|
Getting your Trinity Audio player ready…
|

स्विट्जरल्यान्ड, चैत ११ । युरोपेली अन्तरिक्ष एजेन्सी (इएसए) ले आफ्नो ३४५ औं परिषद् बैठक सम्पन्न गर्दै युरोपको मानव अन्तरिक्ष उडान, अन्तर्राष्ट्रिय सहकार्य र ग्रह सुरक्षा क्षमतामा प्रगति गर्ने निर्णयहरू गरेको छ।
बैठकमा इपिक मिसन अवधारणालाई अनुमोदन गरिएको छ, जसअन्तर्गत २०२८ को सुरुवातमा कृयू ड्रयागन प्रयोग गरी इएसए अन्तरिक्ष यात्रीलाई नियमित रूपमा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा पठाउने योजना छ।
सदस्य राष्ट्रहरूले जापानको जाक्सासँग रामेसिस मिसनमा सहकार्य गर्ने निर्णय गरेका छन्, जसले क्षुद्रग्रह एपोफिसको अध्ययन गर्नेछ।
क्यानाडाले इएट्ठएका विभिन्न कार्यक्रमहरूमा सहभागिता बढाएको छ भने कानुगी इन्स्टिट्यूसन फर साइन्ससँग सहकार्य गरेर चिलीमा फलाइ आइ-२ टेलिस्कोप स्थापना गर्ने निर्णय पनि गरिएको छ।
आन्तरिक रूपमा स्पेनका जुआन कार्लोस कोर्टेस पुलिडो नयाँ परिषद् अध्यक्ष, स्लोभेनियाकी तान्जा परमोजर तथा फिनल्यान्डका किमो कान्तो नियुक्त भएका छन् ।
यी निर्णयहरूले युरोपको अन्तरिक्ष उपस्थिति विस्तार गर्ने र अन्तर्राष्ट्रिय साझेदारीलाई अझ मजबुत हुने इएसएको भनाइ छ ।

Leave a Reply