
काठमाडाैँ । जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबीमध्ये हालसम्म करिब रू. २ अर्ब ७९ करोड ७४ लाख बीमितहरूलाई भुक्तानी गरिएको छ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार, निर्जीवन बीमा कम्पनीहरूमा परेको कूल बीमा दाबी रकम करिब रू. २३ अर्ब २३ करोड ३७ लाख रहेको छ।
बीमा प्रकारअनुसार भुक्तानी विवरणअनुसारसम्पत्ति बीमा ६७३ दाबीमध्ये करिब रू. १९ अर्ब १ करोड ९४ लाख दाबी रकममध्ये रू. २ अर्ब २७ करोड ११ लाख भुक्तानी गरिएको छ ।
मोटर बीमा २,२७० दाबीमध्ये रू. ३ अर्ब ४४ करोड २६ लाख दाबी रकममध्ये रू. ४७ करोड ७७ लाख भुक्तानी गरिएको छ भने इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमा १९२ दाबीमध्ये रू. ३६ करोड ७९ लाख दाबी रकममध्ये रू. ४ करोड ६२ लाख भुक्तानी गरिएको छ।
त्यस्तै, अन्य बीमा ४० दाबीमध्ये रू. ३८ करोड ७२ लाख दाबी रकममध्ये रू. २२ लाख र परिवहन बीमा १२ दाबीमा रू. १ करोड ६६ लाख दाबी रकम भुक्तानी गरिएको छ ।
प्रदेशगत बीमा दाबी र भुक्तानी विवरण:
| प्रदेश | दाबी संख्या | दाबी रकम (रू.) | भुक्तानी रकम (रू.) |
|---|---|---|---|
| कोशी | ३९२ | २ अर्ब ३२ करोड ४६ लाख | ३१ करोड ८४ लाख |
| मधेश | ३६७ | ७० करोड ४ लाख | ४ करोड ७१ लाख |
| बागमती | १,७२३ | १७ अर्ब ६१ करोड ६२ लाख | २ अर्ब १५ करोड ५९ लाख |
| गण्डकी | २१६ | १ अर्ब ६९ करोड २३ लाख | १५ करोड १८ लाख |
| लुम्बिनी | २५७ | ४७ करोड ४४ लाख | ८ करोड ७८ लाख |
| कर्णाली | २८ | ९ करोड ९९ लाख | ९० लाख |
| सुदूरपश्चिम | २०४ | ३२ करोड ६० लाख | २ करोड ७२ लाख |
जेन–जी आन्दोलनसँग सम्बन्धित १४ निर्जीवन बीमा कम्पनी र ४ लघु निर्जीवन बीमा कम्पनीमा परेका ३,१८७ दाबीको कुल रकम करिब रू. २३ अर्ब २३ करोड ३७ लाख रहेको छ।
त्यस्तै, पुनर्बीमा कम्पनीबाट पेश्की भुक्तानी पनि गरिएको छ। नेपाल पुनर्बीमा कम्पनीले बीमकहरूलाई करिब रू. १ अर्ब ९९ करोड २२ लाख अग्रिम भुक्तानी उपलब्ध गराएको छ। कम्पनीमा परेका २,८६८ पुनर्बीमा दाबीको कुल रकम करिब रू. १६ अर्ब ५ करोड १३ लाख रहेको छ।
यसबीचमा बीमितहरूलाई थप भुक्तानी प्रक्रिया जारी रहेको बीमा प्राधिकरणले जनाएको छ।


Leave a Reply