प्रिन्सटनमा रिभोसाइन्स

प्लसटुमा अध्ययनरत विद्यार्थीहरूले विज्ञान विषय नै रोज्नुका कारण एवं आफू अध्ययनरत संस्थामा विज्ञान तथा प्रविधिको अध्यापनको अवस्था साथै नेपालमा विज्ञान तथा प्रविधिको बिकास नहुनुको कारण र भविष्यमा के बन्न चाहनुहुन्छ जस्ता विषयलाई समेटेर रिभोसाइन्सले प्रिन्सटन कलेज, शान्तिनगरका केही प्रतिनीधि विद्यार्थीहरूसँग गरीएको कुराकानी :

प्रविण रेग्मी (सर्लाही) :
सर्लाहीको श्री प्रकाशसदन सेकेण्डरी स्कूलमा एसएलसी सम्मको अध्ययन पछि मेरा दाइहरूले प्रिन्सटन कलेज उत्कृष्ट छ भनेको करणले म यस कलेजमा पढ्न आएको हुँ ।

मेरो इच्छा बाल्यकालदेखि नै डक्टर वा इन्जिनियर बन्छु भन्ने थियो । त्यहि भएर साइन्स रोजेको हुँ । साइन्स नियमित पढ्नेका लागि त्यति गाह्रो विषय होइन । कलेजको लाइव्रेरी, ल्यावको सुविधा राम्रै छ । शिक्षिकको युनिटि, पढाउने शैली लगायत सम्पूर्ण कुरा मेरो दाइहरूले भनेको भन्दा राम्रो पाए । यसकारण प्रिन्सटन कलेज पढेर राम्रो गरें जस्तो महशुस भएको छ । नेपालमा विज्ञान तथा प्रविधिको विकास सुस्त गतिमा भइरहेको छ । यसको विकास गर्नको लागि राम्रो शिक्षकको छनोट गरेर गाउँका विद्यालयमा पठाउने र ल्यावको सुविधाको लगि चाहिने आवश्यक बस्तु उपलब्ध गराउन सके विज्ञान शिक्षाको विकास हुनेछ ।

आशुतोष झा(महोत्तरी):

मैले एसएलसी सम्मको शिक्षा नाइटेङ्गल हाइयर सेकेण्डरी स्कूलबाट गरेको हुँ । विज्ञान मेरो रूचीको विषय भएको र यसपछि इन्जिनियरिङ्ग पढ्ने इच्छाका कारण विज्ञान पढेको हुँ । प्रिन्सटन कलेज बाहिर जति सुनिन्छ त्यो भन्दा बढि यहाँ आएर अध्ययन गरेपछि जान्ने बुझ्ने मौका पाँए ।

मैले प्रिन्सटन कलेज रोजेकोमा गर्व छ । यहाँका शिक्षक पढाउने शैली, वातावरण, ल्याव, लाइव्रेरी लगायत भौतिक संंरचना पनि राम्रो छ । भविश्यमा मेकानिकल इन्जिनियर बन्ने इच्छा छ । नेपालमा विज्ञानको विकास नगन्य मात्रामा भईराखेको छ । यसलाई बृहत्तर विकास गर्न सरकारले लगानी तथा जनशत्ति परिचालनमा जोड दिनु पर्दछ ।

विरेन्द्रप्रसाद साह(सिराहा): 
मैले एसएलसी सम्मको शिक्षा परिबोध हाइस्कुलबाट गरेको हुँ । बाल्यकालदेखि नै मलाई विज्ञानमा चाख थियो । प्लस टु सकेपछि इन्जिनियरिङ गर्ने विचार छ । विभिन्न कलेज हेरे÷बुझे तर मलाई प्रिन्सटन कलेज नै मन प¥यो । यसको बारेमा केहि सुनेको थिए । अहिले यहाँ अध्ययन गर्ने अवसर पाउँदा खुसी छु ।

यहाँको शिक्षक राम्रा र मिहिनेती हुनुहुन्छ । ल्याव, लाइव्रेरीका साथै भौतिक सुविधा पनि अत्यन्त राम्रा छन् । नेपालमा विज्ञान तथा प्रविधिको विकास नहुनुमा राजनीतिक दलका नेताहरूले विज्ञान प्रविधिको क्षेत्रलाई प्राथमिकता नराखेका कारणले पछि परेको जस्तो लाग्छ । उहाँहरूले यस विषयलाई मध्यनजर गर्दै कार्यक्रम ल्याउनु भयो भने देशले प्रगति गर्नेछ ।

शिवकुमार झा(गौर): 
गौरमा अवस्थित लोटस बोर्डिङ सेकेण्डरी स्कूलबाट मैले एसएलसीसम्मको पढाइ सकाएपश्चात् प्रिन्सटन कलेमा आएको हुँ । स्कुलपढ्दा नै भविश्यमा डक्टर बनेर विरामीको सेवा गर्ने भन्ने इच्छा थियो ।

विज्ञान मार्फत् मेडिकल फिल्डमा जान सकिने भएका कारणले विज्ञान रोजेको हुँ । यस कलेजका केहि शिक्षकहरू विरगंजमा जानुभएको बेला प्रिन्सटनका बारेमा जान्ने अवसर पाएका थिए । र, मेरा दाइहरू काठमाडौंको कलेजमा पढ्नुहुन्थ्यो उहाँहरूले पनि प्रिन्सटन राम्रो कलेज हो भने पछि अध्ययन गर्न आएको हुँ ।

प्रिन्सटनको विशेषता भनेको टिचर टिम नै हो । त्यस्तै यहाँको ल्याव, लाइव्रेरी लगायत विद्यार्थीको लागि चाहिने सम्पूर्ण कुराहरू राम्रा छन् । नेपालमा विज्ञान प्रविधिको विकास नहुनुको मुख्य कारण शैक्षिक पद्धति नै हो । सरकारले शिक्षाका क्षेत्रमा आधुनिकरण गर्न सकेमा विज्ञान प्रविधि मात्र नभई अन्य कुुराहरूको पनि विकास हुन्छ ।

रजनी कुमार(महोत्तरी):
मैले स्कुल पढ्दा नै साइन्स पढ्ने विचार गरेकी थिए । मेरो दीदी र दादाले पनि साइन्स पढ्नु भएको थियो । साइन्स पढेपछि जुनसुकै क्षेत्रमा जानलाई सजिलो हुनेहुँदा पनि साइन्स रोजेकी हुँ । भविष्यमा डक्टर बन्ने इच्छा छ ।

मैले प्रिन्सटनको बारेमा पहिले नै सुनेकी थिए । सवैले प्रिन्सटन राम्रो कलेज हो भनेपछि यहाँ पढ्न आएकी छु । यहाँ आएपछि कलेज सुनेकोभन्दा झनै राम्रो पाएको छुु । यहाँको शिक्षकहरूको समूह, पढाउने शैली, ल्याव, लाइव्रेरीलगात भैतिक संरचना पनि आधुनिक खालको छ ।

दीदीहरूले भन्थे साइन्स विषय अधिक बोझ र मिहिनेत गर्नुपर्ने हुन्छ, तर प्रिन्सटनको टिचरहरूको पढाउने शैलीका कारण मलाई साइन्स सरल लागि रहेको छ । म सरकारी विद्यालयबाट आएको विद्यार्थीको नाताले, प्राइभेटको तुलनामा सरकारी विद्यालयमा धेरैकुराको अभाव हुन्छ । शिक्षकको पढाउने शैलीदेखि लिएर ल्याव पनि त्यतिकै अभाव हुन्छ । यसकारण सरकारी विद्यालयबाट विद्यार्थीहरू अन्य विद्यार्थीहरूसँग पनि नर्भस् अनुभव गरको हुन्छ । यसकारण सरकारले विद्यालय स्तरमा नै विज्ञान तथा प्रविधिको विकास हुने खालको शिक्षा दिलाउनु पर्दछ ।

एलिना मण्डल(हेटौडा):
कालिमाटी अवस्थित मित्र हाइस्कुलबाट एसएलसी सम्मको शिक्षा हासिल गरेपछि प्रिन्सटन कलेजमा अध्ययनरत छु । साइन्स पढ्ने बाल्यकालदेखि मेरो सपना थियो । पछि साइन्सबाट विभिन्न क्षेत्रमा जान मिल्ने भएपछि झनै आर्कषण भएको हो । साइन्स विषय अन्र्तगत मलाई बायोलजी अध्ययन गर्न अधिक रूचि लाग्छ ।

एसएलसी पछि कलेज खोज्न सबै लाग्छन् । म पनि त्यहि दौरान भृकुटी मण्डवमा भएको शैक्षिक मेलामा यहाँका शिक्षकहरूले गरेको काउन्सीलिङका कारण प्रिन्सटन कलेज पढ्न आएको हुँ । पछि कलेज भिजिट गर्न आउँदा मलाई यहाँको सबै इन्फ्रास्टकचर पनि मन प¥यो । ल्याव, लाइव्रेरी र टिचर टिमले आर्कषित गरेपछि प्रिन्सटन पढ्ने निधो गरें । ल्याबमा पनि प्रत्येक विद्यार्थीका लागि परिक्षण गर्ने व्यवस्था गरेको छ । नेपालमा सरकारले शिक्षालाई प्राथमिकता नराखेका कारण विज्ञान तथा प्रविधिमा विकास नभएको हो ।

विपिन चारासिया (विरगंज):
मैले एसएलसी सम्मको शिक्षा गौतम सेकेण्डरी स्कूलबाट गरेको हो । अहिले प्रिन्सटन कलेज पढीरहेको छु । प्रिन्सटनमा ल्याव, लाइव्रेरी सम्पूर्णको व्यवस्था राम्रो छ भन्ने सुनेको थिए । यहाँ आएर अध्ययन गर्ने मौका पाएपछि ती सवै सुविधाको प्रयोग गर्ने अवसर मिलेको छ । मैले इन्ट्रान्समा केहि कलेज टप नै गरे पनि मलाई दिने सेवा, सुविधा त्यति थिएन । तर प्रिन्सटनमा हरेक सुविधा लगायत अभिभावक र कलेजको सम्वन्ध अधिकको वातावरण छ । यहाँको फि स्टकचरको थेग्नै नसक्ने खालको छैन । गरिव तथा जेहेन्दार विद्यार्थीको लागि पनि प्रिन्सटनले सौलियत दरको फि स्टक्चर राखेको छ ।
सानोमा डक्टर देख्दा बढीनै उत्सुक हुन्थे, उनीहरूले लगाएको पोशाक, उनीहरूप्रति मानिसले गर्ने सम्मान लगायत यी चीजहरूले मलाई इम्प्रेस गरेको थियो । यसकारणले विज्ञान विषय अध्ययन गरि भविष्यमा कुशल डक्टर बनी देशमा सेवा गर्ने इच्छा छ । नेपालमा विज्ञान प्रविधिमा विकास नहुनु प्रमुख कारण युवाहरूलाई सरकारले प्राविधिक शिक्षा दिन नसक्नु नै हो ।