2025-08-08

नेपालका वैज्ञानिकहरुसँग आइडिया र सिप छ तर विजनेस माइण्ड छैन

mohan sir1_revo
प्रा.डा मोहन विक्रम ज्ञवाली डीन, स्कूल अफ साइन्स, काठमाडौं विश्वविद्यालय

सन् १९५१ मा पिता सूर्यविक्रम ज्ञवाली र माता रामकुमारी ज्ञवालीको कोखबाट जन्मेका प्रा.डा मोहनविक्रम ज्ञवालीले सन् १९७३मा त्रिविवि रसायनशास्त्र केन्द्रीय विभाग कीर्तिपुरमा एमएस्सी अर्गानिक केमेस्ट्री टप गरेका थिए । यी विद्वान्ले सन् १९८२ मा अमेरिका स्थित वासीङटन स्टेट विश्वविद्यालयबाट विद्यावारिधि हासील गरेका हुन् ।

‘अध्यापनले परिवर्तन सम्भव छ’ भन्ने मान्यतालाई मनन् गर्ने ज्ञवाली ‘यूवा वैज्ञानिक’ र ‘महेन्द्र विद्या भूषण’जस्ता पुरस्कारले सम्मानित व्यक्तित्व हुनुहुन्छ । रिभोसाइन्स मासिकका लागि लक्ष्मण डंगोलले काठमाडौं विश्वव्यिालय(केयु)को सेरोफेरोमा रहि विज्ञान संंवादमा गरेको कुराकानीको सम्पादित अंश :

त्रिभुवन विश्वविद्यालयमा रसायनशास्त्र केन्द्रीय विभागको एक प्राध्यापक एक्कासी काठमाडौं विश्वविद्यालय साइन्स संकायको डीन बन्न आइपुग्नु भयो नि !
काठमाडौं विश्वविद्यालयको स्थापना भन्दा पहिले काठमाडौं भ्याली कलेजको स्थापना सन् १९८५मा भएको थियो । त्यस कलेजमा मैले पढाउने काम गरेको थिए । त्यसपछि १९९७ मा केयुको रसायनशास्त्रमा एमफिल गर्न सुरुवाती चरणमा काम गर्ने म पनि थिए । त्यसपछि विभिन्न रिसर्च कमिटि, विषयगत कमिटि तथा कोर्स डिजाइन गर्ने सम्ममा सङ्लग्न भएको छु । केयुका संस्थापक उपकुलपति मेरो श्रदय गुरु हुनुहुन्छ । संस्थापक रजिस्ट्रारसँग पनि केमिष्टको नाताले मेरो पुरानो सम्वन्ध थियो । केयुका अन्य पदाधिकारीहरुलाई मेरो कार्य क्षमताको विषयमा ज्ञान भएकोकारणले होला केयुको स्कूल अफ साइन्सको डीन जस्तो गरिमामय पदमा आसिन भएको छु । केयुमा सेवा गर्न, आफूसँग भएका अनुभव साट्न तथा केयुलाई गतिशिल विश्वविद्यालय बनाउने कार्यमा अहिले दिन दिन नै केयु धाउने गरेको छु ।

नेपालमा केयुभन्दा पहिले दुई विश्वविद्यालय थिए, त्यो नै चल्न सकिराखेको थिएन, भएका प्राध्यापकलाई पनि केयुले तानेको थियो, खासमा केयु स्थापनाको मुख्य उद्देश्य चाँहि के थियो ?
तपाईले प्रश्नको आशय, २०४६ सालभन्दा अघि पनि राष्ट्रमा एउटा मात्र विश्वविद्यालय हुनु पर्दछ भन्ने मान्यता विद्यमान भिएको समयको जस्तो लाग्दछ । पछि आएर त्यस्तो रहेन । त्यतिखेर भएका त्रिभुवन विश्वविद्यालय र महेन्द्र विश्वविद्यालयको आ–आफ्नै म्यान्डेट थियो । ४६ सालको आन्दोलन पछि एउटा उच्च स्तरीय शिक्षा आयोग बन्यो । तत्कालिन शिक्षामन्त्रिको अध्यक्षतामा आयोग गठन भएको थियो । त्यसको स्थापना गर्नुको पछाडी नेपालमा उच्च शिक्षालाई कसरी विकास गर्ने भन्ने नै थियो । त्यतिखेर उपाध्यक्षमा शिक्षाविद् त्रिविविका पूर्व उपकुलपति डा.त्रैलोक्यनाथ उप्रेती हुनुहुन्थ्यो । उक्त आयोगको नेपालमा एउटा मात्र विश्वविद्यालय हुनु हुँदैन र बहुविश्वविद्यालयको योजनामा जानु पर्दछ भन्ने मान्यताले केयुको बाटो खुलेको हो ।

केयु अन्य विश्वविद्यालयभन्दा फरक हुने भन्ने उद्देश्यले स्थापना भएको हो । यसको मुख्य उद्देश्य भनेको समाजको विकासका लागि दत्तचित्त जनशक्ति उत्पादन गर्ने, व्यवहारिक अनुसन्धानमा जोड दिने तथा अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्ने भन्ने नै थियो । त्यसैलाई मध्यनजर गरि निरन्तरता दिएको कारणले केयु सफल हुँदैछ ।

ड्ड आजभोली केयु कसरी चल्दैछ र त्रिविवि जतिको ठूलो आकारमा बढाउन योजना तथा कार्यक्रम ल्याउने छ ?
यसको आकार सानै राख्ने योजना छ । सुरुमा केयुलाई महङ्गो कलेजको रुपमा हेरिन्थ्यो तर आज केयु सस्तो दर्जामा गनिएको छ । यसले केयु देशका लागि आवश्यक थियो भन्ने विषय प्रष्ट पारेको छ । उदारणतः केयुको मेडिकल साइन्समा एमडी गर्न २५÷३० लाख भए पुग्छ । अन्य मेडिकल कलेजहरुमा १ करोडसम्म पर्दछ । धुलिखेल अस्पतालमा एमविविएस गर्न ३०÷३२ लाख लाग्छ, त्यहि कुरा अन्य मेडिकल कलेजहरुमा ४५ लाखको हाराहारीमा लाग्छ । यसबाट पनि छर्लङगै हुन्छ की केयुले तुलनात्मक रुपले सस्तोमा अध्ययन गराइरहेको छ भन्ने कुरा ।

mohan_ revscience
प्रा.डा मोहन विक्रम ज्ञवाली, डीन, स्कूल अफ साइन्स, काठमाडौं विश्वविद्यालय

केयुको स्कूल अफ साइन्स अन्र्तगत वातावरण विज्ञान तथा इन्जिनियरिङ, मानव स्वास्थ्य, व्यावहारिक भौतिक विज्ञान, वायोटेक्नोलजी, फार्मेसी जस्ता कार्यक्रमहरु छन्, यी सबै कार्यक्रमहरुमा अध्ययन गर्न रु ५ लाखको हाराहारीमा पुग्छ । अन्य प्राइभेट कलेज हेर्नु भयो भने महङ्गा छन् । केयू एक ‘कम्यूनिटी बेस युनिर्भसीटी’ भएको कारणले अन्यको भन्दा सस्तो छ ।

केयुले अहिले कति प्रतिशत नेपाली र विदेशी विद्यार्थीहरुलाई शिक्षा दिने काम गरेको छ ?
विदेशी विद्यार्थीहरुको चाप मेडिसिनमा २० प्रतिशतको हाराहारीमा छ । अन्यमा पनि छन् । हाम्रो जोड विदेशी विद्यार्थीहरु भन्दा पनि नेपाली विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिने हाम्रो अभियान हो । केयुमा विदेशी विद्यार्थीहरुको प्रतिशत नेपाली विद्यार्थीहरुको तुलनामा कम नै छ । भविष्यमा केयुले विदेशी विद्यार्थीहरुको प्रतिशत बढाउने वातावरण बनाइसकेको छ ।

नेपालमा केयु लगायत अन्य ८ विश्वविद्यालयहरु छन्, सवै जेनतेन चलिरहेको छ, अनुसन्धानमा खासै प्रगति हासिल गर्न सकेको छैन, केयुको अवस्था चै कस्तो छ ?
सुरुमा केयुले गुणस्तरीय शिक्षामा विशेष ध्यान दिएको थियो । विगतको ५÷६ वर्ष अघिदेखि केयुको साइन्स एण्ड इन्जिनियरिङले अनुसन्धानको क्षेत्रमा फड्को मारेको छ । यहि डिसेम्वर १२मा हुने दीक्षान्त समारोहमा साइन्समा पीएचडी गर्न ४, रिसर्चको आधारमा एमएस दजनौंले डिग्री लिदै हुनुहुन्छ । त्यस्तै यहाँको प्राध्यापकहरुले विदेशी ग्राण्ड धेरै ल्याइरहनु भएको छ । विशेषत भौतिकशास्त्रमा, वातावरण विज्ञान, फार्मेसी, केमेस्ट्री र वायोटेक्नोलजीलगायतमा राम्रो अनुुसन्धान गरिरहनु भएको छ । पहिले केयुले अध्ययन÷अध्यापनमा मात्र काम गरेको अवस्था थियो भने अहिले अनुसन्धानमा पनि फड्को मारेको अवस्था छ ।

नेपालमा केयु लगायत अन्य विश्वविद्यालय विदेशीको अनुदानमा कति समयसम्म चल्नेछ, यसमा तपाइको राय के छ ?
रिसर्च भनेको खर्चिलो हुन्छ । कसैले रकम नदिइकन रिसर्च हुन सक्दैन, कि राष्ट्रले दिनु प¥यो कि अन्तर्राष्ट्रिय समुदायले दिन प¥यो । राष्ट्रले दिने भनेका विश्वविद्यालय अनुदान आयोग, नास्ट छन् । उहाँहरुसँग ठूला बजेट हुँदैन । यसकारण विदेशीको सहयोगमा नेपाली संस्थाहरुले रिसर्च गरिरहेको हुन्छ । हाम्रा प्राध्यापकहरुले विदेशमा भएका अनुदान दिने संस्थालाई आफ्नो प्रस्तावना पठाएर उच्च स्तरको रिसर्च गरिरहेका छन् । यस विषयमा अत्यन्तै राम्रो काम भइरहेको छ ।

तपाई त लामो समय त्रिविविमा रहेर काम गर्नु भएको अनुभवी प्राध्यापक हुनुहुन्छ , त्रिविविका प्राध्यापकहरुले त्यति रिसर्च ग्राण्ड ल्याउन सकिराखेका हुदैंनन् नि !
कुरा त्यस्तो होइन । त्रिविविका प्राध्यापकहरुले विभिन्न रिसर्च ग्राण्ड ल्याइरहेका छन् । तर नेपालमा विज्ञान बारेको रिसर्चका कुरा बाहिर आउदैनन् । हामीकहाँ राजनीतिको कुरा आउँछ, साहित्यको कुरा आउँछ तर नेपाली वैज्ञानिकहरुले गरेको अध्ययन अनुसन्धानका कुरा बाहिर आउँदैनन् । हाम्रा प्राध्यापक आफूले गरेको कामको प्रचार गर्न नसकेको अवस्था छ ।

केयुको साइन्स फ्याकल्टीको अवस्था कस्तो छ, यसले नेपाल जस्तो विकासोन्मुख राष्ट्रको विकासमा के कस्तो टेवा पु¥याउने छ ?
केयुको स्कूल अफ साइन्स अन्र्तगत चार वटा विभाग छन् । वायोटेक्नोलजी, फार्मेसी, इन्भायोरोमेन्ट साइन्स एण्ड इन्जिनियरिङ्ग, न्यूक्लियर साइन्सेस्का डिपाटमेन्टहरु छन् । केयुको मुख्य उर्जा नै व्यवहारीक विज्ञानमा केन्द्रीत छ । यहाँबाट उत्पादित जनशक्ति भनेको कृषि, बन, वातावरण, फार्मेसी, वायोटेक्नोलजी तथा व्यवहारीक भौतिक विज्ञानमा काम गर्न सक्ने किसिमको बनाउँने भन्ने हो । यहाँबाट उत्पादित विद्यार्थीहरु खाली शिक्षण पेशा मात्र अंगाल्ने मात्र नभई फिल्डमा गएर काम गर्न सकोस् भन्ने हो । यसमा आजपरन्तु केयुले काम गरिरहेको छ । यहाँबाट उत्पादीत विद्यार्थीहरुले देश विदेशमा राम्रो काम गरेको तथ्याङ्क केयुसँग प्रशस्त छ ।

ड्ड नेपालमा शिक्षा क्षेत्रको विकासकालागि केयुले खेलेको भूमिका नेपाल सरकारका शिक्षा मन्त्रालयले कसरी मुल्याङ्कन गर्छ ?
केयुको कुलपति नेपालका प्रधानमन्त्री हुनुहुन्छ । सह कुलपति शिक्षा मन्त्री हुनुहुन्छ । उहाँहरुले पनि केयुलाई नजिकबाट हेरिरहनु भएको छ । तर देश विकासका लागि केयुको भूमिका गहन छ भन्ने मुल्याङ्कन शिक्षा मन्त्रालयले गरिरहेको मैले बुझेको छु ।

केयु र त्रिविवि शिक्षाको कुरा उठाइरहेका हुन्छौं, त्यस्तै विदेशीले दिने शिक्षाका कुरा पनि, केयुले दिने शिक्षा विदेशी शिक्षा जस्तै हुन्छ त ?
केयुले विद्यार्थीको भर्ना लिएपछि तोकिएको समयमा नै उनीहरुको पढाई सक्ने गरेको छ । यो केयुको ठूलो क्षमता हो । दोस्रो कुरा हामीसँग भएका केहि प्राध्यापक अन्तर्राष्ट्रिय स्तरका हुनुहुन्छ, त्यसले विद्यार्थीहरुको शैक्षिक स्तर वृद्धिका लागि सहयोग पुगेको छ । । हाम्रा ८० प्रतिशत भन्दा बढी प्राध्यापकहरुले जापान, युएसए, कोरिया, अष्ट्रिया, नेर्वे र पोल्याण्डजस्ता देशहरुबाट डिग्री हासिल गर्नु भएको छ । नेतृत्व लिनकोलागि गुणस्तरीय शिक्षा हामीले दिइरहेका छौं । विश्वका अन्य विश्वविद्यालयका विद्यार्थीसँग हाम्रा विद्यार्थीहरुले वौद्धिक लडाईमा कुममा कुम जोड्ने किसिमको अध्ययन विधि दिन हामी प्रतिबद्ध छौं ।

तपाईसँग केयुको स्कूल अफ साइन्सलाई अगाडि बढाउने नयाँ योजना के छ ?
केयुमा मेरो नियुक्ति भएको तीन महिना भन्दा अलि बढी भयो । नयाँ कार्यक्रम थप्ने योजना बन्दै छ । केमिकल इन्जिनियरिङ, एग्रो इन्जिनियरिङका विषयमा बहस भइरहेको छ । अर्को कुरा रिसर्चलाई पेपरमा मात्र सिमित नगरि समाजलाई योगदान दिने बेला आएको छ । यदि कसैसँग भएको ‘नोभल अइडिया’ बजार बेच्न सकेमा राष्ट्रलाई नै फाइदा हुन्छ । केयुले रिसर्च र विजनेसलाई जोड्न ‘विजनेस इन्क्यूभेटर’ स्थापना गरेको छ । यसले नेपालको विकासमा टेवा पु¥याउने हाम्रो अनुमान छ ।

यसरी नेपालमा काम गर्न सम्भव हुन्छ त ?
यसरी काम गर्न सके नेपाल र नेपाली दुवैलाई फाइदा हुन्छ । नेपालका वैज्ञानिकहरुसँग आइडिया छ, सिप छ तर विजनेस माइण्ड छैन । साइन्टिस्को आइडियालाई विजनेस कम्न्यूनिटीसँग जोड्न सके सुनमा सुगन्ध हुनेछ ।

नेपालमा केयु लगायत अन्य विश्वविद्यालयले उत्पादन गरेका विद्यार्थीहरु विदेशीनुलाई के भन्नुहुन्छ ? के यो ब्रेन ड्रेन हो कि ब्रेन गेन हो ?
यो प्रश्न जटिल छ । योसँग राष्ट्रियता जोडीएको छ । तर पनि विज्ञान भनेको अन्तर्राष्ट्रिय हो । केहि समय अगाडि मात्रै दुई नेपाली वैज्ञानिकले विदेशमा गरेको प्रगति स्वदेशमा हाइहाइ भएकै थियो । यस किसिमको प्रगतिले हाम्रा मान्छे पनि तगडा हुँदो रैछन् भनेर दङ्ग प¥यौं । महत्वपूर्ण कुरा जहाँ बसे पनि आफ्नो परिवार, समुदाय र देशलाई योगदान गरे भने त भै हाल्छ नि ! मेरा केहि विद्यार्थीहरु विदेशबाट नेपालमा काम गर्न भनेर आउँदा यहाँ हामीले उनीहरुको योग्यता सुहाउँदो काम दिन सकेका छैनौं । उनीहरुले हासिल गरेको दक्षता नेपाल आएर प्लस टु पढाउन जानु भन्ने त कुरा आएन नि !

अहिले नेपालमा हरेक विद्यार्थीमा डक्टर र इन्जिनियर बन्ने होड चलेको छ, यस किसिमको शैक्षिक मानसिकताले के देशलाई फाइदा हुन्छ ?
मैले आइएस्सी पढ्दा अहिलेको जस्तो प्राइभेट मेडिकल कलेजहरु थिएनन् । त्यतिखेर क–कसले मेडिकल पढ्ने भन्ने कुरा कोलोम्बो प्लान्टमा छात्रवृद्धिमा नाउँ निस्केपछि मात्र थाहा हुन्थ्यो । अहिलेको त्यो अवस्था छैन । त्यतिबेलाका डक्टर, इन्जिनियर अहिले घगडान हुन्थ्यो । अहिलेका विद्यार्थीहरुको अभिभावकको दिमागमै छोरा छोरीलाई डक्टर र इन्जिनियर बनाउने छ । यसरी बलपूर्वक पढेकाले, आफूखुसी मन पराएर अध्ययन गरेको विषयमा जस्तो राम्रो नतिजा हासिल गर्न सक्दैनन् । त्यसकारणः महत्वपूर्ण कुरा कला, साहित्य, भौतिकशास्त्र, रसायनशास्त्रलगायत अन्य जे पढें पनि दक्ष बन्न सक्नु पर्दछ ।

नेपालमा भौतिकशास्त्र लगायत अन्य विषयमा स्नात्तकोत्तर गरेका विद्यार्थीहरु केहिले पढाउने, केहि विदेशीने, केहिसँग रिसर्च मोटिभ भएकाहरुलाई नास्ट, रिकास्टले ती विद्यार्थीहरुलाई स्वयमसेवकको भूमिका पनि दिन सकेको छैन, के केयुसँग यस किसिमको भावी योजना छ ?
राम्रो कुरा उठान गर्नु भयो । तर यस्तो योजना हामीले बनाएको छैनौ । फेरि अनुसन्धान भनेको छोटो समयमा हुने पनि होइन् । रिसर्चको लागि लामो समय लाग्ने हुँदा स्कीम ठिकै भएपनि हालमा हाम्रो योजना छैन ।

केयुको हालको विद्यार्थीको नतिजा, विश्वका अन्य विश्वविद्यालयसँग खरो प्रतिस्पर्धा गराउन कस्तो कदम चाल्दै हुनुहुन्छ ?
केयुले पहिले नै विद्यार्थीहरु छनोट गर्दा प्रवेश परिक्षा मार्फत् छनोट गर्ने भएकाले राम्रा विद्यार्थीले प्राथमिकता पाउने गरेका छन् । राम्रा विद्यार्थीहरु भर्ना भएपछि प्रायः राम्रै नतिजा आउँछ । पन्ध्र विद्यार्थीहरुको लागि केयुले एक शिक्षकको व्यवस्था गरेको छ । पहिलो प्रयासमा नै केयुको चार वर्षे प्रोग्राम उत्र्तिण प्रतिशत ८० भन्दामाथि छ । केयुका विद्यार्थीहरुको लगनशिलता, अनुशासन तथा काम गर्ने क्षमता देखेर म पनि प्रभावित भएको छु । यहाँका विद्यार्थीहरु अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्न सक्षम छन् भन्ने कसैसँग क्षिपेको छैन ।

मा अद्यावधिक गरिएको

समाचार

प्राध्यापक त्रिपाठी ग्लोबल कनेक्ट फण्डको परियोजनामा छनौट

प्रधानमन्त्रीको सम्बोधन : हिमनदीका पग्लिँदा भूपरिवेष्टित मुलुकहरूलाई पार्ने असरमा चिन्ता

जलविद्युत क्षेत्रको बीमा सम्बन्धी समसामयिक विषयमा छलफल

प्रधानमन्त्री र तुर्कमेनिस्तानका राष्ट्रपतिबीच भेटवार्ता

नाइमा एक्स्पो: ‘प्रोटोन ई.मास सेभेन’ को विशेष अफर

बीवाईडी एट्टो–वान सार्वजनिक,  मुल्य कति?

भृकुटीमण्डपमा छिट्टै अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी स्थल निर्माण हुने:  अर्थमन्त्री पौडेल

अहिलेसम्मकै ठूलो अटोमोटिभ प्रदर्शनीको उद्घाटन गर्यौँ- अध्यक्ष वैद्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

‘यन्त्र ९.०’ प्रतिस्पर्धा अन्तर्राष्ट्रिय रोबटिक्समा प्रवेश गर्ने माध्यम हो

सम्बन्धित सामाग्री

प्राध्यापक त्रिपाठी ग्लोबल कनेक्ट फण्डको परियोजनामा छनौट

प्रधानमन्त्रीको सम्बोधन : हिमनदीका पग्लिँदा भूपरिवेष्टित मुलुकहरूलाई पार्ने असरमा चिन्ता

जलविद्युत क्षेत्रको बीमा सम्बन्धी समसामयिक विषयमा छलफल

प्रधानमन्त्री र तुर्कमेनिस्तानका राष्ट्रपतिबीच भेटवार्ता

नाइमा एक्स्पो: ‘प्रोटोन ई.मास सेभेन’ को विशेष अफर

बीवाईडी एट्टो–वान सार्वजनिक,  मुल्य कति?

भृकुटीमण्डपमा छिट्टै अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी स्थल निर्माण हुने:  अर्थमन्त्री पौडेल

अहिलेसम्मकै ठूलो अटोमोटिभ प्रदर्शनीको उद्घाटन गर्यौँ- अध्यक्ष वैद्य

×