सामसुङ ‘ग्यालेक्सी नोट फोर’ नेपाली बजारमा

note4

काठमाडौ । बहुप्रतिक्षित स्मार्टफोन सामसुङ ‘ग्यालेक्सी नोट फोर’ नेपाली बजारमा ल्याइएको छ । सामसुङ मोबाइलको नेपालका लागि आधिकारिक बिक्रेता आइएमएसले नोट फोर एक समारोह आयोजना गरी काठमाडौँमा सार्वजनिक गरेको हो ।

सामसुङ ‘ग्यालेक्सी नोट फोर’ को नेपाली मूल्य ८५ हजार ९ सय तोकिएको छ भने यसभन्दा अघिल्लो सिरिज नोट थ्री सार्वजनिक गर्दा ९१ हजार पाँच सय रुपैयाँ मूल्य तोकिएको थियो ।

पछिल्लो समय सामसुङको नोट सिरिजले उपभोक्ताको ध्यान राम्रैसँग तान्न सफल भएको छ । आइएमएसले नोट फोर टुजी, थ्रिजी र फोरजी नेटवर्क सपोर्ट गर्ने जनाएको छ । १ सय ७६ ग्राम तौल भएको नोट फोरमा ५ दशमलब ७ इञ्च ठूलो डिस्प्ले रहेको छ ।

गोरिल्ला ग्लासको प्रयोग गरिएको हुँदा स्र्वाच नहुने पनि कम्पनीले जनाएको छ । मोवाइलमा सुपर एमलोइड क्यापासिटि टचस्क्रिनको प्रयोग गरिएको छ भने नोटफोरमा ३२ जीबी इन्टरनल मेमोरी रहेको छ । आवश्यकता अनुसार १ सय २८ जीबीसम्मको माइक्रो ममोरी प्रयोग गर्न सकिन्छ । १६ मेगापिक्सेल रियर क्यामेरा र ३ दशमलब ७ मेगापिक्सेल फ्रन्ट क्यामेरा रहेको छ । जस कारण उच्चस्तरीय फोटो खिच्न सकिन्छ । अटोफोकस, एलइडी फ्लास, डिउल सट, टच फोकस, फेसरस्माइल डिटेक्सन, पानोरामा, एचडिआर लगायतका सुविधाहरु क्यामेरामा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe to our newsletter!

अन्तर्वार्ता

‘समाज उत्थान र मर्यादित बनाउन शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ’

‘शिक्षण सामाजिक उत्तरदायित्व बोकेको मर्यादित पेसा हो’

सम्बन्धित सामाग्री

‘११औं नेपाल वुड तथा होम डेकोर इन्टरनेशनल एक्स्पो २०८२’ सुरु 

खाद्य पदार्थको स्तर निर्धारण सम्बन्धी अन्तरक्रिया सम्पन्न

भौतिकशास्त्र अनुसन्धानमा निजी क्षेत्रद्वारा सर्नलाई १ अर्ब डलर सहयोग गर्ने प्रतिवद्धता

काठमाडौँमा ‘बाँस संरचना डिजाइन मार्गदर्शन २०८२’ कार्यान्वयनबारे अन्तरक्रिया

बन्दीपुर केवलकार र लेमन ट्री होटल्सबीच १५ वर्षे फ्रेन्चाइजी सम्झौता

नयाँ अनुसन्धानले भविष्यका उत्खननकर्ताहरूका लागि सुनौलो अवसर 

ज्योति विकास बैंकका कर्मचारीमाथि आपराधिक आक्रमण, बैंकको घोर भर्त्सना

भौतिक विज्ञानका आधारभूत ज्ञानमा आधारित कार्यशाला सम्पन्न

×