2025-09-17

पाँचौँ पटक लगातार आएइएले आणविक ऊर्जा सम्बन्धी पूर्वानुमान बढायो

भियना, अष्ट्रिया । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आएइए) ले विश्वभर बढ्दो चासोका बीच पाँचौँ पटक लगातार आणविक ऊर्जा विस्तारको पूर्वानुमान बढाएको छ। यसले स्वच्छ, भरपर्दो र दीर्घकालीन ऊर्जा समाधानको रूपमा आणविक शक्तिप्रति बढ्दो विश्वव्यापी समर्थन देखाउँछ।

आएइएका महानिर्देशक राफाएल मारियानो ग्रोसीले भियना स्थित ६९औं आएइए महासभामा ‘इनर्जी, इलेक्ट्रिसिटी एण्ड न्यूकिलिय पावर इस्टिमेट्स फर द पिरियड अप टु २०५०’ वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै नयाँ पूर्वानुमान घोषणा गरे।

सन् २०५० सम्म दोब्बर क्षमता हुने अनुमान

सन् २०२४ को अन्त्यसम्म विश्वभर ४१७ आणविक रिएक्टर सञ्चालनमा थिए । जसको कुल उत्पादन क्षमता ३७७ गिगावाट इलेक्ट्रिक (जिडब्लु-इ) थियो। उच्च सम्भाव्यताको पूर्वानुमान अनुसार, २०५० सम्म यो क्षमता ९९२ जिडब्लु-इ पुग्नेछ। न्यून सम्भाव्यताको पूर्वानुमानमा भने ५० प्रतिशत वृद्धि भई ५६१ जिडब्लु-इ पुग्नेछ।

साना मोड्युलर रिएक्टरहरू (एसएमआरएस) ले यस विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने रिपोर्टमा उल्लेख छ।  उच्च सम्भाव्यताको अवस्थामा नयाँ थपिएको क्षमताको २४ प्रतिशत एसएमआरएसबाट आउनेछ भने न्यून सम्भाव्यताको अवस्थामा ५ प्रतिशत मात्र हुनेछ ।

फुकुशिमा दुर्घटनापछि पहिलोपटक २०२१ मा वृद्धि

सन् २०११ मा जापानको फुकुशिमा दुर्घटनापछि पहिलोपटक आएइएले २०२१ मा पूर्वानुमान बढाएको थियो। त्यसयता उच्च सम्भाव्यताको पूर्वानुमान २५ प्रतिशतले बढेको छ । जुन २०२१ मा ७९२ जिडब्लु-इ बाट बढेर अहिले ९९२ जिडब्लु-इ सम्म पुग्नेछ।

“आएइएका वार्षिक पूर्वानुमानहरू निरन्तर बढ्दै गएका छन्, जसअनुसार स्वच्छ, भरपर्दो र दिगो ऊर्जा प्राप्त गर्न आणविक शक्ति अपरिहार्य बन्दै गएको छ,” ग्रोसीले भने।

पूर्वानुमानका आधारहरू

पूर्वानुमान तयार गर्दा सञ्चालनमा रहेका रिएक्टरहरू, लाइसेन्स नवीकरण, बन्द हुने योजना, उत्पादन वृद्धि र निर्माणाधीन परियोजनाहरूलाई ध्यानमा राखिएको छ।

न्यून सम्भाव्यताको पूर्वानुमानमा वर्तमान बजार, प्रविधि र नीति स्थिर रहने मानिएको छ। उच्च सम्भाव्यताको पूर्वानुमानमा भने राष्ट्रहरूको आणविक ऊर्जा विस्तारको योजना समावेश गरिएको छ।

रिपोर्टले एसएमरआरएसको सफल र समयमै कार्यान्वयनका लागि नियामक र औद्योगिक समन्वय आवश्यक हुने उल्लेख गरेको छ। साथै, उच्च सम्भाव्यताको लक्ष्य प्राप्त गर्न नीति समर्थन, लगानी, र जनशक्ति विकास अपरिहार्य हुने बताइएको छ।

अहिले प्रकाशन गरेको आएइएको  इनर्जी, ‘इलेक्ट्रिसिटी एण्ड न्यूकिलिय पावर इस्टिमेट्स रिपोर्टको यो ४५औं संस्करण हो, जसले क्षेत्रगत रूपमा आणविक ऊर्जा सम्बन्धी विश्व प्रवृत्तिहरू प्रस्तुत गर्छ। पछिल्लो दशकमा आणविक ऊर्जा विकास विगतका पूर्वानुमानको दायराभित्र नै रहँदै आएको छ।

नयाँ ऊर्जा युगतर्फ विश्व अघि बढ्दै गर्दा आणविक शक्ति एक प्रमुख समाधानको रूपमा स्थापित हुँदै गएको छ।

मा अद्यावधिक गरिएको

समाचार

नयाँ खोज: कोशिकाहरूले टाढासम्म ‘महसुस’ गर्न सक्ने क्षमता पत्ता लाग्यो

बीमा प्राधिकरणले बीमा सर्भेयर संघसँग थाल्यो छलफल

अस्ट्रेलियामा सम्पन्न भयो सिजन मिडियाको प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२५

आन्दोलनका क्रममा भएका भौतिक क्षतिबाट बीमा क्षेत्रमा परेको प्रभाव सम्बन्धी छलफल

संविधान र विधिको शासनबाट विचलन नहुन सभामुख र राष्ट्रिय सभा अध्यक्षको आग्रह

वैज्ञानिकहरूद्वारा कार्बन उत्सर्जनलाई उपयोगी रसायनमा रूपान्तरण गर्ने प्रविधि विकास

बत्तिसपुतलीबाट यस्तो देखियो खग्रास चन्द्रग्रहण

जय नेपालमा यामाहा ब्लु फेस्ट आजदेखि सुरु, एक्सचेन्ज अफरको घोषणा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

नयाँ खोज: कोशिकाहरूले टाढासम्म ‘महसुस’ गर्न सक्ने क्षमता पत्ता लाग्यो

बीमा प्राधिकरणले बीमा सर्भेयर संघसँग थाल्यो छलफल

अस्ट्रेलियामा सम्पन्न भयो सिजन मिडियाको प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२५

आन्दोलनका क्रममा भएका भौतिक क्षतिबाट बीमा क्षेत्रमा परेको प्रभाव सम्बन्धी छलफल

संविधान र विधिको शासनबाट विचलन नहुन सभामुख र राष्ट्रिय सभा अध्यक्षको आग्रह

वैज्ञानिकहरूद्वारा कार्बन उत्सर्जनलाई उपयोगी रसायनमा रूपान्तरण गर्ने प्रविधि विकास

बत्तिसपुतलीबाट यस्तो देखियो खग्रास चन्द्रग्रहण

जय नेपालमा यामाहा ब्लु फेस्ट आजदेखि सुरु, एक्सचेन्ज अफरको घोषणा

×