५ करोड २० लाखमा गहनापोखरी पुनर्निर्माण सुरु

काठमाडौँ । हाँडीगाउँस्थित ऐतिहासिक गहनापोखरीको पुनर्निर्माण कार्य औपचारिक रूपमा प्रारम्भ भएको छ। क्षमा पूजा सम्पन्न गर्दै सुरु गरिएको पुनर्निर्माण करिब ५ करोड २० लाख रुपैयाँ खर्च हुने भएको छ।

सम्पदा तथा पर्यटन विभागले असोज ३१ गते सुजन राज जेभीलाई निर्माण कार्यको जिम्मेवारी दिएको हो। योजना अनुसार २०८३ असोज ३० गतेभित्र पोखरी पुनर्निर्माण सम्पन्न गरिनेछ।

वडाध्यक्ष वीरेन्द्र प्रजापतीका अनुसार हाँडीगाउँलाई प्राचीन स्वरुपमा फर्काउने गुरुयोजनाअन्तर्गत काम भइरहेको छ। उनले मौलिकता र सांस्कृतिक पहिचानलाई आधार मानेर विगतका कमजोरी सच्याउँदै प्राचीन शैलीमा पोखरी पुनर्निर्माण गरिने बताए।

पोखरीको स्वरुपबारे स्मरण गर्दै उनले पहिले छेउमा कम गहिराइ र बीचतिर बढी गहिराइ हुने परम्परागत संरचना रहेको तर पछिल्लो समय पौडी पोखरीजस्तो बनेको त्रुटि सच्याइने जानकारी दिए।

सम्पदा तथा पर्यटन विभाग प्रमुख कुमारी राईले महानगरपालिकाको लगानीमा सहरले प्राचीन स्वरुप पुनः प्राप्त गर्ने बताइन्। उनका अनुसार यसबाट सबैले गर्व गर्न सक्ने संरचना तयार हुनेछ।

वरिष्ठ इञ्जिनियर रविन्द्र रिजालका अनुसार पोखरी १३ हजार वर्गफिट क्षेत्रफलमा बन्नेछ। वरिपरि ६ देखि ८ फिट चौडाइको पैदलमार्ग, हरियाली प्रवर्द्धन, फल्चा, खेल्ने ठाउँ, प्रहरी विट, पर्यटक सूचना केन्द्र र पुस्तकालयसमेत निर्माण गरिनेछ।

ऐतिहासिक र सांस्कृतिक महत्व

गहनापोखरीसँग सम्बन्धित लोककथाअनुसार यहाँ कुनै बेला सुनको पेटिका प्रकट हुने गर्थ्यो, जसलाई लिन खोज्ने व्यक्ति पोखरीमै डुब्ने विश्वास थियो। उक्त सुन भावी बुद्ध बोधिसत्व मैत्रेयको मुकुटको सुन भएको जनश्रुति छ।

हाँडीगाउँलाई लिच्छवीकालीन नगर सभ्यताको केन्द्र मानिन्छ। यहाँका मन्दिर, चैत्य, बिहार, मूर्तिकला, चित्रकला र पुरातात्विक अवशेषहरूले यस क्षेत्रलाई ऐतिहासिक सम्पदाको धरोहरका रूपमा स्थापित गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

स्ट्याण्डर्ड चार्टर्ड बाहेक सबै बैंकले असोजमा कर्जा विस्तार

जलवायु निष्क्रियताले हरेक वर्ष लाखौँ मानिसको मृत्यु: ल्यान्सेट काउन्टडाउनको चेतावनी

कञ्चनजङ्घामा समुदाय–नेतृत्वको जैविक विविधता अनुगमन : युनेस्कोको संरक्षणमा नयाँ आयाम

राष्ट्रिय बीमा कम्पनीका नवनियुक्त अध्यक्ष ढकालले गरे शपथ ग्रहण

ललितपुर महानगरपालिका युनेस्कोको ‘संगीतको रचनात्मक शहर’ घोषित

फोटोपत्रकार वन्तको लेन्समा चीनको शानडोंग : जीवन र संस्कृतिको झलक (फोटो फिचर)

राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाडको तेह्रौँ संस्करणको आवेदन खुल्यो

‘डकुमेन्ट्री तथा ट्राभल फोटोग्राफी’ फोटो टक शो सम्पन्न

×