2025-08-08

मणि रत्न शाक्य उप–महानिर्देशक मौसम पूर्वानुमान महाशाखा त्रिभूवन अन्र्तराष्ट्रिय विमान स्थल, एयरपोर्ट

मणिरत्न शाक्य
मणिरत्न शाक्य

मणिरत्न शाक्य, नेपालको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाको परिचित नाम हो । वुवा डानरत्न शाक्य र आमा कान्छीमायाँ शाक्यको एक्लो छोरा रुपमा परिचित उहाँ काठमाडौं जिल्लाको लगनटोलमा सन् १९५६ जून २४ मा जन्मेको हो । जीवनका महत्वपूर्ण क्षणहरु सवै मौसम विज्ञानमा सर्मपित गर्ने सोचका धनि शाक्यले सन् १९८१मा त्रिविवि किर्तिपुरबाट एम. एस्सी मौसम विज्ञानमा गोल्ड मेडलिस्ट विजेता बने । काठमाडौं घण्टाघरमा अवस्थित त्रिचन्द्र कलेजबाट जागिरे जीवन शुरुवात गरेका शाक्यले ग्क्ब्क्ष्म् मा प्रोजेक्ट मौसम विज्ञ भएर काम गरेको बताउनुहुन्छ । त्यसपछि उहाँ सन् १९८६मा जल तथा मौसम विज्ञान महाशाखा बबरमहलमा कार्यरत हुनुभई अहिले शाक्य नेपालको मौसम पूर्वानुमान महाशाखाको उप महानिर्देशक पदमा करिव ५ वर्ष देखि कार्यरत हुनुहुन्छ । यसै सन्र्दभमा रिभोसाइन्सले उहाँसँग गरको कुराकानीको सम्पादित अंशः
यहाँले मौसम विज्ञान रोज्नुको कारण ?
जतिखेर मैले कलेज पढ्दै थिए त्यती खेर यो विषय बिल्कूलै नयाँ थियो र मेरो पनि मौसम विज्ञान पढ्ने इच्छा थियो । घरको इच्छा इन्जिनियर पढाउने थियो तर मेरो भने मौसम विज्ञान पढ्ने नै थियो । यसैले होला सायद मौसम विज्ञानमा आज पनि उतिकै चाख छ मलाई ।
मौसम विज्ञानलाई जनमानसले कसरी हेर्ने ?
यसमा दुई किसिमले हेर्न सकिन्छ । विगत ४÷५ वर्ष अघि घाम लाग्छ भन्यो भने पानी पर्ने, पानी पर्छ भन्यो भने घाम लाग्ने हुन्थ्यो । पछी सुधार त गरियो तर एकूरेसी ९ब्अअगचबअथ० भएन् । हामीले धर्तीमा बसेर आकाशका कुरा गर्ने हो । मौसम भविश्यवाणी सय प्रतिशत ठीक भइदिइएको भए यो अहिलेसक्म अध्ययनको विषय हुने थिएन् । अहिलेपनि अमेरिका र जापान लगाएत देशहरुमा मौसम विज्ञानलाई अध्ययनकै विषय मानेर, मौसम भविश्यवाणी कसरी गर्ने भन्ने कुरा उठी रहेको अवस्था छ । त्यसकारण म मौसम भविश्यवाणी अत्यन्तै आवश्यक र अध्ययनशील छ भन्ने गर्दछु । हामीले जति मिलाएपनि वा जति गरेपनि अझै धरै गर्न बाँकी नै छ । यो अत्यन्तै रमाइलो विषय पनि हो ।
भने पछि जनमानसले मौसम भविश्यवाणी अझै अध्ययनकै विषय हो भन्ने नवुझेको हो त ?
हो । हामीले गरेको मौसम भविश्यवाणी नमिलेको भन्न मिल्दैन, आजभोली ६०—७० प्रतिशत हाराहारी मिली रहेको छ । निश्चत ठाउँमा आज पानी पर्छ वा पर्दैन, घाम लाग्छ वा लाग्दैन त्यो हामीले भन्न सक्दैनौ तर अधिराज्यभरको सामान्य मौसम भविश्यवाणी भने हमी गर्न सक्षम छौ ।
त्यसो भए नेपालमा मौसम भविस्यवाणी कसरी गरिन्छ ?
नेपाल अधिराज्यको मौसम पूर्वानुमान तथा भविश्यवाणी गर्न, नेपालको विभिन्न स्थानको मौसमी गतिविधि अध्ययन गरिन्छ । नेपालको मौसमलाई बाह्य देशको मौसमी गतिविधिले पनि प्रभाव पार्ने भएकोले आफ्नो वरिपरिका छिमेकी देशहरुको विभिन्न स्थानको मौसमको अध्ययन गरिसकेपछिमात्र नेपालको मौसम भविश्यवाणी गरिन्छ । जस्तैः नेपालको मासमी गतिविधिलाई प्रशान्त महासागरमा देखा पर्ने एलनिनोले पनि असर पार्छ । त्यस्तै नेपाल भन्दा धेरै टाढा पश्चिम दिशातीर रहेको मूमध्य सागर र त्यसको आसपासमा रहेको यूरोप महादेशको मौसमी गतिविधिका कारण नेपामा कति वर्षा हुृन्छ र कति तापमान हुन्छ भन्ने कुराको थाहापाउन सकिन्छ ।
कुनै पनि निस्चित स्थानको भविश्यवाणी गर्न नसक्नुका कारण ?
त्यस्तो किसिमको मौसम भविश्यवाणी गर्न गणितिय प्रविधि अपनाउनु पर्ने हुँन्छ । गणितिय पद्धती ९ल्गmभचष्अब िँयचभअबकतष्लन० प्रविधि अपनायमा भोलीको निश्चत ठाउँको भविश्यवाणी गर्न सकिन्छ ।
नेपालमा मौसम विज्ञानको सम्भावना देख्नु भएको छ ?
छ । अव हामीले धेरै काम गदैछौ, जस्तो फिनल्याण्डसँग मिलेर ९ीष्नजतष्लन० विजुली चम्कने, चट्याङ पर्ने जस्ता कुराहरुमा अध्ययन गर्दैछांै । त्यस्तै ९ध्यचमि द्यबलप० विश्व बैंकसँग मिलेर क्लाईमेट चेन्ज प्रोजेक्ट ९ष्mिबतभ अजबलनभ उचयवभअत० अन्र्तगत २० औ करोड पर्ने वेदर राडर ९ध्भबतजभच च्बमबच० उपकरण हामीले राख्दै छौं । यो राखेपछि त्यस ठाँउको सम्पूर्ण मौसम जानकारी प्राप्त गर्न मदत मिल्नेछ । यो राडर राख्ने काम अवको १÷२ वर्ष भित्र पुरा हुन्छ । अर्को सार्क ९क्ब्ब्च्ऋ० मिलेर त्यस्तै खालको अन्य उपकरण हामी भित्राउदै छौं ।
हामीसँग कस्ता कस्ता प्रविधि छन ?
अहिले हामीसँग ऋजष्लब क्बतभििष्तभ र क्ष्लमष्बल क्बतभििष्तभ छन् । यसको मद्दतले हामी कोठामै बसेर अधिराज्य भरको मौसम भविश्यवाणी गर्ने गर्दछौं । अहिले मौसम भविश्यवाणी मिल्दै आएको पनि छ ।
नेपालको मौसम भविश्यवाणी नयाँ हो की पूरानै ढर्राको ?
संंसारमा जहाँ जे जसरी गरिरहेको छ, हामीले पनि त्यसरी नै मौसम भविश्यवाणी गर्ने हो । सवै उही प्रविधि हो, तर हामी कहाँ कोहि मेथोड ९ःभतजयम० भने पूरानै पै्रविधि अन्र्तगत नै गर्ने गर्दछौं । जस्तो सर्फेस म्याप ९क्गचाबअभ mबउ० हातले खिच्ने काम गर्दछौं । यो प्रविधिबाट हामीले उच्च वा न्यून बायूमण्डलीय चाप ९ज्ष्नजरीयध एचभककगचभ० थाहा पाउन सकिन्छ । यस प्रविधिलार्य विकसित राष्ट्रहरुमा कम्प्यूटरले गर्ने गरिन्छ तर हामीले हातले गरिराखेका छौ– हातले गर्दा यो झनै राम्रो हुन्छ । यो प्रविधि बाहेक अन्य सवै प्रविधि मोर्डेन टेक्नोलजी ९ःयमभचल त्भअजलययिनथ० मै आधारित नै छ । अहिले हामीले सेटिलाइट डिस्ट्रिब्यूसन सिस्टम ९क्बतभििष्तभ म्ष्कतचष्दगतष्यल क्थकतझ० बाट प्राप्त तस्विर हेरेर नै नेपालको मौसम भविश्यवाणी गर्ने हो । विश्वमा फोटो नहेरी मौसमको सम्पूर्ण जानकारी लिने प्रविधि पनि छ, त्यो प्रविधि अपनाउन राडर चाहिन्छ, जुन हाम्रो देशसँग छैन । त्यस्तै हामीले भरखर भरखर गणितिय प्रविधि ९ल्गmभचष्अब िःयमभष्लिन० शरु पनि गरिसकेका छौ । यो प्रविधिमा हामी कुनै पनि ठाँउको डेटा कम्प्यूटरलाई दिएपश्चात कम्प्यूटर आफैले अनुमानित मोडलिङ ९ःयमभष्लिन० गर्छ । त्यसैको आधारका मौसमा भविश्यवाणी गर्दा धेरै मिले गरेको पाइन्छ ।
तपाईहरुले कस्तो किसिमका काम गर्नु पर्दछ ?
हामीले नेपालका लागि मौसम पूर्वानुमान गर्ने, त्यो दिनको दुई पटक बिहान ६ः०० बजे र बेलुका ६ः०० बजे गर्दछौं । बिहान छ बजे दिदा दिनभरीकोलागि हुन्छ भने बेवुकी ६ः०० बजे दिदा रातभरीको लागि हुन्छ । अहिले हमीले प्रत्येक १२÷१२ घण्टामा मौसम भविश्यवाणी गर्ने गर्दछौं ।
यो घण्टा÷घण्टामा हुनु पर्ने होइन् र ?
हामी हवाइ उडानको लागि प्रत्येक आधा÷आधा घण्टामा मौसम भविश्यवाणी दिने र जनमानसलाई प्रत्येक १२÷१२ घण्टामा दिने गर्दछौं ।
जनमानसलाई प्रत्येक घण्टामा दिन नसक्नुको कारण ?
त्यो अवस्था हामीले सृर्जन गर्न सकिरहेका छैनौं । तर तुरुन्तै ६÷६ घण्टा वा ३÷३ घण्टामा दिनु त्यती आवश्यक पनि पदैन्, तर कसैले सोधेमा हामी भन्छौं पनि ।
अन्य देशहरुमा त प्रत्यक ३÷३ घण्टामा मौसम भविश्यवाणी हुन्छ भन्छन् नी ?
त्यो हुन्छ । तर, हमी पनि नसक्ने अवस्था छैन । त्यसको लागी जनशक्तिको आवश्यक्ता पर्दछ । हामी अहिले पनि २४ घण्टा सिफ्टवाईज काम गरिरहेको छौं ।
नेपाल सरकारलाई तपाईहरुले कार्यक्रम प्रस्ताप गर्नु पर्ने होइन र ?
हो । तर हामीले अहिले प्रस्ताप गरेका छैनौं । त्यसरी अप डेट हुनुलाई सुविधा र म्यानपावर धेरै चाहिन्छ । देशले पूरा गर्न सकेमा, त्यो हामी गर्न सक्षम छौ ।
जनमानसमा मौसम भविश्यवाणी त्यती मिल्दैन भन्छन्, त्यसलाई तपाई कसरी आश्वस्त पार्नु हुन्छ ?
जनमानसमा एक पटक नकारात्मक सन्देशको प्रभाव परिसकेपछि त्यो पछि जतिसुकै राम्रा काम वा मौसम भविश्यवाणी गरेपनि त्यो स्वीकार गर्न गाह्रो हुन्छ । त्यसैपनि हामी सय प्रतिशत मिलेको छ भन्दैनौं । हमीले ९एचभ ःयलकययल० मौसम शरु हुने बेलामा जुन बैशाख÷जेठतीर चट्याङ पर्छ त्यो हामी एक दिन अगावै भन्न सक्दैनौ तर दुई घण्टा अगाडी हो भने हामी भन्न सक्दछौ, त्यो मिल्छपनि । नेपाल पहाडी मूलुक भएको कारणले गर्दा एक ठाउँबाट अर्को ठाँउको मौसम फरक भइराखेको हुन्छ । विश्वस्त पार्ने आधार भनेको अस्ति भरखर हामीले काठमाडौं आसपास हिमपात हुन्छ भनेको थियौं त्यो मिल्यो नी ? त्यस्तै आधार हुन् । जनमानसले पनि मौसम भविश्यवाणी एक कठिन कार्य हो भनेर बुझ्नु पर्छ । यदि सम्पूर्ण किसिमको प्रविधि भएमा हाम्रो मौसम भविश्यवाणी सही हुनेछ, त्यसो हुनु अवको एक÷दुई वर्ष कुर्नपर्ने हुन्छ ।
भनिन्छ कृषि र मौसम एक परिपूरक हो तर हाम्रो देशमा तपाईहरुले गरेको मौसम भविश्यवाणाी उनीहरुलाई उपयोग भइराखेको छैनन् नी ?
यसमा जल तथा मौसम विभाग र कृषि विभाग दुवै मिलेर काम गर्नु पर्ने हो तर पहिले यस्तो हुन सकिरहेको थिएन् तर अहिले केहिहदसम्म मिलेर काम गर्ने वातावरण बनेको छ । हाम्रो काम भनेको मौसमको तथ्याड्ढ संकलन गर्ने हो । त्यो कृषक समक्ष पु¥याउने काम भनेको कृषि विभागको नै हो ।
बिकसित राष्ट्रहरुमा मौसमकै आधारमा खेतीपाती हुन्छ, हैन र ?
हो । तर त्यस्तो किसिमको अनुसन्धान गर्नको लागी ३०÷४० वर्ष अघिको मौसमको तथ्याड्ढ हामीलाई चाहिन्छ तर त्यती अगाडीको तथ्याड्ढ हामीसँग अहिले नभएको अवस्था छ । हामी अहिले पनि नेपालको मौसम सम्वन्धी तथ्यांक संकलनमै ब्यस्त नै छौ भन्दा हुन्छ । साँचै भन्ने हो भने कृषक र ९ऋयmmगलष्तथ भिखभ०ि आम जनतालाई ठीक यस्तै हुन्छ भनेर हामीले मौसम भविश्यवाणी गर्न सकिरहेका छैनौं । र, अहिले हामीले दिदै आएको मौसम भविश्यवाणी कृषक र आम नागरिक समक्ष पु¥याउन सकिरहेका छैनौं । आजभोली मौसम सम्वन्धि जानकारी केहि पत्रपत्रिका, रेडियो र टेलिभिजनहरुले प्रशारण गर्ने गरेको छ । तर सम्पूर्ण कृषक समक्ष पु¥याउन सरिहेको छेन् । यो दुःखद कुरा हो । जुन कृषक समक्ष पुग्न पर्ने हो तर त्यही काम हुन सकिराखेको छैन् । हामी बारम्बार यस कुरालाई अगाडी उठाउदै आएका पनि छौ । तर हामीले ऋयmmगलष्तथ भिखभ िसँग मिलेर काम गर्न सक्यो भने कृषकले मौसम भविश्यवाणीको जानकारी पाँउछ । त्यस किसिमको काम हामीले गर्न सकिराखेको छैनौं । यसर्थ यस्ता काम मौसम विभाग र कृषि विभाग मिलेर गर्नुपर्ने हुन्छ ।
क÷कस्ता किसिमका समस्या छ मौसम विभागमा ?
विभिन्न समस्या छन् । समस्या नहुने कुरा त हुदैन । पहिलो कुरा त आर्थिक अभाव नै हो । सरकारले मौसम विभागलाई प्राथमिकतामा राखेकै छैन् । यो दोश्रोमा ९क्भअयलमबचथ ष्कित० पर्दछ । यो एक संदेदनशील विषय भएकोले हामीले सरकारलार्य पहिलो प्राथमिकतामा राख्न अनुरोध गछौं । तर अहिले सम्म खासै प्रभाव परेको छैन् । अझैपनि हामी अन्य दातृ निकायहरुसँग मिलेर काम गरिहेका छौं । हामीलेमात्र गरेर केहि हुनेवाला छैन् ।
मौसम भविश्यवाणीको विकासमा जल तथा मौसम विभाग र नेपाल सरकारले कस्ता भूमिका खेल्नु पर्दछ ?
र्हेनुुस् । बेलुका सुतेर विहानी उठ्दा सधै आफ्नो अगाडी मौसम आइरहेको हुन्छ । तसर्थ यस्तो संवेदनशिल विषयमा हामीले केहि गर्न सकिराखेका छैनौं । त्यसैले नेपाल सरकारले सशक्त भूमिका खेल्न अनुरोध गरिरहेका छौं । अर्थ मन्त्रालयमा पनि हामीले भनिराखेका छौं । तर,….
अन्त्यमा, रिभोसाइन्स मार्फत केहि भन्न चाहानुहुन्छ जनमानसलाई ?
हेर्नुुस् ! आझभोली त झन् मौसम भविश्यवाणीको आधारका विकसित र अविकसित राष्ट्र छुट्याउन गर्दछ । विकसित देशमा मौसम भविश्यवाणी मिल्ने र अल्पविकसित मूलुकमा मौसम भविश्यवाणी नमिल्ने भन्ने गरिन्छ । नेपालमा मौसम भविश्यवाणी वैज्ञानिक स्तरमा नै भइराखेको छ तर झ्यालबाट हेर्ने होइन्, अत्यन्तै वैज्ञानिक पद्धती अनुसार गरिराखेका छौं । संसारले अंगिकार गरेका पद्धतीमा नै हामीले अहिले काम गरिराखेका छौं भन्न चाहन्छु ।

मा अद्यावधिक गरिएको

समाचार

प्राध्यापक त्रिपाठी ग्लोबल कनेक्ट फण्डको परियोजनामा छनौट

प्रधानमन्त्रीको सम्बोधन : हिमनदीका पग्लिँदा भूपरिवेष्टित मुलुकहरूलाई पार्ने असरमा चिन्ता

जलविद्युत क्षेत्रको बीमा सम्बन्धी समसामयिक विषयमा छलफल

प्रधानमन्त्री र तुर्कमेनिस्तानका राष्ट्रपतिबीच भेटवार्ता

नाइमा एक्स्पो: ‘प्रोटोन ई.मास सेभेन’ को विशेष अफर

बीवाईडी एट्टो–वान सार्वजनिक,  मुल्य कति?

भृकुटीमण्डपमा छिट्टै अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी स्थल निर्माण हुने:  अर्थमन्त्री पौडेल

अहिलेसम्मकै ठूलो अटोमोटिभ प्रदर्शनीको उद्घाटन गर्यौँ- अध्यक्ष वैद्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

‘यन्त्र ९.०’ प्रतिस्पर्धा अन्तर्राष्ट्रिय रोबटिक्समा प्रवेश गर्ने माध्यम हो

सम्बन्धित सामाग्री

प्राध्यापक त्रिपाठी ग्लोबल कनेक्ट फण्डको परियोजनामा छनौट

प्रधानमन्त्रीको सम्बोधन : हिमनदीका पग्लिँदा भूपरिवेष्टित मुलुकहरूलाई पार्ने असरमा चिन्ता

जलविद्युत क्षेत्रको बीमा सम्बन्धी समसामयिक विषयमा छलफल

प्रधानमन्त्री र तुर्कमेनिस्तानका राष्ट्रपतिबीच भेटवार्ता

नाइमा एक्स्पो: ‘प्रोटोन ई.मास सेभेन’ को विशेष अफर

बीवाईडी एट्टो–वान सार्वजनिक,  मुल्य कति?

भृकुटीमण्डपमा छिट्टै अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी स्थल निर्माण हुने:  अर्थमन्त्री पौडेल

अहिलेसम्मकै ठूलो अटोमोटिभ प्रदर्शनीको उद्घाटन गर्यौँ- अध्यक्ष वैद्य

×