Category: कलेजमा विज्ञान

विद्यार्थीको क्षमता अभिवृद्धि गर्न विज्ञान प्रदर्शनी गर्दछौं

वसुन्धरास्थित साउथ वेस्टर्न स्टेट कलेजमा माघ २० र २१ गते सातौं विज्ञान प्रदर्शनी हुँदैछ । प्रदर्शनीमा राजधानीका विभिन्न कलेज तथा स्कुलका विद्यार्थीले बनाएका ड्रोन, रोबोट, इलेक्ट्रोनिक सामग्री राखिने कलेजका भाइस प्रिन्सिपल हरिसिंह केसी बताउँछन् । सातौ प्रदर्शनीसम्म आइपुग्दा विद्यार्थीको शैक्षिक तथा प्रयोगात्मक सीप विकास भएको केसीको बुझाइ छ । करिब ३ हजार विद्यार्थी अध्ययनरत साउथ वेस्टर्नमा साढे ३ सय शिक्षकले पूर्ण तथा आंशिक रूपमा अध्यापन गराउँदै आएका छन् ।