जल तथा मौसम विज्ञानमै समर्पित जीवन

नेपालमा बिड मात्रै तातिरहेको छ ताप्के तातेको छैन के नै हुन्थ्यो र बिडमात्रै तातेर ? 

जीवनको अर्थ बाँच्नु मात्र होइन, सार्थक जिउनु हो । सार्थक जीवन बाँच्ने रङ्गिन सपना सबैले देख्छन् किनकी सपना देख्न सबैलाई छुट छ । अर्थात सपना प्रत्येक व्यक्तिको नैसर्गिक अधिकार हो र जीवनमा प्रत्येक व्यक्तिको सपना पूरा हँुदैन पनि तीनै सपनाहरु मात्र पूरा हुन्छन् जसले प्रतिज्ञा गरेको हुन्छ । उमेरको ७ दशक पार गरिसकेका नेपाली जल तथा मौसम विज्ञानकै लागि आफ्नो सम्पूर्ण जीवन समर्पित गरेका यी विद्धतले प्रतिज्ञाको विज्ञानको बारेमा केहि बोलेनन् तर धेरै बोले । जसरी गौतम बुद्ध ईश्वरको बारेमा मौन रहे मौन रहेरै धेरै कुरा बोले त्यसै गरी प्रतिज्ञाको विज्ञानका बारेमा मौन देखिएका यी विद्धतको जीवन प्रतिज्ञाले नै आज सफल बनेको छ र त उदाहरणीय ।

राजनितिलाई गाली गरेर नेपालीहरु थाक्दैनन्, उसो त अरुको आलोचना गर्न भन्दा बढि नेपालीहरुलाई के नै आउँछ र ? त्यस्तो हो भने सुरेशराज चालिसे पनि नेपाली राजनिति गर्ने व्यक्तिको कोखबाट जन्मेका हुन् । उनी नेपाली काँग्रेसका संस्थापक मध्येका एक हुन् । उनका पिता सुन्दरराज चालीसे र माता सुशिला चालिसे । नेपाली राजनितिक क्रान्तीका समेत साक्षी यी विज्ञानका गुरुले नेपाली राजनिति बारे मु्ख खोले–अहिलेका राजनेताहरु पैसा कमाएन भने बेइज्जति भएको ठान्छन् । उ बेला पैसा कमायो भने बेइज्जत भएको मानिन्थ्यो । । राणाहरुको अनेक दमनको शिकार हुनुपरेको थियो पिता सुन्दरराज चालिसे । त्यस समय पिताले पाएको जेल–नेलको के हिसाब ?

रिभोसाइन्स वर्ष ४ अंक ८ को आवरण तस्वीर

मामाघरका हजुरबुवा डा. भोजराज प्याकुरेल त्यस समय नाम चलेका उद्योगी, जेठो मामा एउटै कक्षाका सहपाठी यी सबै परिवार नै क्रान्तितिर होमिएको, त्यहि विद्रोह चेत उनको बालमष्तिष्कमा पनि थियो । सन् १९४० जनवरी १५ का दिन जन्मेका सुरेशराज चालिसेले विद्यालय तहको शिक्षा पद्मोदय हाइस्कुलबाट गरे । बालककालका ती क्षणहरु स्मरण गर्दै गर्दा उनको दिमागमा अतितको एउटा तरङ्ग आयो, राणाहरुले घरमा भएका कागज पत्रहरु सबै लिएर गए जसले गर्दा उनका पढ्ने किताब समेत उनीसँग रहेन, त्यस पश्चात एक महिनासम्म विद्यालय गएनन् । त्यस समय राणाहरुको विरोधी उनको परिवार भएको हुँदा मान्छेहरु उनीहरुसँग बोल्न समेत डराउँथ,े , आर्थिक, सामाजिक लगायत अनेक बहिस्कारको डरले ।

वि.सं. २००९ सालमा पदमोदय हाइस्कुलबाट एस.एल.सी. उत्तिर्ण गर्दा उनी एक मात्रै त्यस विद्यालयबाट प्रथम त्रेणीमा उत्र्तिण भए । त्यस समय बोर्डमा पास हुने १२ जनाको नाम रेडियो नेपालबाट प्रसारण हुन्थ्यो, त्यो नामहरुको बीचमा सुरेशराज चालिसेको नाम पनि बज्यो–रेडियो नेपालबाट । स्कुल लेभलमा उनलाई एउटा च्यालेन्ज आयो एक मित्रबाट । उनी त्यतिखेर सामान्य विषय पढ्दै थिए, मित्रले भने सामान्य विषय पढेर त जो पनि पास भैहाल्छ तेरो हिम्मत भए ‘अप्सनल म्याथ’ पढेर पास भएर देखा । साथीको च्यालेन्जलाई स्विकार गरे उनले अन्तिम परीक्षा आउनु केहि महिना अघि मात्रै उनले अफसनल् म्याथ पढ्न थाले र पास भढएर देखाइदिए ।

अहिलेजस्तो रमाइलोको कुरा त्यस समय केहि थिएन उनी पुष्पलाल, के.आई.सिंङग् लागयतका नेताहरुको भाषण सुन्दथे र रमाइलो मान्दथे । साइन्सबाट धेरै गर्न सकिन्छ भन्ने उनलाई थाहा थिएन त्यसैले उनी विज्ञानका विद्यार्थी बन्न पुगे यद्यपी उनको रुचि इन्जिनियरिङ्ग पट्टि थियो । आइएस्सी गर्दा उनको उमेर १६ वर्षको मात्र थियो ।

कोलम्बो प्लान अन्तर्गत नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिएर बिएस्सी अध्ययनका लागि विद्यार्थी लाने गर्दथ्यो उनको सबै साथीहरुले उक्त छात्रवृत्ति पाए तर दुर्भाग्य उनले पाएनन् कारण त्यो छात्रवृत्ति पाउन १७ वर्ष उमेर पार भइसकेको हुनु पर्दथ्यो । बिएस्सी पढ्न कलकत्ता पुगे उनी कलकत्ता विश्वविद्यालयमा । बिएस्सी सकाएपश्चात उनको इन्जिनियरिङग्को रोजाइ बाटामै छुट्यो, ४ वर्ष कस्ले पढिरहोस् भन्ने लाग्यो ।

भौतिक विज्ञानमा स्नातक तह उत्र्तीण पनि कलकत्ता बाटै गरे सत्यमबोस जस्ता घगडान वैज्ञानीकलाई नजिकैबाट हेर्ने सौभाग्य मिल्यो, त्यसले गर्दा आत्माविश्वास भयो कि भौतिक विज्ञानबाट नै केहि गर्न सकिन्छ र गर्छु पनि, अब स्वदेशमै फर्किएर तर, नेपालमा राजनितीक अस्थिरताले गर्दा पिता जेलमा पर्नुभयो । परिवारकै विचल्लीको अवस्था आयो अर्थात वि.सं. २०१७ सालमा नेपालमा पञ्चायत व्यवस्था आयो ।

प्रजातन्त्र प्रति अत्यन्त विश्वास गर्ने यी विज्ञानका गुरुले माक्र्सका राता किताब नपढेका होइनन् तर पनि स्वतन्त्र पूर्वक सोच्ने,वाच्ने र अभिव्यक्ति गर्न पाउनु र म यो मान्दिन भन्न पाउने अधिकार सुरक्षित हुनुपर्दछ चाहे जुनसुकै तन्त्र आओस् उनले देख्न चाहेको नयाँ नेपाल त्यही नै हो । राज्यले अवसर दिए पनि कोही पछि पर्छ भने त्यसमा कसैले गुनासो गर्नु हुँदैन । मुस्किलले २० वर्ष पुग्दै गर्दा यीनको युवा जोसले भन्थ्यो –नेपालबाट राजतन्त्र हटाउनै पर्छ ।

नेपाल फर्किए पश्चात १ वर्ष बेरोजगार जस्तै बस्नुप¥यो । त्रिचन्द्र कलेजमा ‘बि सिफ्ट’ अन्तर्गत अस्थायी शिक्षक वर्षको १० महिना तलब पाउने तर पुनः नियुक्ति लिइरहनु पर्ने (ज्यालादारी) शिक्षकको रुपमा नियूक्ति पाए–२०१८ चैत्र १ गते देखि । राम्रोसँग पढाउँछ भन्ने चर्चा भए पश्चात गुरु अमृत प्रसाद प्रधानले अमृत साइन्स कलेजमा पढाउन आग्रह गर्नु भयो । करिब २ वर्ष अध्यापन गराए पश्चात पि.एच.डी.गर्ने उद्देश्यले पुना युनिभर्सिटी तर्फ लागें, त्यहाँका गाइडसँग कुरा गर्दा उस्ले भन्यो –मैले पि.एच्.डी गर्न सात वर्ष लगाए तिमी किन छट्पट्टिएको ? उनलाई त्यहाँ असन्तुष्टि भयो, यद्यपी २ वर्ष समय त्यतै व्यतित भयो सो अवधीमा पुनामै रहेर मौसम सम्बन्धी अध्ययन अनुसन्धान गर्ने काम भयो । त्यसैले स्वदेशमा गएर रिसर्च गर्छु भन्ने सोचेर पुन स्वदेश फर्किए । संयोगले इजरायलबाट आएका वैज्ञानीकहरुसँग सुरेशराजको भेट भयो । वाल्यकालका मित्र सरद अधिकारी जो हवाई सेवा विभागमा कार्यरत उनैका सिफारीसमा इजरायलबाट आएका वैज्ञानीकहरुसँग भेट भयो । भौतिकशास्त्र र गणित नै जलवायु (मौसम) विज्ञानमा हुन्छ यो लजिक पनि हुन्छ तिमी मौसम विज्ञान मा आऊ भन्ने आग्रह भयो । कलेजका विद्यार्थीहरुलाई भौतिक शास्त्र अन्तर्गत अध्यापन गराउँदा वायुमण्डलको सम्बन्धमा अध्यापन त गराएकै हो । वास्ववमा जल तथा मौसम विज्ञान त्यस्तो कुनै नयाँ पनि लागेन, उनलाई जुन उनको रुची थियो, त्यही रुचीको विषय भेट्टाए । भौतिक विज्ञानलाई वायुमण्डल विज्ञानमा रुपान्तरण गर्ने काम नै हुँदो रहेछ, जल तथा मौसम विज्ञानमा पनि खासै गाह्रो लागेन सन् १९६९ मा पोस्ट ग्रायाजुएट गर्नेका लागि वेलायतमा जाने अवसर जुट्यो र त्यही अवसरको सदुपयोग गर्दै उनले पोस्ट ग्रायाजुएट ग्रायजुयेड गरे वेलायतबाट ।

सागलाई गुन्द्रुक बनाइसकिएको छ भने गुन्द्रुकबाट सागको बास्ना खोज्नु जस्तो महाभुल अरु के होला नेपालको प्रशासनमा उहि राणकालिन…रकमी प्रविधिकै वोलवोला छ । अनेक तन्त्रका समेत साक्षी उनले यर्थाथ र तितो पोखे …पात्र र प्रवृत्ति नफेरिए सम्म…

सन् १९७३ मा नयाँ शिक्षा नीति अन्तर्गतको जल तथा मौसम विज्ञान अन्तर्गतको पाठ्यक्रम तयार भयो । त्यस डिपोटमेन्टको हेड अफ दि डिपोर्टमेन्ट देखि सम्पूर्ण जिम्मा उनी एक्लै ले लिए । यसरी भौतिक विज्ञानबाट अंशवण्डा लिएर आफूले पाएको डेस्क बेन्च बोकेर नेपालमा मेट्रोलोजी डिपोटमेन्ट स्थापना भयो । उनले रमाइलो किस्सा सुनाए, उनले पाएको त्यो डेस्क अझ पनि सुरक्षित छ उस्तै गरी मेट्रोलोजी डिपार्टमेन्टमा यो ३८ वर्षको अवधिमा कति विद्यार्थी तयार भयो, यसको हिसाब उनीसँग पनि छैन । मेट्रोलोजी कतिले बुझे ,धेरैले बुझेनन् तर पनि सुरेशराजले बारम्बार भनिरहे –यो स्कोप भएको क्षेत्र हो । हामीसँग पैसा भन्दा पनि धारणाको समस्या छ । रिसर्च गर्न परम्परा नै छैन विशाल नगर स्थित आफ्नै निवासमा विज्ञानको यथार्थ बताए उनले ।

प्रत्येक शिक्षकले यस्तो सोचिदियोस मभन्दा पनि उत्कृष्ट विद्यार्थी उत्पादन गर्छु मैले दिएको ज्ञानबाट । ज्ञान त जति बाड्यो त्यति नै बढ्छ तर पनि हाम्रा शिक्षकहरु ज्ञान बाड्न किन कञ्जुस्याँई गर्छन् ? उनको प्रश्नसुचक नजर म तिर फर्कियो ।

वि.सं.२०३८ साल तिरको कुरा, जति सामन आइएस्सीमा त्रिचन्द्रसँग छ, त्यती सामान अमृत साइन्ससँग पनि छैन । त्रिचन्द्रमा सामान विद्यार्थीहरुले छोएर ,चलाएर अनुभव गर्न पाउँछन् भने सिद्धिनाथ क्याम्पस कञ्चनपुर महेन्द्रनगरका विद्यार्थीहरुले तस्वीर मात्र देखाएर चित्त बुझाउनु पर्ने अवस्था थियो । उनकै आग्रहमा अन्य विज्ञान कलेजहरुमा उपकरणहरु बाँडियो ।

संयोग यसरी आयो उनको जीवनमा राजा विरेन्द्रसँग घुम्ने मौका पाए नेपालका दुर्गम ठाउँहरुमा ,उनको रहर पनि थियो दुर्गम ठाउँहरुमा पुग्नु । त्यसै समय उनले विज्ञान मन्त्रालयको कुरा उठाए र महत्वपूर्ण कुरा त्यस समय ३० ओटा अब्जरभेसन स्टेसन थियो । नेपालमा भारतले जल तथा मौसम सम्बन्धी डाटा नेपालमा रहेको अब्जरभेसन टावरबाट लिने गर्दथ्यो । २०२९ साल भदौ देखि २०३४ साल सम्म तत्कालिन राजा विरेन्द्रसँग सुर्खेत जाने अवसर मिल्यो । मेची देखी महाकाली सम्म पुस्तकको समेत सम्पादन गरेका प्रध्यापकले त्यस समय त्यस सम्बन्धी कुरा उठाए पश्चात तत्कालिन राजा विरेन्द्रले सचिवसँग सोधपुछ गरे । उनले अब्जरभेसन स्टेसनको कुरा उठाए पश्चात तत्कालिन मन्त्री सचीव कसैलाई पनि यस विषयमा अभ्ययन गर्दा सत्य ठहरियो र अब्जरभेसन स्टेसन हटाइयो ।

अब नेपालको विज्ञान र प्रविधिको कुरा, नेपालका राजनीति र प्रशासनमा प्रायः तेस्रो श्रेणी वालाहरु आउँछन् ,जो पढाइमा अत्यन्त कमजोर छन् । तीनै चाकरवादको आधारमा जागिर खाएका भिजन नभएकाहरुलाई बोकेर नेपालको विज्ञान तथा प्रविधी कहिले उभो लाग्छ उनले चिन्ता प्रकट गरे । देशको विकास गर्ने हो भने विज्ञान तथा प्रविधीमा लगानी गर्नुपर्छ र प्रधानमन्त्री स्वयंले नै विज्ञान तथा प्रविधी मन्त्रालय आफ्नै मातहतमा राख्नुपर्छ जसरी भारतमा जबहरलाल नेहरु र इन्दिरा गान्धिले विज्ञान तथा प्रविधीलाई प्राथमीकतामा राखेर देशको मुहार फेरे । तत्कालिन विज्ञान तथा प्रविधी संस्था अन्र्तगत करिब चार वर्ष डिन भएर उल्लेखनीय योगदान समेत पु¥याएका सुरेसराज चालिसेलाई तत्कालिन नेपाल विज्ञान प्रतिष्ठानको उपकुलपति बन्नका लागि पटक–पटक आग्रह नगरेका होइनन् । उनको आग्रहलाई समेत उनले अस्वीकार गरे, आफ्नो श्रीजनशिलता मर्छ भन्ने डरले पदका लागि नेताको दैला–दैला चाहार्ने हाम्रा कथित विद्धत बर्गहरुले यी प्राध्यापकबाट के पाठ सिक्लान् ?जब सागलाई गुन्द्रुक बनाइसकिएको छ भने गुन्दु्रकबाट सागको बास्ना खोज्नु जस्तो महाभुल अरु के होला ,नेपालको प्रशासनमा उही राणाकालीन रकमी प्रकृतीकै वोल वोल छन् । अनेक तन्त्रका समेत साक्षी उनले यथार्थ र तितो पोखे पात्र र प्रवृती नफेरिए सम्म केही हुनेवाला छैन…।

एसीयाली विकास बैंक(एडिबी) र सरकार दुबै तर्फबाट उनलाई प्रशासनको जिम्मेवारी लिएर बस्न तत्कालिन मन्त्री केशर बहादुर बिस्टले पटक–पटक आग्रह गरे । जहाँ दाम मनग्यै कमाई हुन्थ्यो, उनले नकारे । मेरो रुचि प्रशासनमा होइन रिसर्चमा हो ।

इसिमोडमा रहेर हिमालय जल व्यवस्थापन बाढि, पहिरो, भूक्षय, प्राकृतिक प्रकोप, मौसम परिवर्तन सम्बन्धी लामो अध्ययन अनुसन्धानमै दुई दशक समय व्यतित् गरे उनले । मौसम परिवर्तनको कुरा ताजा बहसको विषय भएको छ अहिले । वैज्ञानीक रुपमा बुझ्ने चुनौतीको सामना गर्न सक्ने जनशक्ति स्वदेशमै पनि छ । मौका पाए भने तिनले पनि गरेर देखाउन सक्छन् तर नेपाली युवाहरु त्यहि मौकाको प्रतिक्षामा छन् ।

नेपालको समस्यालाई नेपालीले नै समाधान गर्नु पदर्छ , नेपालको समस्यालाई नेपालकै दृश्टिले हेरिनु पर्दछ, आफ्ना मान्छेलाई आवश्यक परे गल्ती गरेरै भएपनि सिक्ने मौका दिनु पर्दछ यो उनको बुझाई हो । तर अहिले नेपालमा नेपालीले नेपालीलाई नै विश्वास गर्न नसकेको देख्दा उनको मन कुडीन्छ । विदेशिको पैसाले मात्रै विकास हुने भए यती धेरै विदेशीको पैसा आइरहेको छ तर पनि नेपाल किन पछाडी नै छ ? उनको प्रश्नसुचक नजर फेरी म तिर फ्याकियो । अरुको देशमा दोस्रो स्तरको नागरीक हुन मञ्जुर नेपालीहरु स्वदेशमै रहेर पहिलो दर्जाकै नागरिक हुन मञ्जुर छैनन् । यो निकै चिन्ताको विषय पनि हो । बोल्दै जाँदा उनमा नेपाली राजनिती प्रति तिब्र असन्तुष्टी देखिन्थ्यो । नेपालमा बिड मात्रै तातिरहेको छ, ताप्के तातेको छैन, के नै हुन्थ्यो र बिडमात्रै तातेर ? नेपालका वैज्ञानीकहरु एकै ठाउँमा रहेर देशको विकासका लागि योगदान दिन किन सक्दैनन् भन्ने प्रश्नमा आएको जवाफ हो यो । अन्तमा यी विज्ञानका घगडान विद्धानले सन्त, महन्तले गर्ने झैं दार्शनिक कुरा गरे । मानिसमा लोभको असिमित इच्छाको पोको छ । उनले प्रश्न गरे आफ्नो दुई तलाको घरले रातदिन पोल्दछ, मान्छे आफ्नो दुखले होइन अरुको सुखले दुखी छ । ढल्कदो उमेरमा पनि विभिन्न सभासमारोहमा जलवायु परिवर्तन, मौसम परिवर्त, वातावरणीय र पर्वतीय समस्याहरुको बारेमा अभिव्यक्त र चिन्तन गरिरहेका यी विद्धतले अन्तमा भर्खरै बितेका वातावरण विद डा. प्रल्हाद योञ्जनलाई सम्झिए जो उनकै विद्यार्थी हुन् । विदेशले चिनेका र विदेशमा पुजिएका व्यक्तिको मृत्युमा राज्यले सम्वेदना समेत दिन सक्दैन, कति गरिब छ हाम्रो देश ?

जीवनमा भूपु हुने जागिर पनि खान्छन् ? अध्ययन अनुसन्धानमा लाग्दा कहिल्यै कोही पनि भूपु हुनु पर्दैन यो उनको अनुभव मात्रै होइन आफ्नै जीवनमा भोगेको यथार्थ हो । गोरखा दक्षिण बाहु, ब्रिटिस एम्पाएर लगायतका दर्जनौं सम्मानबाट समेत सम्मानित यी विद्धत २०४३ साल देखि करिब ८ वर्ष सम्म बुढानिलकण्ठ बोडिङ्ग स्कुलको प्रमुखको जिम्मेवारी सम्हालेर बसे । हालको शंकरदेव कलेज र अमृत साइन्स क्याम्पस स्थापनार्थ प्रोफेसर अमृत प्रसाद प्रधान र शंकरदेव पन्तलाई समेत उल्लेखनीय सहयोग पु¥याए उनले । शिक्षासेवी यी विद्धतको एउटै चाहना छ एउटै सपना छ– समुन्त नेपाल निमार्ण भएको हेर्ने । तर जातका आधारमा , क्षेत्रको आधारमा, टुक्रन लागेको नयाँ नेपालका निमार्ताहरु प्रति उनको गुनासो छ–नेपाली हामी रहौंला कहाँ नेपालै नरहे ?

 (रिभोसाइन्स वर्ष १ अंक ७ मा प्रकाशित)