई बैंकलाई ‘युरो मनी बेस्ट बैंक अवार्ड २०२५’

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ अन्तर्गत बेस्ट बैंक अवार्ड प्राप्त गर्दै अन्तर्राष्ट्रिय स्तरमा पुनः एकपटक आफ्नो उत्कृष्टता प्रमाणित गरेको छ। सन् १९९२ मा स्थापना गरिएको युरो मनी म्यागजिनद्वारा प्रदान गरिने यो अवार्ड बैंकिङ क्षेत्रको एक प्रतिष्ठित मान्यता हो।

ग्राहक सेवा, वित्तीय सुदृढता, सामाजिक उत्तरदायित्व, नवीन प्रविधिको प्रयोग, वातावरणीय तथा सुशासनका क्षेत्रमा गरिएको योगदान र उच्च कार्यसम्पादनका आधारमा ग्लोबल आइएमई बैंकलाई यो सम्मान प्रदान गरिएको हो।

युरो मनी म्यागजिन बैंकिङ क्षेत्रको गहिरो विश्लेषण र समालोचनाका लागि प्रसिद्ध छ, जसमा अनुभवी तथा ख्यातिप्राप्त वित्तीय विज्ञहरूको संलग्नता रहन्छ।

यो वर्षको अवार्डले गर्दा ग्लोबल आइएमई बैंक तेस्रो पटक युरो मनीको बेस्ट बैंक अवार्ड जित्न सफल भएको हो। यसअघि सन् २०२२ र २०२४ मा पनि बैंकले यही अवार्ड प्राप्त गरिसकेको थियो।

त्यसैगरी, ग्लोबल फाइनान्सको बेस्ट बैंक अवार्ड २०२४ र २०२५ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गत दुई विधामा नेपालकै उत्कृष्ट बैंकको रुपमा समेत बैंक सम्मानित भइसकेको छ।

ग्लोबल आइएमई बैंक देशभरका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गरेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। हाल बैंकसँग ३५२ शाखा कार्यालय, ३८४ एटिएम, १५५ शाखा रहित सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर र ३ वटा अन्तर्राष्ट्रिय प्रतिनिधि कार्यालयसहित १,००० भन्दा बढी सेवा केन्द्रहरू छन्।

बैंकले नेपाली नागरिकहरूलाई देशभित्र मात्र होइन, विदेशबाट पनि रेमिट्यान्स सेवा उपलब्ध गराउँदै आएको छ। संयुक्त राज्य अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायतका देशहरूबाट रेमिट्यान्स भित्र्याउने कार्यमा बैंक सक्रिय छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

नेपाल क्लियरिङ हाउसको १७औँ वार्षिकोत्सवमा राष्ट्रिय वाणिज्य बैंक सम्मानित

चालढालसँग सम्बन्धित हड्डीको अनुकूलनमा संलग्न प्रमुख प्रोटिनहरु पहिचान: अध्ययन

लिङ्नान विश्वविद्यालयको अनुसन्धानले उमेरअनुसार तनाव र सिर्जनशीलता फरक देखायो

एनएफपिजेको २८औँ साधारण सभा सम्पन्न, पाँच विधामा फोटो पत्रकार सम्मानित

अविरल वर्षा तथा बाढी–पहिरोबाट बीमा दाबी ७९०, हालसम्म ९६ दाबीमा करिब ११ करोड भुक्तानी

‘११औं नेपाल वुड तथा होम डेकोर इन्टरनेशनल एक्स्पो २०८२’ सुरु 

खाद्य पदार्थको स्तर निर्धारण सम्बन्धी अन्तरक्रिया सम्पन्न

भौतिकशास्त्र अनुसन्धानमा निजी क्षेत्रद्वारा सर्नलाई १ अर्ब डलर सहयोग गर्ने प्रतिवद्धता

×