2025-07-11

राष्ट्रिय जलवायु सम्मेलन मार्फत नौ बुँदे रारा घोषणा पत्र जारी

rara

– नृपेन्द्रबहादुर मल्ल

 

मुगु । मुगुको रारा ताल किनारमा राष्ट्रिय जलवायु सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले नौबुँदे रारा घोषणा पत्र पनि जारी गरेको छ । घोषणा पत्रमा रारा जलवायु सम्मेलनले विश्वका ठूला अर्थतन्त्र भएका औद्योगिक शक्ति राष्ट्रका कारण नेपाल जस्तो अल्पविकसित मुलुकले अनावश्यक रुपमा जलवायु परिवर्तनका कारण दुःख व्यहोरिरहेकाले यसको रोकथाम र न्यूनीकरणका विभिन्न चरणमा बहस तथा पैरवी गरिने उल्लेख छ ।

विज्ञान प्रविधि तथा वातावरण मन्त्रालय र किर्डाक नेपालको आयोजनामा भएकोे सम्मेलनमा विभिन्न सरकारी तथा गैरसरकारी निकाय र निजी क्षेत्रबाट झण्डै दुई सय जना सहभागी थिए । नेपालभित्र नागरिक समाजले सरकारी तथा गैरसरकारी संघ संस्था, सम्बद्ध व्यक्ति र निकायसँग समन्वय गरी एसिया क्षेत्रमा बहस सञ्चालन गरिने भएको छ । अन्तर्राष्ट्रियस्तरमा नेपाल सहभागी हुने बैठक र संयुक्त राष्ट्र संघमा आयोजना हुने सभामा समेत जलवायु परिवर्तनले नेपालका हिमाली क्षेत्रमा पारेको प्रभावका बारेमा प्रमुख एजेण्डा बनाउने निर्णय समेत भएको छ ।

जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रका हिमाल तथा पर्वतमा हिउँ पग्लिदै गएको भू–क्षय र बाढी पहिरो, अनावृष्टि, अतिवृष्टिले ठूलो धनजनको क्षति हुँदा दिन प्रतिदिन गरिबी बढ्दै गएकाले यी क्षेत्रमा हिमालय दिगो पर्यटन रणनीति बनाउनुपर्ने, प्रांगारिक कृषि उत्पादन तथा व्यावसायिक कृषि उत्पादनमा घोषणा पत्रले जोड दिएको छ । जलवायु परिवर्तनका कारण परेको प्रभावबारे जानकारी लिन सक्ने गरी कर्णाली क्षेत्रमा परापूर्वकालदेखि हालसम्म देखिएका परिवर्तनका विभिन्न चरणका सबै सामग्री संकलन गरी कर्णाली क्षेत्रमा नै जलवायु परिवर्तन अनुसन्धान केन्द्र स्थापना गर्ने कुरा समेत घोषणा पत्रमा उल्लेख गरिएको छ । कर्णाली क्षेत्र प्राकृतिक रुपमा पर्यटकीय गन्तव्यको प्रमुख स्थल रहेकाले वातावरण मैत्री प्राकृतिक स्रोतको व्यवस्थापन, स्थानीय संस्कृतिको जगेर्ना हुने गरी रारामा पर्यटन विकास गर्न गुरुयोजना निर्माण गर्नुपर्ने, रारा–सिंजा र दैलेखको दुल्लु, जुम्लाको खलंगादेखि बडिमालिका र सुदूरपश्चिमको खप्तड हुँदै डोल्पादेखि हुम्लासम्म पर्यटकीय पदमार्ग जोड्नुपर्ने विषय घोषणापत्रमा उल्लेख गरिएको छ । जलवायु परिवर्तनका कारण नेपालका हिमालय र पहाडी क्षेत्रमा बसोबास गर्ने नागरिकको जीविकोपार्जनलाई नराम्रोसँग प्रभावित बनाएको र नागरिकको दैनिक जनजीवनसँग जोडिएको कृषि उत्पादनमा ह्रास आएको हुँदा उनीहरुको जीविकोपार्जनमा सुधार, प्राकृतिक तथा जैविक विविधताको संरक्षण, यस्तो क्षेत्रमा बसोवास गर्ने नागरिकलाई जलवायु परिवर्तनसम्बन्धी जानकारी र सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न पनि घोषणा पत्रले समेटेको छ । सम्मेलनमा महत्वपूर्ण कार्यपत्रहरु प्रस्तुत गरिएको थियो ।

कार्यपत्र प्रस्तुत गर्दै राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा डा पीताम्बर शर्माले जलवायु परिवर्तन र भावी विकासको रणनीतिबारे प्रकाश पार्दै विकसित देशले उत्पादन गर्ने हरित ग्याँसले कमविकसित देशमा प्रभाव पारेको उल्लेख गदै नेपालमा आगामी दिनमा बन्ने विकास योजनासम्बन्धी रणनीतिमा जलवायु परिवर्तनले संकटग्रस्त समुदायको जीवन रक्षा सम्बन्धित विषयवस्तु समेट्नमा सम्मेलनले जारी गरेका एजेण्डा कोशेढुंगा सावित हुने उल्लेख गर्नुभयो । प्रा डा शर्माका अनुसार जलवायु परिवर्तनले नेपालको हिमाली भू–भागमा हिउँ पर्नुपर्नेमा पानी पर्न लागेको, रैथाने अन्नबालीको उत्पादनमा कमी आएको, प्राकृतिक प्रकोपमा वृद्धि भएको र हिमालमा चिसो कम हुदै गर्मी बढ्दै गएको छ ।

मुगुका स्थानीय विकास अधिकारी नारायणप्रसाद रिसालले सम्मेलनले तयार पारेका जलवायु परिवर्तनले हिमाली क्षेत्रका जनतामा पारेको असरको न्यूनीकरण र बच्ने उपायका एजेन्डालाई सम्मेलनमा मात्र सीमित नगरी सम्बन्धित निकायले कार्यान्वयनमा जोड दिई हिमाली जनताका जीविकोपार्जनमा सुधार ल्याउन पहल गर्ने बताउनु भयो । पत्रकार रविन्द्र मिश्रले हिमाली तथा देशका दुर दराज विकट वस्तिमा बस्दै आएका जनतामा जलवायू परिवर्तनका बारे भन्दा विहान वेलुका छाक टार्न र शिक्षाको अभाव रहेको र ती जनतामा शिक्षा दिन सकेमा सम्मेलनको सार्थक ज्ञान पुर्ण हुने बताउदै नेपाललाई समृद्ध बनाउन सम्मेलन, भाषण, गोष्ठी भन्दा प्रतिबद्घता अनुसार सच्चा मनले कार्यान्वयनमा जोड दिन सहभागी तथा सरकारका प्रतिनिधिहरुलाई आग्रह गर्नुभयो ।

नेपाली काँग्रसका केन्द्रिय सदस्य तथा सभासद् जीवनबहादुर शाहीले कर्णाली आफैमा सम्पन्न र इतिहास बोकेको भएपनि राज्य शक्तिमा कर्णालीबासीको शुन्य पहुँचका कारण कर्णाली बासी गरिब हुँदै गएको र पछिल्लो बर्षमा कर्णालीबासीले जलवायू परिवर्तन गर्ने ग्याँसको उत्पादन नगरे पनि असर भाग्नु परेको दुखेसो पोख्नु भयो । कार्यक्रमका अध्यक्ष तथा विज्ञान प्रविधि मन्त्रालयका सचिव कृष्णचन्द्र पौडेलले सम्मेलनले उठान गरेका विषयवस्तु कार्यान्वयनमा सरकारका तर्फबाट पहल गर्ने प्रतिबद्घता जनाउनुभयो ।

प्रकाशित

समाचार

त्रिविको वार्षिक साधारणसभा : ६३ औँ ग्रेस लिष्ट पारित

सबैको सहकार्यबाट खानेपानीको सङकट पार गर्न सकिने छ : मन्त्री यादव

चलचित्र विकास बोर्डमा ‘ए ङाला ह्राङ्बा माया’ को विशेष प्रदर्शन हुने

यामाहाले ल्यायो राष्ट्रव्यापी एक्सचेन्ज अफर

कुलपतिसमक्ष त्रिविका उपकुलपतिको सपथ

एक खर्ब डलरको अर्थतन्त्र बनाउने ‘रोडम्याप’ के हो ? राजेश अग्रवालको विचार

नयाँ बीमा कम्पनीको लाइसेन्स दिने नीतिमा छैनः प्राधिकरण

क्यान महासंघ र नेपाल चेम्बर अफ कमर्सबीच नेपालको सूचना प्रविधि क्षेत्र सुदृढ गर्न रणनीतिक समझदारी पत्रमा हस्ताक्षर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

‘यन्त्र ९.०’ प्रतिस्पर्धा अन्तर्राष्ट्रिय रोबटिक्समा प्रवेश गर्ने माध्यम हो

सम्बन्धित सामाग्री

त्रिविको वार्षिक साधारणसभा : ६३ औँ ग्रेस लिष्ट पारित

सबैको सहकार्यबाट खानेपानीको सङकट पार गर्न सकिने छ : मन्त्री यादव

चलचित्र विकास बोर्डमा ‘ए ङाला ह्राङ्बा माया’ को विशेष प्रदर्शन हुने

यामाहाले ल्यायो राष्ट्रव्यापी एक्सचेन्ज अफर

कुलपतिसमक्ष त्रिविका उपकुलपतिको सपथ

एक खर्ब डलरको अर्थतन्त्र बनाउने ‘रोडम्याप’ के हो ? राजेश अग्रवालको विचार

नयाँ बीमा कम्पनीको लाइसेन्स दिने नीतिमा छैनः प्राधिकरण

क्यान महासंघ र नेपाल चेम्बर अफ कमर्सबीच नेपालको सूचना प्रविधि क्षेत्र सुदृढ गर्न रणनीतिक समझदारी पत्रमा हस्ताक्षर

×