विद्यार्थीहरुको लागि शैक्षिक वातावरण तयार गर्नु नै हाम्रो पृथक पहिचान हो

विसं २०३४ सालमा काभ्रे जिल्ला गैरेबेशी गाबिस ९ मा बाबु दशरथ डोटेल र माता हेमादेवि डोटेलको कान्छो पुत्रको रुपमा जन्मेका कृष्णप्रसाद डोटेलले शंकरदेव क्याम्पसबाट बाणिज्य विषयमा स्नात्तकोत्तर २०६० सालमा गरेका हुन् । स्वदेशमा आफैले केहि गर्नुपर्छ भन्ने मान्यताले सुरुमा नयाँ बानेश्वरमा कन्सल्टेन्सी खोलेको र पछि विभिन्न शैक्षिक संस्थामा अध्यापन गरेपश्चात् सेन्ट लरेन्स कलेजमा आवद्ध भएको बताउँछन् । बिसं २०६४ सालमा को–अडिनेटर भएर तीन महिना काम गरिसकेपछि कलेजको प्रिन्सिपल भएको बताउँछन् । काभ्रेका सम्पन्न कृषि परिवारमा जन्मेका उनै डोटेलसँग रिभोसाइन्सका लागि गरिएको कुराकानीको संम्पादित अंशः

सेन्ट लरेन्स कुन उद्देश्यले स्थापना भएको कलेज हो ?
बाास्तवमा सेन्ट लरेन्स हामीले स्थापना गरेको कलेज होइन । यो १७ वर्ष पहिले (बिसं २०५४) सालमा स्थापना भएको कलेज हो । जतिवेला काठमाडौंमा प्लस टु कलेज स्थापना गर्न बढेको क्रेज र विकृतिहरु देखिन्थ्यो त्यतिवेला शिक्षालाई अलि फरक ढंगबाट लैजानु पर्छ भन्ने हेतुले सेन्ट लरेन्स कलेजमा आवद्ध भएका थियौं । हामीले उच्च शिक्षा परिषद्कौ नीति नियममा रहेर सञ्चालन गरेता पनि कलेज भित्र एक विसुद्ध शैक्षिक वातावरण सृर्जना गर्ने उद्देश्यमा केन्द्रीत छौं ।

यस कलेजको सञ्चालन हामीले गरेपनि नाम परिवर्तन गर्ने हाम्रो उद्देश्य थिएन । पहिलेको संस्था जे जस्तो भएपनि सेन्ट लरेन्सको नाम परिवर्तन नगरि राम्रोसँग सञ्चालन गर्ने भन्ने नै थियो । त्यहि भएर आजसम्म सेन्ट लरेन्स नै छ ।

यसकलेजमा कस्ताखाले विद्यार्थीहरुको चाप बढी छ ?
सुरु–सुरुको अवस्थामा व्यवस्थापन विषय अध्ययन गर्ने कलेजको रुपमा चिनिथ्यो भने अहिले विज्ञान विषय पढ्ने कलेजको रुपमा चिनिन्छ । हामीसँग व्यवस्थापन र विज्ञानका विद्यार्थीहरुको संख्या बराबर छ । विज्ञान संकायमा ६० जना सिट संख्याबाट सुरु गरेका थियौैं, अहिले ३००को हाराहारीमा विद्यार्थी पुगीसकेका छन् ।

सेन्ट लयरेन्स अन्य कलेजहरु भन्दा के कुरामा पृथक छ जसले कारण विद्यार्थी समेट्न सफल हुनुभयो ?
भौतिक पूर्वाधारको हिसावले कुनै नयाँ कुरा दिन सकेका छैनौं । पाठ्यक्रमको हिसावले पनि अन्यभन्दा फरक रहेनौं तर साइन्सका विद्यार्थीहरुलाई प्रि–एमविविएस र प्र–इन्जिनियरिङका कक्षाहरु सञ्चालन गरिरहेका छौं । यो अन्य कलेजहरुले पनि गर्दै आएको छ अहिले । यसभन्दा पनि हामीले विद्यार्थीहरुको लागि शैक्षिक वातावरण तयार गर्नु नै हाम्रो पृथक पहिचान हो । हामीकहाँ स्थानिय स्रोत, साधन र सहयोग अधिक भएकाले प्रगति सम्भव भएको हो ।

तपाईहरुको कलेजमा ल्याव, लाइव्रेरीको अवस्था कस्तो छ ?
साइन्स अध्यापन गराउनको लागि एक महत्वपूर्ण विषय नै भौतिक पूर्वाधार र ल्याव हो । ल्याव, लाइव्रेरीको कारण विद्यार्थी तथा अभिभावकले कम्प्लेन गर्ने स्थिति छैन । यथेस्ट सुविधा हामीकहाँ छ ।

तपाईको कलेजमा कस्ताखाले शिक्षकहरुको वर्चस्व छ अर्थात उनीहरुको पढाउने शैली कस्ता हुन्छन् ?
पहिलो कुरा कलेज सञ्चालकहरु नै शिक्षित युवा जमात छन् । विशिष्ट किसिमको शिक्षा हासिल गरेको डाक्टर, प्रोफेसर राखेर मात्र उत्कृष्ट शिक्षा दिन सकिन्छ भन्ने मान्यता हाम्रो होइन । यसकारण हामीले उत्कृष्ट मध्यको ‘उत्कृष्ट फेस’ नयाँ र अनुभवी शिक्षकद्वारा अध्यापन गराइरहेका छौं ।

विद्यार्थीहरुको नतिजा कतिको सन्तोषजनक छ ?

विद्यार्थीहरुको नजिता सन्तोषजनक छ । यो साल हामी वोर्डमा उक्लन सकेनौं । नत्र प्रत्येक वर्ष उच्च माविमा हाम्रो नतिजा उत्कृष्ट थियो ।

कति प्रतिशत विद्यार्थीहरु सफल हुन्छन् ?

यो साल सत प्रतिशत हासिल गर्न सकेनौं । तै पनि ९६ प्रतिशतभन्दा बढी विद्यार्थीहरुको नतिजा सफल छ ।

सेन्ट लरेन्स कतिको महङ्गो कलेज हो, सामान्य तथा अति विपन्न परिवारको विद्यार्थीले पढ्न सक्छन् ?
हेर्नुुुस् ! प्रोस्पेटकमा भएको फि लिने कलेज काठमाडौंमा १÷२ मात्र होलान् । यसरी कलेज सञ्चालन गर्ने अवस्था छैन । तर मध्यम खालको विद्यार्थीहरुले सेन्ट लरेन्स अध्ययन गर्न सक्छन् । विपन्नको लागि छात्रवृद्धि कोटा छुट्याइएको छ ।

उच्च शिक्षा परिषद्ले तोकेको छात्रवृत्ति योजना सही कार्यान्वयन गरिरहनु भएको छ ?
हामीले उच्च शिक्षा परिषद्ले तोकेको कोटा अनुसार छात्रवृत्ति प्रदान गर्दै आइरहेका छौं । परिषद्ले यसपटक देखि छात्रवृत्ति योजना कडाइ गरेकोे छ । नत्र, कलेजहरुले विभिन्न बाहानामा छात्रवृत्ति कोटामा परेको विद्यार्थीहरुसँग पनि शुल्क लिने गरेको पाइन्थ्यो । यो काम उच्च शिक्षा परिषद्ले पूर्णरुपमा बन्द गर्न सफल भएको छ । यसले विद्यार्थीहरुका लागि लाभदायक हुनेछ ।

सेन्ट लरेन्स कलेजले राजनितीक दबाब कतिको खेप्नु परेको छ ?
कलेजमा दुई किसिमको दवाव सृर्जना गर्नु परिरहेको हुन्छ । पहिलो विभिन्न राजनैतिक दल र तिनका भातृ संगठनहरुले चन्दा माग्ने र दोस्रो कलेजमा युनियन खोल्ने थ्रेट दिने, अवस्था चै छ । यो समस्या हाम्रो कलेजमा मात्र नभएर अन्य कलेजमा पनि हुने गरेको छ । यो हुनु ठिक होइन ।

तपाईहरुले नेपालमा उत्पादन गरेको विद्यार्थीहरु धमाधम विदेशीन बाध्य छन्, तपाईहरुले व्यवहारीक शिक्षा दिन सक्ने वातावरण किन नबनेको होला ?
मुख्य कुरा समाजमा बस्ने व्यत्तित्वको इच्छा कतातिर छ भन्ने हुन्छ । दोस्रो कुरा नेपालमा अनुसन्धानत्मक तथा व्यवहारीक शिक्षा निति पनि छैन र अनुसन्धानात्मक विश्वविद्यालयको खाँचो छ । बिजनेसमा अनुसन्धान गरेपछि स्थापना गर्ने र विज्ञान प्रविधिको उच्चतम विकासको लागि अनुसन्धान गर्ने परिपाटी सरकारले नबनाएको कारण देशले यस किसिमको समस्या भोग्नु परेको छ । त्यस्तै, सरकारले नेपालमा रोजगारको सृर्जना गर्न नसक्नु तथा नेपालको बैंकिङ्ग नीति एक दमै फितलो भएकोले पनि अधिकांश विदेशीएका छन् ।

विदेशी विश्वविद्यालयको स्विकृतिमा स्थापना भएको कलेजले सेन्टर लरेन्स जस्तो कलेजलाई कतिको असर पार्छ ?
विदेशी विश्वविद्यालयको सम्वन्धनमा नेपालमा कलेज स्थापना गर्दा राम्रै हुने देख्दछु । किन भने यसले गर्दा केहि प्रतिशत नेपाली विद्यार्थीहरु यहि रोक्न सकिन्छ । अर्को कुरा भनेको विदेशीसँग सम्वन्धन लिए पनि नेपालको ऐन नियमको अधिनमा काम गर्नु पर्ने हुन्छ । यसले खासै असर गर्छ जस्तो मलाई लाग्दैन । यसले राष्ट्रिय स्तरमा राम्रो नै हुन्छ । यदि सेन्ट लरेन्सको ‘पोइन्ट अफ भ्यू’ले हेर्ने हो भने, उनीहरुले अनुसरण गरेको शिक्षा नीति, पाठ्यक्रम तथा प्रविधि हामीले पनि व्यवस्था गरेर अगाडि बढ्नु पर्ने हुन्छ । जसले हाम्रो शिक्षण प्रद्धति नै परीमार्जन गर्न सहयोग मिल्नेछ । प्रतिस्पर्धा बढेतापनि नकरात्मक असर चै पर्दैन ।

एउटा विद्यार्थीले सेन्ट लरेन्स कलेज नै किन अध्ययन गर्ने ?
अनुशासित वातावरण र बाह्य कुनै दबाव विना अध्ययन गर्नकोलागि यहाँ अध्ययन गर्ने हो । अभिभावकले आफ्ना छोरा÷छोरीलाई उत्कृष्ट नतिजा ल्याइ उनीहरुको भावी शैक्षिक विकास खोज्नु भएको छ भने पनि यहाँ पढ्दा हुन्छ । यहाँ शिक्षक र विद्यार्थीको सम्वन्ध सुमधुर छ । यस कलेजमा विद्यार्थीले प्रिन्सिपललाई भेट्न कुनै समस्या छैन । पहिला हामीले विद्यार्थीको बारेमा सोच्छौ, दोस्रो अभिभावकत्वको भूमिका निवार्ह ग¥छौं र तेस्रोमा मात्र हामी कलेज सञ्चालकको हिसावमा सोच्छौं । यी तीन कुराले विद्यार्थीलाई सेन्ट लरेन्सले आर्कषण गरेको छ ।