|
Getting your Trinity Audio player ready…
|

टोकियो, माघ ५ । पृथ्वीको चुम्बकीय क्षेत्रमा लामो समयदेखि अध्ययन हुँदै आएको प्राकृतिक विद्युतचुम्बकीय तरंग ‘कोरस इमिसन’ बुध ग्रहको चुम्बकीय क्षेत्रमा पनि हुने प्रमाण प्रस्तुत गरेका छन्।
कोरस उत्सर्जन ग्रहको चुम्बकीय क्षेत्रमा (जस्तै पृथ्वीमा) स्वाभाविक रूपमा उत्पन्न हुने शक्तिशाली विद्युतचुम्बकीय तरंगहरू हुन्। यी तरंगहरू आफ्नो विशिष्ट माथि–तल जाने “चिरबिराहट” ध्वनिका कारण चिनिन्छन्। कोरस उत्सर्जनले खतरनाक विकिरण बेल्टका कणहरूलाई तीव्र गतिमा प्रवर्द्धन गर्छ, जुन प्रायः भू–चुम्बकीय गतिविधिका क्रममा इलेक्ट्रोनहरू इंजेक्ट हुँदा सुरु हुन्छ र चुम्बकीय क्षेत्रको संरचनासँग सम्बन्धित हुन्छ।
जापानको कानाजावा विश्वविद्यालय, तोहोकु विश्वविद्यालय, फ्रान्सको एलपीपी तथा साझेदारहरूको अन्तर्राष्ट्रिय टोलीले पछिल्लो अनुसन्धानका आधारमा प्रस्तुत गरेका हुन् ।
बेपिकोलम्बो मिशनअन्तर्गत बुध ग्रहको मियो अर्बिटरले २०२१ देखि २०२५ सम्मका छ वटा फ्लाइबाइमा श्रव्य दायराका प्लाज्मा तरंगहरू पत्ता लगाएको थियो। जापान–अमेरिका संयुक्त जियोटर्ल स्याटलाइटको तीन दशक लामो डाटासँग तुलना गर्दा समान आवृत्ति परिवर्तन देखिएको छ।
अनुसन्धानकर्ताहरूका अनुसार यसले बुध ग्रहमा तीव्र इलेक्ट्रोन गतिविधिको पहिलो विश्वसनीय प्रमाण दिएको छ, जसले सौर्यमण्डलभरि हुने अरोरल प्रक्रियाको बुझाइलाई अगाडि बढाएको छ।
अनुसन्धानकर्ताहरूले बुध ग्रहमा इलेक्ट्रोन र प्लाज्मा तरंगबीचको प्रतिध्वनिबाट उत्पन्न कोरस इमिसन पुष्टि भएको बताएका छन्। पृथ्वीमा विकिरण बेल्टको निर्माण र क्षयमा महत्त्वपूर्ण भूमिका खेल्ने यी तरंगहरू ‘पक्षीको चिरबिराहट’ जस्तै ध्वनि उत्पन्न गर्छन्।
जियोटेल उपग्रहले पृथ्वीको म्याग्नेटोटेलमा ३० वर्षसम्म गरेको अवलोकनले तुलना गर्न आधार प्रदान गर्यो। बुध ग्रहको प्लाज्मा तरंग हस्ताक्षरहरू जियोटेलको कोरस ढाँचासँग मेल खाँदै, छिटो आवृत्ति परिवर्तन र बिहानतर्फको क्षेत्रमा केन्द्रित भएको पुष्टि भएको अनुसन्धानमा उल्लेख छ।
अनुसन्धान टोलीले परिणामले ग्रहगत चुम्बकीय क्षेत्रमा कोरस उत्पन्न हुने प्रक्रियाको सार्वभौमिकता देखाएको र बुध वरिपरि ‘कोल्ड इलेक्ट्रोन’ उपस्थितिको पूर्वानुमानलाई समर्थन गरेको बताएका छन्। कमजोर चुम्बकीय क्षेत्र हुँदाहुँदै पनि बुधमा इलेक्ट्रोन तीव्र गतिमा प्रवर्द्धन हुने देखिएको छ।
मियो अर्बिटर २०२६ अन्त्यतिर बुध ग्रहको कक्षामा प्रवेश गर्नेछ र २०२७ देखि विस्तृत अवलोकन सुरु गर्नेछ। वैज्ञानिकहरूले यस मिशनले स्थानिक वितरण, आवृत्ति गतिशीलता तथा अरोरल घटनाबारे थप जानकारी दिने अपेक्षा गरेका छन् । यसले मंगल, बृहस्पति र शनि ग्रहमा समेत तुलनात्मक अध्ययनको बाटो खोल्ने अनुसन्धानकर्ताहरुले उल्लेख गरेका छन् ।


Leave a Reply