
काठमाडौँ, २२ भदौ । “यामाहा ब्लु फेस्ट” आजदेखि हत्तिसारस्थित जय नेपाल सिनेमा हलमा सुरु भएको छ।
भदौ २२ देखि भदौ २७ सम्म सञ्चालन हुने यामाहा ब्लु फेस्टमा बाइक र स्कुटरप्रेमीहरूले आफ्नो पुरानो सवारी साधनलाई नयाँ यामाहामा अपग्रेड गर्ने उत्कृष्ट अवसर पाउनेछन्।
चाडपर्वको सिजनमा, यामाहा ब्लु फेस्टसँग खुसीको यात्रामा सहभागी भएर एक्सचेन्जको फाइदा लिन सक्ने बताइएको छ।
यामाहा नेपालका कार्यकारी निर्देशक दीपक अग्रवालले “यामाहाले राइडरलाई थप अनुभव सिर्जना गर्ने मात्र नभई भावना, शैली र प्रदर्शनको अनुभव दिन चाहेको बताए ।
“यो पहलले ग्राहकप्रति धन्यवाद प्रकट गर्ने तथा थप राइडरहरूलाई यामाहा परिवारमा स्वागत गर्ने हाम्रो पहल हो,” उनले भने ।
सो फेस्टमा यामाहाले आरवापाइभ भी फोर, एमटी-१५ भी टू, एफजेट भी थ्री डिलक्स, रेजर १२५ एफ वान हाइव्रिड, एरोक्स १५५ लगायतका मोडेलहरू समावेश छन्।
एक्सचेन्ज र फाइनान्स अफरहरू:
- कुनै पनि ब्राण्ड, कुनै पनि बाइक एक्सचेन्ज गर्नुहोस्
- कुनै पनि यामाहा बाइक वा स्कुटरमा न्यूनतम रु. ५०,००० मूल्याङ्कन
- अन्य ब्राण्डमा न्यूनतम रु. २५,००० मूल्याङ्कन (कर म्याद पुरा गर्नुपर्ने)
- एक्सचेन्जमा अतिरिक्त रु. १०,००० बोनस
- ७.९९% ब्याजदरमा फाइनान्स, ग्यारेन्टर आवश्यक छैन
- नगद छुट रु. १०,००,००० सम्म
- हरेक यामाहा खरिदमा निःशुल्क हेल्मेट
Leave a Reply