नेपाल बैंकका ग्राहकलाई कोटबारी होटेलको सेवामा विशेष छुट

काठमाडौँ, भदौ । नेपाल बैंक लिमिटेड र नुवाकोटको दुप्चेश्वर गाउँपालिका–७ मा अवस्थित कोटबारी होटेल प्रालिबीच विशेष छुट सम्बन्धी सम्झौता सम्पन्न भएको छ।

सम्झौता अनुसार बैंकका कर्मचारी, तिनका परिवारका सदस्यहरू तथा बैंकमा खाता भएका ग्राहकहरूले कोटबारी होटेलले प्रदान गर्ने रिसोर्ट सेवाहरूमा १० देखि १५ प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ।

सम्झौता पत्रमा नेपाल बैंक लिमिटेडको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र कोटबारी होटेल प्रालिको तर्फबाट महाप्रबन्धक आनन्द सिंह ठकुरीले हस्ताक्षर गरेका छन्।

यस सहकार्यले बैंकका कर्मचारी तथा ग्राहकहरूलाई विश्राम तथा पर्यटन अनुभवमा सहजता प्रदान गर्नुका साथै निजी क्षेत्रसँगको सहकार्यलाई सुदृढ बनाउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

नेपाल क्लियरिङ हाउसको १७औँ वार्षिकोत्सवमा राष्ट्रिय वाणिज्य बैंक सम्मानित

चालढालसँग सम्बन्धित हड्डीको अनुकूलनमा संलग्न प्रमुख प्रोटिनहरु पहिचान: अध्ययन

लिङ्नान विश्वविद्यालयको अनुसन्धानले उमेरअनुसार तनाव र सिर्जनशीलता फरक देखायो

एनएफपिजेको २८औँ साधारण सभा सम्पन्न, पाँच विधामा फोटो पत्रकार सम्मानित

अविरल वर्षा तथा बाढी–पहिरोबाट बीमा दाबी ७९०, हालसम्म ९६ दाबीमा करिब ११ करोड भुक्तानी

‘११औं नेपाल वुड तथा होम डेकोर इन्टरनेशनल एक्स्पो २०८२’ सुरु 

खाद्य पदार्थको स्तर निर्धारण सम्बन्धी अन्तरक्रिया सम्पन्न

भौतिकशास्त्र अनुसन्धानमा निजी क्षेत्रद्वारा सर्नलाई १ अर्ब डलर सहयोग गर्ने प्रतिवद्धता

×