/जमाना ई–कमर्सको

जमाना ई–कमर्सको

 अहिले हवाई टिकट, होटेल, लज बुकिङ गर्ने काम अनलाइनबाटै गर्न सकिन्छ । नेपालमा एस ट्राभल डटकम, ईसेवा डटकम, मुन्चा डटकमलगायत केही सेवाप्रदाय ई–कमर्समार्फत काम गर्दै आइरहेका छन् । बैकिंङ कारोबारहरु पनि अनलाइनबाट हुने प्रचलन बढ्दो छ ।


–खेम गैरे


सूचना एवम् प्रविधिमा आएको विश्वव्यापी परिवर्तन र विकास देख्ता यस्तो लाग्छ, यो सारा ब्रम्हान्ड नै एउटै आँगन हो । मानिसका हरेक दिनचर्याहरु यसैले निभाइदिएको छ । आधुनिक समयमा विकसित प्रविधहरु सूचनाका यस्ता प्रवाह बनिदिएका छन् कि, त्यसले संसारभरिका सञ्चालहरुलाई एकैपटक जानकार गराउन सफल हुन्छ ।

यो भन्दा महत्वपूर्ण पक्ष त के भने, प्रविधि अहिले संसारभरका अधिकांस मानिसहरुको जिवनस्तर उकास्ने क्षेत्रका रुपमा स्थापित भैसकेको छ । यसले लाखौं–लाख रोजगारीहरु सिर्जना गरिदिएको छ । मानिसको हरेक उठ्बस् प्रविधिसँग छ । अर्थतन्त्रमा सेवामूलक क्षेत्रको बढ्दो आकारसँगै प्रविधिले आफ्नो पकड दरो बनाउँदै लगेको देखिन्छ । अब मानौं कूल विश्वकै अर्थतन्त्रमा आधि भन्दा बढी सहभागिता प्रविधिको रहनेछ । यो पक्का हो–सूचना र प्रविधिलाई हेलचेंक्राईं गर्ने मुलुकहरु आर्थिक विकासमा पनि पछि पर्नेछन् । हामी आफै देख्न सक्छौं, जुन मुलुकमा सूचना–प्रविधिको अत्याधिक प्रभाव छ तिनले आर्थिक विकासमा पनि अपत्यारिलो फड्को मारेका छन् र त्यहाँका जनताको जिवनस्तर निकै उच्च छ ।

 सूचना–प्रविधिलाई व्यावसायिकरण गर्न जान्ने हो भने विश्वको बेरोजगारी समस्या धेरै हदसम्म निर्मूल हुने कुरामा कुनै दुइमत छैन । अझ यो कुरा विकाशोन्मूख एवमं अविकसित मुलुकहरुका लागि महत्वपूर्ण विषय हो । यसै परिवेशमा ई–कमर्स बारे जान्नु र यसलाई परिपालनामा ल्याउनु सान्दर्भिक हुनेछ । ई–कमर्स के हो ? यसले विश्वलाई कसरी गाँज्दै लगिरहेको छ ? नेपालमा यसको कस्तो प्रभाव छ ? आर्थिक विकासमा ई–कमर्सको कस्तो भूमिका रहन्छ ? आदिबारे बुझ्नु हरेका मानिसको अहिलेको आवश्यकता हो ।

कुनै पनि वस्तु वा सेवालाई इलेक्ट्रोनिक माध्यमबाट किनबेच गर्ने प्रणालीलाई ई–कमर्स भनिन्छ । ‘इलेक्ट्रोनिक्स कमर्स’लाई छोटकरीमा ई–कमर्स भनिएको हो । इन्टरनेट, वेबसाइट तथा अन्य कम्प्युटर नेटवर्कबाट गरिने व्यावसायिक कारोबारहरु संसारमा यसरी मौलाउंदै गएका छन् कि अब सामानबारे जानकारी लिन, छनोट गर्न, मोलमोलाइ गर्न, किन्न र लिन घरबाट बाहिर निस्कनु पर्दैन । विश्व परिवेश र इतिहासलाई एक झलक हेर्दा विशेष गरी विकसित मुलुकहरुबाट सन् १९९० पछाडि ई–कमर्समा नयाँ–नयाँ आयाम थपिएका हुन् । त्यस्ता देशमा व्यावसायिक तथा आर्थिक कारोबारहरु अनलाइनमार्फत नै हुने प्रचलन निकै बढ्दो छ । सामान्यतयाः वस्तु खरिद–बिक्री गर्ने विक्रेतालाई ‘रि–टेलर्स’ (खुद्रा विक्रेता) भनेजस्तै यसरी अनलाइनमार्फत वस्तु विक्री गर्ने विक्रेतालाई ‘ई–टेलर्स’ भन्ने गरिन्छ । विकसित मुलुकमा ई–कमर्सको प्रयोग गरिने दुई महत्वपूर्ण शब्द हुन्ः ‘बी–टु–बी’ र ‘बी–टु–सी’ । बी–टु–बीमा व्यावसाय–व्यावसायअन्तर्गत मालसमानको कारोबार गरिन्छ । यसमा दक्ष वा बलिया वा छानिएका व्यवसायी मात्र सहभागी हुन्छन् । यसमा ‘कमोडिटी मार्केट’ हुने विशेषता निहित हुन्छ भने ‘बी–टु–सी’ मा सीधै व्यवसायी–उपभोक्ताबीच खरिद–बिक्री हुन्छ । यसमा उपभोक्ताले अनलाइनमार्फत प्रत्यक्ष रुपमै विक्रेतासँग भेटेर डिल गरिरहेको हुन्छ ।

धेरथोर नेपालमा पनि ई–कमर्सले आफ्नो सक्दो प्रभाव जमाउंदै आएको छ । उदाहरणार्थः अहिले हवाई टिकट, होटेल, लज बुकिङ गर्ने काम अनलाइनबाटै गर्न सकिन्छ । नेपालमा एस ट्राभल डटकम, ईसेवा डटकम, मुन्चा डटकमलगायत केही सेवाप्रदाय ई–कमर्समार्फत काम गर्दै आइरहेका छन् । बैकिंङ कारोबारहरु पनि अनलाइनबाट हुने प्रचलन बढ्दो छ । वास्तवमा एटीएमबाट पैसा झिक्दा सम्बन्धित बैंकमा ब्यालेन्स घटबढ हुने काम अनलाइनबाट भइरहेको हुन्छ, जुन कुरा सामान्य मान्छेले थाहा पाउन सक्दैन ।

ई–कमर्सका महत्वपूर्ण विशेषताः यसमा हुने सम्पूर्ण कारोबार तुरुन्तै हुन्छन् । नेपालमा ईसेवा डटकमले पनि सेवा दिइरहेको छ । खासगरी यसबाट बैंकिङ सेवामा जस्तै विद्युतीय सेवामार्फत रकमको कारोबार हुन्छ । कतिपय बैंकले त मोबाइलबाटै ब्यालेन्स हेर्न तथा ट्रान्सफर गर्न सकिने सुविधा पनि प्रदान गरिरहेका छन् । यसलाई ई–कमर्सको राम्रो उदाहरण मान्न सकिन्छ । हवाईसेवा, ठूल्ठूला होटेल, डिपार्टमेन्टल स्टोर आदि व्यावसायिक तथा सेवादायी संस्थाहरुमा सीधै रकम नदिएर डेबिट तथा क्रेडिट कार्डहरुबाट भुक्तानी दिइन्छ ।

ई–कमर्सको बढ्दो प्रयोगसँगै नेपालमा करोडौं रुपैयाँको लगानी गरेर सुपरमार्केट खोल्ने संस्कृति मौलाउंदो छ, जसबाट उपभोक्ताले आधुनिक बजारको अनुभूति पाएका छन् । यिनमा हुने कारोबारबाट सरकारले समेत ठूलो अनुपातको राजस्व बुझिरहेको छ । नेपालमा आर्थिक गतिविधिमा शिथिलता छ भन्नेहरुका लागि सुपरमार्केटको कारोबारले भने अर्कै तस्वीर प्रस्तुत गरिरहेको छ ।
वस्तुको खरिद–बिक्री मात्र होइन, यसको विज्ञापन तथा प्रचार–प्रसार पनि अनलाइनमै राखिएका हुन्छन् । हामीले ‘याहू’, ‘जिमेल’, ‘गुगल’ वा अन्य जुनसुकै वेवसाइट खोलेर हे¥यौं भने थुप्रै नयाँ उत्पादित वस्तु तथा सेवाका सचित्र विज्ञापनहरु देख्न सक्छौं ।

ई–कमर्स व्यवसायको सञ्जाल फैलाउनका लागि सबभन्दा आवश्यक कुरा ‘वेबसाइट’नै हो । किनकि यसमा पूरा व्यवसाय र यसले कारोबार गर्ने सम्बन्धित वस्तुहरुका बारेमा सजिलै थाहा पाउन सकिन्छ । वेबसाइटमा ठूलो मात्रामा नयाँ जानकारी÷सूचनाहरु अपडेट गर्न, राख्न सकिन्छ । नेपालमा पर्यटन प्रवद्र्धनलगाायत र हातले बनाइएका सामग्री (हृयान्डिक्राफ्ट) को निर्यात वृद्धि गर्न ठूला अवसरहरु विद्यमान छन् । यद्यपि सरकारले यसमा उति चासो दिन सकेको छैन । व्यापारिक दृष्टिले महत्वपूर्ण कैयौं वस्तु स्थानीय स्तरबाट माथि उठ्न नसकेको तीतो यथार्थ हामीसामु विद्यमान छ । अनलाइनमार्फत यसको प्रवद्र्धन गर्न सक्ने हो भने आर्थिक विकासमा नेपालले नयाँ उचाइ लिन सक्नेमा दुईमत छैन ।

अर्कातिर व्यावसायिक कामकाजमा कम्प्युटर र इन्टरनेट सेवा प्रयोग गर्न जान्ने नेपालीको संख्या निकै कम छ । यसको प्रयोगमा वृद्धि हुंदै गए पनि हालसम्म निकै थोरै संख्या प्राइभेट कम्पनी, उद्योगी तथा उत्पादकहरुमा सीमित बनेको छ । नेपालमा इन्टरनेट सेवा निकै सुस्त र तुलनात्मक रुपमा महँगो छ । टेलिफोन प्रयोगकर्ता बढे पनि गुणस्तरको हालत उस्तै छ । ग्राफिक डिजाइन, वेबसाइट निर्माण, लोकल डाटाबेस व्यवस्थापनजस्ता प्राविधिक कोर्स तथा तालिम लिने सुविधा यहाँका हजारौं बेरोजगार युवाले सजिलै सकिरहेका छैनन् । सरकारले यस्ता खाले प्राविधिक सीपहरुलाई प्राथमिकतामा राखेर अगाडि लैजान सक्ने हो भने ई–कमर्स नेपालका लागि वरदान सिद्ध हुनेछ ।

“सूचना–प्रविधिको विकासका लागि सरकारले निश्चित वर्षका लागि ट्याक्स होलिडे गरिदिनुपर्छ”

– विप्लवमान सिंह
आइटी विशेषज्ञ
अध्यक्ष, मण्डला सिस्टम प्रा.लि.
पूर्व अध्यक्ष, क्यान

क्यानका पूर्व अध्यक्ष समेत रहेका विप्लवमान सिंह सूचना–प्रविधिका ज्ञाता एवम् सफ्टवेयर निर्माता हुन् । नेपालमा व्यवस्थित सफ्टवेयरको विकास गर्नुमा उनको ठूलो भूमिका रहेको छ । उनले निर्माण गरेका सफ्टवेयर आज विभिन्न एअरलाइन्स, बैंक लगाएत ठुल्ठूला कम्पनीहरुले प्रयोग गरिरहेका छन् । नेपालमा सन् १९९० को दशकदेखि सफ्टवेयरको व्यावसायिक विकास हुन थालेको भएपनि यो क्षेत्र अझै ओझेलमै परेको उनको विश्लेषण छ । नेपालमा आइटी क्षेत्रमा अत्याधिक सम्भावना भएको र यसमा युवाहरुलाई परिचालन गर्न सके बेरोजगारी समस्या निर्मूल हुनुका साथै मुलुकको आर्थिक विकासमा ठूलो टेवा पुग्ने उनको भनाई छ । नेपालमा सूचना–प्रविधि क्षेत्रको विकासक्रम, वर्तमान अवस्था, सम्भावना र चुनौतिबारे उनैसँग गरिएको कुराकानिको सम्पादित अंशः

 सूचना, प्रविधिको क्षेत्रमा राज्यले अवलम्बन गरेको नीति एवम् बजेटबारे यहाँको टिप्पणी के छ ?

हामीले दशकौं अघिदेखि सरकारलाई बारम्बार के भन्दै आएका थियौं भने– कम्तिमा पनि निश्चित केहि वर्षको लागि ‘ट्याक्स होलिडे’ गरिदेऊ । अहिले पचास जना भन्दा बढि मान्छे भएको एक सय पचास भन्दा बढि कम्पनीहरु भूमिगत अवस्थामा छन् । त्यस्ता भूमिगत रुपमा बसेकाहरुलाई उत्प्रेरित गर्न, आकर्षित गर्न र दर्ता गराउनलाई कम्तिमा ट्याक्स छुट गरिदियो भने उनीहरु आउंछन् नि ! त्यतिगर्दा पनि आएनन् भने त कारवाही गरे भैहाल्यो तर ट्याक्स फ्रि गरिदियो भने आइहाल्छन् ।

त्यति गर्न सक्यो भने पनि कम्तिमा आयकर त आउंछ नि राज्यलाई । सरकारलाई कर्पोरेट ट्याक्स नआएपनि आयकर आउँछ भनेर सम्झाउंदा–सम्झाउंदै हामी हैरान परिसक्यौं । उदाहरणका लागि इन्डियालाई नै लिन सकिन्छ । इन्डियाले सन् १९९७ देखि २००७ सम्म यो क्षेत्रलाई ‘ट्याक्स होलिडे’ गरिदिएको थियो जसले गर्दाखेरी इन्डियन कम्पनीहरु आज यहाँसम्म आइपुगे । आइटी क्षेत्रमा काम गर्ने मानिसले यथेष्ट तलव खाएको हुन्छ जसबाट कर असुल गर्न सकिन्छ ।

तर यहाँका अधिकारीहरु यो कुरा बुझेका पनि छैनन्, हामीबाट सुन्दा पनि सुन्दैनन् । राज्यले बजेटमा शब्दहरु कहाँ–कहाँ बाट सुनेको छ, चयन गरेर राखेको छ तर गर्ने चाहिं केही होइन भन्ने प्रष्टै भैसक्यो । सरकारले ‘इ–गर्भनेन्स मास्टर प्लान’ भनेर जुन बनाएको थियो त्यसका लागि एडिबिले दिएको २५ मिलियन डलर पैसा कहाँ गयो ? आठ वर्ष भैसक्यो, खै त ? यस्तो सरकारले के गरेर खान्छ ? सरकारले सुविधा दिएपछि त्यसबाट मल्टिपल रुपमा विकास हुन्छ भन्ने उनीहरुले बुझेकै छैन । अहिले त विज्ञान प्रविधि मन्त्रालय पनि प्रधानमन्त्रीले नै हेरेका छन् । झन् प्रधानमन्त्रीकै मन्त्रालयमा केही पनि प्रगति छैन ।

मुलुकको आर्थिक विकासमा सूचना–प्रविधिले पु¥याउने भूमिका बारे प्रष्ट पारिदिनुहोस् न ?
दश प्रतिशत जनताले मोबाइल प्रयोग गर्दा सामान्यतयाः कूल ग्रार्हस्थ उत्पादन (जिडिपी) मा दुई प्रतिशत वृद्धि हुन्छ भन्ने गरिन्छ । मोबाइलले कुराकानी मात्रै होइन, व्यवसाय पनि गराउंछ । हिजोसम्म काठमाडौंमा भरीया खोज्न न्यूरोड, क्षेत्रपाटी, असन जानुपथ्र्यो तर आज भरियाले पनि मोबाइल प्रयोग गर्न थालेपछि उनीहरु हरसमय छिटै उपलब्ध हुन्छन् । भनेपछि हिजो उसले जती पैसा कमाउथ्यो आज मोबाइलको प्रयोगबाट दोब्बर, तेब्बर कमाउन थाल्यो । आर्थिक वृद्धिमा यसरी प्रभाव परिरहेको हुन्छ । नेपालमा यसको प्रभाव प्रत्यक्ष नदेखिएपनि प्रविधिले आर्थिक विकासमा धेरै सहयोग पु¥याइरहेको छ ।

त्यस्तै, प्रविधिको माध्यमबाट सामान्य जनताले पनि जुनसुकै दूरदराजमा बसेर सेवा–सुविधा प्राप्त गर्न सक्छ । जस्तै भोलीका दिनमा कुनै व्यक्तिले नागरिकता लिनुप¥यो भने सरकारको वेवसाइट मार्फत निवेदन भरे पुग्छ । त्यस्तै एमआरपीको कुरा भयो । यसरी प्रविधिले समय र खर्च दुवैको बचत गराउंदछ । प्रविधिको कुरा गर्दा प्रविधि उद्योगकै कुरा गर्नु उत्तम हुन्छ । आइटी को विकासले देशको आर्थिक विकासमा एकदमै राम्रो प्रभाव पार्दछ । इन्डियाको मात्रै हे¥यो भने विश्वबजारमा उनीहरुले यसपाली ४० बिलियन डलर बराबरको काम गरेका छन् । त्यस्तै भियतनाम, फिलिपिन्स आदिले बीपीओमा धेरै राम्रो गरिरहेका छन् । यसले प्रशस्त मात्रामा रोजगारी सिर्जना पनि गरिरहेको हुन्छ । यसरी प्रविधि क्षेत्रले देशको आर्थिक विकासमा निश्चित रुपमा सकारात्मक प्रभाव पारेको हुन्छ ।

नेपालका बेरोजगार युवाहरुलाई सूचना–प्रविधि क्षेत्रमा कसरी परिचालन गर्न सकिएला ?
विश्व बजारमा जस्तै नेपालमा पनि आइटी क्षेत्रमा थुप्रै सम्ंभावना र अवसरहरु छन्, जसबाट आम बेरोजगार युवाहरुले अत्याधिक लाभ उठाउन सक्दछन् । अहिले बीपीओमा इन्डियालाई फिलिपिन्सले उछिनिसकेको अवस्था छ । आखिर फिलिपिन्समा के छ र ? म त फिलिपिन्स र नेपालमा त्यस्तो ठूलो अन्तर देख्दिन । उनीहरु पनि राम्रो अंग्रेजी बोल्छन्, हामी पनि राम्रो बोल्छौं । तुलनात्मक रुपमा हेर्ने हो भने उनीहरु भन्दा हामी नेपालीहरु नै बढी मिहेनती छौं ।

नेपालमा सिलिकन इन्डष्ट्रिको प्रचुर संभावनाहरु छन् । सिलिकन तथा प्रोसेसरहरु निर्माण गर्न एकदमै ठूलो इनर्जी आवश्यक पर्छ जुन हामीकहाँ भएका नदीहरुमा पाइन्छ । अहिले ‘डाटा वेयर हाउजिङ’को जमाना छ । यदि त्यसलाई चिसो ठाउँमा राख्न सक्ने हो भने प्राकृतिक रुपमै त्यो ‘कूल’ भएर रहन सक्छ । जुन नेपालमा धेरै नै संभावना छ । नेपालका हिमाली भेगमा चिसो तथा उपयुक्त ठाउंहरु प्रशस्त छन् । जबकी हाम्रो सरकारले यसबारेमा सोचेको पनि छैन ।

अहिले जापानिज, चाइनिजहरु आएर हामीकहाँ यस्ता ठाउंहरुको अवलोकन तथा अनुसन्धान गरिरहेको छन् । किनभने उनीहरुलाई चिसो पनि ठाउं चाहिएको छ, नदी पनि चाहिएको छ । कतिपय यूरोपियन मुलुकहरुमा चिसो छ तर त्यहाँ हिउं जम्मा भइदिन्छ । यस्तै ‘फ्रिक्योन्सी टेस्टिङ’का लागि पनि नेपालमा संभावना छन् । यहाँको भौगोलिक बनावट पनि उपयुक्त छ । यसको फाइदा उठाउन कतिपय विदेशी लगानीकर्ताहरु पनि नआएका होइनन् तर सरकारले लाइसेन्स दिन मानेन ।

नेपाल भनेको पच्चीस वर्ष मुनिका ४० प्रतिशत जनता भएको मुलुक हो । चालीस पर्ष मुनिका हेर्ने हो भने ८० प्रतिशत जनता छन् । भनेपछि यस्तो युवाशक्ति भएर पनि उनीहरुको क्षमता, ज्ञान, उत्साह सबैको सदुपयोग हुन सकिरहेको छैन । विडम्बना ! त्यो शक्ति स्वदेशमै प्रविधिको क्षेत्रमा भएका संभावनातिर नलागी विदेशमा भरीया तथा ज्यामी काम गर्न पलायन भएका छन् । आइटी शिक्षालाई डिग्री नै गर्नुपछ, नयाँ–नयाँ प्रविधिको विकास नै गर्नु पर्छ भन्ने छैन । सामान्य ज्ञान भएका व्यक्तिहरुलाई पनि यस क्षेत्रमा लगाएर काम गराउन सकिन्छ । हाम्रो देश भौगोलिक हिसाबले पनि यति जटिल र विषम छ की त्यहाँ मोटर सुविधा पु¥याउन पनि गाह्रो छ । तर आइटी मा त्यस्तो समस्या झेल्नु पर्दैन । चाहे मुस्ताङमा बसेर कल सेन्टरको काम गरौं या मनाङमा वा मकवानपुरमा केही फरक पर्दैन । किनभने ‘स्याटलाइट’ सिधा लान सकिन्छ । यो यस्तो क्षेत्र हो काँस्कीमा बसेर वा जाजरकोटमा बसेर क्यालिफोर्निको काम गर्न सकिन्छ । शहर वा काठमाडौं मै बस्नुपर्छ भन्ने छैन ।

जमाना ई–कमर्सको

इमेल–इन्टरनेटको दुनियामा भिजेर त्यसैलाई पेशा बनाउँदै छन्, प्रकाश खतिवडा (२२) । राजधानीको ठमेलमा बस्ने खतिवडाले क्भ्इ ‘सर्च इन्जिन अप्टिमाइजेसन’ को काम गर्छन् । क्भ्इ भनेको के हो त ? ‘क्भ्इ भनेको व्यवसायलाई सर्च इन्जिनको माध्यमबाट प्रवद्र्धन गराउने काम हो ।’ उनले राजधानीका सय भन्दा बढि संघ–संस्थाहरुको एसइओ सम्बन्धि काम गर्दै आएका छन् । जसअन्र्तत उनले वेब पेज, वेव साइटहरु निर्माण गर्छन, गुगल जस्ता सर्च इन्जिनमा ती संस्थाका विवरण÷जानकारी पोष्ट गरिदिन्छन् । संघ–संस्थाहरुले त्यो गर्नुको मूख्य कारण व्यवसाय प्रवद्र्धन नै हो । ‘यो भनेको एक खालको विज्ञापन नै हो’ उनि भन्छन्, ‘झनै विशिष्ट खालको प्रवद्र्धन भन्दा फरक पर्दैन ।’ आफूलाई यो पेशामा लाग्न ‘कोलफिट एडभेन्चर नेपाल ट्रेकिङ्ग’का कार्यकारी उत्तम बहादुर अधिकारी ‘गोपी’को ठूलो हात रहेको उनी बताउँछन् ।

उनले त्यो काम गरेबापत तीन महिनाको प्याकेजमा करिब २५ हजार रुपैयाँ लिन्छन् । पोष्ट गर्ने मात्रै नभई ब्लग बनाउने तथा ‘कन्टेन’ लेख्ने समेत उनले गरिदिन्छ । त्यतिमात्रै होइन, उनले अहिले यो सम्बन्धी इच्छुक व्यक्तिहरुलाई तालिम समेत दिने गरेका छन् । ‘सदुपयोग गर्न जान्ने हो भने इन्टरनेटबाट धेरै फाइदा लिन सकिन्छ’ उनले बताउँछन्, ‘तर यसमा जोखिम पनि उत्तिकै हुन्छ ।’ पछिल्लो समयमा नेपालमा पनि इन्टरनेटको प्रयोगकर्ता ह्वात्तै बढेको देख्न सकिन्छ । तर त्यसबाट फाइदा लिने जनशक्ति भने अत्यन्तै कम भएको खतिवडाको ठहर छ ।

–प्रकाश खतिवडा

नेपालमा SEO को राम्रो सम्भावना छ

CEO को फाइदा के हो ?
यसले संसारलाई जोड्ने एवम् व्यवसाय प्रवद्र्धन गर्ने काम गर्छ । मानौं तपाइलाई इन्डियाको एबीसी कम्पनीको बारेमा थाहा पाउनप¥यो भने सिधै गुगलमा गएर उक्त कम्पनीको बारेमा खोज्न सक्नुहुन्छ, वेव साइट खोलेर हेर्न सक्नुहुन्छ । तपाइलाई चाहिने सबै जानकारी त्यहाँ उपलब्ध हुन सक्छ । त्यो काम क्भ्इ ले गरिरहेको हुन्छ ।

नेपालमा यसको स्थिति अहिले कस्तो छ ?
बढ्दो इन्टरनेट प्रयोगकर्ताहरु सँगै नेपालमा पनि धेरै आइटी संस्थाहरु खुलेका छन् । क्भ्इ सम्बन्धि काम गर्ने संस्थाहरु पनि छन् । तर गुणात्मक काम गर्ने व्यक्ति÷संस्थाको कमी नै छ ।

यस सम्बन्धि तपाइले के–के काम गर्नुहुन्छ ?
मैले खासगरी वेव साइट, ब्लगहरु निर्माण गर्ने, कन्टेन तयार गर्ने, संस्थाहरुको जानकारी÷विवरणहरु सर्च इन्जिनमा हालिदिने आदि काम गर्छु । साथै इच्छुक व्यक्तिहरुलाई अचेल क्भ्इ बारे तालिम समेत दिने गरेको छु ।

नेपालमा क्भ्इको सम्भावना कत्तिको छ ?
थुप्रै सम्भावना छ । नेपालमा पनि ठूला मात्रै होइन साना संस्थाहरुले पनि अचेल व्यवसाय प्रवद्र्धनका लागि यसको सहायता लिने प्रचलन बढ्दो छ । वास्तवमा यो सकारात्मक कुरा हो किनभने क्भ्इ को विकासले प्रत्यक्ष÷परोक्ष रुपमा मुलुककै विकासमा सहयोग पु¥याइरहेको हुन्छ । तर यसमा अझै पनि आम मानिसहरुको कमजोर बुझाइ छ र यसमा सम्बन्धित कुुनै पनि निकायको ध्यान जान सकेको जस्तो मलाई लाग्दैन ।