
काठमाडौँ, फागुन ११ । क्लब ५० नेपालको १९औँ साधारण सभा राजधानीस्थित सम्पन्न भएको छ। सभाबाट निवर्तमान वरिष्ठ उपाध्यक्ष रोशनकुमार न्याछ्यौँलाई अध्यक्षमा सर्वसम्मत चयन गरिएको निर्वाचन आयुक्त दीपक मल्होत्राले घोषणा गरेका छन्।
नयाँ नेतृत्वमा प्रदीपकुमार कार्की वरिष्ठ उपाध्यक्ष, युवराज श्रेष्ठ उपाध्यक्ष, हवेन्द्रप्रसाद देव महासचिव, पदमराज सुवेदी कोषाध्यक्ष बनेका छन्। कार्यकारिणी सदस्यमा सुवर्ण राजभण्डारी, प्रमोद जैसवाल, शान्ति मोक्तान, सिर्जना मास्के, बाबा खड्का सुवेदी र डा. कविता अधिकारी सर्वसम्मत चयन भएका छन्।
कार्यक्रममा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय प्रमुख अतिथि थिए। सभामा निवर्तमान अध्यक्ष डा. अंगुर कार्कीले आफ्नो कार्यकालको गतिविधि प्रस्तुत गर्दै पदाधिकारी तथा सदस्यलाई धन्यवाद ज्ञापन गरिन्।
सभामा क्लब फिफ्टीद्वारा प्रकाशित अभियान पत्रिकाको १४औँ अंक विमोचन गरिएको थियो। साहित्यकार रमेश दाहाललाई विशेष सम्मान प्रदान गरिएको छ।
नव निर्वाचित पदाधिकारीलाई संस्थापक अध्यक्ष कुलप्रकाश मास्के, पूर्व अध्यक्षहरु भुपेन्द्र कार्की, शादरभक्त रंजित, दमन बस्नेत, रमेश लुइटेल, दीपक मल्होत्रा, वरिष्ठ पत्रकार जीवराम भण्डारी, नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाललगायतले शुभकामना मन्तव्य दिएका थिए।
पूर्व गृहमन्त्री निरन्जन थापाले क्लब फिफ्टी नेपालले जेन्जी पुस्ताको क्लबजस्तो अनुभूति दिलाएको टिप्पणी गरे। प्रमुख अतिथि उपाध्यायले क्लबको सामाजिक गतिविधि एनजिओ–आइएनजिओभन्दा कम नभएको उल्लेख गर्दै प्रशंसा गरे।

Leave a Reply