
जेनेभा। पहिलो पटक निजी दाताहरूबाट युरोपेली आणविक अनुसन्धान संगठन (सर्न)लाई ठूलो मात्रामा सहयोग गर्ने प्रतिवद्धता गरेको छ । व्यक्तिहरू तथा परोपकारी संस्थाहरूले सर्नको प्रमुख अनुसन्धान परियोजना ‘फ्यूचर सर्कुलर कोलाइडर (एफसीसी)’ निर्माणका लागि करिब १ अर्ब अमेरिकी डलर बराबरको कोष हुने जनाएको छ।
‘ब्रेकथ्रु प्राइज फउण्डेसन’, ‘इरिक एण्ड वेन्डी स्मिट फण्ड फर स्ट्राटेजिक इनोभेसन’कासँगै उद्यमीहरू जोन एल्कन र जेभियर निलले सहयोग गर्नेछ। यो प्रतिज्ञा मौलिक भौतिकशास्त्र अनुसन्धानमा निजी क्षेत्रको सबैभन्दा ठुलो लगानीमध्ये एक मानिएको छ।
सर्नका अनुसार, ब्रह्माण्ड बुझ्ने प्रयासलाई अगाडि बढाउन अझ शक्तिशाली कोलाइडर आवश्यक छ। सदस्य राष्ट्रहरूले अनुमोदन गरेमा, एफसीसी भौतिकशास्त्रका आधारभूत नियमहरूको अध्ययन गर्न अहिलेसम्म बनेका सबैभन्दा महत्त्वाकाङ्क्षी उपकरणमध्ये एक हुनेछ। यसले विशेषगरी ‘हिग्स बोसन’सम्बन्धी प्रश्नहरूलाई सम्बोधन गर्ने, स्टाण्डर्ड मोडलको ज्ञानलाई गहिरो बनाउने र नयाँ खोजी लक्षित हुनेछ।
९१ किलोमिटर परिधि भएको एफसीसी सन् २०४० को दशकको मध्यतिर ‘लार्ज हेड्रन कोलाइडर ‘ को स्थान लिने अपेक्षा गरिएको छ। परियोजनाबाट निस्कने प्रविधिहरूले चिकित्सा, कम्प्युटिङ र दिगो ऊर्जा जस्ता क्षेत्रमा समाजलाई लाभ पुर्याउने अपेक्षा गरिएको छ।
सर्नकी महानिर्देशक फाबिओला जियानोत्तीले भनिन्, “पहिलो पटक निजी दाताहरू सर्नसँग साझेदारी गर्दैछन्, जसले मौलिक भौतिकशास्त्र र ब्रह्माण्ड बुझ्न ठुलो अनुसन्धान उपकरण निर्माणमा सहयोग गर्नेछ।”
“ब्रह्माण्डको मौलिक प्रकृति बुझ्नु मानवतालाई एकताबद्ध गर्ने मिसन हो,” ब्रेकथ्रु प्राइज फउण्डेसनका अध्यक्ष डा. एस. पिटे वर्डेनले भने, ‘हामी इतिहासकै सबैभन्दा शक्तिशाली वैज्ञानिक उपकरण निर्माणमा सहयोग गर्न गर्व गर्छौँ।”
“एफसीसीले मानव ज्ञानको सिमाना विस्तार गर्ने र ब्रह्माण्डका आधारभूत नियमहरू बुझ्न गहिरो योगदान दिने उपकरण हुनेछ,” उद्यमी एरिक स्मिटले भने ।
“सर्नका सदस्य राष्ट्रहरू हाम्रो आगामी प्रमुख परियोजनामा योगदान गर्न इच्छुक दाताहरूको चासोप्रति अत्यन्त आभारी छन्,” सर्न परिषदका अध्यक्ष प्रोफेसर कोस्टास फाउन्टासले भने, “यसले फेरि सर्नको समाजमा प्रासङ्गिकता र सकारात्मक प्रभाव देखाउँछ।”
युरोपेली आयोगले जुलाईमा सार्वजनिक गरेको २०२८–२०३४ को बहुवार्षिक वित्तीय रूपरेखाको मसौदामा एफसीसीलाई ११ “मुनसट” परियोजनामध्ये एकमा समावेश गरेको छ। सर्न परिषद्ले एफसीसी निर्माणबारे निर्णय सन् २०२८ तिर गर्ने अपेक्षा गरिएको छ।


Leave a Reply