अनिल अधिकारीको ‘कस्ले भनेको’ सार्वजनिक: सानिसा–आशिर्वादको प्रस्तुति

काठमाडौँ । संगीतकार तथा गायक अनिल अधिकारीले आफ्नो नवीनतम सिर्जना ‘कस्ले भनेको’ सार्वजनिक गरेका छन्।

आफ्नै शब्द तथा संगीतमा तयार भएको यो गीत अनिल अधिकारीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो। गीतमा अनिल अधिकारीलाई गायिका अस्मिता अधिकारीले स्वरमा साथ दिएकी छन्।
जीवनप्रतिको उत्साह, सकारात्मक सोच र प्रेमभावलाई रमाइला शब्द र सहज लयमा प्रस्तुत गरिएको यो गीतको एरेन्जर सारिता राई हुन्। गीतको भिडियो निर्देशन नवेश खड्काले गरेका छन् भने छायांकन उद्धव दाहालले सम्हालेका छन्।
भिडियोमा पछिल्लो समय चलचित्र क्षेत्रमा लोकप्रियता कमाएकी सानिसा भट्टराईले आकर्षक नृत्य–अभिनय प्रस्तुत गरेकी छन्। उनलाई आशिर्वाद क्षेत्री र स्वयं अनिल अधिकारीले साथ दिएका छन्। नेवारी कला–संस्कृति, परम्परागत पोसाक र पुरातन वास्तुकलाका झल्काहरू समेटिएको भिडियोले गीतलाई थप सांस्कृतिक गहिराइ प्रदान गरेको छ।
नेपाली संगीत क्षेत्रमा निरन्तर मौलिकता र भावना पोख्ने सर्जकका रूपमा स्थापित अधिकारीका ‘साझको बतासले’, ‘सम्झ त्यो दिन’जस्ता गीतहरू पहिले नै चर्चित भइसकेका छन्। दर्शक–श्रोताप्रति आभार व्यक्त गर्दै उनले भने, “मेरा गीतलाई दर्शकले दिएको माया मेरो ठूलो प्रेरणा हो। ‘कस्ले भनेको’ले सबैमा नयाँ ऊर्जा र खुसी फैलाओस् भन्ने आशा छ।”
संगीत, शब्द, स्वर र मनमोहक दृश्य संयोजनले चम्किएको ‘कस्ले भनेको’ले नेपाली संगीत बजारमा ताजगी र उमंगको नयाँ अनुभूति ल्याउने आशा व्यक्त गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

नयाँ अनुसन्धानले भविष्यका उत्खननकर्ताहरूका लागि सुनौलो अवसर 

ज्योति विकास बैंकका कर्मचारीमाथि आपराधिक आक्रमण, बैंकको घोर भर्त्सना

भौतिक विज्ञानका आधारभूत ज्ञानमा आधारित कार्यशाला सम्पन्न

फिलिपिन्समा भारी वर्षा गराउने ‘शियर लाइन’ पहिचान गर्न नयाँ एल्गोरिदम

काठमाडौँ वर्ल्ड स्कुलमा विद्यार्थीहरूका लागि दैनिक समस्या समाधानमुखी दुई दिने कार्यशाला

नेपाल–भियतनाम दौत्य सम्बन्धको ५० वर्षमा आर्थिक सहकार्यबारे छलफल

विश्व पर्वत दिवसमा प्रचण्डको जलवायु न्यायको आग्रह

नयाँ अध्ययनले देखायो: मानव मस्तिष्कले भाषा बुझ्ने तरिका एआई मोडेलसँग मिल्दोजुल्दो

×