October 26, 2024

अमृतप्रसाद प्रधान जो कहिल्यै अस्ताउदैनन्


पहिलो हुनुको आफ्नै महत्व हुन्छ । यस्तो पहिलो हुने नीजि विज्ञान कलेजहरुको भीडमा हालको अमृत साइन्स क्याम्पसको नाम अग्रपत्तिंमा आउछ । रसायनशास्त्रको अमृतमय स्वाद चखाउने अमृत साइन्स कलेजका संस्थापक अमृतमान प्रधानको निधन भएको पाच दशक वितिसक्यो वि सं १९७५ साल कार्तिक महिनाको १८ गते तदनुसार सन् १९१८ नोवेम्वर १८ तारिखका दिन काठमाडौंको मुटु मानिने ठमेलमा जन्मनुभएका प्रधानले स्कूले शिक्षा दरवारमार्ग हाईस्कुलबाट हासिल गर्नुभएको थियो ।

प्रमाणपत्र तहसम्मकोे अध्ययन त्रिचन्द्र कलेज र स्नातक र स्नातकोत्तर सम्मको अध्ययन भारतका कलकताबाट सेन्ट जेभियर्स कलेजबाट हासिल गर्नुभएको थियो । नरेन्द्र देवि प्रधान मल्ल सँग वैवाहिक वन्धनमा वाधिनुभएको प्रधानले आफ्नो औपचारिक अध्ययन पूरा गरिसकेपछि जुद्ध हाइस्कुल विरगञ्जमा अध्यापन गराउन थाल्नुभयो । करिव दुई वर्ष सम्म सो स्कुलमा अध्यापन गराइसकेपछि उहाँ अध्यापनकै सिलसिलामा विभिन्न विद्यालयहरुमा अध्ययन गराउन थाल्नुभयो । त्यस्को दुई वर्ष पछि नै त्रिचन्द्र कलेजमा रसायनशास्त्र विभाग प्रमुख भएर कार्यरत रहनुभयो ।

६ वर्षसम्म त्रिचन्द्र कलेजमा अध्यापन गराइसकेपछि समाजको मागलाई सम्वोधन गर्ने हेतुले अर्थात छुट्टै विज्ञान कलेजको आवश्यक्ताको महशुश गरि सहकर्मीहरु खगेन्द्रप्रसाद लोहनी, कुलरत्न तुलाधर, प्रभाकर नारायण सिंह र भुपेन्द्रलाल जोशी लगायतको हार्दिक सहयोगमा विंस २०१३ आश्विन १ गते विश्वकर्मापूजाको पावन अवसर पारेर पव्लिक साइन्स कलेजको स्थापना गर्नुभएको थियो । सो कलेजको पहिलो प्रर्चाय फणिन्द्रप्रसाद लोहनी हुनुहुन्थ्यो । लोहनीे प्रर्चायको रुपमा विंस २०१३ आश्विनदेखि २०१८ कार्तिक महिनासम्म रुपमा कार्यरत रहनुभयो । र त्यसपछि २०१८ साल मंसिर महिना देखि स्वर्गीय प्रधान आफै प्रर्चाय भई कलेजलाई सम्हाल्नुभयो । २०१९ फागुन १८ गते देखि सो कलेजले आफ्नै भवनमा अध्यापन सुरु गरेको थियो । स्वाभिमानी, प्रभावशाली, निडर, मिलनसार स्वभावका धनी हुनुहुन्थ्यो प्रधान ।

विज्ञानलाई जनमानसमा स्थापित गराउनका लागि आफूलाई सर्मपित गराउनुहुने प्रधान एसिया, युरोप र अमेरिकाको अधिंकाश मुलुकको भ्रमण गरि विज्ञान सम्वन्धी नयाँ नयाँ अनुभव हासिल गर्नुभएको थियो । जसअन्र्तगत विज्ञानलाई जनमानससम्म लैजाने हेतुले सुरुदेखि नै छात्रवासको स्थापना गर्नुभएको थियो । सो छात्रवासको स्थापना विसं २०२० पुस १५ गतेदेखि सुरु भएको थियो । सो छात्रावासको स्थापनाको लागि तत्कालिन राजा महेन्द्रसँग पटक पटक विन्ती नै विसाउनुपरेको थियो । हालको केन्द्रीय पुस्तकालयको स्थापना गर्नेमा समेत उहाँको अतुलनिय योगदान रहेको छ । महेन्द्र विद्याभुषण, त्रिसठ्ठीपट्ट लगायतका सम्मानबाट समेत विभुषित प्रधान अमेरिकाले प्रदान गरेको फेलोसिपमा भाग लिन त्यसतर्फ जाँदा २०२२ सालमा उहाँको निधन भयो । नेपाल पव्लिक साइन्स कलेजको रुपमा स्थापना भएको साइन्स कलेज अन्तत उहाँको स्मरण र सम्झनामा अमृत साइन्स कलेजको रुपमा रुपमा रुपान्तरीत भयो । विज्ञान विषयलाई जनमानसमा पु¥याउनका लागि सक्रिय रहिरहेको छ अमृत साइन्स क्याम्पस ।

अमृतको सपनामा राजनीति
खेतमा लगाएको बाली नष्ट भयो भने सबभन्दा पहिले त्यो रोप्ने किसान रुन्छ । उद्योगधन्दा फस्टाएन वा सुक्यो भने उद्योगपति रुन्छ । आफ्ना विद्यार्थी असफल भए भने गुरु रुन्छन् । रोगी निको भएन भने सबभन्दा पहिले डाक्टर खिन्न हुन्छ । यो कुरा हामीले राम्ररी बुझौं र स्वीकारौं पनि । त्यसैमा हाम्रो भलो छ, सायद भविष्य पनि छ । सगौरव ठडिनु पर्ने संस्था झोक्राएर बसेका छन् । तिनलाई दिलोज्यानले मलजल गर्ने माली निन्याउरो मुख लाएर बसेका छन् । नेपालका यी–यी प्रधानमन्त्री, यी–यी अर्थमन्त्री, यी–यी शिक्षामन्त्री पैदा ग¥यौं भन्न खोज्छन् । आफ्नो घरको छत चुहेको, झ्यालका सिसा फुटेको वर्षौ भइसकेको, ट्वाइलेटमा पानी आउनछाडेको वर्षौं भइसकेको छ । बगैंचाका बिरुवा सुकेको युग–युग भइसक्यो, अब त गुरुलाई शिष्यले मुड्की देखाउन थालेको र गुरुभन्दा हामी बढी जान्दछौं भनेर शिष्यले भन्नथालेको देख्दा मुन्टो निहु¥याएर कुनातिर लाग्नुपर्ने अवस्था । विडम्बना यस्तै छ । आज अमृतमान प्रधानको अथक लगन मिहनेतले स्थापना भएको क्याम्पस राजनीति गर्ने थलोको रुपमा विकसित हुनु चाही नराम्रो पक्ष हो ।

सन्तान भन्नु नै विज्ञान
विज्ञान र प्रविधिप्रति अगाध प्रेम र सम्मान भएका प्रधानलाई तपाईका छोरा छोरी कति छन भनेर सोध्दा एक छोरा र एक छोरी भन्ने जवाफ दिनुहुन्थ्यो । यस्को आशय थियो एक छोरा अर्थात कलेज र एक छोरी अर्थात होस्टले ।

सम्झनामा अमृतप्रसाद
असल मान्छे जहाँ पुगे पनि उस्ले सकरात्मक प्रभाव पार्दछ तर खराव मान्छेले आफू मरेपछि पनि अरुलाई दःुख दिन छाड्दैन भनेझै अमृतप्रसाद प्रधानको सकरात्मक उर्जाको प्रभावले नै हुनसक्दछ । उहाँलाई स्मरण गर्दै नाष्टका पूर्व उपकूलपति समेत रहनुभएका प्रा।डा। दयानन्द वज्राचार्य सम्झनुहुन्छ, उहाँकै कारण नै आज दयानन्द वज्राचार्य भएको बताउनुहुन्छ । त्यस समय विज्ञान विषयको प्रध्यापन हुने कलेजमा त्रि–चन्द्र र अमृत साइन्स कलेज मात्रै थिए । भर्नाको अवधि गुज्रिएको दुई महिना पार भइसकेको थियो । दयानन्द वज्राचार्य आर्टस पढ्दै हुनुहुन्थ्यो । सुनाउनुभयो ‘बीचमै मन वदलियो र साइन्स पढ्नका लागि म अमृत साइन्स कलेजमा पुगे । उहाँले ढिला हुनुको कारण सोध्नुभयो । यद्यपि दुई महिना ढिला हुँदा पनि मेरो भर्ना लिनुभयो । सायद उहाँले भर्ना नलिनुभएको भए म एक वर्ष कुर्ने पनि थिईन होला । र, आज यो स्थानसम्म हुने पनि थिईन होला । आफ्नो जीवनको टर्निङ प्वाइन्ट नै अमृतप्रसाद प्रधान भएको वज्राचार्य सुनाउनुहुन्छ ।

त्यस्तै अनुभव रहेको छ प्रध्यापक नरहरि जोशीको । वि सं २००५ देखि नै आफ्नो परिचय अमृतप्रसाद प्रधानसँग भएको सुनाउनुहुन्छ जोशी । मिलनसार स्वभावको प्रधानको जन्म सम्पन्न परिवारमा भएको भए पनि उहाँको वाल्यकाल कस्तो थियो त्यसवारेमा अनभिज्ञता व्यक्त गर्दै सुनाउनुभयो ‘उहाँ अत्यन्तै मिलनसार स्वभावको हुनुहुन्थ्यो । र, सधै विद्यार्थीको हित मात्रै चाहनुहुन्थ्यो । पव्लिक साइन्स कलेजको स्थापना आश्विन १ गते भएको र आफू विदेशबाट मंसिरमा फर्किएको स्मरण गर्दै जोशीले १३ सालको मंसिर महिनादेखि निरन्तर ३४ सालसम्म २१ वर्ष सोही कलेजमा प्रध्यापन गराउनुभयो । उहाँसँग रमाइलो अनुभव चाही के छ भने तत्कालिन प्रध्यापक फणिन्द्रप्रसाद लोहनी हुनुहुन्थ्यो स्थापना हुँदा । बीचमा उहाँलाई नेपाल सरकारबाट सचिवको जागिरको लागि प्रस्ताव आयो । प्रधानले केही समय सचिव बनेर काम समेत गर्नुभयो तर टिक्न सक्नुभएन । बीचमा सत्र सालमा विद्यावारिधि गर्नेका लागि जोशी भारत जानुभयो । त्यस वेला सम्म पव्लिक क्याम्पसको रुपमा त्रि–चन्द्रमा नै पढाई हुन्थ्यो । आफूले पिचएडी सकाएर विंस २०२० मा स्वदेश फर्कदा कलेज ठमेलमा सरिसकेको थियो । जोशी फेरी सोही कलेजमा जोडिनुभयो र अध्यापन गराउन थाल्नुभयो । २२ सालमा उहाँको देहान्त भइसकेपछि करिव १२ वर्षसम्म प्रध्यापकको रुपमा जोशी नै रहनुभयो अमृतसाइन्स क्याम्पसमा ।

सुरुमा स्थापना गर्दा आम्दानीको अन्य स्रोत कलेजको केही थिएन । ‘टिउसन फि’को रुपमा प्रति विद्यार्थी १० रुपिया उठाउथ्यो तर निःशुल्कमा त्रिचन्द्रमा पढ्न छाडेर पव्लिक साइन्स कलेजमा पढ्न आउने विद्यार्थीको संख्या ५५ जनाको हाराहारीमा थियो । २०१४ मा त्रि–चन्द्रले ‘बि’ सिफ्ट खोलेपछि यो संख्या पनि ओरालो लाग्यो र दश जनामा झर्यो तै पनि अमृत प्रसाद निराश हुनुभएन । र स्थापनाको तेश्रो वर्षदेखि पव्लिक साइन्स कलेजमा विद्यार्थीहरुको चाप यसरी वढ्न थाल्यो कि २०० सिट विद्यार्थी क्षमता भएकोमा हरेक वर्ष २६० सम्म विद्यार्थीहरु राखेर पढाउनुपर्ने अवस्था आयो । सुरुमा अमृत साइन्स कलेजमा पढाउने शिक्षकहरु नौ जना मात्रै रहेको सुनाउनुहुन्छ सुर्दशन रिसाल । उहाँ आफै भने भौतिक विज्ञानको प्रध्यापक हुनुहुन्थ्यो । मोतिकाजी स्थापितले रसायनविज्ञान पढाउनुहुन्थ्यो । अमृतमान सिंह बोटनी, कृष्ण मानन्धर अग्रेंजी र दिल कमल तुलाधर लगायतका शिक्षक रहेका थिए । अमृत प्रसाद प्रधानको बारेमा उहाँको जति गुणगान गाए पनि अधुरो हुन्छ भन्नुहुन्छ अस्कल क्याम्पसमा प्रध्यापन गरिरहनुभएका प्रध्यापक मदन शाक्य ।

सदा जीवित
अमृतप्रसाद प्रधानको निधन भएको २०२२ सालमा । उहाँको भौतिक शरिर यो धर्तिमा नरहे पनि उहाँले रोप्नुभएको वा उहाँले देखाउनुभएको ज्ञानको मार्ग अमृत साइन्स क्याम्पसले धेरै प्राज्ञिक व्यत्तित्व उत्पादन गरिसकेको छ । जसमध्य एक बावुराम भट्टराई, पूर्व निर्वाचन आयुत्त भोजराज पोखरेल लगायत देशको स्वनामधन्य व्यक्तिहरुको नाम आउँछ । ‘प्लेन क्रयास’ भएर विदेशी भूमिमा उहाँको प्राण पखेरु उडे पनि उहाँले रोपेको ज्ञान मार्ग र सत मार्गमा लागेर धेरै विद्यार्थीहरुले आफ्नो भविष्य उज्जल पारेका छन् । तत्कालिन पव्लिक साइन्स कलेजको नाम उहाँको देहवासन पश्चात परिवर्तन भएर अमृतसाइन्स क्याम्पस बनेको छ । र पहिलोपटक नीजि क्षेत्रबाट कलेज स्थापना भएको दिनको स्मरण गर्दै नेपाल सरकारले यसै बर्षदेखि ‘राष्ट्रिय विज्ञान दिवस’ मनाउन थालेको छ । यसले उहाँको प्रतिष्ठालाई अमर राख्नेछ ।

रिभोसाइन्स वर्ष ३ अंक ६ मा प्रकाशित

One response to “अमृतप्रसाद प्रधान जो कहिल्यै अस्ताउदैनन्”

  1. It is great and historical news.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

आबुधाबीमा आइरेना परिषद्को २८ औं बैठक

तेस्रो खगोलीय ओलम्पियाड–जुनियर काठमाडौँमा सम्पन्न

खगोलीय ओलम्पियाड–जुनियरको तेस्रो संस्करण सुरु

‘विज्ञान कुटनीति’ अपरिहार्य भएको छ- पूर्वमन्त्री गणेश साह

नास्टको  ४७ औँ प्राज्ञ सभा सम्पन्न, वार्षिक बजेट ५० करोड ६८ लाख ३९ हजार स्वीकृत

जर्मन घडी ‘नोमोस’ बजारमा

‘इनोभेटएक्स्पो’ सम्पन्न

राजधानीमा ‘टेक्सपायर इनोभेटएक्स्पो’

सम्बन्धित सामाग्री

आबुधाबीमा आइरेना परिषद्को २८ औं बैठक

तेस्रो खगोलीय ओलम्पियाड–जुनियर काठमाडौँमा सम्पन्न

खगोलीय ओलम्पियाड–जुनियरको तेस्रो संस्करण सुरु

‘विज्ञान कुटनीति’ अपरिहार्य भएको छ- पूर्वमन्त्री गणेश साह

नास्टको  ४७ औँ प्राज्ञ सभा सम्पन्न, वार्षिक बजेट ५० करोड ६८ लाख ३९ हजार स्वीकृत

जर्मन घडी ‘नोमोस’ बजारमा

‘इनोभेटएक्स्पो’ सम्पन्न

राजधानीमा ‘टेक्सपायर इनोभेटएक्स्पो’

© 2011-2024  | RevoScience Media | A Science News Portal | रिभाेसाइन्स नेपाली

×