/भौतिकशास्त्र नै मेरो रोजाई

भौतिकशास्त्र नै मेरो रोजाई

प्रा.डा उदयराज खनाल

नेपालमा विज्ञानलाई संस्कारको रुपमा लिन नसक्नु नै हाम्रो विज्ञान तथा प्रविधिको उच्चतम विकास हुन नसकेको हो । जवसम्म विज्ञान प्रविधिको विकास हुँदैन तवसम्म देशको विकास हुन सक्दैन भन्ने मान्यताका धनी हुन्हुन्छ—त्रिभुवन विश्वविद्यालय केन्द्रिय भौतिकशास्त्रका प्राध्यापक उदयराज खनाल ।

उनका पिता नेपालको छुट्टै पहिचान बनाउँनु भएको एकजना कोशेढुंगा मानिनुहुने व्यक्तित्व हुनुहुन्थ्यो । एसएलसीमा बोर्ड फस्र्ट स्थान प्राप्त गर्नुभएको थियो । प्रशासन र सरकारी सेवामा इमानको नाम थियो । जमानको नाम थियो । मलाई उनै स्व. यदूनाथ खनालको पुत्र भएर जन्मने सौभाग्य मिल्यो सन् १९४५ मा ।

मैले प्राथमिक शिक्षाको आरम्भ सेन्ट जेभियर्स स्कूलबाट गरेँ । पछि आठ कक्षासम्म सेन्ट कोलम्बसमा अध्ययन गरेँ । एसएलसी चांहि सेन्ट जेभियर्सबाट गरेँ ।

विदेशमा रहेका ती सबै जनशक्ति र स्रोतव्यक्तिको पहिचान राज्यले गर्न सकिराखेको छैन । वा, उनीहरू कहिल्यै राज्यको प्राथमिकतामा परेका छैनन् । यही नै हाम्रो देशको सबैभन्दा ठूलो दुभाग्य हो ।

मेरा पिता मेडिसिन डाक्टर पढ्नमा रूचि राख्नुहुन्थ्यो रे । तर कुन राजनीतिक परिस्थतिले हो त्यो अवसर मिलेनछ । त्यसैले बिएस्सी गरेपछि कलकत्ताबाट अंग्रेजी विषयमा स्नातकोत्तर गर्नुभएको रहेछ । त्यसैले पिताजी त्रिचन्द्र कलेजको अंग्रेजी प्राध्यापक हुनुभयो । पिताजीको विज्ञान मोहकै कारण मलाई पनि विज्ञानप्रतिको अभिरूची जागेको होला जस्तो लाग्छ । अर्को कुरा सानोछँदा घरमा बावुले बक्ति लिएर आउनु भएको थियो । मधुरो प्रकाश दिने त्यो बक्ति देखेर बावुलाई यो बक्ति कसरी बल्दछ भन्ने कुरा साधेको थिए । बावुलाई यस किसिमको अध्ययन गर्ने विषय कुन हो भन्दा भौतिक विज्ञान हो भनेपछि मैले भौतिक विज्ञान पढ्ने इच्छा बाल्यकालदेखि नै भयो ।

सन् १९७४ मा मैले विएस्सी सकाएर नेपाल आएँ । त्यतिबेला नेपालमा सरकारी जागिरको लागि अनगिन्ती अवसरहरू थिए । सबैतिर । तर, मलाई प्रशासनमा जाने रहर कहिल्यै जागेन । मेरो लागि बौद्धिक क्षेत्र नै प्यारो थियो, त्यसैले मलाई सरकारी सेवाभन्दा आफ्नै बौद्धिक स्वतन्त्रतामा रमाउन मन लाग्यो । त्यसैले म त्रिभुवन विश्वविद्यालय प्रवेश गरेंजस्तो लाग्छ ।

सरकारी सेवामा प्रवेश नगर्नुको मेरो आफ्नै कारण छ । रूटिन वर्क मलाई अहिले पनि मन पर्दैन । ऊ बेलाको के कुरा, अहिले पनि देशका मन्त्रालयहरू विना काम बसिरहेका खबरहरू आउने क्रम निरन्तर छ । एकाध मन्त्रालय होलान् व्यस्त, तर मलाई त्यहाँ जाँदा निस्क्रिय भइने जस्तो, आफ्नो सृजनशीलता मर्छ जस्तो लाग्दथ्यो । मैले त्यतिबेलै सही निर्णय लिएछु जस्तो लाग्छ अहिले ।

हाम्रा ‘वैज्ञानिक’हरू अनुभव के थियो भने सलामको प्रस्ताव गरेको संस्थामा विदेशी आउँछन् र विदेशीको हालीमुहाली हुन्छ । उनीहरूले पछिल्लो पुस्तामाथि विचारै गरेनन् ।

मैले नेपालको विज्ञानको क्षेत्र पूर्णतः निस्क्रिय छ भन्न खोजेको होइन, तर कुनै पनि अनुसन्धानको लागि बौद्धिक अभ्यास गर्ने थलो भनेको विश्वविद्यालय नै हो भन्ने कुरामा म अझै दृढ छु । विश्वविद्यालयमा जबसम्म पर्याप्त अनुसन्धान केन्द्र हुन सक्दैन तबसम्म बाहिरी क्षेत्रले जति अनुसन्धान केन्द्र खोले पनि त्यसको महत्व कम हुन्छ । उदाहरण हेरौं न, विश्वविद्यालयमा विभिन्न नामका रिसर्च केन्द्र छन् र पनि केही काम नभएको समाचार आइरहन्छ । त्यहाँ अनुसन्धानका धेरै अवसरहरू छन्, दक्ष प्रशिक्षकहरू अध्यापक प्राध्यापकहरू छन्, नयां विचार र जोश सहितका जिज्ञासु विद्यार्थीहरू छन् तर अनुसन्धानको परम्परा नै छैन । बाहिर इन्स्टिच्यूट खोलेर भित्र जागिर पचाउनेहरूको कारण यो सब भएको हो भन्छन् सबै । आएको बजेट पनि अनुसन्धानभन्दा तलवभत्तामा खर्च हुने नेपालको अनुसन्धानको दूर्दशा हेरिनसक्नुको छ त्यहाँ ।

धेरैले नेपालको विज्ञानको क्षेत्र उपेक्षित हुनुको कारण सोध्दछन् । हामीकहाँ वैज्ञानिकहरूकै कमजोरी देख्छु म । यहाँ विज्ञानको क्षेत्रमा कामै नगरी पनि वैज्ञानिक भइन्छ भन्ने भ्रम छ । र, सायद व्यवहारमा पनि त्यही छ । यहाँं वैज्ञानिक हुन आधिकारिक प्रयोगशालामा काम गरेको हुनु पर्दैन । कुनै अन्तर्राष्ट्रिय जर्नलमा अनुसन्धान पत्र प्रकाशन गरेको पनि हुनु पर्दैन । विज्ञानको क्षेत्रमा कामै नगरी वैज्ञानिक होइने देश हो नेपाल, जहाँ कुनै प्रविधि निर्माण नगरिकन नै कोही कसैले आफूलाई वैज्ञानिकको दर्जामा राख्दछन् ।

कहिलेकाँहि त प्रश्न गर्छु यहाँ विज्ञानलाई नेतृत्व गर्ने ‘नेतृत्व’ कहाँ छ ? न राजनीति गर्नेले विज्ञानलाई बुझे न आमजनताले नै विज्ञानलाई बुझेका छन् । नेपालको लागि विज्ञान कसैले नबुझ्ने विषय भएको छ । मेरो ३० वर्षको अध्यापनको अनुभवले भन्दछ नेपालको विज्ञान क्षेत्र अझै शिशु अवस्थामा छ । म राज्यको कुरा गर्दिन, विज्ञानको आंँखामा राज्य दरिद्र छ, गरिब छ, , यसले लगाएका सबै नाराहरू अर्थहीन छन् तर जसलाई विज्ञानप्रति मोह छ माया छ तीनलाई पनि राज्यले आफ्नो भेदभावको शिकार बनाएको छ । चाहे नीति निर्माण गर्दा होस् चाहे योजना तर्जुमा गर्दा होस्, चाहे बजेट विनियोजन गर्दा होस् ती सबै कसैलाई पनि नेपालको विज्ञानसंग कुनै सरोकार छैन् भन्न सक्नेमा म विश्वस्त छु । म दुःखका साथ भन्दछु नेपालमा राजनीति गर्नेले त विज्ञानलाई बुझेनन् नै जनमानसले पनि विज्ञानलाई बुझ्नेसम्मको प्रयास गरेनन् । नेपालमा विज्ञानको भविश्यको त कुरै नगरौं, यहाँ अझै पनि राम्रो नम्बर ल्याएर विशिष्ट श्रेणीमा एसएलसी उत्तृर्ण गर्नेहरूको सपना विज्ञान पढाई हुने राम्रो कलेजमा अध्ययन गर्ने हुन्छ । तर दुर्भाग्य, यहाँ ती उत्कष्ट अभिलाषाहरू धूलिसात हुनुको विकल्प छैन । कारण प्रस्ट छ, न सरकारी शिक्षण संस्थाहरूले आफूलाई जिम्मेवार बनाएका छन् न निजी क्षेत्रले आफूलाई त्यो हदसम्मको सक्षम छु भन्ने प्रमाणित गर्न सकेका छन् ।

सरकारी सेवामा प्रवेश नगरेको स्थितिमा पैसा नभई, अनुसन्धान केन्द्र नभै अध्ययन अनुसन्धानको परम्परा स्थापित गर्न सकिदैन भन्ने मेरो मान्यता थियो । अनुुसन्धान केन्द्रमा रेहपछि जस्तोसुकै अभावको स्थितिमा पनि अरूलाई उत्प्रेरणा दिन सकिन्छ र आफैँ पनि अनुुसन्धानमा सक्रिय हुन सकिन्छ भनेर म विश्वविद्यालयको भौतिकशास्त्र विभागमा मात्र सीमित रहेँ र अध्यापन–अनुसन्धान गर्न र गराउन थालेँ । २९ वर्षदेखिको यो क्रम आजपर्यन्त छ ।

मेरो विचारमा मानव जाती सवै समान छ । सबैको दिमाग उत्तिकै तेज छ । सबैसँग विचार आँउछ । विशेषगरी युवामा नयाँ जोश र विचार दुबै हुन्छ । म राज्यले त्यो विचारको, जाँगरको र युवा जोशको उपयोग गर्न सक्नु पर्दछ भन्दछु । भौतिकशास्त्र, जीवशास्त्र, खगोलशास्त्रलगायतका विज्ञानका विभिन्न विधामा पनि नेपाली युवाहरूको जिज्ञासुपन, उत्साह, जोश र जाँगर कम छैन । मात्र, हामीले तिनलाई चिन्न सकेका छैनौँ, उनीहरूलाई अवसरको सृजना गर्न सकिराखेका छैनौँ ।

नेपालबाट अहिले वर्षेनी विद्यार्थीहरू बाहिरिने दर उच्च छ । उच्च तहमा अध्ययनरत र विश्वविद्यालय शिक्षा पूरा गरिसकेकाहरू बाहिरिने दर पनि उत्तिकै छ । यसलाई हामी ‘ब्रेन ड्रेन’ भनिरहेका छौं । अहिले भौतिकशास्त्र पढ्ने ३०÷४० जना विद्यार्थीहरू पीएचडी गर्न अमेरिका गइरहेको स्थिति छ । उनीहरूका यहाँ बसेर ‘प्लस टु’ पनि पढाउन नपाउने अवस्थामा छन् । तर विदेशमा नेपाली विद्यार्थीहरु अमेरिका, बेलायत, चीन, जापानजस्ता देशका विद्यार्थीसँग प्रतिस्पर्धामा खरो उत्रिएर प्रतिष्ठित अनुसन्धान केन्द्रमा कार्यरतहरूको संख्या पनि उल्लेख्य छ । कतिले सम्मानित अध्ययन केन्द्रहरूमा अध्यापन गराइरहेका छन् । अहिले नेपालमा भौतिकशास्त्र पढ्ने भनेकै अमेरिका जानको लागि हो भन्ने मान्यता छ र केहि नेपालीको त्यसमा सफलता पनि हासिल गरिरेका छन् । माइक्रोप्रोसेसर बनाउनेदेखि, बेल ल्याव र नासासम्म नेपाली वैज्ञानिकहरू पुगेका छन् । प्रतिष्ठित विश्वविद्यालयहरूमा अध्यापन गराउने दर्जनौं नेपाली प्राध्यापकहर छन् । आफ्नो देशको उन्नती सबै चाहन्छन् । तर, विदेशमा रहेका ती सबै जनशक्ति र स्रोतव्यक्तिको पहिचान राज्यले गर्न सकिराखेको छैन । वा, उनीहरू कहिल्यै राज्यको प्राथमिकतामा परेका छैनन् । यही नै हाम्रो देशको सबैभन्दा ठूलो दुभाग्य हो ।

एउटा महत्वपूर्ण सन्दर्भ यहाँ विचारणीय छ । विज्ञानको उपेक्षा नै गरिवीको कारणले भएको हो । नोबेल पुरस्कार बिजेता पाकिस्तानी नागरिक अब्दुल सलाम ‘विज्ञानको उपयोग गरेर र्न गरिबीको उन्मूलन हुन्छ’ भन्दथे । भौतिकशास्त्रलाई उनले ‘धनको विज्ञान’ रूपमा व्याख्या गरेका थिए । सामन्त यसगमा धनको लुटले सामन्तको जन्म गराउँदथ्यो तर उपनिबेशकालमा गरिब देशहरूबाट सुन र हिरा लुटेर धनी भइन्छ भन्ने मान्यता स्थापित भयो । अहिलेको वैज्ञानिक युगमा भने ज्ञान र विज्ञानको प्रयोगले धनको उत्पादन गर्न सकिने धारणा विकास भयो । र, सलामले विस्तार गरेको त्यो मान्यता अहिले प्रमाणित भइसकेको छ ।

सन् १९८९मा तिनै सलाम नेपाल आउँदा उनी नेपालमा विज्ञानको विकास गर्न सहयोग खोज्दै थिए । नेपालमा एउटा अनुसन्धान केन्द्र खोल्ने उनको चाहना थियो । नेपालमा उनको त्यो चाहना यहाँको विसङ्गतिले गर्दा पूरा हुन सकेन । इटालीमा संयुक्त राष्ट्रसंघ र अन्य विकासशील देशको सहयोगमा इन्टरनेशनल सेन्टर फर् थेरोटिकल फिजिक्स् ९क्ष्लतभचलबतष्यलब िऋभलतभच ायच त्जभयचभतष्अब िएजथकष्अक९क्ष्ऋत्ए० नामको एउटा संस्था स्थापित भयो जुन अहिलेसम्म क्रियाशील छ, त्यसको कुरा उनैले उठाएका थिए । पाकिस्तान जहाँ बयलगाढा पनि राम्रोसँग चल्न सक्दैन त्यहाँ अन्तर्राष्ट्रियस्तरको वैज्ञानिक प्रयोगशाला बनाउने सलामको प्रस्तावप्रति अन्तर्राष्ट्रिय समुदाय हाँसेका थिए । ‘भौतिकशास्त्रले पनि कतै देशलाई बनी बनाउँछ ?’ भनी प्रश्न गर्नेहरूलाई पनि सलामले सोही केन्द्रमार्फत जवाफ दिएका थिए । तर, भारत, सिंगापुर, चीन, ब्राजिललगायतका देशहरू सूचना प्रविधिमा अगाडि आउनुमा त्यो केन्द्र पनि एउटा महत्वपूर्ण आधार थियो । उनले नेपालमा अन्तर्राष्ट्रिय हाई टेक सेन्टर नामबाट अन्तर्राष्ट्रिय अनुसन्धान प्रयोगशाला केन्द्र खोल्ने प्रस्ताव गरेका थिए । यसले तीवटा कुरामा जोड दिएको थियो, सूचना प्रविधि ९क्ष्लायचmबतष्यल तभअजलययिनथ०, जैविक प्रविधि ९द्यष्यतभअजलययिनथ०, र पदार्थ विज्ञान ९ःबतभचष्ब िक्अष्भलअभ० । त्यतिबेला भारत अहिले जस्तो सूचना प्रविधिमा शक्तिशाली थिएन, पिछडिएको अवस्थामा थियो । पाकिस्तान र बंगलादेश पनि पिछडिएको अवस्थामा थिए । आपसी विवादका कारण यी देशहरूलाई वैज्ञानिक अनुसन्धानका लागि एकै स्थानमा ल्याउने विकल्पको खोजी गर्नु पनि सलामको उद्देश्य थियो र नेपाल त्यसको लागि उपयुक्त विकल्प थियो । तर सलामप्रति नेपालका ‘ठूला’ वैज्ञानिकहरू सकारात्मक हुन सकेनन् । यसको विषयमा थप तथ्यहरू विस्तारै आउलान् । हाम्रा ‘वैज्ञानिक’हरू अनुभव के थियो भने सलामको प्रस्ताव गरेको संस्थामा विदेशी आउँछन् र विदेशीको हालीमुहाली हुन्छ । उनीहरूले पछिल्लो पुस्तामाथि विचारै गरेनन् ।

त्यतिवेला भारतमा बैंगलोर ‘बैंगलोर’ थिएन । हैदराबाद ‘हैदराबाद’ थिएन । त्यही अवधारणाको आधारमा अहिले बैंगलोर आइटी सिटी भयो र हैदराबाद ‘साइबरावाद’ भयो । त्यो संस्था सायद नेपालमा खुल्न दिइएको भए अहिलेसम्म हजारौं नेपाली प्राविधिक जनशक्ति उत्पादन भइसक्ने थिए । नेपालले विज्ञान, अनुसन्धान र प्रविधिको क्षेत्रका विश्वबजारमा आफ्नो बलियो उपस्थिति देखाउन सक्दथ्यो होला ।

अहिले नेपालमा अन्तर्राष्ट्रिय विज्ञान प्रयोगशालाको निर्माण गर्ने कुरा उठिरहेको छ । तर अहिलेकै अवस्थामा त्यो ज्यादै कठीन हुनसक्दछ । हामी विस्तारै अरूभन्दा ज्यादै ढिलो भइसकेको स्थितिमा छौं । मुख्य कुरा हामीले विज्ञानको महत्व बुझ्नु प¥यो । विज्ञानको क्षमता बुझ्नुप¥यो । विज्ञानले समाधान गर्नसक्ने समस्याप्रति आफूलाई दृढ बनाउनु प¥यो । यो दृढता ब्यक्तिले होइन राज्यले व्यक्त गनुपर्दछ । नेपालमा विज्ञानसँग सम्बन्धित संस्थाहरू छन्, सहयोगका कुरा पनि आइरहन्छन् । त्यसलाई उपयोग गर्न सक्नुपर्दछ । यूरोपियन प्रयोगशाला छ, आणविक भौतिकशास्त्रका प्रयोगशालाहरू छन्, तिनिहरूलाई यूरोपले मात्र चलाइराखेका छैनन् । संसारभरका वैज्ञानिकहरू त्यहाँ छन् । ती संस्थाहरूसँग समन्वय गर्ने वातावरण राज्यले मिलाउनु पर्दछ । तिनीहरूसँग सहयोग माग्नेसम्मको काम हामीले गर्न सकिराखेका छैनौं ।

म सरकारी सेवामा नभएर पनि मैले केही सरकार केन्द्रित परियोजनामा रहेर काम गर्ने अवसर पाएको छु । एउटा रमाइलो कुरा के भने नेपालमा विज्ञान तथा प्रविधि मन्त्रालय ज्यादै कम प्राथमिकतामा परेको छ । नेताहरूले नै गरेको भाषण पनि सुन्नमा आएको छ । अरू मन्त्रालयमा जानको लागि चाँहि यो मन्त्रालय ‘ट्रान्जिट’ जस्तो देखिएको छ (हाँसो…)। त्यही मन्त्रालयका केही सचिवहरूमा पनि मैले त्यही परम्परा रहेको अनुभव गरेको छु । यसले मन्त्रालयबाट प्रभावबाली योजनाहरू, दूरदृष्ट्रिसहितका कार्यक्रमका खाकाहरू कमै आउन सक्दछन् भन्ने नै हो ।

अन्त्यमा मलाई अहिले पनि एउटा प्रसङ्गमाथि विचार गर्न मन लागिरहेन्छ, कुनैबेला भारतमा भन्दा नेपालमा बढी धान फल्दथ्यो । कृषिमा हामी आत्मनिर्भर मात्र थिएनौं, भारतमा कृषिजन्य सामग्री निर्यात गर्नसक्ने अवस्थामा थियौं । अहिले अवस्था ठीक उल्टो छ । कृषिमा पनि हामी पराश्रित बनिरहेका छौं । भारतमा शुरू भएको ‘ग्रिन रिभोल्यूसन’लाई हामीले कहिल्यै बुझेनौं वा बुझेर पनि बुझ्पचायौं । गुजरातको अपरेशन फ्लोटलाई हामीले विचार गर्न सकेनौं । अमेरिका सुन्तलाको लागि चिनिएको छ भनेर हामीले बिर्सने गरेका छौं । यहाँ ठूला ठूला क्रान्तिका कुरा हुने गर्दछ तर आमजनताको जीवनस्तरसँग प्रत्यक्ष सरोकार राख्ने उत्पादनमूलक क्षेत्रमा क्रान्ति गर्ने कुरा हुँदैन । यहाँको उत्पादनमूलक क्षेत्रलाई पनि वैज्ञानिक र प्राविधिक बनाउनु सकियो भने विकास असम्भव छैन भन्ने मेरो जोड छ । आउँदा दिनमा नेपालमा यस्ता महत्वपूर्ण विषयमा अध्ययन अनुसन्धान होस् र त्यसले विकासको गतिलाई निर्देशित गरोस् भन्ने मेरो चाहना हो ।

UDAYARAJ KHANAL

(January 14, 1955)

ADDRESS

Ganeshsthan Marga-1, Baneshwor Heights

Kathmandu, Nepal

Email: [email protected]

PRESENT POSITION

–          Professor, Central Department of Physics, Tribhuvan University, Kirtipur, Kathmandu, Nepal

MEMBERSHIP

-Life Member, Nepal Physical Society

lLife Member, Indian Association of General Relativity and Gravitation

lSenior Associate, Abdus Salam International Centre for Theoretical Physics, Trieste, Italy (2006)

lMember, Academic Council, Pokhara University, Nepal (2006)

lMember, Planetarium and Observatory Development Board, Ministry of Science and Technology, Nepal

ACADEMIC QUALIFICATIONS

lPh.D., University of Delhi, India (1983)

AWARDS AND FELLOWSHIPS

lExcellent Service Award, Tribhuvan University, 2002

lEducation Day Award, 1993

lYoung Scientist Award, Royal Nepal Academy of Science and Technology, 1989

lUGC Junior Research Fellow, Delhi, 1981

PUBLICATIONS

lPerturbation of FRW spacetime in Newman-Penrose formalism (in preparation)

lEnergy-Momentum of Maxwell and Dirac Fields in Friedmann-Robertson-Walker Universe (in preparation)

lComments on the Dirac Field in Friedmann-Robertson-Walker Spacetime (preprint), Abdus Salam International Centre for Theoretical Physics, Trieste (Italy) IC/2006/136 (2006)

l  Electrodynamics in Friedmann-Robertson-Walker Universe: Maxwell and Dirac fields in Newman-Penrose formalism, Classical and Quantum Gravity, 23, 4353 (2006)

lComments on the interacting Einstein-Hilbert Drop, Abdus Salam International Centre for Theoretical Physics, Internal Report, IC/IR/2004/14 (2004)

lDynamics of extended objects: the Einstein-Hilbert Drop, arxiv.org/astro-ph/0410634 (2004)

lDynamics of strings with Gaussian density and tension, Mod. Phys.Lett. A 15, 675 (2000)

lFurther comments on the dynamics of extended objects, Modern Physics Letters A 13, 2757 (1998)

lSome comments on the dynamics of extended objects, International Jour. of Mod. Phys. A 13, 2979 (1998)

lDensity fluctuations in the early universe, Proceedings of III National Conference on Science and Technology, Royal Nepal Academy of Science and Technology, 442 (1999), Co- authored with P. Dhungel and S. K. Sharma

lNote on the dynamics of extended objects, Proceedings of the Nepal Physical Society, 91 (1998)

lWaves in disperso-conductive medium, Scientific World, Ministry of S and T, 1, (1999)

lFurther investigations of the Kerr-de Sitter space, Phys. Rev. D 32, 879 (1985)

lRotating black hole in asymptotic de Sitter space; perturbation of the space-time with spin fields, Phys. Rev.D28,1291 (1983)

lMassive spin-half particle in de Sitter universe, Annals of Phys. 138, 260 (1982)

lProduction of massless particles in de Sitter-Schwarzschild universe, Phys. Rev. D 24, 835 (1981)

lPerturbation of the de Sitter-Schwarzschild universe with massless fields, Phys. Rev. D 24, 829 (1981)

(The last three papers co-authored

with N.Panchapakesan)