बीमा प्राधिकरणमा अध्यक्षको कार्यभार जनक राज शर्माले सम्हाले

काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनक राज शर्माले शुक्रबारदेखि औपचारिक रूपमा कार्यभार सम्हालेका छन्।

शुक्रबार अर्थमन्त्री रामेश्वरप्रसाद खनालले अध्यक्ष शर्मालाई पद तथा गोपनीयताको शपथ गराएका थिए। नेपाल सरकारको मन्त्रिपरिषद्को २०८२ असोज ९ गतेको बैठकले अर्को व्यवस्था नभएसम्मका लागि अध्यक्षको जिम्मेवारी शर्मालाई दिएको हो। हाल उनी अर्थ मन्त्रालयमा कार्यरत छन्।

कार्यभार ग्रहण गर्दै अध्यक्ष शर्माले वर्तमान चुनौतीपूर्ण परिस्थितिमा बीमा सेवालाई अझ गुणस्तरीय, विश्वसनीय र प्रभावकारी बनाउनु आवश्यक रहेको बताए। उनले बीमा दाबी भुक्तानी प्रक्रिया छिटोछरितो र सरल बनाउनुपर्नेमा जोड दिए।

“नयाँ पुस्ताको सोच र बदलिँदो परिवेशअनुसार सरकारले ल्याएका नीति तथा कार्यक्रमअनुरूप बीमा क्षेत्रको सेवा स्तर वृद्धि गरिनेछ,” अध्यक्ष शर्माले भने, “सर्वसाधारणमा बीमाप्रतिको विश्वास बढाउन बीमा कम्पनीहरूले प्रचलित कानूनअनुसार अघि बढ्नुपर्छ, र प्राधिकरणले नियमनलाई अझ प्रभावकारी बनाउनेछ।”

उनले बीमा कम्पनीहरूलाई दाबी भुक्तानी प्रक्रिया झन्झटरहित बनाई समयमै भुक्तानी गर्न निर्देशन दिए। यसले बीमाप्रतिको विश्वास बढाउने र बीमाको पहुँच विस्तार हुने, जसले गर्दा लागत पनि घट्ने उनले उल्लेख गरे।

अध्यक्ष शर्माले प्राधिकरणका कर्मचारीहरूलाई सही नियतका साथ गुणस्तरीय र शीघ्र कार्यसम्पादन गर्न निर्देशन दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

आइसिटिपि २०२६ : सूचना तथा सञ्चार प्रविधि र फोटोनिक्स अन्तर्राष्ट्रिय सम्मेलन हुने

सिद्धि स्मृति अस्पतालमा बालस्वास्थ्य सम्बन्धी अनुसन्धान

नेपाल बीमा प्राधिकरण र त्रि.वि. तथ्याङ्कशास्त्र केन्द्रीय विभागबीच समझदारी

राष्ट्रिय जीवन बीमा कम्पनीमा नयाँ अध्यक्षको शपथग्रहण

ज्योति विकास बैंकको मोबाईल बैंकिङ्ग एपबाट हवाईटिकट खरिदमा पाँच सय क्यासब्याक

२९ औं अन्तर्राष्ट्रिय खगोल ओलम्पियाडमा नेपाललाई कास्य पदक

डब्ल्यूएचओ चेतावनी: क्षयरोग अझै विश्वकै घातक रोग, वित्तीय अभावले प्रगति जोखिममा

ज्योति विकास बैंकद्वारा सुदूरपश्चिमका दुर्गम स्वास्थ्यचौकीमा बेबी वार्मर हस्तान्तरण

×