2025-08-08

अन्तर्राष्ट्रिय स्तरको सुविधा दिएर बिरामीको उपचार गर्छौँ

science_talk

नेपालको चिकित्सा विज्ञानको क्षेत्रमा एक कुशल, अनुभवी र अंग्रणी स्थानमा आउने व्यक्तित्व हुनुहुन्छ–डा. चक्रराज पाण्डे । बुवा स्व. सत्यचन्द्र पाण्डे र आमा स्व. विष्णुलक्ष्मी पाण्डेको कान्छो पुत्रको रुपमा जन्मने सौभाग्य मिलेको बताउनु हुने पाण्डे, सिन्धुपाल्चोकको एउटा सामान्य कृषक परिवारमा जन्मिएर पनि नेपालको चिकित्साक्षेत्रमा उल्लेखनिय योगदान पु¥याउँदै आइरहनुु भएको छ । सन् १९८०को एसएलसी बोर्डमा छैठौं स्थानमा पर्न सफल भएपछि उहाँले अमृत साइन्स कलेजमा विज्ञान विषय लिई अध्ययन पुरा गनुभयो । त्यसपछि टर्कीको हाजिमेते विश्वविद्यालयमा सात वर्ष मेडिकल र पाँचवर्ष हाडजोर्नीमा गरि बाह्र वर्ष चिकित्सा विज्ञानको क्षेत्रमा विशषेज्ञता हासिल गर्नु भयो । उहाँले टर्कीमा पहिलो विदेशीको रुपमा पढेको र बेस्ट रेजिडेण्ट अवार्ड पाएको बताउँनुहुन्छ । विभिन्न देशहरुसँग आवध चिकित्सा विज्ञानको क्षेत्रसँग सम्वन्धित अमेरिकन एकाडेमी अफ् अर्थोपेडिक सर्जनको इन्टरनेशनल, स्पोर्टस् इन्जूरी र रिह्यावेटन सेन्टरको सदस्य र एसिया निक सोसाइटी(संस्थापक सदस्य), साइन अर्गनाइजेनको नेपालको लागि निर्देशक रुपमा संग्लग्न हुनुहुन्छ । नेपालमा आइसकेपछि डा. बासकोटासँग बिएनवि अस्पतालमा पाँच वर्ष काम गर्दैगर्दा चावहिलको मेडिकेयरमा अर्थोपेडिक डिमापमेन्ट खोलेर ठूलो सफलता पाएको बताउनुहुन्छ । झण्डै १६ वर्षको अनुभवपछि नेपालमा ‘स्टेट अफ हार्ट इन्सिच्यूसन’ हुनु पर्दछ भनेर ग्राण्डी इन्टरनेशनल अस्पतालको अवधारण विकास गरि, ‘नेपालको निजीक्षेत्रको अहिलेसम्मकै ठूलो र सुविधासम्पन्न मानिएको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल खोलेको बताउँनुहुन्छ ।’ अमेरीका, क्यानाडा, वेलायत तथा विभिन्न देशका नेपाली र चिकित्सहरुले प्रवद्र्धक गर्ने गरि ग्राण्डी इन्टरनेशनल अस्पताल उच्च प्रविधिको प्रयोग गरेर सस्तो स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालित ग्राण्डी अस्पतालमा उहाँ मेडिकल डाइरेक्टरको रुपमा कार्यरत हुनुहुन्छ । विदेशमा पढाईको दौरान आफ्ना जन्मदिने आमा बावुको मृत्युमा पनि पैसा अभावको कारण स्वदेश आउन नपाएको दुखेसो पोख्नुहुन्छ । ‘जीन्दगी शून्यबाट सुरुभई शून्यमा नै विलय’ हुने मान्यता राख्नुहुने डा. पाण्डेसँग रिभोसाइन्सको लागि माधवप्रसाद तिवारीलक्ष्मण नेवाले गरेका कुराकानीको सम्पादीत अंशः

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको सेवासुविधा अन्य अस्पतालभन्दा के कुरामा फरक छ ?
– ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल नेपालको स्वास्थ्य सेवाका लागि एउटा बेन्च मार्क होस् र नयाँ पुस्ताले गर्व गर्न सक्ने एउटा संस्था निर्माण गरौँ भनेर ९४ भन्दा बढी सेयरहोल्डरले मिलेर खोलेको संस्था हो । अन्तर्राष्ट्रियस्तरको सेवासुविधा दिने भए तापनि हामीले बिरामीका लागि सस्तो र सुलभ बनाएका छौँ । हामीसँग उपचार मात्र हैन प्रविधि पनि अन्तर्राष्ट्रियस्तरको रहेको छ । हामी बिरामीलाई माया र सहानुभूति दिएर उपचार गर्छौँ ।

ग्राण्डीमा आउने बिरामीले जीवनको बढी आशा गर्न सक्छन् ?
–यो अस्पतालको भनाइ नै के हो भने एउटा बिरामीलाई सकिन्छ भन्ने राम्रो उपचार दिने , सकिँदैन भने समयमै अन्य अस्पतालमा सिफारिस गर्ने वा अन्य अस्पतालमा विशेषज्ञलाई बोलाई तत्काल उपचार दिने हाम्रो नीति हो । हामीले सक्ने मात्र सक्ने भन्छौँ र नसक्ने कुरालाई सुझावसहित बिरामीको अफन्तलाई जानकारी दिन्छौँ तर अन्य अस्पतालको जस्तो झुलाउने काम हामीबाट हुँदैन । अहिलेसम्म अस्पतालमा आउनुभएका बिरामी महानुभावको प्रतिक्रिया सुन्दा उहाँहरू खुसी हुनुहुन्छ र रोगलाई जितेर फर्कनुभएको छ ।

ग्राण्डीमा सबै उपचार सम्भव छ ?
–झन्डै झन्डै यस अस्पतालमा सबैखाले उपचार सेवा उपलब्ध छ । रेडियो थेरापीबाहेकका सबै उपचार ग्राण्डीमा सम्भव छ । हामीकहाँ मुटुको ओपन हार्ट सर्जरीदेखि लिएर जोर्नी प्रत्यारोपणसम्मको काम हुन्छ र हरेक क्षेत्रका अनुभवी र प्रख्यात डाक्टरहरू हाम्रामा काम गरिरहनुभएको छ । हामीसँग रोगसँग सम्बन्धित बाइस वटा विभागनै स्थापना गरेका छौँ ।

गरिब तथा मध्यमवर्गीय नेपालीलाई कसरी सेवाको पहु“चमा पु¥याउनुहुन्छ ?
–अन्य प्राइभेट अस्पतालहरूको भन्दा ग्राण्डीमा महंँगो गरेको छैन । अझ केही उपचारमा हामीले अन्य अस्पतालको भन्दा सस्तो गरेका पनि छौँ, जस्तै सिटी एमआरआइ अन्तको भन्दा उच्च प्रविधिको भए पनि अरू ठाउँको भन्दा १५ प्रतिशत सस्तो छ । हामीले गरिब र मध्यवर्गका नेपालीको उपचारका लागि पनि केही व्यवस्था मिलाइसकेका छौँ । डाक्टर अस्पतालका तर्फबाट केही छुटको व्यवस्था मिलाइएको छ ।

अन्य अस्पतालस“ग पनि समन्वय हुन्छ कि ?
–हाम्रो देशमा धेरै राम्रा अस्पताल खुलेका छन् । ती सरकारी क्षेत्रमा पनि छन् र गैरसरकारी क्षेत्रमा पनि छन् । राम्रा डाक्टर यत्रतत्र छरिएर रहेका छन् । हामी तीसँग प्रतिस्पर्धा हैन मिलेर कसरी राम्रो स्वास्थ्य सेवा उपलब्ध गराउने भन्ने विषयमा सजग छौँ । इमानदारीको हिसाबमा एकार्कामा सहयोग गरेर अघि बढ्छौँ ।

ग्राण्डीका डाक्टरहरू सबै नया“ छन् कि अन्य अस्पतालबाट पनि लिनुभएको छ ?
–धेरै डाक्टरहरू लिएका छौँ तर अर्को संस्था नै बिग्रने गरी डाक्टर लिएको छैन र लिने छैनौँ पनि । केसम्म चाहिँ हो भने हाम्रामा समस्या पर्दा अनुभवी डक्टारहरूको साथ र सहयोगको अपेक्षा गरेका छौँ । अन्य अस्पतालको भन्दा राम्रा र उच्च प्रविधि हामीसँग छन् । त्यसको प्रयोगका लागि मात्रै भए पनि म उहाँहरूलाई निम्ता दिन चाहन्छु । यहाँको जस्तै प्रविधिहरूले काम गरिरहेका ठाउँमा छ र बिरामीले उसैबाट उपचार पाउँछ भने हामी त्यस्तो अवस्थामा बिरामीलाई त्यही सिफारिस गछौँ ।

नाम, सेवा र प्रविधि अन्तर्राष्ट्रियस्तरको भएको भन्नुभएको छ । केही अन्तर्राष्ट्रिय अस्पतालस“ग पनि समन्वय छ कि ?
–हाम्रो समिति भेज अस्पताल थाइल्यान्डसँग केही व्यवस्थापकीय सहकार्य छ जसमा उहाँहरूले अस्पताल कसरी सञ्चालन गर्ने, व्यवस्थापकीय हिसाबबाट कसरी अघि बढ्ने र उपयुक्त बाटो कसरी अवलम्बन गर्ने भन्ने विषयमा हामीहरूलाई सहयोग गरिरहनुभएको छ । साथै अन्य विश्वविद्यालयका प्राध्यापकसँग पनि हाम्रो सहकार्य हुँदै छ । हामी विदेशका राम्रा र नयाँ आइडियालाई रूपान्तरण गरेर प्रयोग गर्दै जानेछौँ ।

ग्राण्डी सञ्चालनमा आएपछि दुईवटा चर्चा चल्यो, एउटा चक्रपथ बाहिर भयो र अर्को चाहि“ मह“गो भयो भनेर यसमा अस्पतालको धारणा के हो ?
–हेर्नुस्, अन्य अस्पतालभन्दा हाम्रो हरेक कुरा कि त सस्तो छ नभए उस्तै छ, त्यही भएर अन्यले भनेको जस्तो महंँगो छैन । हो सरकारी स्तरको जस्तो सस्तो चाहिँ छैन तर अन्य प्राइभेट जस्तो महंँगो पनि छैन तर एउटा वर्गले यस अस्पताल महंँगो छ भनेर हल्ला चलाएको प्रति हामी एकदमै दुःखित छौँ । यस हल्लाको पछि नलाग्न र एक पटक सेवा लिएर हेर्न म हाम्रा नेपाली दाजुभाइ तथा दिदी बहिनीमा आग्रह गर्छु । अर्को कुरा, हा्रमो अस्पतालमा बढेको बिरामीको चापलाई हेरेर के भन्न सकिन्छ भने अन्यभन्दा ग्राण्डी सस्तो छ भन्ने जनमानसमा परिसकेको छ । अर्को टाढा भन्ने कुरामा सबै अस्पताल न्युरोडमा खोल्न त सम्भव छैन । अस्पताल खोल्नका लागि आवश्यक पूर्वाधार त हुनुप¥यो । त्यसकारण हामी चक्रपथबाट २५ सय मिटर जतिमात्र भित्र छौँ, यसलाई टाढा भन्न मिल्दैन । हामी जहाँ रहेका छौँ सफा हावा छ र शान्त वातावरण पनि छ । मान्छेहरू उपचारका लागि बैंकक र सिंगापुर गइरहेका छन्, यो कसरी टाढा हुन्छ ?

अस्पताल सञ्चालनका क्रममा राज्यका निकायहरूको सहयोग कस्तो पाउनुभयो ?
–अस्पताल सञ्चालनका लागि पूरा गर्नुपर्ने प्रक्रियामा केही गाह्रो पक्कै भएको छ । हाम्रो कर्मचारीतन्त्र कस्तो छ भन्ने कुरा त तपाईलाई नै थाहा भएको कुरा हो तर म के भन्न चाहन्छु भने हामी एकले अर्काको नराम्रो कुरा गरेर सँगै काम गर्न सक्दैनौ । त्यसकारण सबैले सबैको राम्रो गरेर अघि बढ्नुपर्छ । हामीलाई राज्यको सहयोग बढीभन्दा बढी सहयोग चाहिन्छ र हामी माग्न निरन्तर गइरहन्छौँ । दुवैका कमजोरीलाई सुधार्दैै अघि बढ्नुपर्छ ।

राज्यको स्वास्थ्य नीति र व्यावहारिकताबारे तपाईंको धारणा के ?
–बोल्नु र गर्नुमा धेरै फरक छ । यहाँ हचुवाको भरमा बोल्ने र त्यसपछि केही गर्न खोज्ने प्रचलन छ तर जे काम गर्ने हो वा लक्ष्य निर्धारण गर्ने हो त्यसका लागि कहाँ कसरी के के गर्ने भन्ने विषयमा त क्लिएर पिक्चर चाहियो नि । हामीलाई चाहिने सबै कुरा अर्थात् पूर्वाधार तय भएपछि काम सुरू गर्नुपर्छ । यसो भन्दैमा सरकारले केही गरेन भन्ने छैन । राज्यको नीतिअनुसार नै बालमृत्यु दर र मातृ मृत्युदर घटेको छ । केही काम पनि भएका छन तर अझै काम गर्न सक्ने ठाउँ छन् । राज्यले निजी क्षेत्रका अस्पताललाई केही सहुलियत प्रदान गरेर सबै नेपालीको पहुँचमा स्वास्थ्य पु¥याउन बाध्यकारी नियम बनाएर पनि लागु गर्न सक्छ तर, राज्यले यसतर्फ त्यति ध्यान दिन सकेको पाइँदैन ।

राजनीतिक सङ्क्रमणको प्रभाव स्वास्थ्य क्षेत्रमा पनि परेको छ ?
–निश्चित रूपमा परेको छ । नेतृत्व नभएपछि सबै कुरा भद्रगोल त हुने भैगयो । त्यसकारण हामीले संवादलाई बढी जोड दिनुप¥यो । हरेक मानिसको फरक विचार हुन्छ । त्यही फरक विचारलाई छलफलको माध्यमबाट साझा विचार बनाउन सक्छौँ । त्यसकारण त्यतातर्फ राजनीति अघि बढ्नु आवश्यक छ ।

तपाई एक विज्ञानको विद्यार्थीको नाताले नेपालमा विज्ञान तथा प्रविधिको विकास धिमा गतिमा हुनुलाई को बढी दोषी देख्नुहुन्छ ?
–दोषी भन्दापनि मिहिनेत गर्नु प¥यो । विकास गर्नलाई विचार हुनु प¥यो । जस्तो कुनै मानिस विहान ओछ्यानबाट उठ्न कति ग्राहो हुन्छ उसलाई । राती दाँत माझेर सुत्ने कुरा गरौं । कति जनाले दाँत माझ्छ । त्यसैले हाम्रो बानी व्यवहार परिवर्तन गर्न प¥यो । त्यसकालागि मिहिनेत चाहियो । खट्न सक्नु प¥यो । भोकै पेटमा भएपनि काम गर्न सक्नु प¥यो । आफूलाई कावुमा राख्न सक्नु प¥यो । ज्ञान र विवेकका कुरा भयो भने अगाडि बढ्न चान्स मिल्छ । यदि विरुवा रोपेको छ वरीपरी मलजल छैन भने त्यो विरुवा सप्रन्छ त ? अहिले हाम्रो स्थीति पनि त्यस्तै छ । हामीले यस्तो ठाँउमा पढ्यौं वरीपरि मलजल नै छैन् । त्यसैले विज्ञान तथा प्रविधिको विकासको लागि लगानी बढाउनु प¥यो । विज्ञानको आधार भनेको मिहिनेत नै हो त्यसकारण हामीले पनि मिहिनेत गर्नु प¥यो । प्रयोगशालाहरु चाहियो त्यो विद्यार्थी वा आम मानिसले गर्ने नभई राज्यले व्यवस्थापन गर्ने हो । यसमा विश्वविद्यालयको पनि भूमिका हुन्छ । त्यसका लागि दुरदृष्टि भएका मानिस चाहिन्छ ।

त्यसो भए नेपालमा दुरदृष्टि मानिस नभएको भन्न खोज्नु भएको हो ?
–होइन् । नभएको भन्न पनि मिल्दैन । यदि भएकाहरुको पनि गृहकार्य पुगेको छैन । राज्यको नीति निर्माण तहमा बसी सकेपछि काम गर्न प¥यो भन्न मात्र खोजेको हो ।
विदेशमा पढेर आएका कति जनालाई देशमा हामीले स्थान दिऔं । आफ्नो देशमा काम गर्छु भनेर आएका छन् । तर पाँच मिनेट टिक्न नपाउँदै उ अन्यत्र जान बाध्य बनाइन्छ । त्यस्ता काम कसले ग¥यो त ? पढेको गुनेका मानिसलाई त फकाउनु प¥यो । उनीहरुलाई भविश्य देखाउन सक्नु प¥यो । काम नपाए पछि उ फर्केर जान तयार हुन्छ । यसकारण एउटा लिडरले वरीपरीका मानिसहरुलाई रिजाउन सक्नु पर्छ । यदि उसले सक्दैन भने त्यो त काम लाग्दैन । यहिमा हाम्रो देशको कमजोरी भयो । नत्र भने हाम्रो देश कसरी गरिव हुन्छ त ? यतिका विदेशी पर्यटक आइरहेको छ । जलासयको ठूलै भण्डारन छ । हामीले हिमालमात्र देखाएर भएपनि पैसा बटुल्न सक्छौ । त्यसकालगि दुरदृष्टि भएको लिडरसिप चाहिन्छ । मिहिनेत भन्दा अर्को विकल्प कुनै छैन जस्तो लाग्छ ।

भनेपछि विश्वविद्यालयको प्राज्ञ र विद्यार्थीहरुले मिहिनेत गर्दै जाने तर नेतागणले केहि योजना नबाउने भएपछि हाम्रा सन्ततिहरुको भविश्य सुनिश्चित छैन हैन त ?
–त्यसका लागि मिहिनेत गर्नु पर्छ । नीति निर्माण तहमा बसेका दलहरुले नै हाम्रा सन्ततिको भविश्य सुनिश्चित गर्नुपर्छ । यसकुरामा हामी छिन्नभिन्न हुने नभई उनीहरुलाई यस्ता कुरामा सहमत गराउन सक्नु पर्छ । कुनै पनि देशको विकास भनेको बिस वा चालिस वर्षको हिसाव हुनुले पनि धेरै अगाडि बढ्न मद्दत हुन्छ । यदि त्यस्तो भएको भए म लगायत अन्यले यतिका लगानी गरेर देशमा अस्पताल खोल्नु पर्ने जरुरत पर्दैनथ्यो । यसमा गर्ने लगानी बैंकमा राखेर व्याजले घर खर्च चलाए भै हाल्थ्यो नि ! तर कसै नै कसैले त गर्नु प¥यो । हेर्नुुस् ! हाम्रो जीवन शून्यबाट शुरु भई शून्यमा गई विलिन हुन्छ । यहि दुई शून्यको विचमा काम गर्ने हो । त्यसैले शून्यभन्दा अधि र यसभन्दा पछि हामीले काम गर्ने ठाँउ छैन् । काम अरुकोलागि पनि हुनु पर्छ—त्यसैकालागि मैले काम गर्दैछु । काममा प्रतिवद्धताको जरुरत पर्दछ त्यो हाम्रा नेताहरुमा हुनु जरुरत छ ।

तपाई स्वदेशी तथा विदेशी शिक्षा हासिल गरेको अनुभवको आधारमा अहिले नेपालमा अनुसरण गरिएको शिक्षा नीतिले के हाम्रा भावी पुस्तालाई अग्रणी स्थानमा राख्न मद्दत गर्छ जस्तो लाग्छ यहाँलाई ?
–शिक्षाले कुरा मात्र कुरा शिकाएर हुदैंन । शिप शिकाउनु प¥यो । यदि हामीले राम्रा प्लम्वर वा ड्राइभर उत्पादन मात्र ग¥यौं भने पनि त्यसले राम्रो नतिजा ल्याउँछ । जर्मनमा के हुन्छ भने कुनै विद्यार्थीले पढाईमा राम्रो गर्न सकेन भने उसलाई कुनै शिप सिकाइन्छ । त्यसमा डाक्टर वा अन्य कसैको छोरा वा छोरी हुन्छन् । पढाइमा राम्रो गर्न नसक्ने मानिस अन्य क्षेत्रमा राम्रा भएका धेरै उदाहरणहरु पनि छन् । तर हाम्रो देशमा यस्तो संस्कार छैन । हेर्नुस् ! प्ल्मवर मात्र भनेर हेर्नु हुदैन, उसले ठू–ठूला भवनहरुको प्ल्मविङ्ग गर्ने काम गर्नु पर्छ । त्यसकालागि निकै वुद्धि लगाउनु पर्ने हुन्छ । तर हाम्रो देशको शिक्षाले शिप भन्दा ज्ञान मात्र बाढ्ने काम गरको छ ।

अन्तिममा, एउटा असल चिकित्सक हुनलाई के–कस्ता गुण आवश्यक छ र नेपालका कति प्रतिशत चिकित्सकहरुमा यस किसिमको गुण पाइन्छ ?
–पहिलो कुराः पढ्न प¥यो । दोस्रोः राम्रो ट्रेनिङ्गबाट आउनु प¥यो । तेस्रोः लगातार पढी रहन सक्नु प¥यो । यदि भर्खरै कामबाट घर पुगेको भएतापनि पुनः अस्पताल आउने इच्छा शक्ति हुनुप¥यो र आलश्यतालाई जित्न सक्नु प¥यो । यसका अलावा चिकित्सकले एउटा संक्रमण समयमा गरेको निर्णयले विरामी बाँच्ने वा मृत्यु हुनेमा भर पर्छ । चिकित्सा क्षेत्र एउटा संम्वेदनशिल क्षेत्र भएकोले यहाँ चिकित्सकले विरामीको उपचार भरे वा भोली गर्छु भनेर साँच्ने अवस्था आउदैन । यसर्थ, असल चिकित्सक हुनुलाई मिहिनेति, विरामीलाई माया गर्न सक्ने, सधै पढिरहन सक्ने, आफ्नो कमजोरीलाई तुरुन्त आत्मसात गर्न सक्ने, अनुसन्धानमा तल्लिन भइरहन सक्ने, र आफ्नो सहयोगीहरुको कुरालाई सुन्न सक्ने हुनुपर्छ । यसकारण कुनै पनि गीत राम्रो हुनुलाई जति कुराको आवश्यक्ता पर्छ चिकित्सा क्षेत्रमा पनि सवैको सहकार्य र सदभाव हुन जरुरि हुन्छ ।

(रिभोसाइन्स वर्ष ३ अंक ७मा प्रकाशित)

मा अद्यावधिक गरिएको

समाचार

प्राध्यापक त्रिपाठी ग्लोबल कनेक्ट फण्डको परियोजनामा छनौट

प्रधानमन्त्रीको सम्बोधन : हिमनदीका पग्लिँदा भूपरिवेष्टित मुलुकहरूलाई पार्ने असरमा चिन्ता

जलविद्युत क्षेत्रको बीमा सम्बन्धी समसामयिक विषयमा छलफल

प्रधानमन्त्री र तुर्कमेनिस्तानका राष्ट्रपतिबीच भेटवार्ता

नाइमा एक्स्पो: ‘प्रोटोन ई.मास सेभेन’ को विशेष अफर

बीवाईडी एट्टो–वान सार्वजनिक,  मुल्य कति?

भृकुटीमण्डपमा छिट्टै अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी स्थल निर्माण हुने:  अर्थमन्त्री पौडेल

अहिलेसम्मकै ठूलो अटोमोटिभ प्रदर्शनीको उद्घाटन गर्यौँ- अध्यक्ष वैद्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

‘यन्त्र ९.०’ प्रतिस्पर्धा अन्तर्राष्ट्रिय रोबटिक्समा प्रवेश गर्ने माध्यम हो

सम्बन्धित सामाग्री

प्राध्यापक त्रिपाठी ग्लोबल कनेक्ट फण्डको परियोजनामा छनौट

प्रधानमन्त्रीको सम्बोधन : हिमनदीका पग्लिँदा भूपरिवेष्टित मुलुकहरूलाई पार्ने असरमा चिन्ता

जलविद्युत क्षेत्रको बीमा सम्बन्धी समसामयिक विषयमा छलफल

प्रधानमन्त्री र तुर्कमेनिस्तानका राष्ट्रपतिबीच भेटवार्ता

नाइमा एक्स्पो: ‘प्रोटोन ई.मास सेभेन’ को विशेष अफर

बीवाईडी एट्टो–वान सार्वजनिक,  मुल्य कति?

भृकुटीमण्डपमा छिट्टै अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी स्थल निर्माण हुने:  अर्थमन्त्री पौडेल

अहिलेसम्मकै ठूलो अटोमोटिभ प्रदर्शनीको उद्घाटन गर्यौँ- अध्यक्ष वैद्य

×