October 26, 2024

सालिन भौतिकशास्त्री डा. केदारलाल श्रेष्ठ


DSC01750 copy

आफूले आफैँलाई घोषणा गरेर संसारको इतिहासमा कोही पनि ‘ठूलो’ मानिस बन्नसकेका छैनन् । अरूले ठूलो भनिदिन काम पनि त्यस्तै गर्न सक्नुपर्छ । दुई–चार जना आफ्ना आसेपासेलाई मन पर्ने काम गरेर सबैको दृष्टिमा ‘ठूलो’ मानिस बन्ने चाहना देखियो भने त्यो दिवास्वप्न मात्रै हुनेछ । समुन्द्र आफैमा अगाध हुन्छ ऊ कहिल्यै फुर्ति गर्दैन र अनावश्यक तडकभडक पनि देखाउँदैन । वर्षातमा जति पानी थपिए पनि उस्तै हुन्छ र हिउँदमा जति पानी सकिए पनि उस्तै रहन्छ । न थपिँदा मातिन्छ न सकिँदा आतिन्छ तर अलिकति पानी पर्नासाथ फुतिफार्ती गर्दै सुसाउने खहरेहरू हुन । यीनको हिउँद याममा नामोनिसानै देखिदैन ।

जसको खूवि छैन उसले भने बढी नै देखाउने प्रयास गरिरहेको हुन्छ । जहिले पनि फलेको हाँगो झुकेकै हुन्छ । नफलेको हाँगो बरू टुट्न मन पराउँछ तैपनि झुक्न चाहँदैन । यसै पनि देखिने सबै सत्य हुँदैनन् । जुन देखिएको छैन त्यसैभित्र महान् सत्य लुकेको हुन्छ । आर्दशवान मान्छेहरू जस्तो सुकै कठिन परिस्थितीमा आफ्नो लक्ष्यबाट कहिल्यै विचलित हुदैनन् । भौतिक विज्ञानका प्राध्यापक रिकाष्टमा छ वर्ष, नाष्टमा पाँच वर्ष, विज्ञान मन्त्रालयको सल्लाहकार भएर काम गरेका उनी जहाँ जहाँ पुगे त्यही त्यही निष्किए खुट्टा तान्नेहरू । तर उनी नेपाली विज्ञानको क्षेत्रमा एक सफल पुरुष भइ छाडे । काम गर्न धेरै खोजे विज्ञान तथा प्रविधिको क्षेत्रमा उनले । तगारोहरू धेरै आए । यद्यपि तगाराहरूसँग कहिल्यै बिचलित भएनन् । यी तिनै महान र नेपाली भौतिक विज्ञानका स्वनामधन्य हस्ती हुन । जसको मन मुटु र शरीरभरी ‘विज्ञान’ बसेको छ । यस अंक रिभोसाइन्सले डा। केदारलाल श्रेष्ठ जीवन कहानी प्रस्तुत गरेको छ ।

जन्म–शिक्षा–दिक्षा
पाटनढोका नजिकैको घर, त्यही घरमा अहिले पनि आफ्नी श्रीमतिका साथमा बसिरहेका छन श्रेष्ठ । विं स १९९५ साल कार्तिक ७ गते पिता स्वर्गीय रत्नलाल श्रेष्ठ र माता हरिदेवि श्रेष्ठको कोखबाट जन्मेका एउटै सन्तान हुन उनी । परिवारको एक्लो सन्तान भएकै कारण खुबै लाड प्यारमा हुर्किए । बालापन कस्लाई प्रिय नहोला । झण्डै सात दशक अगाडिको विगतका पानाहरु पल्टाउदै हुनुहुन्छ श्रेष्ठ ‘वुवाको खुद्रा पसल थियो । पसलमा बस्दै पढने काम पनि सँगसँगै अगाडि वढ्यो । पाटन हाइस्कूलमा चार कक्षामा भर्ना भएर विसं २००९ मा पाटन हाइस्कूलबाटै एसएलसी उत्र्तिण गरि सिध्याएँ ।

DSC01764 copy

विज्ञान विषय प्रतिको लगाव हुनुका पछाडि नेपालमा त्यतिखेर विज्ञान विषय भर्खरै भित्रिएको थियो । अर्को कुरा पाटनकै एक जना गुरू जसले कुनै कुरालाई प्रयोगात्मक विधि देखाइ पढाउनु हुन्थो । यसकारण विज्ञान प्रतिको रूचीलाई मेटाउन त्रिचन्द्र कलेजमा विज्ञान विषय लिएर पढ्न थाले । तिनताक त्रिचन्द्र कलेजमा गएर पढ्नु आफैमा निकै गाह्रो काम थियो । अहिलेको जस्तो यातायातको सुविधा कहाँ पाउनु रु पाटन देखि हिडेर त्रिचन्द्र कलेज धाउनु पर्दथ्यो । हिडेरै फर्कनुपर्दथ्यो । बाटोभरी साथीहरूसँग विज्ञान र प्रविधिकै विषयमा छलफल हुन्थ्यो । किनभने अहिलेको जस्तो सुविधियुक्त इन्टरनेटको पढाइ र कितावहरू हुँदैनथ्यो । गुरू धेरै जान्ने हुनुहुन्थ्यो । त्रिचन्द्र कलेजमा त्यतिखेर भौतिक विज्ञानका शिक्षक फणिन्द्रप्रसाद लोहनी, भारतबाट आएको आशुसेन, आशुतोस गंगुलि जस्ता गुुरूहरू थिए । उहाँहरूको चेला हुन पाउनुमा अहिले एक प्रकारको गर्व लाग्दो रहेछ ।

विस २०११ मा आइएस्सी सकाए पश्चात त्रिचन्द्रमा नै विएस्सी पढ्न सुरू गरियो । हाम्रो पालाको पढाउने शिक्षकहरू धेरै मेहनत गरेर पढाउनुहुन्थ्यो । शिक्षा प्रति उहाँहरूको अत्यन्त लगाव हुन्थ्यो । मलाई लाग्छ त्यसबेलाको शिक्षकहरूबाट अत्यन्त प्रेरणा मिल्थ्यो । म पढाइमा अव्वल नभएतापनि गुरूहरूको मिहिनेत र ज्ञान देख्दा जिन्दगीमा केही गर्नुपर्दछ भन्ने लागिरहन्थ्यो । त्यसकारण घरको इच्छा छोराले यतै पढिदिओस । बाहिर पढ्न नपठाउने उहाँहरुको इच्छा हुदाँहुँदै पनि कोलम्वो प्लान छात्रवृत्तिमा एमएस्सी गर्न भारतको इलाहवाद विश्वविद्यालसम्म पुगे । छात्रवृत्तिको प्रक्रिया ढिला भएकोले म लगायत अन्य नेपाली विद्यार्थीहरू दुई महिनापछि विश्वविद्यालय पुगेको थियौं । त्यहाँका विद्यार्थीहरू एकदमै मेहनती, रात विहान नभनी अध्ययन गर्ने गर्दथें । ती विद्यार्थीहरूसँग प्रतिष्पर्धा गर्नका लागि पनि पढ्नु–पढ्नु–पढनु भन्दा अर्को विकल्प थिएन । साह्रै मेहनत गरेर दुई वर्षको कोर्स पूरा गरेपछि श्रेष्ठ पुनः नेपाल फर्किएको सुनाउनुहुन्छ ।

एमएस्सी सकाएर घरमै बसिरहेको थिए । एक दिन गुरू फणिन्द्रप्रसाद लोहनीले पव्लिक साइन्स कलेजमा पढाइदिनका लागि आग्रह गर्नुभयो । गुरूको आग्रह कसरी नकार्नु रु दिउसो त्रिचन्द्र कलेजमा पनि पढाउनथालियो । यसपछि विहानै पढाउनु, दिउसै पढाउनु दैनिकी बन्यो । विश्वविद्यालय तिनताक खुलिसकेकै थिएन । करिव दुई वर्ष अध्यापन गराउदै गर्दा मेरो गौरी श्रेष्ठसँग विवाह भयो । ९मुस्कुराउँदै० मेरो विवाहको सर्त भनेकै एसएलसी पास थियो । गौरीले त्यतिखेर एसएलसी पास गरिसकेकी थिई ।

भारतमा रहँदा मेरा गुरूहरूले भन्नुहुन्थ्यो भौतिकशास्त्र अध्ययन गर्ने मानिसले जसरी भएपनि पीएचडी गर्नुपर्छ । त्यस किसिमको कुरा नेपाल छँदा घरिघरि दिमागमा आइरहन्थ्यो । त्यसकारण एक महिनाकी काखे छोरीलाई श्रीमतीका साथमा छोडेर पिएचडी अध्ययनका लागि सन् १९६२ मा यात्रा अष्ट्रेलियाको कुइन्स ल्याण्ड विश्वद्यिालय तिर मोडियो । त्यो मेरो दुई वर्षको छुट्टि अष्ट्रेलियामा बस्न पाउने भन्ने परिवारसँग एक किसिमको सम्झौता थियो ।

रदरफोर्डको चेलाको साथ
भनिन्छ जिन्दगी नियममा होइन, संयोगमा चल्दछ । सायद यही संयोग हुनुपर्दछ म पढ्न गएको कुइन्स ल्याण्ड विश्वविद्यालयमा घगडान वैज्ञानिक रदर फोर्डका चेला—एच सी वेबस्टर हुनुहुन्थ्यो । सौभाग्बस उनै रदरफोडको चेलाको ‘चेला’ बन्ने अवसर जुर्यो । रदरफोर्डे ‘न्यूकिल्यस’ पत्ता लगाउने वैज्ञानिक थिए । उनै वैज्ञानिकसँग पीएचडि गरेको मेरो प्रोफेसर वेबस्टर हुनुहुन्थ्यो । यी तिनै वैज्ञानिक हुन जसका अधिकांश सहपाठीहरू पछि नोवेल पुरस्कारका विजेता बने । ‘न्यूट्रोन’ पत्ता लगाउने चाडविक उनैका सहपाठी थिए । घगडान वैज्ञानिकको आफू चेला बनेर माथिल्लो वायुमण्डलको आयानोस्फेरको अध्ययन गरि पीएचडि गरे । उहाँहरू जस्ता घगडान वैज्ञानिकहरूसँग उठबस र खान पानको अवसरकै कारण हुनुपर्दछ उच्च स्थरीय ‘नेचर’ पत्रिकामा लेख प्रकाशित भयो । सभ्भवतः नेपालबाट सो पत्रिकामा पहिलोपटक लेख छाप्ने व्यक्ति म नै थिए । उक्त लेख प्रकाशन गरेपश्चात क्यानडाबाट अवसर आएको थियो । क्यानाडा आएर अनुसन्धानको काम गर भनेका पनि थिए । तर मनमा एउटै प्रतिज्ञा थियो मैले छिटो भन्दा छिटो पिएचडी सकाउनुपर्दछ र घर फर्कनुपर्दछ । यद्यपि परीवारसँग दुई वर्षको लागि विदा लिएर अष्ट्रेलिया पुगेको भए पनि चार वर्ष बितिसकेको थियो । साढे चार वर्षमै विद्यावारिधि सकाए पछि प्रोफेसर अरू सहकर्मीहरू सबै छक्क परे । मेरा प्राफेसर पनि अत्यन्त खुसी हुनु भयो । अस्ट्रेलिया रहदा प्रोफेसरको पुरानो सहपाठी नोबल प्राइज बिजेता कक्रफरलाई पनि भेट्ने अवसार प्राप्त गरे ।

DSC01745

विहान आफ्नो सोधपत्र बुझाएर बेलुकी स्वदेश फर्कने हतार थियो । अस्ट्रेलियाबाट नेपालको लागि हिडेको भएपनि भ्रमणमा रूचि भएकाले सिधै घर फर्किइन । बीच बाटोमा पर्ने देशहरू फिलिपिन्स, भियतनाम, कम्बोडिया, थाइल्याण्ड र ढाका हुँदै काठमाडौंमा आँए । ढाकामा आइसकेपछि रातभर नसुतेको सुनाउनुहुन्छ । लामो समयपछि घरबाट त्यति नजिक आई पुग्दा मनमा ज्यादै कौतुहलता भएको थियो । नेपालको एयरपोर्ट अहिलेको जस्तो कहाँ थियो र रु काठको टेवल पनि थिएन । त्यतिखेर एक दुई सिमेन्टको टेबुलहरू थिए ।

नेपालमा आएपछि अमृत प्रधाने स्थापना गर्नुभएको पव्लिक साइन्स कलेज ९हालको अमृत साइन्स कलेज० ठमेलमा पुन पढाउन सुरू गरे । किनभने त्यस कलेजमा स्थायी नियुक्ति थियो । पहिले पनि दुई वर्ष पढाएर अस्ट्रेलिया गएको थिए । त्यतिखेर अस्कलमा नारायण हरि सर प्रिन्सिपल हुनुहुन्थ्यो । त्यतिखेर त्रिचन्द्र कलेजमा नै एमएस्सीको पढाई भर्खर भर्खरै मात्र सुरू भएको थियो । त्यो बेला रूद्रराज पाण्डे भाइस त्रिभुवन विश्वविद्यालयको चान्सलर हुनुहन्थ्यो । कीर्तिपुरको कार्यलयमा उहाँलाई भेट्न जाँदा त्रिलोकनाथ पाण्डे रजिस्ट्रार पनि भाइस चान्सलरको कार्यकक्षमै हुनुहुन्थ्यो । आफूले पिएचडी सकाएर फर्किएको र कीर्तिपुरमा पढाउन चाहेको कुरा सुनाएपछि उहाँहरूबाट सकरात्मक जवाफ मिल्यो ।

नेपालमा पढाउँदा पढाउदै अष्ट्रेलिया पुग्नुभएका उहाँ स्वदेश फर्किए लगतै त्रिविविकै भौतिकशास्त्र विभागमा एमएस्सी पढाउन थाल्नु भयो र त्यसको केहि समयपश्चात तेस्रो भौतिक विज्ञानका प्रमुख बन्न सफल हुनुभयो । पहिलो फणिन्द्र प्रसाद लोहनी, दोस्रो बलराम जोशी पछि प्रमुख म थिए सुनाउनुहुन्छ उहाँ । जोशी सर युनेष्को जानुभए पछि सो स्थानमा पुग्न सफल भए । अहिलेको ती केन्द्रिय भौतिकशास्त्र विभागका ल्यावका सामानहरूमा मेरा औलाको छाप छन् । किनभने ती अधिकांश सामानहरू मेरै पालामा सेट भएका हुन । विश्वविद्यालयको इतिहासमा त्यस्तो सौभाग्यशाली कोही छ भने म नै होला—जो एकै पटक लेक्चरबाट प्रोफेसर भए । मलाई रिडर भइराख्नु परेन । सुरूमा रिडरका लागि दरखास्त दिएको थिए । योग्यता पुग्दैन भन्दै फालिदिए । पछि आफूले पिएचडि गरको तथा आवश्यक वर्षको शिक्षण अवधि बटुलीसकेको हुँदा रिडर र प्रोफेसर दुवैमा निबेदन हालेपछि उहाँ अन्तर्वातामा छनोटमा पर्नु भएको थियो । त्यतिखेर अन्तर्वाता लिनका लागि भारतबाट नेशनल फिजिक्सकल ल्यावटरीका डाइरेक्टर आउनु भएको थियो । र सेवा आयोगका अध्यक्ष९पूर्व प्रधान न्यायधिस० लगायतका अन्य विशिष्ट व्यक्तिहरू हुनुहुन्थ्यो । आफूमा भौतिक विज्ञानमा नेपालमा बसी केहि गर्ने ढृढ इच्छा थियो । सायद यही दृढ लक्ष्य र विश्वाशको कारण चााँडै नै भौतिक विज्ञानका प्रोफेसर विभागीय प्रमुख भएको जस्तो लागेको थियो । हेड अफ दि डिर्पाटमेन्ट, प्रोफेसर विश्वविद्यालयले दिने जति सबै पदमा पुगिसकेको थिए । यथार्थमा मेरा लागि गन्तव्य भनेको भौतिक विज्ञान अनुसन्धान गर्नेु मात्रै थियो ।

म प्रमुुख भएको वेला अस्ट्रिेलियाबाट प्रोफेसर वेबस्टरले रेडियो आएनोसोण्ड ९जसले रेडियो किरण पठाएर वायुमण्डलको विभिन्न कुरा थाहा पाउन सकिन्छ ० पठाउनु भएको थियो । नेपालमा पनि माथिल्लो वायुमण्डलको बारेमा अध्ययन गर्ने काम सुरू गरेका मात्र के थियौं । उहाँको जीन्दगीमा फेरि अर्को मोड लियो । त्यो हो केन्द्रिय भौतिकशास्त्र विभागीय प्रमुखलाई छोडेर अन्यत्र जानुपर्ने ।

यसरी पुगे रिकाष्टमा
जगतमोहन अधिकारी भरत मोहन अधिकारीका साख्य भाइ । उहाँ रजिस्ट्रार हुनुहुन्थ्यो । भौतिक विज्ञान विभागको प्रमुख भएर केहि वर्ष सम्हाल्दै आइरहेको थिए । अनुसन्धानमा हेरिदिनु प¥यो भनेर मलाई भौतिक विज्ञान विभागबाट विज्ञान संस्थानको सहायक डीनमा पठाइदिनुभयो । मलाई जिन्दगीमा सबैभन्दा ठूलो ‘सक’ भयो । मनमनै रोएर नै म त्यहाँबाट विदा भए । कहाँ रिर्सचमा काम गरिरहेको मान्छे कहाँको व्यवस्थापन रु यद्यपि क्लास लिन गइरहन्थे निरन्तर । सहायक डीन भएकै बेला नेपालमा पहिलो पटक विज्ञान विषयमा पिएचडि गर्ने व्यवस्था गरेको थिए ।

एक दिन आफ्नै कार्यकक्षमा बसिरहेको थिए भिसी सरले तपाईलाई खोज्नुभएको छ भन्ने खबर आयो । म पुगें । त्यसबेला जगतमोहन भिसी भइसकेको थिए । भिसिले नै मलाई पहिला विभागीय प्रमुखबाट एसिसटेन्ट डिनमा पठाइदिनु भएको थियो । उहाँले नै मलाई रिकाष्टमा जानका लागि आग्रह गर्नुभयो । जिन्दगी कहाँबाट कहाँ पुग्यो रु कहाँबाट कहाँ मोडियो । पहिला फिजिक्सबाट साइन्सको प्रशासनमा झरें साइन्सबाट फेरि एप्लाइड साइन्स तिर लखेटिए । यसरी रिकाष्टमा पठाइयो । तर रिकाष्टमा के गर्नु पर्ने हो त्यो स्पस्टसँग मलाई थाहा थिएन । रिकस्ट राष्ट्रिय विज्ञान तथा प्रविधि परिषद्को पनि सचिवालय भएकोले र योजना आयोगका उपाध्यक्ष परिषद्को अध्यक्ष रहने हुँदा सरकारसँग सिधा सम्पर्क हुन्थ्यो । काम त गर्न सकिन्थ्यो तर बजेट त्यति हुँदैन्थ्यो । तीन वर्षका लागि गएको समय थप्दा थप्दा झण्डै ८ वर्ष काम गरियो । यही बीचमा वैदेशिक दातृ निकायहरूलाई गुहारेर शून्य दशमलव ८ मिलियन डलर सहयोग ल्याइयो । प्रविधिलाई गाँउ घरमा पु¥याउने प्रयास अनुरूप जुम्ला, गोर्खा, झापा, नवलपरासी लगायतका जिल्ला जिल्लामा पुगेर प्रविधिलाई जनमानसमा पु¥याउने प्रयास गरियो ।

छैटौं पञ्चबर्षीय योजनादेखि नै विज्ञान तथा प्रविधिलाई महत्व दिने नीति तय भएको हो । ०४६ सालको संविधानमा राज्यले विज्ञान तथा प्रविधिको क्षेत्रमा खेल्ने भूमिकाका सम्बन्धमा स्पस्ट लेखिएको छ । मेरो त ध्यान नै विज्ञान तथा प्रविधि पट्टी गयो फिजिक्स हरायो । दुख लाग्दो कुरा हाम्रा नेताहरूले विज्ञान तथा प्रविधि बुझ्दै बुझेनन् । सुधारिएको पानी घट्टदेखि, सुधारिएको चुलो आदि सम्वन्धि अनुसन्धान लगायतका करौडोको उपकरणहरू मेरै समयमा रिकाष्टमा भित्रिए । अहिले यी खिया लागेर कामै नलाग्ने भएका छन ।

तपाईहरूले अहिले सुनेको सुधारिएको चुलो वा घट्ट जुन छ हामीहरूले नै पहिलो पटक गोदावरीमा परिक्षण गरेको थियो । त्यतिखेर आन्द्रेय बाखमान भन्ने रिकास्टमा समाबेश हुनुहुन्थ्यो । पछि उहाँले हाम्रो त्यो योजनालाई मेटलमा ढालेर अहिले त्यो प्रविधिको विकास भइरहेका छन् । त्यो हामीले सुरूवात गरेका थियौं । त्यो पनि रिकास्ट गएको बेला । त्यतिखेर कपिराइट भन्ने थिएन । त्यो पनि नेपालमा के को कपि राइट रु
रिकाष्टमा झण्डै ८ वर्षे कार्यकाल पूरा गरेपछि पुन डिर्पाटमेन्टमा फर्किए । त्यहाँ पुगेर म इलेक्ट्रो डाइनामिक्स पढाउनतिर लागे । विभागमा त्यो समय केदारनाथ बराललाई पिएचडि गराए । त्यहाँबाट पहिलो पिएचडीका विद्यार्थी उत्पादन गरें । मैले पढाएका विद्यार्थीहरू अहिले अमेरिकाका विश्वविद्यालयमा प्रोफेसर छन् । यस्ता कुराले खुशी लाग्दछ ।

‘जागिर’ मलाई खोज्दै आयो
भारतको इलाहवाद विश्वविद्यालयबाट भौतिक विज्ञानमा स्नाकोत्तर गरेर फर्केको मात्र के थिए, नेपालको पहिलो भौतिक विज्ञानमा स्नाकोत्तर गर्ने व्यत्तित्व प्रा। फणिन्द्रप्रसाद लोहनीले जागिर खानको लागि लिन घरमै मानिस पठाउनु भयो । त्यस्तै रिकाष्टमा जादा पनि भिसिले नै बोलाएर जागिर खान गएको थिए । नास्ट९पहिलेको रोनाष्ट०मा पनि भयो त्यस्तै रत्नशमशेर राणा पछि नाष्टमा परासर नारायण सुवाल अध्यक्ष भएर नास्टलाई चलाइरहनु भएको थियो । उहाँले मलाई नास्टमा काम गरिदिनु प¥र्यो भन्ने आग्रह गर्नुभयो । पहिले मलाई नास्टको व्यवसथापन परिषद्को सदस्यमा नियुत्ति गरिरे लगतै प्राज्ञ बनाइयो । त्यतिखेर नास्टको प्राज्ञहरू मध्यबाटै उपकुलपति छान्ने चलन थियो । अहिलेको जस्तो सिधै राजनीतिक आस्थाका आधारमा उपकुलपति बनाइने चलन थिएन । १५ जना प्राज्ञहरू मध्यबाट मलाई नै उपकुलपति पाँच वर्षको लागि चुनेको थियोे ।

नीति कानुन आइसके पछिको पहिलो उपकुलपति बन्ने सौभाग्य श्रेष्ठले नै पाउनुभयो । यद्यपि, रत्नशमशेरले यस्तो नियम बसालिदिएका रहेछन ‘अस्थायी कर्मचारीहरूलाई पनि ६ ÷६ महिनामा वढुवा गर्नुेपर्ने ।’ त्यतिखेरको एसएलसी नगरेको मान्छेलाई लगेर सिनियर साइनिष्ट सरह बनाइएको थियो । मैले यस कुरामा विरोध गरे । नीति निमार्ण बनाउन प्रयास गरे । तर मलाई त्यस किसिमको बढुवालाई निरन्तरता दिन नैतिक दवाव पर्न थाल्यो । उम्रन नपाएको संस्था डुब्छ भन्ने भयका कारण मैले कर्मचारीको वढुवा गर्न नसक्ने अडान लिए । यही कारण कर्मचारीहरू बीच मेरो मनमुटाउ भयो । उनीहरूले म विरूद्ध आन्दोलन गरि मेरो कार्यकक्ष ताला लागउने काम भयो । भाइस चान्सलरको विरूद्धमा निरन्तर हट्ताल भइरह्यो कर्मचारी सबैलाई स्थायी गराउनुपर्ने भनेर । यही बीचमा मलाई भाइस चान्सलरबाट हटाउनके प्रस्ताव राखेर प्रधानमन्त्रीसहितको बैठक समेत बस्यो । मैले उहाँहरुको अगाडि पनि स्ट्यान्ड लिए । मलाई राजीनामा दिनको लागि भनियो । राजीनामा दिन तयार छु तर सबैलाई स्थायी गराउन सक्दिन । यो प्रकरण सर्वोच्च अदालत सम्म पुग्यो । सर्वोच्चले मलाई नहटाउन निर्देशन दिए पछि मुद्धा हाल्न पुगेकाहरू हिस्स भए । यस्तै लफडाहरूकै बीचमा पाँच वर्ष सकियो । बैठकमा सवैसामु राजीनामा दिन्छु पनि भनेको थिए । तर त्यस्तो निर्णय गराउन भने सक्दिन भने । त्यसपछि मेरो कार्यकालमा भएको हिसाव किताव सवै क्लियर गर्नुहोस भन्ने प्रस्ताव राखें । नविगार्नु नडराउनु भन्ने मेरो सिद्धान्त थियो । यसरी संस्था विगार्न भने पाइदैन भन्ने मेरो अडान थियो ।

नाष्टमा पहिलो पटक इमेल सेवाको विस्तार गरियो । इकसु, आइसीएससी जस्ता विश्व वैज्ञानिक समाजको सदस्यता नाष्टले मेरै अवधिमा लिएको हो । पाँच वर्ष कार्यकाल बिताएपछि पुन म भौतिकशास्त्र विभाग कीर्तिपुर फर्किए । ०४६ तिर कीर्तिपुर फर्केको मात्र के थिए लौ विज्ञान मन्त्रालयको सल्लाहकार समितिको संयोजक भई बसदिनु प¥यो भन्नु भयो । फेरि मन्त्रालयको प्रमुख सल्लाहकार भएर छ वर्षसम्म नीति निर्माण बनाउने काम गरे ।

त्रिविवि, रिकाष्ट, नाष्ट, विज्ञान मन्त्रालयको प्रमुख सल्लाहकार भएर विज्ञान प्रविधिका विविध संस्थाहरू चहारे पनि अन्तत मेरो पेन्सन त्रिविवि भौतिक विज्ञान विभागबाट अवकाश पछि भयो । विज्ञान प्रविधि मन्त्रालयमा रहदा विज्ञान प्रविधि नीति ल्याउने देखि आइटी पोलिसी ल्याउने सम्मका काम भए । यद्यपि मलाई लाग्दछ देशका लागि म कोही होइन । केही राम्रा काम गर्ने सके भने देशले पनि केही प्रतिफल पाउला कि भन्ने आशा मात्रै हो । रिकाष्टमा पुग्दा कहिल्यै फिजिक्स सोचिन, न त नाष्टमा हुँदा नै फिजिक्सको बारेमा सोचें । तर मेरो सोचाइ भनेको नेपालमा समग्र विज्ञान प्रविधिको विकास थियो । त्यसका लागि मैले जति गर्न खोजे त्यो एकदमै न्यून काम थियो । मेरो भौतिक विज्ञानमा अनुुसन्धान गर्ने प्रचुर इच्छा थियो । तर त्यस्तो हुन सकेन । म पछाडि नाष्टमा उपकुलपति बनेर दयानन्द वज्राचार्य पुगे । ‘फिजिक्सको जमाना गयो अव वायोको जमाना आयो भन्दथे उनी । तर मैले प्रतिवाद गरेको थिए ‘जमाना मोलिक्यूलर बायोलजीको हो ।’ त्यसकारण भौतिक विज्ञानको उपयोग धेरै ठाँउमा हुन्छ । मुख्य कुरा देश बन्नु प¥यो भन्ने गुनासो हो । भिजन नएको नेता छैनन् देशमा । देश र नेताका कुरा गर्दा उहाँ दुःखी देखिनुुहन्थ्यो ।

मातृ÷पितृ शोक एकै पटकः
रिकास्टबाट अहिलेको भौतिकशास्त्र केन्द्रिय विभागमा फर्किसकेको थिए । त्यसपछि मलाई रोनास्टमा जानको लागि आग्रह गरिएको थियो । त्यतिखेर मेरा बा÷आमा वृद्ध अवस्थामा हुनु भएको थियो । आमा विरामी हुनुहुन्थ्यो । हस्पिटलमा राखेको धेरै दिन भइसकेको थियो । आमा घरैमा चिप्लेर लडेर शरिरको पछाडि कम्मरको हड्डी चर्केर अस्पताल लानु परेको र पछि कोमा जानु भएका कारण उहाँको उपचार त्यति सहज थिएन । तर हिडडुल गर्न सक्नु हुन्नथ्यो उहाँ । पछि साह्रै नै भएको बेला घाटमा लाने तरखर गर्दा तत्कालै खवर आयो । घरमा बा सिकिस्त हुनुहुन्थ्छ—तुरून्त आउनु प¥यो भन्ने । फेरि हतार हतार घर गएको थिए बा बित्नु भएको रैछ । त्यतिखेर बाको उमेर नव्वे वर्षको । यता घरमा ‘बा’ उता आमाको पनि प्राण गइसकेको रहेछ । त्यतिखेर बा÷आमा दुवै जानालाई एकै साथ शंखमुलमा चितामा जलाउन पर्दा अतिनै मर्माहत भए ।

सन्तान सवै अव्वल
सन्तानमा पिताको गुण सर्नु स्वाभिाविक हो । सायद यही गुणको प्रभाव सबै सन्तानले उच्च शिक्षा हासिल गरेका छन् । जेठी छोरी कान्तिले रसायनशास्त्रमा विद्यावारिधी गरेकी छिन् । उनी फिनल्याण्डमा एक वर्ष काम गरि स्वदेश फर्कि हाल नाष्टमा कार्यरत छिन् । जेठो छोरा करिण एसएसलीमा वोर्ड थर्ड ल्याउन सफल । जेठो छोराले फिजिक्समा नै विद्यावारिधि गरिसकेका छन् । हाल उनी रोजगारीको सिलसिलामा अमेरिकामा छन् । कान्छी छोरी कस्तुरी श्रेष्ठले त्रिविवि टिचिङ हस्पिटलमा एमबिबिएस टप गरिन । नौ वटा त गोल्ड मेडल ल्याउन सफल भइन् । त्यतिमात्र कहाँ हो र एम डिमा पनि टप गरिन । हाल अमेरिकामा नै छिन् । कान्छो छोरो कुन्दनले जापानबाट वातावरण इन्जिनियर गरेर त्यतै काम गदै थियो । मैले करगरि नेपाल बोलाए । हाल काठमाडौं विश्विद्यालयमा कार्यरत छन् ।

छोरालाई ‘फर्कि’ भन्न सक्दिन
अहिले ‘व्रेन ड्रेन’ लाई ‘व्रेन ग्रेनमा’ रूपान्तरण गर्ने कुरा तिव्र रूपमा उठिरहेको छ । अमेरिकामा भएको छोराले ग्रीनकार्ड पाइसेकेको छ । स्काइप मार्फत छोरा बेलावखत स्वदेश फर्कन चाहेको सुनाउछन तर देशको दुराअवस्था देख्दा उनलाई लाग्छ कतै मेरो छोरा फर्कएपछि देशको हालत देखेर डिप्रेसनमा त पर्दैन रु मनमा राज गरेको यही प्रश्नका कारण उनी छोरालाई देश फर्कि भनीहाल्न पनि सक्दैनन् । सुनाउछन ‘यद्यपि छोरालाई वारम्वार भन्ने गर्छु केही गर्ने सक्छस भने नोवल पुरस्कार ल्याएर देखा । देश बन्यो भने पो बाहिर जाँदा पनि आफू गर्व गरेर जान सक्छौं । आज त हामीले आफ्नो पासपोर्ट देखाउने वित्तिकै ड्रग्स बेच्ने फटाहा हो कि भन्दै खानतलासी गर्दछन । भनिन्छ पहिला पहिला चाइनालाई यही रूपमा लिने गरिन्थ्यो ।’ मलाई बुवाले आउ भनेको आए । तर छोरा किरणलाई अमेरिकाबाट आउ भन्न म सक्दिन ।

तर उनको मनमा लागि रहेको कुरा आफू अहिलेसम्म अस्ट्रेलिया बसेको भएपनि त्यहाँको बास्तविक नागरिक हुन सक्दैन । त्यस्तै छोरा किरण अमेरिकाको ग्रिन कार्ड पाए पनि त्यहाँको पहिलो दर्जाको नागरिक हुन सक्दैन । किन भने मनमा नेपाल र नेपालीको संस्कृतिले गाँजेको हुन्छ । त्यसकारण देश भनेको ठूलो कुरा हो । एक्लैले विदेशमा बसेर मात्र काम गरेको हुन्छ । देश भनेको प्रमुख कुरा हो भनेर बुझनु जरूरी हुन्छ ।

धर्म प्रतिको धारणा
भनाइ छ भौतिकशास्त्रीहरू नास्तिक हुन्छन । प्रश्न भुइमा खस्न नपाउदै उनले एउटा खण्डन गर्ने जोक सुनाए । एक जना धार्मिक व्यक्ति पादरी, एक वकिल, र एक जना भौतिकशास्त्रीलाई एकै साथ फाँसि दिइने भयो । तीनै जाना फाँसि दिनु अघि तिमीहरूलाई अन्तिम प्रश्न छ रु तिमीलाई कसले बचाँछ भन्ने प्रश्न सोधियो । पादरीले ईश्वरले मलाई बचाउछन भन्यो । घिर्नी चलाइयो तर ब्लेड तल झरेर घााँटी नजिक आएर अडकियो । उनले आफूलाई ईश्वरले न्यायन गरेको जिकिर ग¥यो । धार्मिक व्यक्तिलाई केही भएन । उ बच्यो ।

त्यस्तै त्यहि प्रश्न वोकिललाई सोध्यो । वकिलले न्यायलयको तराजुले आफूलाई चाउने जिकिर ग¥र्यो । उस्को हकमा पनि त्यही भयो । उ पनि बच्यो । सवै अचम्ममा परे । सवैले भगवान रैछ भन्ने ठाने । अन्तिममा पालो आयो भौतिकशास्त्रीको उसलाई पनि त्यही प्रश्न थियो । उसले भगवान भनेको थाहा छैन । तर मलाई एउटै मात्र थाहा छ । मलाई कसैले पनि बचाउदैनन् । किनभने घिर्नीमा डोरी अड्कीएको छ । त्यही भएर काम गरिरहेको छैन । त्यहाँ माथि अड्केको डोरि खोलिदेउ अनि काम गर्छ भने । नभन्दै त्यस्तै भयो । उनको प्राण पखेरू उड्यो । आशय के हो भने भौतिकशास्त्रीहरू जे देख्यो त्यही बोल्छन, देखेका कुरा गर्छन । त्यसकारण भौतिकविज्ञानसँग धर्मको कुनै साइनो÷ सम्वन्ध हुदैन ।

जीवन प्रतिको दृष्टिकोण
सिङ्गो जिन्दगी नै विज्ञान तथा प्रविधिको प्रगति र उन्नतीमा समपर्ण गर्नुभएका यी विद्धानको जीवन र जगत प्रतिको आफ्नै धारणाहरू छन । जीवन सधै नियममा चल्दछ । कसैलाई यो संयोगमा चलेको लाग्न सक्दछ । यही नियममा विश्वाश राख्ने यी विद्धानको सात दशक लामो जीवनको अनुभवले भन्छ जीवन भनेको ‘एक्सन हो, जहाँ एक्सन हुन्छ त्यहीँ जीवन हुन्छ । जुन देखिएको छैन त्यसैभित्र पनि महान् सत्य लुकेको हुन्छ । अरूको बाटो छेक्न खोज्दा आफ्नै बाटो छेकिन सक्छ । अरूलाई पन्छाउन खोज्दा आफैं पन्छिने दिन आउन सक्छ । यही नै जीवन हो र यही नै जीवनको सत्य पनि ।’

प्रस्तुतिः हरि गजुरेल र लक्ष्मण नेवा
तस्वीरहरुः लक्ष्मण नेवा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

आबुधाबीमा आइरेना परिषद्को २८ औं बैठक

तेस्रो खगोलीय ओलम्पियाड–जुनियर काठमाडौँमा सम्पन्न

खगोलीय ओलम्पियाड–जुनियरको तेस्रो संस्करण सुरु

‘विज्ञान कुटनीति’ अपरिहार्य भएको छ- पूर्वमन्त्री गणेश साह

नास्टको  ४७ औँ प्राज्ञ सभा सम्पन्न, वार्षिक बजेट ५० करोड ६८ लाख ३९ हजार स्वीकृत

जर्मन घडी ‘नोमोस’ बजारमा

‘इनोभेटएक्स्पो’ सम्पन्न

राजधानीमा ‘टेक्सपायर इनोभेटएक्स्पो’

सम्बन्धित सामाग्री

आबुधाबीमा आइरेना परिषद्को २८ औं बैठक

तेस्रो खगोलीय ओलम्पियाड–जुनियर काठमाडौँमा सम्पन्न

खगोलीय ओलम्पियाड–जुनियरको तेस्रो संस्करण सुरु

‘विज्ञान कुटनीति’ अपरिहार्य भएको छ- पूर्वमन्त्री गणेश साह

नास्टको  ४७ औँ प्राज्ञ सभा सम्पन्न, वार्षिक बजेट ५० करोड ६८ लाख ३९ हजार स्वीकृत

जर्मन घडी ‘नोमोस’ बजारमा

‘इनोभेटएक्स्पो’ सम्पन्न

राजधानीमा ‘टेक्सपायर इनोभेटएक्स्पो’

© 2011-2024  | RevoScience Media | A Science News Portal | रिभाेसाइन्स नेपाली

×