कर्मवीर डा. भोला रिजाल

विज्ञान र अध्यात्म सँगसँगै जानुपर्दछ । कर्म नै मेरो सवैभन्दा ठूलो धर्म हो । गरेको कर्मलाई वुझ्नुपर्दछ । त्यसकोलागि कसै न कसैको साहरा लिनुपर्दछ । जे वाट लिए पनि कसै न कसैको साहरा लिनुपर्दछ । कसैको डर, कसैको भरोसा भयो भने मान्छे सही वाटोमा हिड्न सक्छ ।

डा. भोला रिजाल

आफ्नो लागि मात्रै वाच्नु वास्तवमा जीवन होइन, जीवनमा सुगन्ध तव आउँछ जव जिन्दगी अरूको लागि फूल्दछ । भाग्यवादीहरूको भीडमा यस्तै सोच्ने एक कर्मविर दैनिक वीस घण्टा कर्ममै दत्त चित्त भएर लागिराखेको भेटिन्छ । कर्ममै रमाउने यी सृजनशीलकै सिर्जना हो टेस्ट्युव वेवि पद्धति । यही पद्धतिवाट पहिलोपटक नेपालमा जन्मे ओम मणी तमाङ । हालसम्म ओम मणि जस्तै झण्डै तीन सय निसन्तान दम्पत्तीहरूलाइ पुत्र दान दिनुभएपछि उहाँ सनतानेश्वर महादेवको उपमा वोकेर हिडिरहनुभएको छ । द्वापर युगको कृष्ण जस्तै वहुरूपी पहिचान वोक्नुभएका डा. भोला रिजालको नाम नसुन्ने हामी कहाँ विरलै होलान । डाक्टरको पहिचानले अपूर्ण हुने भोलाका पर्दा पछाडी अन्य कर्म छन् । सुकर्मवाट नाम, दाम र सान कमाउनु भएका कथा लेखक, गीत, गायक, चलचित्र लेखक यी सवै हुन उहाँको परिचय । दुर्गा नेपाल जो व्रिलियन्ट कलेजको प्रिन्सिपल समेत हुन । उनैले दुई वर्ष लगाएर खोजी गर्दा पच्चिस सय गीत संकलन भएका छन भोलाका । लक्ष्मी पूजा, छोरी वुहारी, जून तारा, साथी, एक नम्वरको पाखे, अप्सरा, उकाली, ओराली र गौथली लगायतका चलचित्रका निर्माता । उही गौथलीमाथि विद्यार्थीले थेसिस गरी डिग्रीको उपाधी नै हासिल गरिसकेका छन् । वाल्यकालमा विराटनगरमा रहेको हिमकला मन्दिरवाट ‘कानुनकी आखेमे’ जस्ता नाटक देखाउन भारत पुग्ने भोला यस्का अलवा स्र्पोटसमा दरिएका खेलाडी समेत हुनुहुन्थ्यो ।

नेपालमा पहिलो पटक गर्भपतनले कानुनी मान्यता पाउनुपर्दछ भन्ने अभिव्यक्ति दिदा डा. अरूणा उप्रेतीको सटारिकल लेख नै छापियो उसो हो भने डा भोलालाई फासी किन नदिने ? त्यस्ता अभिव्यक्ति अझ पनि रोकिएका छैनन् । अहिले डा. रिजाल छोरीलाई जन्मन देउ भन्ने अभियानमा होमिनुभएको छ । गर्भमा रहेको भु्रण परिक्षण गराउदा छोरी भए गर्भ तुहाउने जुन प्रचलन छ त्यस्को विरूद्ध डटेर लागि पर्नुभएका उहाँ सुनाउनुहुन्छ ‘सवै कुराको माया मोह छोडेर स्वदेश फिरेको मान्छे म । राष्ट्रको हितमा अभिव्यत्ती दिदा ज्यानै लिन्छ भने पनि प्रवाह छैन मलाई । ‘४६ सालमा त्रिविवि शिक्षण अस्पतालका निर्देशक हुँदा एउटा जापानीजले एउटा लेख नै लेखेको छ । कीर्तीपूरका लाशहरू । कुनै पनि देशको आन्दोलनको इतिहासमा आन्दोलनकारकिो लास जलाएको इतिहास कतै छैन तर तिनताक सुन्दरीजलमा लगेर लाश जलाइयो ।

वाल्यकालकै छोटे डाक्टर
आध्यात्मिक चिन्तनलाई भौतिक जीवनमा रूपान्तरण गर्नुेपर्दछ भन्ने सोच जीवन्त छ भोला रिजालमा । हजुरवुवा ध्रुवलाल रिजाल जमानाको नाम चलेका कवि । ०१४ साल ताकाको कुरा त्यो वेला भोलाको उमेर मात्रै नौ वर्षको थियो । इटहरीमा अहिलेको जस्तो वजार थिएन त्यहाँ त थिए फुसै फुसका टहरा । त्यहाँका मान्छेहरूलाई आगोले पोलेको मान्छेको घाउमा मलम दल्न आफै तल्लिनहुनुभयो ठूलावडावाट देखेर । आफन्त र काकाहरूवाट उहाँको नामको अगाडि वाल्यकालमा उपाधी झुण्डियो छोटे डाक्टरको । आर्दश विद्यालयमा भर्ना हुन जाँदा हेडमास्टरले प्रश्न तेर्साए तिमी कति कक्षामा पढ्ने ? भोलाको मुखवाट तीन÷चार कक्षा नभनी जवाफ निष्कियो डाक्टर वन्ने । त्यसपछि स्कुल परिसरमा समेत भोला रिजाल छोटे डाक्टरको रूपमा परिचित हुनुभयो ।

विवाह
भनिन्छ एउटा सफल मान्छेको पछाडी एउटा महिलाको हात हुन्छ । स्कूले कालका छोटे डाक्टर भोलालाई आज नेपालकै वरिष्ठ डाक्टर भोला वनाउनमा उहाँकै धर्मपत्निको अतुलनीय देन छ भन्नुहुन्छ । विवाह गर्दा भोलाले एसएलसी परीक्षा दिनुभएको थिएन । उमेर मात्रै पन्ध्र वर्षको थियो जुगाको रेखी वस्दै गरेको । पन्ध्र वर्षको उमेरमा विवाहको प्रस्ताव आयो । प्रन्ध वर्षको वेहुला भोलाले वाह्र वर्षको वेहुली भित्राए । विराटनगरमा भर्खरै आइएस्सी पढाई हुन थालेको थियो । उहाँले त्यहाँ पढ्नु भएन हजुरवुवाको हात समाउदै वनारस जानुभई आइएस्सीे अध्ययन पूरा गर्नुभयो । त्यो समय ढाका पाकिस्थानमा पर्दथ्यो । अहिले त्यो वंगलादेशमा पर्दछ । त्यहीँको सवैभन्दा ठूलो ढाका मेडिकल कलेजवाट पोष्टग्राजुएड सम्मको अध्ययन पूरा गर्नुभयो उहाँले । यो बीचमा भोला केही समय ढाकाकै रेडियोमा पत्रकारको रूपमा समेत काम गर्ने थालीसक्नुभएको थियो । पढाई सकाएर स्वदेश फर्कदा चारसय पचासको जागिर खान थाल्नुभयो । जवकी त्यही समय उहाँको तलव वीस हजार थियो । तान्यो त केहीले भने उही राष्ट्रप्रेमले ।

पहिलो सर्जरी
तौलिहवा पुगेको महिना दिन नपुगदै भोलाको काँधमा एउटा जिम्वेवारी आयो । उमा क्षेत्री नाम गरेकी एक वच्चा आपको हाँगोवाट लडेर टाउको फुटेको थियो । उनकी आमा डाक्टर खोज्दै आइन । हामी सवै मिलेर पैसा थपिदिन्छौं दरवंगा लैजान भोलाले आग्रह गर्नुभयो ती वृद्ध महिलालाई । तर म यहाँ त कसरी आइपुगे मलाई नै थाहा छ भन्दै अव तपाईकै जिम्वा मारे पाप, पाले पुण्य पो भन्न थालिन । अगाडि अर्काे विकल्प थिएन उस्को अप्रेसन गर्ने थालियो, एउटा मेडिकल विद्यार्थीले जाने जति गर्दा गर्दा दशौ दिनमा वच्चा केही तंग्रिइन तर डर के थियो भने वच्चा सञ्चो भइहाले पनि लठ्रवो भइहाल्छिन कि भन्ने डर थियो । दुई वर्ष तौलिहवामा वस्दा सम्म उनमा त्यस्तो केही भएन । चिकित्सक विज्ञानका अगुवा सुनाउनुहुन्छ ‘यो विज्ञानको अलवा पनि कुनै अर्काे सुप्रिम पावरको कृपा पनि चाहिन्छ ।’ सन् १९७२ देखीको यो ४१ वर्षको अवधीमा पूर्व मेची देखी पश्चिम महाकालीसम्मका अनेक थरी विरामीको उपचार गरेर जीवन दान दिनु भएको छ भोलाले । भोलाको नाम सुनेर विहानै नेपालका मात्र होइन जर्मनी, जापान, अफगास्थान, हङकङ, फ्रान्स, इटली, अमेरिका लगायतका देशका विरामी समेत ओम नर्सिङ होम आउन थालिसकेका छन । टेष्टयुव वेवी, गर्भपतन लगाएका विषयमा भोलालाइ भेट्न ।

ओम नर्सिङ होमको स्थापना
जर्मनीमा अहिलेपनि कुनै कामको सुरूवात गर्दा ओम ध्वनीको उच्चारण गर्ने गरिन्छ । जर्मनीमा आफ्नै आँखाले यो देख्नुभएको भोला यसैवाट प्रभावित नभई रहन सक्नुभएन । हामीले त ओमकारको महत्व नै वुझ्न सकेका छैनौं । यही सर्वव्यापक ओमकारको पहिचान दिने गरि डा. भोला रिजालले ओम नर्सिङ होमको स्थापना गर्नुभयो । विंसं ४८ सालताका । यस अघि भोला त्रिवि शिक्षण अस्पतालको साहयक डिनको रूपमा सन् २०४४ सालमा, पसुतिगृहमा समेत कार्यरत रहनुभएको थियो । एक सय सत्तरी शैयाको ओम नर्सिङ होमलाई तीन सय शैयाको वनाउने लक्ष्य रहको भोलाले सुनाउनुभयो । साहित्य संगीत, चलचित्रमा राज जमाउन सफल भोला स्वास्थ क्षेत्रमा समेत एक छत्र राज जमाउन सफल हुनुहुन्छ । ओम र्र्निसङ होमले ओम हेल्य क्याम्स समेत सञ्चालन गर्दै आइरहेको छ । अत्तरखेलमा रहेको नेपाल मेडिकल कलेजको समेत प्रमुख समेत रहनुभएका भोला नेपालगञ्ज मेडिकल कलेजको सेयर होल्डर समेत हुनुहुन्छ भोला । नेपालमा अहिलेसम्म चालिस भन्दा वढि नीजि प्राइभेट हेल्थ क्याम्पसहरू छन् । यी संस्थाहरूको अध्यक्षको रूपमा समेत डा. रिजाल क्रियाशिल हनुहुन्छ । नेपाल वंगलादेश एल्मुनाइ एसोसियसनको प्रथम निर्वाचित अध्यक्ष, चलचित्र विकाश वोर्डको द्धितीय उपाध्यक्ष (निर्वाचित), नेपाल गाइनोकोलोजिस्ट समाजको पहिलो निर्वाचित अध्यक्ष समेत रहनुभएका भोला यसका अलवा मुत्तिनाथ आराधना परिषद कमिटिका अध्यक्षको रूपमा समेत क्रियाशिल हुनुहुन्छ । समाजसेवीको पर्याय वन्नुभएको भोलाले हालसम्म गोरखा दक्षिण वाहु, कलिउड सिनेमा पुरस्कार, म्यूजिक नेपाल पुरस्कार, छिन्नलता पुरस्कार लगायतका दर्जैनौ पुरस्कार हातपार्न सफलहुनुहुन्छ ।

सन्तानेश्वर महादेवको उपाधीवाट विभुषित डा. रिजालको विशेष पहिचान नै स्त्री र महिला रोग विशेषज्ञताको रूपमा सुपरिचित छ । रिजालको लडाई यात्रा पनि वडो अनौठो छ यस अघि गर्भपनका कुरा उठ्यो । सन् २००२ मा उठेको यो कुरालाई नेपालमा टेस्टयूव वेवीको जन्मदाता डा रिजाल पछिल्ल्लो चरणमा छोरी भएकै आधारमा जन्मने अधिकार नरोकौं भन्ने आवाजलाई शसक्त ढंगले उठाउदै आइरहनुभएको छ

नेपालमा टेस्ट्युव वेवीको अवधारणा
एउटा सजक प्राणीलाई सधै अर्काेको दुखले पोल्छ । अरूका पीडामा भोलालाई लाग्छ केही सहयोग गर्न सकौं । टेष्ट्युव वेवीको अवधारणा निसन्तान दम्पत्रीलाई कसरी सहयोग गर्न सकिन्छ भनेर आएको हो । जीवनको एक कालखण्ड अर्थात झण्डै ११ वर्ष वंगलादेशमा विताउनुभएको उहाँ भारत पाकिस्थान लगायतको मूलुकमा पनि केही समय विताउनु भयो । नजिकवाट त्यहाँको संष्कार र संष्कृतिलाई नियाल्ने अवसर मिल्यो । नजिकवाट हेर्दा के देखियो भने निसन्तान भएर वाच्नु जतिको दयनीय कुरा अरू केही रहेनछ । त्यो पीडा भोग्नेलाई मात्र थाहा हुन्छ । कसैले हेरौं भनेर हेर्न सक्दैन । टिचिङ हस्पिटल, थापाथली हस्पिटलमा हुँदा देखी मात्रै होइन निसन्तानका लागि कसरी सहयोग गर्ने सकिन्छ । एउटा वच्चा नहुँदा सम्म समाजले कुन नजरले हेर्छ ? लोग्ने मान्छेले सात वटा विवाह गर्छ तर एउटी महिलाले वच्चा जन्माउन सकिन भने उ कति तिरस्कृत हुन्छे । एउटा महिलाको सात वटी श्रीमति भए पनि उ तिरस्कारको पात्र हुँदैन उ छात्ती चौडा पारेर हिड्छ तर महिला ?? ताडना भोग्ने र पीडा पाउने महिला नै हुन्छन् । निसन्तानको पीडा चाही नि सन्तानले मात्रै वुझ्न सक्छ । तीन पुत्रका पिता भोला सुनाउनुहुन्छ । विदेशले २७ वर्ष अगाडि टेष्ट्युव वेवी जन्म्यो हामी कहाँ सात वर्ष अगाडि मात्र ओम मणि तमाङले जन्म पाए । तर २० वर्ष अगाडि नै अरू डाक्टरले ओम मणिलाई जन्म दिन सक्थे । समयले किन भोलालाई नै कुर्नु परेको होला ?

जर्मनीमा अहिलेपनि कुनै कामको सुरूवात गर्दा ओम ध्वनीको उच्चारण गर्ने गरिन्छ । जर्मनीमा आफ्नै आँखाले यो देख्नुभएको भोला यसैवाट प्रभावित नभई रहन सक्नुभएन । हामीले त ओमकारको महत्व नै वुझ्न सकेका छैनौं । यही सर्वव्यापक ओमकारको पहिचान दिने गरि डा. भोला रिजालले ओम नर्सिङ होमको स्थापना गर्नुभयो ।

मुहारमा हासो छर्दै भोलाको मुखवाट शव्द निस्कियो ‘मेरो गोत्र धनञ्जय हो । कृष्णको गोत्र पनि उही धनञ्जय नै हो ।’ यही आएर यस्तो हुनुपर्ने रहेछ भनेर धेरै व्याख्याकारहरूले व्याख्या गर्ने थालेका छन् । कहिले गर्भपतनले कानुनी मान्यता पाउनुपर्दछ भनेर आवाज उठाउदै आउनुभएका भोला अहिले अर्काे क्रान्तीको आवाज उठाउदै आइरहनुभएको छ गर्भ परीक्षण गरेर छोरी भए गर्भ फाल्ने प्रचलन रोकिनुपर्दछ । हरेक कुराको निर्णय अध्ययन र अनुसन्धान गुगल सर्च भेटिदैन जुन चिज हामीले देखेका छैनौ तर सुनेका छौं । मेरो अगाडी आत्माको रोदन छ, अरूको दुख दर्द मेरो अगाडी रोइरहेछ भने मान्छेहरू आध्यात्मिक चिन्तनवाट आफू प्रभावित भएको भोला सुनाउनुहुन्छ । प्रकृति नै आफ्नो प्रेरणाको श्रोत हो । आफूले गल्ती गरेको हेर्ने कोही त छ भन्ने वोध हुनका लागि समेत कसैको डर भरोसा हुनका लागि समेत आध्यामिक चिन्तन हुन आवश्यक छ । व्यस्तताका वावजुत समेत भोला हरेक दिन घरवाट वाहिर निस्कदा र घर प्रवेश गर्नुअघि धर्मपत्नी सरलाले स्थापना गरेको तुलसीको मन्दिरलाई घुमेर (करिव ३६ सेकेण्ड) निस्कनुहुन्छ । गरूड पूराणको साटो कर्मयोगमा ध्यान देउ भन्ने पिताको वाणीलाई शिरोधार्य गर्दै कर्मलाई नै सवैभन्दा ठूलो धर्म ठान्ने भोला कर्मलाई नै जीवनको आर्दश ठान्नुहुन्छ । राम्रो कुरा सधै अरूवाट सिक, नराम्रो चीज आफैमा हेर । मनमोहन भट्टराईको सुमुधुर वोलीवाट अत्यन्त प्रभावित भोला सुनाउनुहुन्छ जे रोपियो त्यही फल्छ कागतीको वोट रोपेर कहीँ सुन्तला फल्छ र ? प्राय रिर्फर भएका केश आउँछन भोला कहाँ तर भोलालाई त्यति वेला आनन्द लाग्छ जतिवेला विरामी निको भएर फर्कन्छ । भोला सुनाउनुहुन्छ मलाई आनन्द प्राप्त गर्नका लागि न त पुतलीसडकमा पुगेर छोयला कचिला नै खानुपर्दछ । न त गोपिकृष्ण र गुण सिनेमामा पुगेर सिनेमा नै हेर्नुपर्दछ । भोला दिनको वीस घण्टा काम गरेर कामै वाट आनन्दीत हुनुहुन्छ ।

सरकार र स्वास्थमा छुट्टाइएको वजेट
हामी कहाँ स्वास्थको क्षेत्रमा सरकारले कूल वजेटको पाँच प्रतिशत रकम छुट्टाएको छ । त्यसमा पनि सवैभन्दा वढि खचै तलव भत्तामै खर्चन्छ । सरकारले नीजि क्षेत्रलाई सेवा सुविधा दिनु त फरक कुरा कि सौताको व्यवहार गरिरहेको छ । सरकारले निशुल्क सेवा दिएको भनिए पनि यो नीजि क्षेत्रको भन्दा वढि मंहगो भइरहेको छ । यदी साच्चि नै सरकार स्वास्थमा चिन्तित छ भने सरकारले वीस प्रतिशत रकम स्वास्थको क्षेत्रमा खर्च गर्नुपर्दछ । भोलाको वुझाइ छ ।

निराश हुँदा कहिलेकाही
कहिले काही सोचेजस्तो नहुँदा हिन्दी गीत हेमन्त कुमारको र हेमन्त कुमार र पाकस्थानी गजल गाएक मेहदी हसनले गाएको गीत सुनेर आफूलाई एकाग्र पार्ने प्रयास गर्ने भोला सुनाउनुहुन्छ । आफै साहित्यीक पृष्ठभूमीका भोलाले दश वर्ष अगाडी नै भनिसक्नुभएको थियो साठी वर्ष पार भएपश्चात चिकित्सा छाडेर अहिलेको यो राजनीतिक भ्याकुमलाई परिपूर्ण गर्ने सोच वनाइरहनुभएको छ । जीवनसँग पछि हट्नु छैन । भोलीका दिनमा या त राजनीति या त साहित्य भोलाको रोजाइ यी दुइ मध्य एक रोजाइ छ । तै पनि भोलालाई नेपालको स्वास्थ क्षेत्रले पड्को नमारेसम्म विश्राम नलिने पक्षमा हुनुहुन्छ । दश वर्षको समयमा प्रत्येक वर्षमा एउटा जिल्ला अस्पतालको दरले दश वर्षमा सत्तरी वटा हस्पिटल पु¥याउने लक्ष्य छ ।

भोलाको भगवान भरोसा
स्वामी कमलनयनाचार्यका भक्त भोला रिजाल आफूलाई आध्यात्मिक व्यक्ति भन्न रूचाउनुहुन्छ । हरेक दिन श्रीमति सरलाले घरमा स्थापना गरेको मन्दिर र मन्दिर नजिकै रहेको तुलसीको मठ करिव ३६ सेकेण्ड भित्रै परिक्रमा गरेर उहाँ ओम अस्पताल चावहिलमा आइपुग्नुहुन्छ । त्यही ३६ सेकेण्डको मन्दिर परिक्रमाले सिगों दिनभरलाई उर्जा मिल्ने भोलाको कथन छ । त्यो अदृश्य शक्तिको वारेमा म के वताउन सक्छु र ? विज्ञान र अध्यात्म एक अर्काेको परिपुरक हुन । कृपालुजी माहाराजका अमेरिकामा भएको प्रवचन हामी नेपालमा वसेर सुन्छौं । विज्ञानको विकास आध्यात्मिक विकासवाट र आध्यात्मिक चिन्तनवाट मात्रै विज्ञानको विकास हुन्छ । तर हामीमा भ्रम छ आध्यात्मिक चिन्तन र सोच राख्नुलाई रूढीवादी सोच मानिन्छ । अहिले जर्मनीमा विहानको कक्षा ओमको उच्चारणवाटै हुने गरेको छ । त्यसकारण उनीहरूले एउटा रिसर्च गरेर पत्ता लगाएका छन र त कक्षाको सुरूवात पनि ओमकार वाणीवाट गर्छन हामी कहाँ आज पनि मन्दिर जानु हुदैन । पूजा पाठ गर्नुहुदैन, मन्दिर भतकाउनुपर्दछ भन्ने सोच रहेको छ । यो निकै दुखदायी कुरा हो । विज्ञानको एक पक्षलाई समातेर आध्यात्मिक पक्षलाई विर्सेर दुख पाउने मेसो मात्र हो । विज्ञान र अध्यात्म सँगसँगै जानुपर्दछ । कर्म नै मेरो सवैभन्दा ठूलो धर्म हो । गरेको कर्मलाई वुझ्नुपर्दछ । त्यस्को लागि कसै न कसैको साहरा लिनुपर्दछ । जे वाट लिए पनि कसै न कसैको साहरा लिनुपर्दछ । कसैको डर, कसैको भरोसा भयो भने मान्छे सही वाटोमा हिड्न सक्छ । लक्ष्मणलाई वचाउने वुटी कहाँ थियो । वुवाको स्वर्गारोहण हुनु अगाडि भोलालाई वुवाले भन्नुभएको रहेछ गरूड पूराण सुन्नुको साटो कर्मयोग गीता पढ । गीतामा त्यस्तो के रहेछ त भन्ने खुलदुलीले भोलालाई सताइरहेको थियो त्यस समय विहान विहान गरूण पूराण र दिउसो गीता पढेको उहाँले सुनाउनुभयो । सूर्य ग्रहण हेर्दा कसैलाई फाप्छ कसैलाइ फाप्दैन किन ? यस्को कारण के हो भने सूर्यको किरणसँग शरीरको किरण कसैलाई फाप्छ कसैलाई फाप्दैन । ज्योतिष शास्त्रले कुनै राशीलाई हेर्न हुने र कुनैलाई हेर्ने नहुने भन्नुको आशय यही नै हो । अहिले ढाकाले यो विषयमा अध्ययन गरिरहेको छ । यो हाम्रो हिन्दु मिथोलिजीकलले वताएको कुरा हो ।

प्रस्तुतिः हरि गजुरेल र लक्ष्मण नेवा

(रिभोसाइन्स वर्ष ३ अंक २मा प्रकाशित)