बैंकले पैसा किन्छ, पैसा बेच्छ र पैसा कमाउँछ

डा. नरहरि ढकाल

लघुवित्त, साना तथा मझौला उद्योग प्रर्वधन, औधोगिक विकास र आर्थिक विश्लेषणमा दख्खल राख्ने डा. नरहरि ढकाल हाल

राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष हुनुहुन्छ । लामो समयसम्म विश्वबैंक, एसियाली डेभलपमेन्ट बैंक लगायतका गैह्रसरकारी, अन्तर्राष्ट्रिय संस्थाहरूमा स्वतन्त्र परामर्श दाताको रूपमा दख्खल हासिल गरेका उहाँ २००१ देखि पूर्वाञ्चल विश्वविद्यालयमा कलेज अफ डेभलपमेन्ट स्टडीको प्रध्यापन समेत गर्दै आइरहेका छन । गोरखा जिल्लाको हर्मी गाविसमा वि सं २०१६ भदौ २८ मा जन्मिनुभएका ढकालले एसएलसी सम्मको शिक्षा लमजुङ जिल्लाको अलकटार स्थित सौभाग्यदोय माध्यामिक विद्यालयबाट गर्नुभयो । अर्थशास्त्रमा विद्यावारिधि गर्नुभएका उहाँले सन् १९९३ मा ‘पोष्टग्रयाजुएट इन इकोलोजी एण्ड इन्भरोमेन्ट’, चितवनको रामपुर कलेजबाट कृषिमा आइएस्सी गरि भारतको हरियानाबाट कृषिमै विएस्सी गरेपश्चात नेपालमा कृषि विकास वैंकमा काम गर्न थालेको बताउनुहुन्छ । अहिले बैंकहरूले सञ्चालन गरेको अधिंकाश प्रोजेक्ट असफल हुनुको एउटै कारण होे प्राविधिक पक्षमा ध्यान नदिनु र त्यसको व्यवहारिक पक्ष नबुझ्नु नै काममा असफल हुनु हो भन्नुहुन्छ । सन्र्दभमा रिभोसाइन्स मासिकका लक्ष्मण डंगोल र हरि गजुरेलले उहाँसँग गरेको कुराकानी सम्पादित अंश ः

आज भोली के काममा व्यस्त हुनुहुन्छ ?

राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षको रूपमा कार्यरत छु । दोस्रो एसियाली बिकास वैंकको ग्रामिण विकास, तेस्रो एउटा गै्रहसरकारी संस्थामा आवद्ध छु । र अर्को एउटा कलेजमा अध्यापन गराइरहेको छु ।

बैंक भनेको पैसा जम्मा गर्ने र निकाल्ने मात्रै हो वा अरू केही काम पनि हुन्छ रु बैकको बारेमा बैंकरहरूले सर्वसाधरणहरूलाई वुझाउन किन नसकेको होलान ?

बैकिङ क्षेत्र भनेको त्यस देशका जनताहरूलाई चाहिने वित्तिय सेवा प्रदान गर्ने निकायको रूपमा बुझ्नुपर्दछ । एक जना मान्छेलाई जन्मेदेखि नमरेसम्म जे जति सेवा चाहिन्छ त्यो सेवा प्रदान गर्ने तरिकालाई वित्तिय सेवा भनिन्छ । यस अन्र्तगत निक्षेपको सुविधा, ऋण सेवाको आवश्यकता पर्दछ । विमा सेवाको आवश्यकता पर्दछ र यी सम्पूर्ण सेवा प्रदान गर्ने सेवाको रूपमा बैंकलाई बुझ्नुपर्दछ । दोश्रो कुरा सामान्य शव्दमा भन्दा बैंकले गर्ने भनेको पैसाको व्यवस्थापन हो । बैंकले पैसा किन्छ, पैसा बेच्छ र पैसा कमाउछ । यसर्थमा बैंक कञ्जुस हुन पनि हुदैन । पैसा किन्ने भनेर सस्तो सस्तोमा किन्ने र मंहगोमा बेचेर शोषण गर्ने मिल्दैन । जब बैंकले निक्षेप संकलन गर्दछ । प्राप्त निक्षेपलाई विकास निर्माणको काममा लगाउनुपर्दछ । लगानी गर्दा बैकले धेरै कुराहरू हेर्नुपर्ने हुन्छ । लघु उद्योग, मझौला तथा साना उद्योग लगायतमा लगानी गर्नु पर्ने हुन्छ । अहिले के देखिएको छ भने वाणिज्य बैंक भनेको ठूला ठूला उद्योगमा लगानी गर्ने मात्र हो भन्ने बुझिएको छ । सानो÷ठूलो दुबै क्षेत्रमा बैंकले लगानी गर्नुपर्दछ । समावेशी वित्तिय अभिवृधि गर्नेतर्फ वैंकहरू केन्द्रित हुनुपर्दछ ।

बैंकहरूले विज्ञान प्रविधिको अनुसन्धानको क्षेत्रमा लगानी गर्न सक्छ कि सक्दैन रु त्यस्तो किन हुन सकेको छैन ?

विज्ञान तथा प्रविधि क्षेत्रको लगानी भनेको सामाजिक सम्पत्ति हो । यो क्षेत्रमा गरिएको लगानीको प्रतिफल एउटा मान्छेले पाउने भन्दा पनि सारा मान्छेले पाउने कुरा हो । अध्ययन, अनुसन्धान, विज्ञान प्रविधिको क्षेत्रको विकास गर्न भनेको राज्यले गर्नुपर्दछ । बैंकहरूले भनेको जव नयाँ प्रविधि आयो त्यसको प्रचार प्रसार गर्ने काममा सहयोग गर्ने वित्तिय सेवा प्रदान गर्ने मात्र हो । नेपालका बैंकहरूले त्यस्तो गरिरहेको अवस्था छैन ।

डा. नरहरि ढकाल

तपाई आफू माइक्रोफाइनन्समा दक्ष हुनुहुन्छ । के यस किसिमको टे«निङ नेपालमा आवश्यक छ र ?

नेपालबाट यो तालिम लिने सुरूमा बंगालादेश बैंकको सिइओ र म हामी दुई जना मात्रै थियौं । उहाँ कर्पोरेट बैकिङ तिर लाग्नुभयो तर म निरन्तर यही क्षेत्रमा लागि नै रहेको छु । मैले त्यो तालिममा जे सिंके त्यो कुरा आफैंमा सिमित राखिन । त्यसको प्रचार प्रसार पनि गरे । फलस्वरूप तालिम आयोजकले मलाई लोकल ट्युटरको रूपमा काम गर्नका लागि आग्रह गर्यो । हामी सँग धेरै कमजोर बैंकहरू हुनुभन्दा थोरै मजभुत बैंकहरू हुनु जरूरी छ । मान्छेहरूले बैंक खोल्दा पैसा कमाइन्छ भनेर बैंक खोलेका हुन । तर अहिले धेरै भइसक्यो । अहिले राष्ट्र बैंकले त्यसैले मर्जरको कुरा अगाडि ल्याइरहेको छ । थोरै भयो भने क्याटलिस्ट हुन्छ एउटा मात्रै हुदा मनोपोली हुन्छ । त्यसकारण यति नै बैंक चाहिन्छ भनेर भन्न सकिने अवस्था छैन । तीस वटा यस्ता जिल्लाहरू छन जहाँ वित्तिय संस्थाहरू एउटा ÷दुईवटा मात्रै छन् । काठमाडौं, नारायणगढ, इटहरी, विराटनगर लगायतको क्षेत्रमा हामीले चाहे भन्दा वढि बैंकहरू भए ।

बैंक तथा वित्तिय संस्थाहरू डुब्ने कतिको सभ्भावना हुन्छ रु हामी कहाँको बैंकहरूको अवस्था कस्तो छ ?

अहिले राष्ट्र बैंकको भूमिका एकदम सकारात्मक छ । त्यसकारण उहाँहरूले एकदम कडाको साथमा निगरानी गरिरहनुभएको अवस्था छ । यी सबै चीजहरूको लागि महत्वपूर्ण भूमिका भनेको देशको सुशासन हो । सुशासन कायम राख्यौं भने बैंकहरूको मर्जर पनि हुन्छ । डुब्ने संभ्भावना धेरै कम हुन्छ । ‘ख’ वर्गका बैंकहरूको डुब्ने सभ्भावना प्रवल रहन्छ । रेगुलेटरले पनि उति साह्रो ध्यान नदिदो रहेछ । यसको लागि लगाम चाहिन्छ । नेपालका बैंकहरू जोखिममुक्त त छैनन यद्यपि डुबिहनल्ने अबस्थामा पनि छैनन् ।

हाम्रो जस्तो अल्पविकसीत देशलाई एसियाली विकास बैंकले कसरी मुल्यांकन गरिरहेको हुन्छ ?

उहाँहरूको चासो भनेको मनि सप्लाई कतिको वढ्यो रु दिएको साधनको सही प्रयोग भयो कि भएन भन्नेमा केन्द्रित हुन्छ । उहाँहरूले खोज्ने भनेको दह्रो आर्थिक स्थायित्व होस । फाइनान्सियल क्षेत्रहरूले नकारात्मक कुरा नदेखाओस भन्नेमा नै दातृ निकायहरूको चासो हुन्छ । एसियाली विकास बैंक, विश्व बैंकहरूको सुधारात्मक चासो रहेको पाएको छु । उहाँहरूको विशेष ध्यान चाहिँ स्टे«ड टेष्टिङमा रहन्छ ।

उनीहरूले नेपालमा किन लगानी गर्छन् केही लगानी गरेजस्तो गरेर ती संस्थाहरूले नाफा कमाउनै लागि त होला ?

लगानी गर्ने भनेर उहाँहरूले उद्योगमा लगानी गर्ने होइन । तिन प्रकारको सहयोग उहाँहरूबाट हामीहरूलाई प्राप्त हुन्छ । एउटा प्राविधिक सहयोग, अर्को अनुदान र तेश्रो ऋण । ऋण लगानी गर्नु भनेको उहाँहरूको पनि व्यवसाय हो । गोल्वल बेस प्राटिक्स अनुसार उहाँहरूले पनि चाहने भनेको बैंक माथि सरकारी हस्तक्षेप नहोस, स्वतन्त्र रूपमा चलोस भन्ने उहाँहरूको चाहना हुन्छ । बैकिङ क्षेत्र मार्फत गरिएको लगानी समयमा फिर्ता होस भन्ने नै उहाँहरूको चाहना हुने हुँदा त्यस्तो ठूलो हस्तक्षेपको महसुस चाही मैले गरेको छैन । मलाई जहासम्म लाग्दछ एडिवि र विश्व बैंकहरूले नेपालको अर्थतन्त्र उकास्न राम्रै भुमिका निर्वाह गरेका छन् ।

नेपालका बैंक तथा वित्तिय संस्थाहरू जस्तो बाहिर देखिन्छ त्यस्तो हिसाबले चलिरहेका छैनन् । भित्र लथालिङ्ग छ भन्ने गरिन्छ नि ?
बैंक तथा वित्तिय संस्थाहरू भनेको ‘रकेट साइन्स’ नभएर ‘म्यानेजमेन्ट साइन्स’ हो । म्यानेजमेन्ट साइन्समा जहिले पनि ट्रायल एण्ड एरर भइनै रहन्छ । जुन कुरा बाणिज्य बैंकमा प्रभावकारी भयो त्यही कुरा कृषि बिकास बैंकमा प्रभावकारी नहुन सक्छ । यो मुख्य मानविय व्यवहारसँग निर्भर गर्ने कुरा हो । यसमा दुई जोड दुई बरावर सधै चार हुदैन । कहिले पाँच हुन्छ कहिले तीन पनि हुन्छ । जस्ले २ मा २ जोड गर्दा ५ गर्दछ उ सफल हुन्छ । जस्ले २ जोड २ बरावर ३ गर्यो उ असफल हुदै तलतल जान्छ ।

नेपालीहरूको जीवनस्तर उकास्न बैंकिङ क्षेत्रले कस्तो भूमिका खेलेका छ ?

बैकिङ सर्भिस गरिवि निवारणका लागि आवश्यक पर्ने साध्य होइन । हाम्रो अध्ययन अनुसन्धानले के देखाएको छ भने साह्रै गरीवलाई त वित्तिय सेवाले खासै मद्दत पु¥याएको छैन । जसमा उद्यमशिलताको कला छ । जसमा केही काम गरौ भन्ने भावना छ । त्यस खालको मान्छेहरूलाई यसले मद्दत गरेको देखिएको छ ।

नेपालमा माइक्रोफाइनान्स तीनिहरूको विकासक्रम र यीनिहरूले हाम्रो दैनिक जीवनमा कस्तो प्रभाव पारेको छ ?

धेरै जसो लघुवित्तले चुलो चौकामा सिमित महिलाहरूलाई त्यहाँबाट बाहिर निकाल्न मद्दत गरेको छ । जसका हातमा हजारको नोट असभ्भव थियो तिनका हातमा दश हजार खेलाउन सभ्भव भयो । जसलाई व्यवसाय भनेको असभ्भव थियो उस्ले पाँच÷दश वटा बाख्रा पालेर व्यवसाय गर्ने सभ्भव भयो । त्यस्ता मान्छेहरूले आम्दानी गर्न सक्ने भए । लघु वित्तले ग्रामिण जनताको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको छ ।

बंगलादेशमा माइक्रोफाइनान्सले त्यहाँको जनताको जीवनस्तर उकास्न उल्लेख्य भूमिका खेल्यो भन्ने गरिन्छ । नेपालमा माइक्रोफाइनान्सले त्यस्तो भुमिका खेल्न किन नसकेको होला ?

हामी कहाँ पनि भएको छ । हामी कहाँ भएका लघुवित्त कम्पनीहरू बंगलादेशको मोडल हो । हाम्रा यहाँका मान्छेहरू बंगलादेशमा गएर ग्रामिण विकास बैंकबाट सिकेर नै हामी कहाँको पाँचवटा विकास बैंकको स्थापना भएको हो । विसं ०५० को हाराहारी तिर । त्यसपछि निर्धन उत्थान लगायतका बैंकहरू आएका हुन । तर भयो के भने बंगलादेशमा तगडा मान्छे हुनुहुन्थ्यो मोहम्मद युनुस भन्ने उहाँ अमेरिकाको प्रोफेसर समेत हुनुहुन्थो । त्यसको प्रचार प्रसार खुबै भयो । हामी कहाँ त्यतिकै काम भएको भए पनि त्यसले चर्चा पाउन सकेन । अहिले हामी कहाँ पनि २१ लाख मान्छेले वित्तिय सेवा प्राप्त गरेका छन । यो पद्धति अन्र्तगत ।

हामी कहाँ माइक्रोफाइनान्समा के कस्ता समस्याहरू छन ?

धेरै समस्याहरू छन । हामी कहाँ अलिकति सरकारी हस्तक्षेपबाट सञ्चालन भएका वित्तिय बैंकहरू कोल्याप्स भएका छन् । सरकारी हस्तक्षेप विना नीजि क्षेत्रबाट सञ्चालन गरेका यस्ता फाइनन्सको संख्या २९ वटा छन अहिले । २७ वटा बैंकहरू नीजि क्षेत्रको संग्लनतामा सञ्चालन भएका छन । अहिले स्टक मार्केटमा हेर्नुभयो भने सबैभन्दा आकर्षक सेयर नै लघु वित्तको रहेको पाइन्छ ।

तपाई अध्यक्ष भएको ‘राष्ट्रिय वाणिज्य बैंक’ कस्तो खालको बैंक हो रु राष्ट्र निर्माणमा यस्को कस्तो भूमिका रहन्छ ?

यो सरकारको पूर्ण स्वामित्वमा सञ्चालन भएको बैंक हो । यो नेपालको दोस्रो पुरानो बैंक हो । सरसर्ती हेर्दा यसको तीनवटा भूमिका देखिन्छ । एउटा जुन ठाँउमा सरकारको स्वामित्व पुगेको छैन त्यो ठाँउमा पेन्सन लगायत उपलव्ध गराउने । दोस्रो जुन ठाँउमा वित्तिय सेवा पुगेको छैन त्यो ठाँउमा वित्तिय सेवा अभिवृद्धि गर्ने । तेस्रो प्राइभेट सेक्टरका बैंकहरूलाई ‘थ्रेट क्लियर’ गर्ने । अहिले प्राइभेट सेक्टरका बैंकहरूलाई गएर सोध्ने हो भने उनीहरूले आफ्नो डर वाणिज्य बैंकसँग छ भन्ने गर्दछन । किनभने बाणिज्य बैंकको देशव्यापी सञ्जाल, धेरै निक्षेप, बेस रेट अन्य बैंकहरूको भन्दा सस्तो वाणिज्य बैंकको । त्यसकारण हामीले स्ट्यान्डर्ड चार्टड बैंक वा नविल बैंकले गरेको बराबरीमा ऋण लगानी गर्ने सक्दछौं । अन्य बैंकहरूमा बिकृती आँउदा चेक एण्ड व्यालेन्स गर्ने सम्मको भूमिका यो बैंकको हुन्छ । अरू भूमिकाहरू पनि छन । यद्यपि ३ वटा पृथक भूमिका छन ।

एउटा साधरण नागरिकले राष्ट्रिय बाणिज्य बैंकमा खाता किन खोल्ने ?
अन्य बैंकहरूको तुलनामा निक्षेप सत प्रतिशत सुरक्षित छ । दोस्रो अन्य बैकहरू नपुगेको स्थानमा पनि यो बैंक पुगेको छ । तेस्रो हामीले यो बैंकमा विभिन्न प्रविधिहरू जडान गरेका छौं । शाखा रहित वैकिङ सुरू गरेका छौं । अहिले ९ स्थानमा सञ्चालन भइरहेको छ अब २५ स्थानमा थप्दैछौं । यसका अलवा एउटा शाखाबाट नेपालको जुन सुकै स्थानमा पनि पैसा पठाउन सकिने व्यबस्था गरेका छौं । सुरक्षाको हिसाबले अधिराज्यको जुनसुकै स्थानबाट कारोवार गर्न सकिने हिसाबले पनि हामी अग्रणी छौं यद्यपि हामी कहाँ हाइफाइ छैन । तर नेपाली लेख्न अप्ठ्यारो मान्ने, फाराम भर्ने अप्ठयारो मान्ने मान्छेहरू वाणिज्य बैंकमा त्यति आकर्षक छैनन् ।

राष्ट्रिय वाणिज्य बैंकमा पूरानै ढर्राका कर्मचारी भएकाले चुस्त सेवा दिन नसकेको गुनासो सुन्ने गरिन्छ नि ?

सत प्रतिशत सही होइन । वाणिज्य बैंकमा अहिले अधिकांश पूराना कर्मचारीहरूलाई नयाँ कर्मचारीहरूले विस्थापन गरिसकेको अवस्था छ । जुन सुकै शाखामा पनि २÷४ जना एकदमै स्मार्ट कर्मचारी भेट्न सक्नुहुन्छ । वाणिज्य बैंक नसुध्रि सुखै छैन । एकातिर प्रतिष्पर्धी बजार छ । अन्य बैंकहरूले विभिन्न खालको प्रोडक्टहरू ल्याइरहेका छन । कि त वाणिज्य बैंक बन्द हुनुपर्दछ नभए आफूलाई सुधार्नुपर्दछ । अहिले हामीले लिएको बाटो भनेको सुधारको बाटो हो । हामी कहाँ ८० वटा एटिएम, सिष्टम सबै कम्युटराइज भएको छ । सुधारको दृष्ट्रिकोणले हामी धेरै अगाडि बढेका छौं ।

बैंकहरूले इ बैकिङ सेवा त चलाएका छन तर ग्राहकहरूलाई यस बारेमा राम्रो जानकारी दिन सकेका छैनन नि ?
होइन, दिइरहेका छन् । सुरूमै खाता खोल्ने समयमा, दैनिक कन्सलटेसनमा यस सम्बन्धमा जानकारी दिइरहेका हुन्छौं । अरू बैंकहरूको बारे भन्न सकिदैन । यद्यपि बाणिज्य बैंकमा पूरा ग्राहकको २० प्रतिशतले मात्र एटिएमको प्रयोग गरेका छन । इ वैंकिङ भनेर मोवाइल बैंकिङ सुविधा लिनेहरू अत्यन्त कम छन ।

बाणिज्य बैंकले विज्ञान तथा प्रविधिको क्षेत्रमा कति प्रतिशत लगानी गर्ने गरेको छ ?
हामीले पुमोरी प्लस सफ्टवेयर चलाएका छौं । हामीले प्रविधिको उपयोग गर्ने मात्र हो । कृषि, हाइड्रो, माछापालन, होटल रेष्टुरेन्ट, सिमेन्ट उद्योगहरूमा लगानी भएको छ । यद्यपि वाणिज्य बैंकले धेरै जसो लगानी सेवा व्यवसायको क्षेत्रमा गरेको छ । उद्योगमा १० देखि १२ प्रतिशत मात्रै लगानी गरेको छ । यस पछि कृषि क्षेत्रमा लगानी गरेको छ । विज्ञान तथा प्रविधिको क्षेत्रमा हामीले लगानी गरेका छैंनौ । यस क्षेत्रमा लगानी गर्ने दायित्व राज्यको हो ।