सबैभन्दा ठूलो धर्म मानव सेवा हो : अध्यक्ष ढकाल

बागलुङ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबैभन्दा ठुलो धर्म मानव सेवा हो भन्दै धर्मसँग मानवीय सेवालाई जोडेर हेर्नुपर्ने बताएका छन्।

मानव सेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका लागि आजदेखि बागलुङमा आयोजित महायज्ञको शुक्रवार उद्घाटन गर्दै अध्यक्ष ढकालले भने, “सबैभन्दा ठुलो धर्म भनेको मानव सेवा हो, यसलाई मानव धर्म पनि भनिन्छ । त्यसैले मानवीय भावनालाई धर्मसँग जोडेर हेर्नुपर्छ ।” 

अध्यक्ष ढकालले वैदिक सनातन धर्मका हिसाबले महत्त्वपूर्ण रहेको गण्डक क्षेत्रमा पछिल्लो समय धार्मिक गतिविधि बढेको र यसलाई थप तीव्रता दिई बागलुङ जिल्ला सहित यस क्षेत्रको प्रचारप्रसार गर्नुपर्नेमा जोड दिए ।

उनले बागलुङ धार्मिक पवित्र भूमि हो, यही स्वरूपमा यसलाई चिनाउन आवश्यक भएको बताए ।

मुक्तिनाथ र दामोदर कुण्डको काखमा रहेको पवित्र काली गण्डकी तटमा मानवताको मन्दिर निर्माण हुन लागेकोमा खुसी लागेको छ। मेरो जन्मस्थानमा निर्माण हुन लागेको यस आश्रमको भवनका लागि व्यक्तिगत र संस्थागत रूपमा सहभागी हुने उनले जिकिर गरे।

विश्वका हिन्दु धर्मावलम्बीहरूका आस्थाका धरोहर मुक्तिनाथ क्षेत्र दामोदर कुण्डदेखि गलेश्वर हुँदै बागलुङ कालिका, मोदीवेणी धाम, जैमिनी ऋषिले तपस्या गरेको जैमिनीघाट पनि हाम्रा सुप्रसिद्ध तीर्थस्थल र यिनको महत्वको प्रचार गर्न आफूहरू पर्यटन पूर्वाधारमा लाग्ने बताउँदै उनले यसका लागि सबै जिल्लावासी लाग्नुपर्नेमा जोड गरें । 

अध्यक्ष ढकालले मानव जातीको सेवाका लागि मानव सेवा आश्रमले सातै प्रदेशमा चलाएको सडक मानव मुक्त अभियानको प्रशंसा गर्दै पवित्र काली गण्डकी तटमा मानवताको मन्दिर निर्माण थालिएको बताउनुभएकोमा धन्यवाद दिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

नयाँ अनुसन्धानले भविष्यका उत्खननकर्ताहरूका लागि सुनौलो अवसर 

ज्योति विकास बैंकका कर्मचारीमाथि आपराधिक आक्रमण, बैंकको घोर भर्त्सना

भौतिक विज्ञानका आधारभूत ज्ञानमा आधारित कार्यशाला सम्पन्न

फिलिपिन्समा भारी वर्षा गराउने ‘शियर लाइन’ पहिचान गर्न नयाँ एल्गोरिदम

काठमाडौँ वर्ल्ड स्कुलमा विद्यार्थीहरूका लागि दैनिक समस्या समाधानमुखी दुई दिने कार्यशाला

नेपाल–भियतनाम दौत्य सम्बन्धको ५० वर्षमा आर्थिक सहकार्यबारे छलफल

विश्व पर्वत दिवसमा प्रचण्डको जलवायु न्यायको आग्रह

नयाँ अध्ययनले देखायो: मानव मस्तिष्कले भाषा बुझ्ने तरिका एआई मोडेलसँग मिल्दोजुल्दो

×