2025-10-08

नेपाल–जर्मनीबीच दुई महत्त्वपूर्ण सहयोग सम्झौतामा हस्ताक्षर

काठमाडौं, असोज २२ । नेपाल सरकार र संघीय गणतन्त्र जर्मनीबीच आज दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । जसअन्तर्गत वित्तीय तथा प्राविधिक सहयोग प्रदान गरिनेछ। सम्झौताले नेपालको ऊर्जा, स्वास्थ्य, कृषि, शासन तथा समावेशी विकासका प्राथमिकतालाई सहयोग पुर्‍याउने लक्ष्य लिएको छ।

सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्मा र जर्मन सरकारको तर्फबाट नेपालका लागि जर्मनीका राजदूत उडो भोल्जले हस्ताक्षर गरे।

२० मिलियन युरोको ऊर्जा सहयोग

वित्तीय सहयोग अन्तर्गत जर्मन सरकारले ‘पावर डिस्ट्रीब्युसन स्ट्रेन्थेनिङ कार्यक्रम’मा २० मिलियन युरो सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। उक्त परियोजना नेपालको विद्युतीय वितरण प्रणालीको स्तरोन्नति तथा सुदृढीकरणमा केन्द्रित हुनेछ, जसले देशभर भरपर्दो र प्रभावकारी विद्युत सेवा सुनिश्चित गर्नेछ।

परियोजना नेपाल विद्युत प्राधिकरणमार्फत कार्यान्वयन गरिनेछ। कार्यान्वयनका लागि प्राधिकरण र जर्मन विकास बैंकबीच छुट्टै सम्झौता हुनेछ। यो परियोजना सन् २०२९ सेप्टेम्बर ५ भित्र सम्पन्न गरिने लक्ष्य लिइएको छ।

प्राविधिक सहयोगमा २१ मिलियन युरोको प्रतिबद्धता

प्राविधिक सहयोग सम्झौता सन् १९७४ मा हस्ताक्षर गरिएको दीर्घकालीन ढाँचागत सम्झौता तथा सन् २००९ मा संशोधित सम्झौतामा आधारित रहेको छ। यसअन्तर्गत जर्मनीले २१ मिलियन युरो सम्मको सहयोग निम्न क्षेत्रहरूमा पुर्‍याउनेछ।

सम्झौता हस्ताक्षरपछि अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्माले जर्मनीको निरन्तर सहयोगप्रति आभार व्यक्त गरे । “यी सम्झौताहरूले नेपाल–जर्मनी सम्बन्धको प्रगाढता र स्थायित्वलाई प्रतिबिम्बित गर्छन्,” उनले भने। उनले जर्मन सरकार तथा जनतालाई नेपालको सामाजिक तथा आर्थिक विकासमा पुर्‍याएको दीर्घकालीन योगदानप्रति धन्यवाद पनि दिए।

त्यसैगरी, राजदूत उडो भोल्जले ऊर्जा, दिगो आर्थिक विकास तथा स्वास्थ्य क्षेत्रमा नेपालसँगको सहकार्य अझ सशक्त हुने विश्वास व्यक्त गरे।

मा अद्यावधिक गरिएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

शहीदप्रति चौधरी ग्रुपको श्रद्धाञ्जलि, परिवारका सदस्यलाई रोजगारी दिने घोषणा

निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीहरूसँग बीमा दाबी भुक्तानी सम्बन्धी छलफल

२०२५ को भौतिकशास्त्र नोबेल पुरस्कार तीन वैज्ञानिकलाई प्रदान

युनेस्कोको महानिर्देशक पदका लागि खालिद एल-एनानीको मनोनयन

डब्लुएचओ प्रतिवेदन: २०२४ मा १.४ अर्ब मानिस उच्च रक्तचापबाट प्रभावित

कोरियाली पर्वतारोहीको शव हेलिकप्टरमार्फत काठमाडौँ ल्याइयो

मेटलाइफ र ग्लोबल सिटिजनबीच आर्थिक परिवर्तनलाई अगाडि बढाउन साझेदारी 

क्वान्टम कम्प्युटिङको ‘बिर्सने’ समस्यालाई समाधान गर्ने अन्तर्राष्ट्रिय परियोजना सुरु

×