2025-09-15

‘पञ्चायतको घाउ’, शासन र शक्तिको दुरुपयोगविरुद्धको शक्तिशाली आवाज

नुवाकोट – शक्तिको दुरुपयोग कुन हदसम्म गर्न सकिन्छ ? बन्दुक देखाएर, जनताको छातीमा जुत्ता हानेर घरघरमा आगो लगाइँदा पनि सरकार किन बोल्दैन ? नुवाकोट जिल्ला भालडाँडाका गरिब किसानले आफ्नै माटो खोज्न र न्याय पाउन संघर्ष गर्नुपर्छ ? यो जनताको अधिकारको कुरा हो भन्न अदालत किन डराउँछ ?

डकुमेन्ट्री फिल्म ‘पञ्चायतको घाउ’ ले छोडेको विषय र प्रश्न यही हो ।

बेत्रगंगा सोसाइटीले बिहीबार नुवाकोटको विदुरमा आयोजना गरेको चौथो राष्ट्रिय नुवाकोट डकुमेन्ट्री फिल्म फेस्टिभलमा यो डकुमेन्ट्रीलाई उत्कृष्ट डकुमेन्ट्री फिल्मको अवार्ड दिइएको हो । यस वृत्तचित्रबाट लव प्याकुरेल उत्कृष्ट सम्पादक र उत्कृष्ट निर्देशक घोषित भएका थिए ।

डकुमेन्ट्रीले तत्कालीन राजाका एडीसी र सेनाका जनरल ऋषिकुमार पाण्डेले शक्ति र शासनको दुरुपयोगको कथा समेटेको छ, जसले सूर्यमती, भालडाँडामा सयौं मानिसहरूलाई घरबारविहीन बनाएको छ । पाण्डेले ४१ घरधुरीलाई घरबारविहीन बनाएका छन् भने सार्वजनिक सम्पत्तिसहित १ हजार ४ सय एकड जग्गा कब्जा गरेका छन् । डकुमेन्ट्री फिल्मको स्क्रिनिङका क्रममा पीडितको पनि उपस्थिति थियो ।

प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष गणेश भण्डारीले भालडाँडाका जनताको समस्यामा जोड दिँदै यो समस्यालाई राष्ट्रियस्तरमा सम्बोधन गर्नुपर्ने बताउनुभयो । उनले डकुमेन्ट्रीलाई जनता, राष्ट्र र उनीहरुको जीवनसँग जोडेकोमा प्याकुरेललाई धन्यवाद दिए ।

डकुमेन्ट्री फिल्म हेरेपछि चलचित्र विकास बोर्डका सदस्य तथा निर्देशक युवराज लामा निकै भावुक भए । उनले गाउँलेलाई घरबारविहीन बनाउनेलाई कडा कारबाही गर्नुपर्ने बताए । जनरल पाण्डेले किसानमाथि गरेको दमनको समाचार गतिशील राष्ट्रिय मासिक पत्रिका (अहिले दैनिक) मा छापिएपछि डकुमेन्ट्री फिल्म निर्माण सुरु भएको बताइएको छ ।

महोत्सवमा नेपाली चलचित्रको अवस्था र विकासका बारेमा अन्तरक्रिया गरिएको थियो । बोर्डका अध्यक्ष भण्डारीले नेपाली चलचित्र निर्माण र विचारधाराका आधारमा बहुकेन्द्र स्थापना भएको जानकारी दिँदै उनले नेपाली चलचित्रको उत्थानका लागि छिट्टै नयाँ कार्यक्रम घोषणा गरिने बताए ।

महोत्सवमा इतिहास जित्नेहरुको लागि, साना हातियार ठूला समस्या, आइमाई, अन्त्यहीन युद्ध, रंगीबिरंगी चाराहरु, अनुभव, देवसरी, जलवायु परिवर्तन हाम्रो चिन्ता, इन्डोर स्मोकः द साइलेन्ट किलर, ढुंगे युगका चिम्पाजी, ब्रुहान, ग्रेटर नेपाल, हैन म हेल्पलेस थिइन जस्ता वृत्तचित्रहरु देखाइएका थिए ।

मा अद्यावधिक गरिएको

समाचार

बीमा प्राधिकरणले बीमा सर्भेयर संघसँग थाल्यो छलफल

अस्ट्रेलियामा सम्पन्न भयो सिजन मिडियाको प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२५

आन्दोलनका क्रममा भएका भौतिक क्षतिबाट बीमा क्षेत्रमा परेको प्रभाव सम्बन्धी छलफल

संविधान र विधिको शासनबाट विचलन नहुन सभामुख र राष्ट्रिय सभा अध्यक्षको आग्रह

वैज्ञानिकहरूद्वारा कार्बन उत्सर्जनलाई उपयोगी रसायनमा रूपान्तरण गर्ने प्रविधि विकास

बत्तिसपुतलीबाट यस्तो देखियो खग्रास चन्द्रग्रहण

जय नेपालमा यामाहा ब्लु फेस्ट आजदेखि सुरु, एक्सचेन्ज अफरको घोषणा

काठमाडौँमा राष्ट्रिय अनौपचारिक शिक्षा सम्मेलन सम्पन्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

बीमा प्राधिकरणले बीमा सर्भेयर संघसँग थाल्यो छलफल

अस्ट्रेलियामा सम्पन्न भयो सिजन मिडियाको प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२५

आन्दोलनका क्रममा भएका भौतिक क्षतिबाट बीमा क्षेत्रमा परेको प्रभाव सम्बन्धी छलफल

संविधान र विधिको शासनबाट विचलन नहुन सभामुख र राष्ट्रिय सभा अध्यक्षको आग्रह

वैज्ञानिकहरूद्वारा कार्बन उत्सर्जनलाई उपयोगी रसायनमा रूपान्तरण गर्ने प्रविधि विकास

बत्तिसपुतलीबाट यस्तो देखियो खग्रास चन्द्रग्रहण

जय नेपालमा यामाहा ब्लु फेस्ट आजदेखि सुरु, एक्सचेन्ज अफरको घोषणा

काठमाडौँमा राष्ट्रिय अनौपचारिक शिक्षा सम्मेलन सम्पन्न

×