युनिभर्सल साइन्स कलेज चाकुपाटमा रिभोसाइन्स


नेपालको सन्र्दभमा वायोकमेष्ट्री अत्यन्त सम्भावना भएको क्षेत्रहुँदाहँुदै पनि यसको अध्ययन अध्यापन गराउने शिक्षण संस्थामध्य अव्वल सस्थाको रुपमा ललितपुरको चाकुपाटस्थित युनिभर्सल साइन्स कलेज चर्चित छ । सोही कलेजमा विएस्सी तहमा अध्ययनरत विद्यार्थीहरुसँग वायोकेमेष्ट्री नै रोज्नुको कारण, नेपालमा वायोकेमेष्ट्री अध्ययन पछिको अवसर, युनिभर्सल कलेजको अवस्था र नेपालमा विज्ञान तथा प्रविधिको विकास नहुनुका कारण के हो भन्ने प्रश्न समेटेर केही प्रतिनीधि विद्यार्थीहरुसँग गरिएको कुराकानीको सम्पादित अंश विद्यार्थीको पानामा समावेश गरेका छौं ।

ऋचा घिमिरे(रामेछाप):

व्याचलर लेभल छैटों समेष्टरमा अध्ययनरत छु । ‘प्लस टु’ नोवेल एकेडेमीबाट उत्र्तिण गरे । बच्चाहुँदै देखि नै डाक्टर बन्छु भन्ने सोच थियो तर एसएलसी उत्र्तिण गरेपछि केही विकल्प नदेखेर अभिभावकको आग्रहमा साइन्स रोज्न पुगेकी हुँ । वायोकेमेष्ट्री एक त प्राक्टिकल विषय हो । यस्मा स्कोप धेरै छ ।
युनिभर्सल कलेजमा फ्रेन्डली वातावरण रहेको पाए । नोवलमा विद्यार्थी धेरै हुने हुँदा प्रत्येक विद्यार्थीलाई केयर गर्ने शिक्षकले भ्याउदैथियो तर यहाँ सबै विद्यार्थीलाई शिक्षकले चिन्नुहुन्छ । भविष्यमा यही क्षेत्रमा लागेर अनुसन्धानकर्ता बन्ने लक्ष्य छ ।


 

प्रसिका सिंखडा (नयाँ बसपार्क):

प्लस टु गोल्डेन गेट कलेजमा पढेको । अभिभावकहरुले वायोकेमेष्टीमा युनिभर्सल कलेज अव्वल छ भन्नुभएको थियो । काउन्सिलिङका लागि यहाँ आउदा राम्रो वातावरण पाए । युनिभर्सल कलेज र वायोकेमष्टी विषय दुबै उत्कृष्ठ लाग्यो । फिजिक्स भन्दा वायोकेमष्टी सजिलो पनि लाग्यो । अन्य कलेजहरुमा विद्यार्थी धेरै हुने हुँदा सहयोगी वातावरणको अभाव हुन्थ्यो तर यो कलेजमा सहयोगी वातावरण पाएको छु । शिक्षकहरु अनुभवी र दक्ष रहेको मेरो अनुभव छ । मास्टर्सका लागि यूएस ट्राइ गर्ने सोच वनाएको छु । राजनीतिक स्थिरताका कारण हामी कहाँको विज्ञान तथा प्रविधिको विकास हुन नसकेको हो जस्तो लाग्दछ ।


 

सोविता कुँवर (धादिङ) :

प्लस टु निष्ट कलेजबाट गरे । इन्टरनेट र साथीहरुको माध्यमबाट युनिभर्सल कलेजको बारेमा थाहा पाए । सानैदेखिको रुची नै वायोमलिक्युलर्सहरुमा अध्ययन गर्ने थियो । यस्तै विषयमा अध्ययन÷अनुसन्धान गर्ने रुची भएको कारण मैले वायोकेमेष्ट्री रोजेको हुँ । प्लस टुमा वायोकेमेष्ट्री सरफेस लेभलमा मात्रै पढेको थिए अहिले धेरै गहिराईमा अध्ययन गर्ने पर्दाेरहेछ ।
यहाँका शिक्षकहरुको पढाउने शैली एकदमै सहयोगी छ । उहाँहरुले हामीलाई आवश्यक पर्ने ज्ञानका अलवा वुझाउनका लागि थप ज्ञान समेत दिदै आउनुभएको छ । युनिभर्सल कलेजको शिक्षक, स्टाफ, प्राक्टिकल गराउने शैली, पढाउने शैली अत्यन्त मन परेको छ ।


 

अस्मिता ढकाल (रसुवा) :

म फष्ट सेमेष्टारमा अध्ययनरत विद्यार्थी हुँ । सानै देखिको रुची वायोकेमेष्ट्रीमा थियो इन्टरनेटमा खोज्दै जादा वायोकेमेष्ट्री पढाउने कलेजमध्य युनिभर्सल कलेज अव्वल रहेको पाए । वायोकेमेष्ट्री भित्र वायोमोलिक्युल्सका अलवा सबै कुराहरु पर्दछन त्यही कारणले मलाई यो विषय मन परेको हो । वायोकेमष्टी आफैमा रुचीकर विषय हो । यो अन्य विषय भन्दा भाष्ट त छदैछ तरपनि पढ्दा माइन्ट फ्रष्टेड नभइ फ्रेस हुन्छ । यो विषयमा रिर्सच धेरै गर्न पाइन्छ । हामीले हाम्रै शरिर भित्र हुने रियाक्सन, युरिनहरुको टेष्ट गर्ने लगायतका प्राक्टिकल गर्न पाएको छौ । हामी किताबमा मात्रै फोकस छैनौं । कार्वाहाइडेड, सुगरलगायतका टेष्ट गरिसकेका छौं ।


 

तदिना दाहाल (काठमाडौं):

प्लस टु आइडोल मोडल स्कूलबाट गरे । माइक्रो बायोलोजी पढ्नका लागि पिनाकल कलेजमा पुगेको थिए तर मेरो सपना त्यो होइन भन्ने महशुश भयो । वायोकेमष्ट्री भन्ने शव्द सुन्ने वित्तिकै मलाई यता तान्यो । यो विषय पढेर धेरै क्षेत्रमा जान पाइने भएको हुँदा नै मैले यो विषय रोजेको हुँ । प्लस टु पढ्दा वायोकेमेष्टीको वारेमा जम्मा ३÷४ पेज मात्रै पढ्नुपर्दथ्यो । अहिले त निकै गहिराइमा अध्ययन गरिरहेको छौं । वायोकमेष्टी पढाइमा सबैभन्दा अब्बल कलेजको रुपमा युनिभर्सल कलेजलाई पाए । व्याचलर सकेपछि हस्पिटल, फुड इन्ड्रस्टी, फार्मेसीहरुमा रोजगारीको प्रर्याप्त अवसरहरु देखेको छु । यो कलेजको सुरुमा तुलनामा धेरै विकास भइरहेको छ । वायोकेमष्ट्रीको सेन्टरमा मेडिसिन प्लान्ट, नयाँ औषधीहरु बनाउन सरकारको ध्यान यता तिर जानु आवश्यक छ ।


 

अंकित पाण्डे (दाङ):

बच्चै देखि प्लस टु साइन्स पढछु भन्ने थियो । एसएलसीपश्चात् केएमसी कलेजबाट प्लस टु गरे । प्लस टु गर्दै गर्दा ध्यान भौतिक विज्ञान भन्दा पनि वायोलोजी तिर मोडियो । प्लस टु पढ्दा मेडिकल फिल्डको भुत चढेको थियो तर समयले साथ दिएन । बिकल्पको रुपमा वायोलोजी रोजें । मैले खोजेको सबै कुरा वायोलोजीमा नै पाएको छु । मेडिकल फिल्डमा इन्ट्रेस्ट भएको हुँदा रोगको निधानका लागि सहयोगी भूमिका खेल्ने क्षेत्र वायोकेमष्ट्रीलाई नै भेट्टाए । के पनि भनिन्छ भने संसारमा जति मान्छे छन त्यो भन्दा वढि रोगहरु छ । औषधीको विकास गर्ने काम वायोकेमेष्ट्रीले नै गरिरहेको छ । नेपालमा ठूलो रिर्सच कुनै पनि क्षेत्रमा भएको छैन । यसबाट वायोकेमष्ट्री पनि अछुतो छैन् ।
युनिभर्सल कलेजको वातावरण र यहाँको शिक्षकहरु अत्यन्त दक्ष हुनुहुन्छ । ल्याव पाठ्यक्रमले खोजेको जस्तो, पाठ्यक्रमलाई चाहिने जति छ । विज्ञान प्रविधिको क्षेत्र बुझेको मान्छे मन्त्रालयमा पुग्ने हो भने निश्चय नै यो क्षेत्रले फड्को मार्न सक्छ ।


 

प्रज्ञान दाहाल (धरान):

‘प्लस टु’ युरेका कलेज धरानबाट हासिल गरें । वायोकेमेष्ट्री पढ्छु भन्ने पहिले देखिकै रुची थियो । प्लस टु देखि नै केमेष्ट्री र वायोमा राम्रो नतिजा आउदथ्यो त्यही कारण पनि ध्यान यस विषयतर्फ मोडियो । पहिलादेखि नै शरिरको इन्जाइममा इन्ट्रेस्ट थियो । रोगको निधान कसरी गर्ने भन्नेतर्फ पनि रुची थियो । प्लस टु मा वायोकेमेष्ट्री त्यति गहिराइमा गएर अध्ययन गर्नुपर्दैन्थ्यो ।
यहाँका शिक्षकहरुले पढाउने शैलीले अत्यन्त प्रभावकारी रहेको पाएको छु । रिर्सचमा सहयोग गरिरहनुभएको छ । संसारमा मेडिसिनको साइड इफेक्ट पत्ता लगाउने वायोकेमिष्टहरुले नै पत्ता लगाउने गर्दछन् । भविष्यमा टिचिङको अलवा रिर्सेचर भन्ने लक्ष्य छ । राजनीतिक अस्थिरताका कारण हाम्रो देशमा विज्ञान तथा प्रविधिको विकास नभएको हो जस्तो लाग्दछ ।


 

गोविन्द विष्ट (वैतडी):

पुल्चोक इन्जिनियरिङको लागि तयारी गर्दै थिए । केही नयाँ विषय पढौं भन्ने मनमा थियो । त्यही कारण युनिभर्सल कलेजमा वायोकेमेष्ट्रीको विद्यार्थी बन्न आइपुगे । एक त यो विषय आफैमा प्रयोगात्मक विषय हो । नयाँ नयाँ कुरा सिकरिहेको छु । आफ्नै शरिरको बारेमा केही कुरा सिकिरहेको छु । युनिभर्सल कलेजमा शिक्षक विद्यार्थी बीचको कोअर्डिनेसन अत्यन्तै राम्रो छ । मित्रता अत्यन्त गाढा रहेको पाएको छु ।


 

आरती विश्वकर्मा (वाग्लुङ):

‘प्लस टु’ सेन्ट जेभियर्स कलेजमा अध्ययन गरे । मेडिकल कलेजमा एप्लाई गरेको थिए । तर सफल भइन । विकल्पको रुपमा वायोकेमेष्ट्री रोजेको हुँ । वायोकेमेष्ट्रीको स्कोप धेरै देखे माइक्रोवायोलजी, फुड टेक्नोलजी, डेरी प्रडक्टलगायतका क्षेत्रमा । भविष्यमा अनुशन्धानकर्ता बन्छु भन्ने लक्ष्य लिएको छु । सेन्ट जेभियर्सक लेजमा अध्ययन गर्दा एकदमै वाधिएको जस्तो अनुभुति हुन्थ्यो । तर युनिभर्सलमा एकदमै स्वतन्त्र र मित्रवत व्यवहार छ विद्यार्थीहरुसँग र शिक्षकहरुसँग । उहाँहरुसँग निर्धक्कसँग आफ्नो कुरा राख्न पाउँदा खुशी लगेको छ ।

 


 

 प्रमिला खड्का (पोखरा) :

मैले विकेकानन्द केन्द्रीय विद्यालय इन्डियाबाट प्लस टु गरे । इन्डियामा नै वायोकेमेस्ट्री पढ्ने विचारमा थिए । मेरो परिवारले नेपाल फर्कने निधो गरे । त्यसपछि मैले यसकलेजमा भर्ना गरे । सायद आफ्नो भाषा संष्कृतिलाई नभुलोस भनेरै होला मेरो प्यारेन्टसले मलाई यो कलेजमा भर्ना गरिदिनुभयो ।
शिक्षा यता पनि धेरै राम्रो छ तर यहाँको वेस राम्रो छैन । उच्च शिक्षा चाही नेपालको पनि राम्रो छ । प्लस टु सकाएर वायोलोजी रिलेटट विषय खोजें र युनिभर्सल कलेजमा वायोकेमष्ट्री रहेछ र यही कलेजलाई रोजे । वायोकेमेष्ट्रीको क्षेत्रमा केही गरौं भन्ने लक्ष्य र सोच छ । यहाँका शिक्षकहरु अलि फेण्ड्रली भइदिएको खण्डमा युनिभर्सल कलेज धेरै अव्वल हुनसक्छ । इन्डियाको तुलनामा यताको शिक्षामा अलि वढि नै प्रेसर दिने काम हुन्छ । उहाँको शिक्षण विधि पटक पटक सम्झाएर पढाइन्थ्यो । यहाँ पनि यसै गरि सम्झाइन्छ तर केहि शिक्षकले भेदभाव राखेको पाइन्छ ।


 

अनिल कुशवाह (रौतहट):

प्लस टु विरगञ्जबाट गरे । प्लस टु पछि क्वालिटी कन्ट्रोलमा काम गर्ने मौका पाए । पोखरा विश्वविद्यालयबाट म कार्यरत फर्मासिटिमा केही सिनियर दाजुहरु इन्ट्रनसिप गर्न आउनुभएको थियो उहाँहरुबाट मैले थाहा पाए । र युनिभर्सल कलेजमा आइपुगे । युनिभर्सल कलेजमा अध्यापन गराउने सरहरु नयाँ नयाँ कुरा सिकाउनका लागि सधै इच्छुक भएको पाए । यहाँका शिक्षकहरु युवा र उर्जाशील रहेको पाए । यहाँको ल्याव पाठ्यक्रमले खोजेको जति पूर्ण रुपमा छैन ल्यावमा अलि कमी छ, पाठ्यक्रमले खोजेको जतिको ल्याव छैन । यद्यपि यहाँ दिने गुणस्तरीय शिक्षाको तुलनामा शुल्क मंहगो छैन ।