/कलाको माध्यमबाट वातावरण जोगाऔँ

कलाको माध्यमबाट वातावरण जोगाऔँ

 काठमाडौँ । कलाको माध्यमबाट सर्वसाधारणमा वातावरण जोगाउन जनचेतना जगाउने मुख्य उद्देश्यका साथ ‘प्लानेट नेपाल–३’ को अयोजना गरिएको छ । फ्रान्सेली केन्द्र र फ्रान्सेली दूतावासको संयुक्त आयोजनामा भएको महोत्सवमा वातावरण जोगाउने सन्देशनात्मक सामग्री, कृषि सामग्री प्रदर्शनी तथा बिक्री गरिएको थियो ।

महोत्सवमा काम नलाग्ने प्लास्टिक तथा कागजलाई पुनः प्रयोग गरेर बनाइएका विभिन्न हस्तकलाका वस्तु प्रदर्शन गरिएको थियो । केन्द्रका उपनिर्देशक प्रवीणविक्रम राणाले प्रत्येक दुई वर्षमा केन्द्रले महोत्सवको आयोजना गर्दै आइरहेको र यस वर्ष ‘वातावरण जोगाऔँ’ भन्ने भावलाई मुख्य रुपमा प्रस्तुत गरिएको बताएका छन् ।

महोत्सवमा वातावरण संरक्षणसम्बन्धी विविध वृत्तचित्र प्रदर्शनी गरिएको थियो । दुई दिनसम्म चलेको महोत्सवमा फ्रान्स तथा नेपालका सांगीतिक कलाकारले मनोरञ्जनात्मक साँस्कृतिक प्रस्तुति दिएका थिए । महोत्सव करिब दुई हजारले अवलोकन गरेको आयोजकले जनाएको छ ।