कृषि विकास बैंकले शेयरधनीलाई लाभांश वितरण गर्ने

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।

कार्तिक १९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत लाभांश दिने निर्णय गरेको जनाएको छ। 

हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत लाभांशमध्ये ३.२५ प्रतिशत बोनस शेयर रहेको छ। त्यस्तै ९.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) रहेको छ। 

यसका साथै, बैंकले फिर्ता नहुने अग्राधिकार शेयर पूँजीमा पनि वार्षिक ६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

घोषित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र वितरण गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

‘११औं नेपाल वुड तथा होम डेकोर इन्टरनेशनल एक्स्पो २०८२’ सुरु 

खाद्य पदार्थको स्तर निर्धारण सम्बन्धी अन्तरक्रिया सम्पन्न

भौतिकशास्त्र अनुसन्धानमा निजी क्षेत्रद्वारा सर्नलाई १ अर्ब डलर सहयोग गर्ने प्रतिवद्धता

काठमाडौँमा ‘बाँस संरचना डिजाइन मार्गदर्शन २०८२’ कार्यान्वयनबारे अन्तरक्रिया

बन्दीपुर केवलकार र लेमन ट्री होटल्सबीच १५ वर्षे फ्रेन्चाइजी सम्झौता

नयाँ अनुसन्धानले भविष्यका उत्खननकर्ताहरूका लागि सुनौलो अवसर 

ज्योति विकास बैंकका कर्मचारीमाथि आपराधिक आक्रमण, बैंकको घोर भर्त्सना

भौतिक विज्ञानका आधारभूत ज्ञानमा आधारित कार्यशाला सम्पन्न

×