रोल्पाको लुङग्रीखोला आसपासका क्षेत्र तथा विभिन्न नदीका किनारमा प्राकृतिक रुपमै सुन पाइएतापनि सरकारले उत्खनन्का लागि थप उत्खनन् गर्न सकेको छैन ।
सुनको सम्भाब्यतामाथि भनेर खानी तथा भूर्गभ विभागका भूर्गभविदहरुले विभिन्न समयमा खोज गरिएको थियो । तर खानी विभाग आफैसँग पनि अनुसन्धानका लागि पर्याप्त स्रोत र साधन नहुनुले सुन खानीको किटान र उत्खननमा ठोस प्रगति हुन नसकेको अधिकारी बताउँछन् ।
छुट्टै भौर्गभिक बनावट तथा निश्चित चाप र तापका आधारमा नेपालका विभिन्न स्थानमा दुई किसिमको सुन पइने भूर्गभविद्हरु बताउँछन्। उनीहरुका अनुसार नेपालमा पाइने सुन भनेको पहाडि चट्टानमा प्राकृतिक रुपमा बनेका र नदीनालाले बगाएर ल्याइ समतर भूभागमा थिग्रेर बसेका हुन्छन्। ति थिग्रेर बसेका सुन महाकाली, चमलिया, सेती, कर्णाली, भेरी, राप्ती, त्रिशुली गरि १७ स्थान पाइन्छ । तर तिमध्य रोल्पाको लुङग्रीखोला र फगुम खोलामा भने प्राकृतिक रुपमा चट्टानसँग मिलेर बसेको बताउँछन् वरिष्ठ भूर्गभविद् धर्मराज खड्का।
त्यस्तै, अर्थात नदीले बगाएर ल्याएर थिग्रेर बसेका सुन अहिले पनि त्रिशुली, कालिगण्डकी र भेरी नदिका किनारमा स्थानिय मानिसहरुले बालुवालाई पानीमा राखेर चाल्दै सुनका साना टुक्रा निकाल्दै आएको स्वीर्काछन खानी विभागका भूगर्वविद्हरु । खानीविभागका एक जना भूर्गभविद् नाम उल्लेख नगरिदिने सर्तमा भन्छन्, ‘खास खनिज अन्र्तगतका काम गर्नेहरुका लागि ट्रेनिङ, ल्याव लगायतका कुराहरुमा खानी विभागले जनशक्ति तयार पार्न सकेको छैन।
खानी विभागले खोजतलास लाइसेन्स लगेका ४४ स्वदेशी तथा विदेशी कम्पनीहरुले गरेका कामको फेरिस्त रिपार्ट माग्ने र राख्न नसकेको पनि उनले बताए । तर खानी विभागका प्रवक्ता कृष्णदेव झा भने सरकारको प्राथमिकता अन्य क्षेत्रमा परेको बताउँछन् ।
खानी विगागका भूतपूर्व भूर्गभविद् हिर्फजुर रहमानले रोल्पाका लुङग्रीखाला आसपास २५ किलो मिटर लम्वाई र ५ किलो मिटर चौडाइ क्षेत्रमा अर्ध बिष्तृत अध्ययन गरेका थिए। त्यतिखेर खोजतलासका क्रममा बढीमा ४ ग्राम र कम्तीमा साँढे १ ग्राम प्रति टन सुनका लप्सा भेटिएको उनले बताए ।
उनका अनुसार खोजतलासका लागि प्राइभेट सेक्टरलाई दिने हो भने सरकारले बाटो, बर्ती र त्यहाँका अवस्था हेरि कति ग्राम प्रति टनमा किफायती हुन्छ भन्ने अध्ययन गर्नुपर्ने हुन्छ। त्यस्तै, ल्याब परिक्षणका लागि समस्या रहँदै छ, त्यसकालागि सरकारले ल्याबमा विशेष ध्यान दिनुपर्ने उनले सुझाए ।
तर सुन खानी पत्ता लागेको खण्डमा ल्याब दोस्रो स्तरका कुरा भएको र सुन उत्खनन् उप्ठेरो र महङ्गा पर्ने भएकाले अध्ययन÷अनुसन्धानका लागि तत्कालका लागि कुनै योजना नभएको नेपाल उधोग मन्त्रालयका प्रवक्ता दिनेश कुमार घिमिरे बताए । उनका अनुसार नीति निर्माण तह दुइवटा कुरा भएकोमा, पहिलो सरकारको नियमित बजेटमा काम गर्न नसक्ने भएको भएमा अन्यलाई दिन सकिने बताए।
सुन उत्खननका लागि खानी विभागसँग प्रर्याप्त खाका, विज्ञ र ल्याब नभएको बताइएको छ। सरकारले ति समस्यामा सुधार गरि अध्ययनरअनुसन्धानमा जोड दिन सके राज्यले ठूलै लाभ लिनसक्ने भूर्गभविदहरुको सुझाव छ।
Leave a Reply