भूगर्भशास्त्रको जिवित इतिहास–प्रा. डा. विशालनाथ उप्रेती

प्रा. डा. बिशालनाथ उप्रेती

मान्छेको लागि प्यारो हुन्छ आफ्नो इतिहास । हार्नेहरूको लेखिदैन, केवल जित्नेहरूको मात्रै लेखिन्छ इतिहास । जन्मनुपूर्व नै करोडौं करोड शुक्रकिट र डिम्वको घमासान युद्ध जितेर जन्मेको मान्छे जीवनका कालखण्डमा देखा पर्ने स सना लडाइसँग हार खान्छ । युद्ध जितेर जन्मेको मान्छे लडाइसँग हार मान्छ । विज्ञानको क्षेत्रमा युद्ध जितेका हस्तिहरूको निरन्तर खोज जारी छ रिभोसाइन्सको । हो यस अंक हाम्रा माझमा प्रकट हुनुभएको छ भूगर्भशास्त्रका एउटा जिवित इतिहास ।

त्यो वालापन
वि.सं. २००८ सालमा काभ्रेपाल्चोक जिल्लाको डुम्रे भन्ने ठाँउमा जन्मेको । दुई वर्षको वाल्यकालमा पिता हरिनाथ उप्रेती (वि.सं. दश सालमै) स्वर्गीय भइसक्नुभएको थियो । आमा खड्गकुमारी उप्रेती पहाडमै हुनुहुन्थ्यो । जन्मथलो छाड्नु अगाडि सात वर्षसम्म आमाकै माया ममता र स्नेहको चौतारीमा हुर्किए । मध्यम वर्गिय परीवारको जन्म । ठूलो वुवा जमानाको वडा हाकिम हँुदै सर्वाच्च अदालतको न्यायधिश सम्म वनिसक्नुभएको थियो । गाँउ नजिकैको स्कुल पन्ध्र सालको चुनाव हुँदादेखि नै म त्यहाँको स्कुलमा जान्थे । तर भर्ना भएको थिएन । पढेको पनि केही थिएन केवल सावा अक्षर चिनेको मात्रै थिएँ त्यो वेलासम्म । वाल्यकालमा मिठो सम्झनारूपि तरेलीले यी प्रध्यापक आफ्ना वालापन सम्झिरहेछन । वूढो घण्टाघर मुनिको आफ्नै कार्यकक्षमा । घण्टाघरको घडिले अपरान्हको तीन वजाइसकेको छ । ठूलोवुवाको छोरा विराटनगरमा पढ्दै थिए । उहाँहरूको आग्रहमा म पनि त्यतै गए अध्ययनका लागि । घरमा वस्दा खेरि साधारण जोड घटाउ गरिरहन्थे । एकै पटक बिराटनगर पुगेर तीन कक्षामा भर्ना भए त्यो वेला जनता स्कुल थियो अहिले जनता उच्च माध्यमिक विद्यालय वनेको छ । तीन कक्षाबाट चारमा जाँदा प्रथम भए र चार वाट पाँचमा जाँदा पनि प्रथम भएँ । ठूलो वुवाको घर नजिकै बरगाछि गोग्राहा स्कुल थियो म त्यो स्कूलमा एकै पटक कक्षा ६ मा भर्ना भए । ६ वाट सातमा जाँदा पनि प्रथम भए । त्यसपछि नजिकै स्कूल थिएन र म भर्ना भए आर्दश विद्यालयमा जुन स्कुल वि. स. १९८६ सालमै स्थापना भएको थियो । यो नेपाल कै दोस्रो स्कुल हो । त्यही स्कूलमा आठ कक्षामा भर्ना भए र सोही स्कूलबाट एसएलसी उत्र्तिण गरे । आठ वर्षको उमेरमा विद्यालयमा भर्ना भएर पनि सोह्र वर्षको उमेरमा एसएलसी उत्र्तिण गरेका यी मेघावि छात्र एसएलसी सम्मको अध्ययन पूरा गरेपछि काठमाडौं खाल्डोमा झरे वि सं २०२३ सालमा । त्यतिखेर आइएस्सी पढाइ हुने त्रिचन्द्र कलेज र अमृत साइन्स कलेज (अस्कल) थिए । सोह्र वर्षको जुवाको रेखी भर्खरै वस्दै गरेको समय मनभरी सपना र भविष्य वोकेर विशालनाथ उप्रेतीको पाइला राजधानी खाल्डोमा पर्यो । अस्कलमा निवेदन दिए । नाम निस्कियो । अस्कलमा नाम निस्कनु नै ठूलो कुरा थियो त्यतिखेर । दाल चामल गाँउवाटै आउने, वस्नका लागि आफ्नै दिदी भिनाजुको साहरा ।

यसरी मोडियो वाटो
दोस्रो श्रेणिमा आइएस्सी उत्र्तिण गरेपश्चात । स्टाटिक्स्टिक्स्, फिजिक्स र म्याथ लिएर त्रिचन्द्रमा विएस्सी अध्ययन गर्ने योजना वनाएर उहाँका पाइला अमृत साइन्स कलेजबाट त्रिचन्द्र कलेज तिर मोडियो । आइएस्सी पछि इन्जिनियरिङमा तिव्र इच्छा थियो तर मिलेन । त्यसैले अस्कल छाडेर उप्रेती त्रिचन्द्र कलेजतिर धाउन थाले । जिन्दगीको रथ सधै नियमले गुड्ने पनि होइन । संयोगले चल्ने जिन्दगीको पाङ्ग्रा कहाँँ पुगेपछि ‘मोड’ आउछ र कसरी ‘यु टर्न’ गर्छ जिन्दगीले के पत्तो । हो यस्तै भयो उप्रेतीको जीवनमा पनि । त्रिचन्द्रमा एप्लाई गर्दा नाम निस्कियो । भानिजलाई त्यही समयमा अम्लपित्त भयो त्यस्को अप्रेसन गर्नुपर्ने । भानिजको अप्रेसनमा लाग्दा लाग्दा भर्ना हुने समयले नेटो काटिसकेको थाहा भएन रे । ‘क्लास सुरू भइसम्दा पनि भर्ना हुन नपाएपछि फत्रक फत्रक परे, एक वर्ष त्यतिकै वित्ने हो कि भन्ने पिडाले पोल्न थाल्यो । फिजिक्स, स्टाट र म्याथ लिएर अध्ययन गर्न थालें त्रि–चन्द्रमा । त्यतिखेर भर्ना भएको थिइन क्लास चाँही आइरहेको थिए । एक जना जियोलजी पढ्दै गरेको साथी महेश्वर भट्टराईले ‘जियोलोजी’ भूगर्वशास्त्र पढ्ने सुझाव दिए ।

सिमित कोटा हुने हुदा तीनताक रोजाईको विषयमा भर्ना भई पढ्न निकै मुुस्किल हुन्थ्यो । रमाइलो चाही के भयो भने जियोलोजीको एउटा सिट खाली भएछ । त्रिचन्द्रमा भर्ना हुन्छ भनेको एक छात्रा अस्कलमा अध्ययन गर्न थाले पछि उनको ठाउँमा म भर्ना भए । जुन दिन भर्ना भए त्यो दिन युद्ध जितेको भान भयो । रूचि थियो इन्जिनियरिङ पट्टि समयले मलाई जियोलोजीको विद्यार्थी वनाइदियो । त्यतिवेलासम्म मलाइ जियोलोजी भनेको के हो केही भेउ थिएन । अन्त्यमा जियोलोजी, केमेस्ट्री, म्याथ विषय लिएर विएस्सी दुई वर्ष अध्ययन गरेपश्चात ५९ प्रतिशत अंक ल्याएर उत्र्तिण गरे । त्यसपछि जियोलोजी रमाइलो लाग्न थाल्यो । कोलोम्वो प्लान छात्रवृतिमा एमएस्सी गर्न पाइनेभएको हुँदा फुड टेक्नोलोजी र जियोलोजी दुवैमा निवेदन दिए । कोलम्वोप्लान अन्र्तगत २७ सालमा एमएस्सी अध्ययन गर्नका लागि भारत तर्फ लम्किए । त्यो समय अर्काे एक जना साथी र मलाई स्कोलरसिप मिलेको थियो । संयोग भानो कि हाम्रो मिहिनेत को कडि ‘कर्नाटक विश्वविद्यालयमा कक्षामा सवैलाई टपेर म वोर्ड सेकेण्ड भए र मसँगै जाने साथी वोर्ड फस्ट भयो ।’

खानी विभागको जागिरे
स्वदेश फर्किए पछि म खानी विभागसँग जोडिए । तर हामी त जुनियर ! त्यहाँ भएका सिनियरहरूको मनमा हामीहरुलाई केहि सिकाउनु पर्छ भन्ने भन्दापनि केही जान्ला कि भन्ने भय थियो । त्यतिवेला नेपालमा केहि भूगर्भशास्त्रीहरू थिए । हाम्रै समय देखि संख्या विस्तारै वढ्दै गएको हो । त्यहाँ धेरै वर्ष विताइसकेका भुर्गभशास्त्रीहरूलाई हेर्दा यहाँ बस्दा आफ्नो भविश्य राम्रो होला जस्तो लागेन । कपाल पकाउने र पेन्सन पमाउने मात्रै काम हुन्छ अरू उपलव्धी केही हुदैन भन्ने लागेपछि म छटपटाउन थालें । त्यस्तैमा लाग्यो अव पिएचडि आफ्नो ज्ञान र सिप बढाउनु पर्छ । त्यतिखेर छात्रवृदि पनि संयोगले मिल्यो वरोदा विश्वविद्यालयमा प्रा. एस.एस. मेहर अन्र्तगत रहेर पिएचडि गर्न । खानी विभागको छुट्टि लिएर वरौदामा पुगेर चार वर्ष अध्ययन गरे तर मेरो अनुसन्धान क्षेत्र नेपालको पर्वत–वाग्लुङ जिल्ला थियो । हिमालयको उत्पति, वनावट सम्वन्धीत रिसर्च करिव साढे तीन वर्षको अवधीको थियो । पिएचडी सकाएर वि.सं. २०३६ मा स्वदेश फर्किए । त्यसपश्चात खानी विभागको सरकारी जागिर छाडेर विश्वविद्यालयमा म आएको हुँ । मान्छे सरकारी जागिर खानका लागि विश्वविद्यालयको जागिर छाड्थे म अन्यन्त्र जागिर छाडेर विश्वविद्यालय तिर आएको थिए । आज म यहाँ नआएको भए न कसैले चिन्थ्यो, न त मैले केही देन नै दिन सक्थे राज्यको लागि । खानी विभागमा जागिर खाइरहेको भए उही घर अफिस अफिस घर मात्रै गरिरहेको हुनेथिए । आज म जहाँ छु ज्यादै खुशी छु । त्यसैले हिजो गरेको त्यो निर्णय आज सहि सावित भएको छ ।

विश्वविद्यालयमा जे भोगियो, जे देखियो
त्यसवखत मनमोहन अधिकारीका भाई त्रिभुवन विश्वविद्यालयमा उपकुलपति हुनुहुन्थ्यो । मोहनमान संैजु रेक्टर हुनुहुन्थ्यो र द्विजराज उप्रेती डीन लगायतले भारतको वरोदाबाट पिएचडी सकाएर आएका डा. तोरण शर्मा र मलाई विश्वविद्यालयमा ल्याउन निकै पहल गर्नु भयो उहाँहरूले । त्यो वेला विश्वविद्यालय भनेपछि हेलै गर्दथे । अवसर पनि केही थिएन, फरदर स्टडिजको लागि पनि केही अवसर थिएन । पिएचडी सकाएर स्वदेश फर्किएका हामी दुवैलाई समातेर द्विजराज उप्रेतीले विश्वविद्यालय आउन कर गर्नुभयो । म सँगै पिएचडी गर्ने तोरण शर्मा भने खानी विभाग तर्फ फर्किए । मैले पहिला देखिसकेका भोगिसकेको ठाँउ हुनाले कर्मथलो यो भन्दा वाहिरै वसेर वनाउनुपर्दछ भन्ने सोच गाढा भएका कारण विश्वविद्यालयमा मै नियुतिm भए । दुई वर्ष पछि मात्रै स्थायी भए । वि. सं. २०३६ देखि विश्वविद्यालयमै ३ दशक भन्दा बढि देखि जोडिएर आफ्नो वल वुद्धि वुताले भ्याएसम्म विश्वविद्यालयका लागि उल्लेख्य योगदान पु¥याएका उप्रेती अवको एक वर्ष पछाडि विश्वविद्यालय छाड्दै छन् । वि. सं २०४२ साल देखि झण्डै दुई दशकसम्म विभागीय प्रमुख भए । त्यसको चार वर्ष पछि कीर्तिपूर वस्दिन् भनेर पूरानै स्थान त्रि–चन्द्र कलेजमै आए । दोस्रो जनआन्दोलन ताका त्रिविवि विज्ञान तथा प्रविधि अध्ययन सस्थानका डीन वनाएर कीर्तिपूर नै लगियो । डीन वन्दा संक्रमणकालको समय थियो झण्डै एकवर्ष सम्म त उपकुलपति र डीन नै थिएनन् । सम्पूर्ण काम ठप्पै जस्तै थियो । त्यो समय विज्ञानका झण्डै पन्ध्र हजार विद्यार्थी अध्ययनरत थिए । हाम्रो त्रिविविमो केही कुराको पनि प्लानिङ हुदैन । जव विद्यार्थीले गएर घेरा हाल्छन् अनि विद्यार्थीहरूले जे माग्यो त्यही दिने परिपाटी विकास भइरहेको छ । भनेको वेलामा पैसा हुदैन, विद्यार्थीहरूसँग तत्काललाई कसम त खायो तर दिननसक्दा फेरि ती विद्यार्थीले आन्दोलन गर्ने । विश्वविद्यालयले हरेक पटक विद्यार्थीसँग सम्झौता गर्नुपर्छ । त्यस अनुरुप काम गरेन भने ति विद्यार्थीहरु पुन आन्दोलन शुरु गर्ने खालको प्रवृति हाम्रै मुलुकमा मात्र विद्यमान छ ।

म डीन हुदा रसायनशास्त्रमा अर्काे ‘सिफ्ट’ खोल्छौं भने । मैले हुदैन भनेर कडा रूपमा प्रस्तुत भए । यदि खोल्ने नै भए त्रिचन्द्रमा खोल्ने प्रस्ताप राखेपछि त्रिचन्द्रमा नै खोलियो । सरकारले पैसा नदिने विश्वविद्यालयले नै पैसा दिनुपर्ने । त्यो व्यवस्थित हुन दुई वर्ष भन्दा बढी नै लाग्यो । ‘फिजिक्स’मा पनि त्यस्तै समस्या देखा पर्यो । फिजिक्सको अर्काे सिफ्ट खोल्ने भन्न थाले विद्यार्थीहरू तर फिजिक्स भनेको ‘इकोनोमिक्स’ पढेको जस्तो होइन् त्यस्को लागि त भौतिक पूर्वाधार देखि ल्याव, शिक्षक, उपकरणहरू चाहियो । ठूलो समस्याका वावजुत पनि तीन ठाँउमा हामीले फिजिक्स पढाउनका लागि स्वकृती दिनु पर्यो । त्यही समयमा राजनीतिक भागवण्डाको अचम्मको परिपाटी सुरू भयो । प्रा. डा. माधव शर्मा उपकुलपति हुनुभयो । उपकुलपति एमाले, ‘डीन’ काग्रेस, ‘रजिस्टार’ माओवादी हुने भागवण्डाको खेल सुरू भयो । मैले सम्हाली रहेको विज्ञान तथा प्रविधि अध्ययन संस्थानको डीनको पद माओवादीको भागमा पर्यो । विभाग हाम्रो भागमा पर्यो भन्दै आएपछि ‘चार वर्ष कार्यकाल एक वर्ष वाँकि रहदै लौ गरि खाउ भन्दै म पुनः यही वूढो घण्टाघर मुनिको विभाग फर्किए ।’ राजनीतिले थिलो थिलो भएको प्राज्ञिक क्षेत्रलाई नजिकैबाट सुक्ष्म अवलोकन गरिरहेका यी प्रोफेसरले आक्रोश पोखे ‘प्राज्ञिक क्षेत्रमा राजनीति घुस्नु जतिको निन्दनीय कुरा अरू के होला ?’ कुनै पनि वाद वा राजनीतिक सिद्धान्तमा आस्था राख्नु फरक कुरा हो, तर राजनीतिको नाममा विश्वविद्यालयलाई नै टुक्रा टुक्रा पार्नु घृणित कुरा हो । अहिले राजनीतिले विश्वविद्यालय मात्रै होइन घरै टुक्रा टुक्रा पारेको उदाहरण तपाई हाम्रै आँखा वरपरी छन् । सरकारले विश्वविद्यालयलाई अनुसन्धानको लागि अनुदान दिदैन, दरवन्दी थप्न दिदैन अनि टाउका गनेर तलव खान मात्रै पैसा दिन्छ । अरू विद्यार्थीसँग ‘फि’ उठाएर चलाउ भन्छ । दश प्रतिशत मात्रै फि बाट उठ्छ, अनि खर्च कसरी धान्छ ?

त्रिविवि भित्रकै हामी ‘युनिक’
त्रिविविका विभागहरु लथालिङ् छन् भन्नेकुरा धेरै सुन्न वाहेक अरू राम्रो खवर सुन्न कमै पाइन्छ । तर यस्को अपवाद हो—भूगर्भशास्त्र विभाग । अहिले पनि यहाँका कर्मचारी, यहाँ भूगर्वशास्त्र पढ्ने÷नपढ्ने विद्यार्थीलाई सोध्नुस् ‘एउटै क्लास, एउटै प्राटिकल नछुटाई कक्षा सञ्चालन हुने सायद भूगर्भशास्त्र विभाग मात्रै हो ।’ अरू देशको विश्वविद्यालयमा यो साधारण कुरा हो तर हाम्रो देशमा त यही पनि ठूलो कुरा भएको छ । कहिलेकाही विद्यार्थीहरू मलाई सर आज कक्षा हुन्छ कि हुदैन भन्दै सोध्न आउँछन् त्यस्ता विद्याथीलाई झर्पान मन लाग्छ । भूगर्भ विभाग त्रिविवि भित्रका एउटै मात्र यस्तो विभाग हो जो राजनीति बाट अछुत छ । म सत प्रतिशत ‘च्यालेन्ज’ गरेर भन्छु विश्वविद्यालय भित्रकै अतुलनीय अर्थात ‘त्रिविवि भित्रका युनिक’ विभाग—त्रिचन्द्रको भूगर्भशास्त्र विभाग । हाल कार्यरत १६ शिक्षकहरुमध्ये १४ जना पिएचडी होल्डर । वि.सं. २०२४ मा स्थापना भएको यो विभागले ४६ वर्ष पार गरिसकेको छ ।

सन् १९८० को कुरा तल भट्टीमा वसेर राती ड्राइभर खलासीहरू रक्सी खाएर झगडा गरिरहेछन माथि कोठामा हाम्रा विद्यार्थीहरू फिल्ड ट्रेनिङ गरिरहेका थिए मलेखुमा । त्यो विजोग नजिकैबाट देखेको जापानीज मित्र प्रा. डा. हारुतका साकाई (जो भूगर्भ विभागमा त्यतिखेर हुनुहुन्थ्यो) को सहयोगमा मलेखुमा त्रिचन्द्र कलेजको नाममा जग्गा किन्यौं र त्यो स्थानमा तीन कोठाको भवन वनायौं । अहिले पनि तीन हप्ता हामी त्यही भवनमा वसेर फिल्ड ट्रेनिङ गर्दै आएका छौं । अहिले मलेखुमा तिनै जापानी सहहृदयीको साथै जर्मन साथीहरुको सहयोगमा देशकै नमुना विद्यालय वनाइदिएका छन् श्री वागेश्वरी उच्च मावि लाई । फिल्डमा काम गर्न तस्रो वर्षका विद्यार्थीहरूलाई तानसेनको डुम्रे लानुपर्ने भयो त्यहाँ पनि उही विचल्ली । फेरी उहि सहहृदयी मित्रबाट सहयोगको आग्रह गरेपछि त्यहाँका साथीहरुले त्यो क्षेत्रको नमुना मस्याम उच्च मावि बन्यो । हाम्रा विद्यार्थीहरू अहिले सहजैसँग ती स्थानमा वसेर अध्ययनअनुसन्धान गर्ने सक्ने भएका छन । यस्का अलवा विद्यार्थीहरूको अध्ययन अनुशन्धानका लागि खर्च जुटाउनप्रध्यापक आफै कम्मर कसेर उद्योगपतिका दैलो दैलो चहारे । कहाँ मात्रै पुगेनन् ? चौधरी, खेतान, गोल्छा सवै कहाँ गए । मात्र गोल्छा अर्गनाइजेसनले तीन वर्षका लागि सहयोग उपलव्ध गराइदियो । त्यस्का अलवा कन्सल्टेन्सीहरू धाएको प्रतिफल कन्सलटेन्सीहरूको सहयोग र जापानको नाओमुरा फाउण्डेसनको दश विद्यार्र्थीले दश हजारको दरले सहयोग पाउने गरेको प्रोफेसरले सुनाए । यो सहयोग हालसम्म कायमै छ । दशलाखभन्दा माथिको छात्रवृत्ति वितरण गरिसकेको उहाँले बताउनु भयो । नेपालको भूगर्भ क्षेत्रमा काम गर्ने ९० प्रतिशत भन्दा बढी भूगर्भवित यहि जियोलोजी डिर्पाटमेन्टकै उत्पादन हुन । पहिले यस विभागमा चालिस मात्रै थिए अहिले यो सङ्ख्या पाँच सय भन्दा माथि पुगिसकेको छ । चार दशक भन्दा बढि समय भूगर्भ विभागमा हामीले काम गर्यौ । अव एमएस्सी इन्जिनीयरिङ्ग जियोलजी डिर्पाटमेन्टको क्षेत्रमा काम गर्ने सोच वनाइरहेका छौं । हाम्रो देशमा यो विभागको ठूलै खाँचो छ । हामीकहाँ जे जति ठूला परियोजना बन्छन् त्यसमा इन्जिनियरिङ्ग जियोलजिस्टको महत्वपूर्ण भूमिका हुन्छ । इन्जिनियरिङ जियोलोजिष्टको कमि कै कारणले परियोजनाको लागत दुई गुणा सम्म बढेको हामीले देखेका छौ । जसका कारण करोडौ रकम बढी खर्च भइरहेको छ । अन्तराष्ट्रिय कन्सट्रक्सन कम्पनीहरुले नेपाललाई चुस्ने गरेका छन् । त्यसलाई हटाउनका लागि पनि अहिले देशले करोडौंको लगानी गरेर भएपनि थुप्रैै इन्जिनियरिङ जियोलजिष्ट उत्पादन गर्न सकेको खण्डमा नेपालको मुहार फेरिनसक्छ । दुःख लाग्दो कुरा हामीले नेपालमा शिक्षालाई अत्यन्त तल्लो स्तरमा राख्यौं । हामी संसारकै गए गुज्रेको शिक्षण पद्धति भएको देश भइसक्यौ । अफ्रिकाको देश इथियोपियालाई हामीले खान नपाउने गरिव देश भनेर पाठ्यपुस्तकमा पढ्यौं तर त्यहाँ एक वर्ष एउटा विश्वविद्यालयमा पढाएर पुगेर फर्कदा त्यहाँ २३ वटा विश्वविद्यालय देख्दा र हरेक वर्ष विश्वविद्यालयले सरकारले दिएको पैसा खर्च गर्न नसकेर फिर्ता गरेको देख्दा आश्चर्य लागेको थियो । त्यस्तै यूनिभर्सिटि अफ लुसा ज्याम्वियाको स्तर पनि निकै माथि थियो त्यहाँका विद्यार्थीहरूको मेहनत र अनुशासन यहाँका विद्यार्थीहरुले सिक्न सके राम्रो हुने थियो । हामी कहाँ राजनीतिबाट उन्नति हुन्छ भन्ने भ्रम परेको छ । राजनीति चाहिन्छ तर त्यो सवथोक भने होइन् । राजनीति गरेपछि कोहि मन्त्री बन्लान्, केहिले आफ्नो आर्थिक उन्नति गर्लान् तर हामी आफ्नो योग्यता र दक्षतामा के छ त्यसको पछि लाग्न सकेनौं ।

दुखी यस कारण
पहाडको सानो गाँउको मध्यम वर्गीय परिवारमा जन्मेर विश्वविद्यालयको प्रोफेसर र डीन सम्म वन्नु मेरा लागि यही ठूलो सौभाग्य हो । म आफूलाई भाग्यमानी ठान्दछु । विश्व विद्यालयले प्रदान गर्ने उच्चतम पद भनेको त्यही प्रोफेसर हो । जुन मैले पाएको छु । तर म खानी विभाग छाडेर विश्वविद्यालयमा आएर म जे काम गर्न चाहान्थें त्यो दैनिक अठार घण्टा सम्म काम गर्दा पनि पूरा हुन सकेन । वूढो घण्टाघरमा रहेको पुरानो विभाग ठाँउ–ठाँउमा भ्वाङ र प्वालले गर्दा वसिसाध्य छैन । वर्षा याममा भित्र बस्ता छाता नै ओड्नु पर्ने अवस्था विद्यमान छ । यही त्रिचन्द्रमा वसेरै पनि धेरै गर्न सकिन्थ्यो सवै तिर सहयोग पाएको भाए । प्रोफेसर योसिदासँग मिलेर यस्लाई अन्र्तराष्ट्रिय संग्राहलय वनाउने, रक गार्डेन वनाउने भनेर जापानको पार्लेयामेन्ट सम्म प्रोजेक्ट पु¥याएको हो नि । तर भएन के गर्ने ? यस्को लागि सरकारले थोरै मात्र साथ दिएको भए सभ्भव थियो हुन्थ्यो होला । सरकारले साथ दिएको भए यो पुरै घण्टाघर परिसर नै नयाँ हुने थियो । आफ्नो प्रोफेसनको हितका लागि मैले कहिले इगो राखेर काम गरिन । देश अनुसारको भेष त हुनैपर्ने रहेछ । युनिभर्सिटिको काम, देशको काम गर्नलाई पनि आफ्नै नीजि काम जस्तो सवको चाकडि गर्नु पर्ने रहेछ–गरियो पनि । आफ्नो युनिभर्सिटिको लागि देशको लागि भनेर जी हजुर पनि गरियो । तै पनि भनेजस्तो सफला पाइएन । भनिन्छ जापान सात जना व्यूरोक्रेटले वनाए, सिङापूर एक जना लि क्वानले वनाए, मलेसिया एक जना महाथिरले वनाए । एक जना राजनेता मात्र दरो भयो भने देश वन्छ । त्यस्तो मिराकल गर्न सक्ने निःस्वार्थ जिउँदो नेता हामीलाई चाहिएको छ । आफ्नो मात्र दुनो सोझाउने होइन । आज नेपालको राजनीति र व्यूरोक्रेसीमा म घूस खान्न देशको लागि निःस्वार्थ भावले प्राणको बाजी राखेर काम गर्ने दशजना मान्छे अगाडि आएर देशको बागडोर समाले भने देश स्वर्ग वन्ने थियो । काठमाडौंमा झण्डै चालिख जनसंख्या पानी पिउन नपाएर काकाकुल भएर वर्षौंदेखि वाचिरहेका छन् । अठार घण्टा लोडसेडिङ किन हुन्छ ? कमिशनतन्त्रले खेलले मेलम्चीको पानी आउन बिस वर्ष देखि आउन सकिरहेको छैन । यो हाम्रो देशको र्दुभाग्य हो ।

प्रोफेसरको जीवन दर्शन
वूढो घण्टाघरको घडीले अपरान्हको साढे चार वजाइसकेको थियो । हामी अझै उहाँको अनुभव र अनुभूती सुन्न चाहन्थ्यौं । कुराकानीको विसौनीमा विज्ञानका क्षेत्रका हस्ति इश्वर र धर्म प्रति विश्वास गर्छन कि गर्दैनन् जान्ने रहर लाग्यो र प्रश्न तेर्सायौं । प्रोफेसरको दर्शन धारावाहिक वग्न थाल्यो ‘हामी सवै कस्मिक डस्ट(धूलो) हौं—मरे पछि उही डस्ट मै मिल्ने हो ।’ भनिन्छ नि पञ्चतत्वबाट बनेको शरीर पञ्चतत्वमै विलाउछ । आत्मा कसैले देखेको पनि छैन । ब्रम्ह्माण्डमा करौडौ संख्यामा ग्यालेक्सीहरु छन्, हरेक ग्यालेक्सी भित्र अरवौंको संख्यामा तारापुञ्ज देखि सूर्य अटाएको छ । सूर्यका वरिपरि गह्रहरु घुम्छन् । युनिभर्सको आफ्नो जीवन चक्र छ, ग्यालेक्सीको आफ्नै आयू वा जीवन छ यहाँ सवैको निश्चित आयू छ । सूर्यको पनि झण्डै आधा उमेर वितिसक्यो । एउटा भूगर्भविदको नाताले मलाई गुरूत्वआर्कषण भनेकै देउताको प्रयार्य हो कि जस्तो लाग्छ । वेदान्तको परिभाषा गुरूत्वआकर्षणसँग निकै मेल खान्छ । जो अद्रिष्य सर्वव्यापी अनन्त र विशाल छ साथै मेरो संस्कारले पनि मलाई आस्तिकतातिर उन्मुख गराउन चाहान्छ । जीवन यात्रा निकै छोटो हुँदो रहेछ । पाँच दश वर्ष वितेको त पत्तै नहुदो रहेछ । अव अधिकतम पन्धै वर्ष वाचिएला । हामी जस्ता साधरण मान्छेहरूले आफ्नो जीवनको दिशा निर्धारण गर्न सक्दोरहेनछौं । समय र परिस्थितिले जता लैजान्छ उतै जान्छौं । भूगर्भविद बन्छु भन्ने मेरो कुनै सोचै थिएन समयले त्यतै डोरायो । अव जीवनको यात्रा कति नै पो बाँकि छ र ? जति समय पाइन्छ आफ्नो ज्ञान वुद्धि र विवेकले भ्याएसम्म अझै देश र समाजकालागि केहि योगदान दिने इच्छा छ ।

प्रस्तुतिः हरि गजुरेल